20100523

पूर्वराजा ज्ञानेन्द्रको नेपालगंजमा भव्य स्वागत, विराटनगरमा राजतन्त्रको वकालत गर्दै प्रदर्शन

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार नेपालगंज पुगेका छन् । धार्मिक यात्राको क्रममा नेपालगंज आएका भनिएका उनले यहाँको बागेश्वरी मन्दिरमा पूजापाठ गरेका छन् । आइतबारनै काठमाडौ र्फकने कार्यक्रम बनाएका उनले
स्थानीय स्नेहा होटलमा शुभचिन्तक, शुभेच्छुकहरुसँग भेटघाट गरे । यहाँको राँझा विमानस्थलमा उत्रै लगत्तै उनलाई हिन्दू समर्थक तथा राजावादीहरुले स्वागत गरेका थिए । बागेश्वरी मन्दिरको पूजापाठको क्रममा समेत
बाहिरबाट शुभेच्छुकहरुले उनको पक्षमा नारावाजी गरेका थिए । पूजाआजा गर्न यहाँ आएका पूर्वराजा ज्ञानेन्द्र शाह विमान उड्न नसकेपछि आइतबार नेपालगन्जमै बसेका छन् । काठमाडौं फर्किन राँझा विमानस्थलमा कुरे पनि खराव मौसमले विमान उड्न नसकेपछि उनको बास नेपालगन्जमै होटल स्नेहमा भएको छ । पूर्वराजा ज्ञानेन्द्र बुद्ध एअरको अन्तिम उडानबाट काठमाडौँ फर्कने कार्यक्रम थियो । आइतबार बिहान नेपालगन्जमा भव्य स्वागत पाएका ज्ञानेन्द्रले आइतबार यहाँस्थित प्रसिद्ध शक्तिपीठ वागेश्वरी भगवति मन्दिरमा पूजामात्र गरेनन्, पूजापछि होटल स्नेहमा समाजका विभिन्न पक्षका व्यक्तिहरूले भेटघाट समेत गरेका थिए । यसअघि जनकपुरमा पत्रकारहरुसित बोलेका नेपालगञ्जमा भने बोलेनन् । 'मध्यपश्चिमका जनताको मुहार उज्यालो भएको हेर्न' मात्र नेपालगन्ज भ्रमणमा आएको उनको संक्षिप्त प्रतिक्रिया थियो । पूजाआजा गर्न मन्दिर जानेक्रममा पूर्वराजा ज्ञानेन्द्रलाई स्थानीय बिपी चोकदेखि मन्दिर परिसरसम्म सडकको दुबै छेउमा जम्मा भएका समर्थकहरूले अभिवादन गरेका थिए ।


पूर्व राजालाई सक्रिय हुन समर्थकको सल्लाह



दिनेश गौतम, नेपालगन्ज, जेठ १०- 'धार्मिक भ्रमण' मा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई समर्थकहरूले सक्रिय राजनीतिमा जान सल्लाह गरेका छन्। आइतबार नेपालगन्जको बागेश्वरी मन्दिरमा पूजापाठपछि स्थानीय स्नेहा होटेलमा जम्मा भएका शाहका समर्थकले बिग्रँदो देशलाई बचाउन सक्रिय हुनुपर्ने बताए। सर्वसाधारणका कुरा सुनिसकेपछि पूर्व राजाले पुरानै शैली 'बुझेँ' र 'हुन्छ' जवाफ फर्काए।
  राजा हटाएपछि मुलुकमा संकट चुलिँदै गएको समर्थकको गुनासोमा उनले भने, 'अबको निकास नेताहरूले दिन्छन्।' नेताको व्यवहार जनताले देखिसकेको समर्थकको भनाइमा उनी मन्द हाँसेका थिए। शाहको स्वागतमा स्थानीय राजावादीदेखि कांग्रेस नेताहरूसमेत विमानस्थल पुगेका थिए। भव्य स्वागतसहित समर्थकले विमानस्थलमै नाराबाजी गरे। शाह त्रिभुवन चोकदेखि बागेश्वरी मन्दिरसम्मको एक किलोमिटर दूरी पैदल हिँड्दा राप्रपा नेपाल, शिव सेना र विश्व हिन्दु युवा संघका कार्यकर्ताले मोटरसाइकल स्कर्टिङ गरे।
पैदलयात्रामा ब्यान्ड बाजा र पञ्चेबाजा बजाइएको थियो उनले सडकमा उभिएका समर्थकलाई हातले छुन खोजे। उनलाई भेट्न मध्य तथा सदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका थिए।
'बागेश्वरी मन्दिरमा पूजापाठ गर्न र यस क्षेत्रका दाजुभाइ दिदीबहिनीको मुहार हेर्न आएको हुँ,' सञ्चारकर्मीसँग उनले भने, 'शान्ति र विकासका लागि एकजुट हुनैपर्छ।'
४३ डिग्रीको प्रचण्ड गर्मीमा पसिनाले लुथ्रुक्क भिजिरहँदा पनि उनले होटेल स्नेहामा आफ्ना समर्थकसँग एक घण्टा बिताए।

खराब मौसमका कारण नेपालगन्जमै
पूर्व राजा ज्ञानेन्द्र आइतबार साँझ राजधानी फर्कन सकेनन्। खराब मौसमका कारण साँझ ५४० मा काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाज २० मिनेटपछि नेपालगन्ज विमानस्थलमै फर्केको थियो।
शाह सुर्खेतरोडस्थित होटेल स्नेहमा बसेका छन्। उनी सोमबार बिहान ७४० मा काठमाडौ फर्कने कार्यक्रम छ।

राजतन्त्र र हिन्दु राज्यको वकालत गर्दै कमल थापा नेतृत्वको राप्रपा नेपालले आइतबार विराटनगरमा प्रदर्शन गरेको छ । संविधानसभाको म्याद सकिन ५ दिन मात्र बाँकी रहँदा राप्रपा नेपालका नेता÷कार्यकर्ताहरुले ताजा जनादेशका लागि संविधानसभाको अर्को चुनाव गराउन मांग गर्दै प्रर्दशन गरेका हुन् । बिराटनगर १३ को सन्सारी माईस्थानबाट निस्केको जुलुसले राजतन्त्रको फैसला जनमत संग्रहबाट गर्न मांग गरेका छन् । ताजा जनादेशको मागगर्दै निस्केको जुलुसले नगरका मुख्य मुख्य भागको परीक्रमा गरेको थियो । ५ दर्जन कार्यकर्ताको हाराहारीमा निष्केको ¥यालिले राजतन्त्र जिन्दाबाद लगायतका नारा लगाएका थिए । पूर्व राजा ज्ञानेन्द्र देश दौडाहामा निस्किरहेका बेला विराटनगरका राजावादीहरुले राजतन्त्रको खुलेर वकालत गर्दै प्रदर्शन गरेको हुन् । यसैबिच प्रर्दशनकारीले जिल्ला प्रशासन कार्यालय मोरङमा आज एक घण्टा धर्ना दिइ प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठ मार्फत निर्धारित मिति जेठ १४ मै संबिधान निर्माण हुनु पर्ने माग गर्दै सरकारलाइ ज्ञापन पत्र समेत बुझाएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक