20100523

बिचरा ..... पार्टिलाई सहयोग गरेका, समानुपातिकमा परेका यि सभासद हुन कि सभासात हुन, सबैको ओठमुख सुकेकोछ अहिले

 उनिहरु भन्छन :  'कतै सभासद्हरूलाई जुत्ताको माला लगाइदिने भन्छन्, कतै घाँस उपहार दिने भन्छन्, अब मेरो भागमा के पर्ने हो हेर्दै छु।'
काठमाडौँ – निर्धारित मितिमा संविधान नबन्ने मात्रै होइन, संविधानसभा नै विघटन हुने स्थितिमा पुगेपछि अपजसको भारी बोक्नुपर्ने पिरले सभासद्हरूको ओठतालु सुकेको छ। ऐतिहासिक जिम्मेवारी बोक्न पाएको भन्दै दुई वर्षअघि फुरुङ्ग देखिएका सभासद्हरूको अनुहारमा यतिखेर अवसादको ग्रहण लागेको छ। अधिकांश सभासद्हरू ठूला दलका शीर्ष नेताका कारण आफूहरूकले अपजसको भारी बोक्नुपरेको बाध्यता सुनाउनथालेका छन्। सिंहदरबार र संविधानसभा–परिसरमा भेटिने सभासद्हरूको अनुहारमा हिजोआज...
एकप्रकारको निराशा घनीभूत भएको देख्न सकिन्छ। संविधान लेख्नकै लागि गाउँबाट राजधानी छिरेका सभासद्हरू समयसीमामा संविधान नबन्ने भएपछि आफूलाई श्रापित ठान्न थालेका छन्। नवलपरासीबाट निवार्चित एमालेका सभासद् रोशन गाहामगर भन्छन्, 'बुद्धि र विवेकले भ्याएजतिको काम गरे पनि ठूला नेताहरूका कारण अपजसको भारी बोक्नुपरेको छ।' कसैले धारे हात लगाएर आफ्नो बैरीलाई सरापेको देख्ता पनि गाहामगर आफैँलाई सरापेको ठान्छन्। उनी दिक्दार र उदासीन भएका छन्। उनलाई हिजोआज साथीभाइले गर्ने चियागफमा सभासद्हरूप्रति गरिने व्यङ्ग्य सुन्दा वाक्क लाग्नथालेको गाहामगर बताउँछन्।

माओवादीका सभासद् विनोद पहाडी समयसीमामा काम गर्न नसकेका कारण जनताको श्रद्धा र विश्वास गुमाउनुपरेको बताउँछन्। त्यही पीरले उनलाई हिजोआज आत्मग्लानी हुनेगरेको छ। 'कतै सभासद्हरूलाई जुत्ताको माला लगाइदिने भन्छन्, कतै सभासद्लाई घाँस उपहार दिने भन्छन्', पहाडीले भने, 'अब मेरो भागमा के पर्ने हो हेर्दै छु।' संविधानसभाको ऐतिहासिक जिम्मेवारी पाइयो भन्ने ठानेका पहाडीलाई हिजोआज त्यो एउटा भ्रम मात्रै रहेछ भन्ने अनुभूति भएको छ। उनले भने, 'हामी त दूधको साक्षी बसेजस्तो मात्रै भएका छौँ। सबै कुरा ठूला 'बिराला'हरूले नै बिगारेका हुन्।' सबैको हाँसोको पात्र बन्नुपर्दा पहाडीले आफूलाई फेल भएको विद्यार्थीजस्तो अनुभव गरेका छन्। विगतमा सञ्चारकर्मी रहेका उनी भन्छन्, 'हिजो अरुको आलोचना गरिन्थ्यो, आज आफ्नै आलोचना र टिप्पणी सुनेर बस्नुपरेको छ।'
गाहामगर र पहाडीजस्तै बेचैनीका दिनहरू खेप्ने सभासद्हरूको संख्या कम छैन। चुरेभावर राष्ट्रिय एकता पार्टीका सभासद् केशव मैनाली तिनैमध्येका एक हुन्। संविधान लेख्नका लागि फूलमाला लगाएर बसेका जनता अब हातमा जुत्ताको माला लिएर बसेको उनले सुनेका छन्। उनले भन्छन्, 'खाँदै नखाएको विष पनि लाग्छ भन्थे होरहेछ।' ठूला दलका नेताहरूको कोपभाजनमा आफू परेको पिर सुनाउँदै उनले भने, 'जनताको अघि खोटो सिक्का भइएको छ।'

गृहराज्यमन्त्री पदबाट राजीनामा दिएका एमालेका सभासद् रिजवान अन्सारीको पीडा पनि अरु सभासद्को जस्तै छ। संविधानसभाको क्यान्टिनमा भेटिएका सभासद् अन्सारी भन्छन्, 'हिजोआज जनतामाझ जान पनि अप्ठ्यारो अनुभूति भएको छ।' ठूला नेताहरूको झगडाको रापमा आफूहरूजस्ता सभासद्हरू परेको बताउँदै उनले सबै दोष सभासद्हरूको टाउकोमा थोपरेर मात्रै हुँदैन। नेपाली कांग्रेसका सभासद् सुप्रभा घिमिरे भत्ता खाने मान्छेका रूपमा जनताले चित्रण गर्नथालेपछि मन विरक्तिएको बताउँछिन्।

माओवादीका सभासद् हेमराज भण्डारी पहिलो पुस्ताको गल्तीले गर्दा आगामी ५० वर्षसम्म आफू दोषी भएको ठान्दै छन्। मधेशी जनअधिकार फोरमका सभासद् आत्मारामप्रसाद शाहलाई गाउँ छिर्नै नपाइने हो कि भन्ने चिन्ताले ग्रसित तुल्याएको छ। गत सोमबार व्यवस्थापिका संसद्मा बोल्दै राप्रपा नेपालका सभासद् चलनबहादुर तामाङले ६०१ जना सभासद्लाई जिल्लामा प्रवेश–निषेध भन्ने खबर सुनिएको बताउँदै 'यस्तो अवस्थामा के गर्ने?' भन्दै उनले चिन्ता व्यक्त गरेका थिए।- नकराज सापकोटा


दोष दिएर मात्र दायित्व पुरा हून्न !
- शेखर ढुङेल्
नेपाल आज जुन परिस्थिती बाट गुज्रिराखेको छ त्यस्को जिम्मेवार  को भन्दा इमान्दारी साथ भन्नु पर्छ  " म " हुँ अर्थात पाउने तीन करोड् प्रत्यक नेपाली किनकी प्रत्यक म ले नेता र दल को प्रब्रिती लाई चिन्न र चिर्न सकेनौ , आज प्रत्यक म  ले आफ्नो अदुर्दर्शिता एबम अनभिग्यता को लागि आँफै लाई जिम्मेव्वार ठान्ने साहास् गर्नु परेको छ । प्रत्यक म  ले सोच्नु परेको छ म मा गणेश प्रब्रिती नभएको भए ? म मा अर्का को भाग खोसी अर्थात योग्य को खुट्टा तानी आफु अगाडि बढ्ने सोच नभएको भए ? मानबिय मुल्य र मान्यता को राजनैतिक् मर्म बुझ्न सकेको भए ?सहमती र सहकार्य को राजनीति गर्न सिकेको भए ? ब्यक्ती गत स्वार्थ भन्दा माथि उठि समाज र देश को लागि इमान्दार हुन सकेको भए ? म हरुले एउटा वा अनेक राजनेता जन्माउन सक्ने थियौ र भबिस्य प्रती ढुक्क हुन सक्ने थियौ । प्रत्यक  म हरु ब्यक्तिगत स्वार्थ को लागि  लड्यौ परिणति हाम्रो सामुन्ने छ ।
अन्तत्वगत्वा म हरु फेरी उही सेरोफेरो मा अाइपुगेका छौ जहाँ ४ बर्ष पहिले थियौ अझ भन्दा जहाँ ६० बर्ष पहिले थियौ । हिजो तानाशाही सित लड्यौ आज अधिनायकबाद सित लडिराखेका छौ अर्थात प्रजातन्त्र ताउ बाट उफ्रेर भुङ्रो मा  परेको छ । तोकिएको समय मा संबिधान न बन्नु को कारण त्यही हो । म हरु ले अब कुन चस्मा लगाउने ? "प्रजातान्त्रिक  ससदिय ब्यब्स्था "की "एक तन्त्रिय साब्यबादी तन्त्र " ? अर्थात जनता को मत को आधार मा को हतियार को आधार मा शासन गर्ने ? अब प्रत्यक म हरुले इमान्दारी साथ भन्नु पर्‍यो कुन चस्मा लगाउने ? भ्रम मा पर्नु र पार्नु भएन । र आ आफ्नो गन्तब्य मा लाग्नु पर्‍यो । हिन्दी मा एउटा उखान छ " ओखली मे सर दिया तो मुसली से क्या डर्ना ? रन्डी मे नाम लिखाया तो ........... । जनता , कार्यकर्ता , नेता सबैले आफ्नो मन लाई इस्वर सम्झेर स्पस्ट भन्नु पर्‍यो देश लाई कुन बाटो डोर्याउने ? र बाटो लाग्नु  गर्नु पर्‍यो यो या त्यो ?
 
नेपाली जनता ले शान्ती , सुब्यबस्था , बिधिको शासन को लागि नै दश बर्षे पिडादायक " जन युद्ध " का नायक हरु लाई आम माफि दिएर लौ अब प्रजातान्त्रिक ब्यबस्था लाई सुद्रिढ र सुनिस्चितता गर र सच्चिक्कै नयाँ नेपाल बन्छ की भनेर तत्कालिन सात दल को तानासाही शैली लाई पनि स्विक्रित दिएका हुन । ६०१ सासद तीनं दल र तिन्का तीन जन नेता का रबर स्ट्याम्प बन्लान , दास बन्लान , तिन्ले बिबेक बेच्लान भन्ने थाहा पाउन सकेनौ नत्र किन यिन्लाई सत्ता दिएर राष्ट्र लाई बोझ  थप्दथौ र ? म हरु को मत को यो हद सम्म अब्मुल्यन हुँदा न बोल्ने म हरु र म हरु ले चुनेर पठाएका सासद लाई फिर्ता बोलाउन न सक्ने म हरु जस्ता  दास , पाखन्डी सबै नेपाली भए  पछी के को प्रजातन्त्र ? जब प्रजातन्त्र मा म हरु को बिबेक ले काम गर्दैन अनी दोष यो वा त्यो दल लाई दिनु के उचित हो ?हामी मालिक हुन भनेर  आन्दोलन गरेका होइनौ ? कसरी तीन दल र तीन जन नेता का अनिर्णय का बन्दी भयौ ?खोइ त नयाँ नेपाल ? खोइ त सुशासन ? खोइ त स्वाधिनता ? खोइ त बिकास निर्माण का " रोड म्याप " ?खोइ त संबिधान ? खोइ त बिधी को शासन ?खोइ त जनता मालिक भएका ?
 
किन थप्ने संबिधान सभा को म्याद ?यही मानसिकता ले दस बर्ष मा पनि संबिधान बन्दैन आफु गर्न न सक्ने अनी प्रतिगमन प्रतिगमन भनी दोश मात्र दिएर उम्किन  पाईन्छ ? यो ४ बर्षा म अहिले का नेता लाई कुन दिन कुन प्रतिगमन कारी ले के काम गर्न दिएन जनता लाई बताउ ! आज म र म हरु को कारण ले संबिधान न बन्ने भयो , म र म हरु का राजनैतिक् दल , कानुन्बिद , नागरिक समाज बिबादित बिभाजित भएका छन उत्तरदायित्व , जिम्मेवारि , जवाफ देयिता बाट बिमुख भएका छन पीडित भएका छौ म र म हरु किन की हामी ले हामी  लाई  बेच्यौ , बिबेक बन्दकी राख्यौ , भबिस्य सोचेका छैनौ तसर्थ दोश म र म हरु को छ आज नै सच्चिनु पर्छ नत्र पुर्खा ले धिकार्ने छन ।
 
बार्ह बुदे सम्झौतामा मा भएको अदुर्दशिता , ( आन्तरिक शक्ती लाई परास्त गर्न बिदेशी लाई गुहर्नु हून्न थ्यो त्यस्को मुल्य अहिले नेपाल चुकाउदै छ ), ससद बादी दल मा आएको समर्पणपन , र सत्ता लिप्सा , माओवादी को उपयोगीता बाद् ले पाएको सफलता ,  अहम्ता एबम  आडम्बर , जनता लाई हेप्ने र निषेध गर्ने अराजनैतीक प्रब्रिती नै संबिधान नबन्ने कारक तत्व हुन । प्रतिगमन र निरन्कुसता को हाउगुजी देखाएर अब कती दिन ठग्ने म र म हरु नेपाली लाई अनी कत्ती दिन सहने म र म हरुले ? यो दोशारोपण को खेल न सकिदै गाडी छुटी सक्ने छ । ४ - ४ वटा ऐतिहासिक प्रजातान्त्रिक आन्दोलन खेपी सकेको र ६ दशक् कठिन् अभ्यास गरिसकेको नेपाल र नेपाली जनता को राजनैतिक् अभिस्ट कुनै पनि प्रकार को तानाशाही हुन सक्दैन भन्ने कुरो बुझ्न म र म हरु का नेता ले ढिला गरिसकेका छन की ?
देश को स्वाधिनता , एकता , सार्बभौमसत्ता को लागि आन्तरिक राजनैतिक् शक्ती हरु बीच नै बैचारिक संघर्श हुनु राष्ट्र हित अनुकुल हुन्छ । आन्तरिक बिबाद मा बाह्य शक्ती  लाई गुहार्दा श्रीलन्का झै युद्ध लम्बिन सक्छ वा इस्ट टिमोर वा इथोपिया झै टुक्रिन पनि सक्दछ । बाह्य शक्ती ले म र म हरु कसै लाई पनि बलियो बन्न दिदैन ।यो धुर्ब सत्य कुरो को आत्मसात प्रत्यक राष्ट्रबादी म र् म हरु ले गर्नु पर्दछ । अहिले राष्ट्रिय एकता , स्वाभिमान , र स्वाधिनता मा जुन चुनौती एबम स्खलन आएको छ म हरु सबै त्यती कै जिम्मेवार छौ । यो वा त्यो लाई दोश दिएर उम्कन खोज्नु गैर्ह जिम्मेवार र अबिबेकसिल राजनीति को परकास्ठा हो ।
बर्तमान नेता हरु सित म र म हरु ले जवाफ माग्नु पर्‍यो राष्ट्र प्रतिको दायित्व लाई बेवास्ता गर्दै सत्ता लिप्सा लाई प्राथमिकता किन दियौ ?देश र जनता को मत अबमुल्यन किन गर्यौ ? जनता लाई अनिर्णय को बन्दी किन बनाइ राखेका छौ ?त्रास , धम्की , दम्भ , अहन्कार एबम अबिबेकसिल  राजनैतिक् चरित्र कहिले समाप्त गर्छौ ? कुनै पनि पक्ष म र म हरु प्रती चोखो र इमान्दार छैन म हरु ले बुझाउनु पर्ने , खबर्दारी गर्नु पर्ने कुरो त्यती नै हो । नेपाल र नेपाली को यो अवस्था हुनु मा म र म हरु को ठुलो भुल भएको छ दोश अरु लाई नदिउ आज बाट प्रत्यक म हरु ले आ आफ्नो गल्ती सच्याउन सुरु गर्यौ भने समाधान का हज्जार उपाय हामी भित्रै बाट  निस्कन्छन् ।

जनतालाई चाहिएको संविधान हो, संविधानसभान होइन
- केशब देवकोटा
नेपालमा संविधानसभाले गत पुसमै ८० प्रतिशत काम सकेर पनि निर्धारित मितिमा संविधान वनाउन नसकेपछि राजनीतिक मतभिन्नताहरु शुरु भएका छन् । संविधानसभाको म्याद थप्ने कि नथप्ने र थपे कति थप्ने भन्ने कुरा सतहमा रहेको छ । तर गहिर्राईमा भने संविधानको आवश्यकता कि संविधानसभाको भन्ने विचार अंकुरित भएको छ । सवैलाई थाहा भएको कुरा हो कि नेपाली जनतालाई चाहिएको संविधान हो, संविधानसभान होइन । आजको उपभोक्तावादी समाज विरालो कालो होस् कि सेतो मुसा मारे पुग्छ भन्नेमा रहेको छ । त्यसैले माओवादीले संविधानसभाको निर्वाचन गर्न वाध्य वनायो भन्दैमा निर्धारित मितिमा संविधान वनाउन नसक्ने संविधानसभालाई कोही पनि कुरेर वस्ने वाला छैनन् । पछिल्लो समयमा प्रधानमन्त्री माधबकुमार नेपालले भन्नु भयो- म त विशेषज्ञहरुवाट संविधान वनाउन चाहन्थें । त्यसै समयमा नेपाली कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलले भन्नु भयो- संविधानसभा माओवादीको एजेण्डा हो भने म्याद थप्ने नथप्ने पनि उसैले निर्ण्र्ाागरोस । शब्दगत रुपमा हर्ेदा उपरोक्त दर्ुइ भनाई पृथक भए पनि वैचारिक रुपले हर्ेदा एकै देखिएका छन् । किनभने नेकां र एमालेहरु सडकवाट संविधान घोषणा गर्र्छौ पनि भन्दैनन् । सडकवाट सरकार पनि गठन गर्दैनन् । उनीहरु कानूनी राज्यको पक्षमा छन् । उनीहरुलाई सरकार ढाल्दा र वनाउदा पनि संविधानको वु“दामा टेकेर गर्नुपर्छ, कानूनी र वैधानिक आधार चाहिन्छ । त्यसैले उनीहरुलाई चाहिएको छ संविधान । तर यो संविधानसभालाई संघीयताको घा“डो झुण्ड्याइदिएकाले यसले अर्को १० वर्षम्याद थपे पनि संविधान वनाउन सक्तैन । संविधानसभाको अर्को चुनाव गराए पनि त्यसको हविगत पनि उस्तै हुन्छ । त्यसैले अव संविधान वनाउनका लागि विशेषज्ञको शरणमा जानुको अर्को विकल्प छैन । विशेषज्ञलाई जिम्मा दिने हो भने नेपालको संविधान वढिमा छ महिनामा मस्यौदा गरेर घोषणा समेत गर्न सकिन्छ । विश्वमा संविधानका अनेक नमूना छन् । नेपालकै ०४७ सालको जेठ ४ को घोषणा सहितको संविधान छ । जसमा राजतन्त्र हटाएर सो ठाउ“मा गणतन्त्र राख्ने हो भने भनेजस्तो र नेपालीले चाहेजस्तो संविधान वन्नेवाला छ । अन्तरिम संविधान ०६३ वाट संघीयता हटाएर परिमार्जन गर्ने हो भने यसले पनि गणतन्त्र नेपालको शासनसत्ता संचालन गर्न गराउन सक्ने अवस्था छ । यस्ता अनगिन्ति संभावना हु“दाहुदै माओवादीको एजेण्डा भएकै भरमा कहिल्यै संविधान वनाउन नसक्ने वा“झोपन देखिएको संविधानसभाको पछि लागेर समयको वर्वादी किन गर्ने - प्रधानमन्त्री माधव नेपाल र नेकांका संसदीय दलका नेता तथा उपसभापति रामचन्द्र पौडेलका भनाई शब्दगत रुपमा फरक भए पनि वैचारिक हिसावले सामिप्यता राख्दछन् । माओवादीले संविधानसभाको निर्वाचन गराए तर अन्तरिम संविधानमा नाटकीय ढंगले संशोधन गराएर संघीयताको घा“डो झुण्ड्याई दिए । जसलेगर्दा यो संविधानसभा संविधान नै वनाउन नसक्ने अवस्थामा पुग्यो । संविधानसभाले गर्ने राज्यको पुनसंरचना लगायतका काम माओवादीले सडकवाटै गरेर संविधानसभालाई वुख्याचा वनायो । त्यसैले अव यो संविधानसभाको म्याद थप्ने कुरा गर्नुको कुनै अर्थ छैन । वैकल्पिक वाटोवाट गणतन्त्र नेपालको संविधान वनाएर अगाडि वढ्नुको विकल्प पनि छैन । त्यसैले प्रधानमन्त्री माधव नेपाल र नेकांका नेता रामचन्द्र पौडेलको देश र जनताप्रतिको सम्वेदनशीलतालाई धन्यवाद दिनर्ैपर्छ । यतिवेलासम्म देशको सवैभन्दा ठूलो पार्टर्ीीाओवादी सरकारमा जाने र सिवद्रोहमा जाने द्वेध मनस्थितिमा छ । त्यसैले समग्र देश नै अन्यौलमा रुमलिएको छ । उ यदि सरकारमा जाने हो भने उसले नेकां र एमाले लगायतका संविधानसभा ब्यवस्थापिका संसदमा रहेका दलहरुलाई विश्वासमा लिएर दिगो दरिलो र प्रभावकारी सरकार संचालन गर्ने उपायको खोजी गर्नुपर्छ । यदि व्रि्रोहमा जाने र सडकवाटै संविधान र सरकार घोषणा गर्ने हो भने तत्कालै संविधानसभावाट राजिनामा गर्नुपर्छ । तर एकैपटक कुराले व्रि्रोह र संसदवाट सरकारको चाहना पूरा हुन सक्तैन । माओवादीमा अहिलेकै शान्ति र संविधानको वाटोवाट अगाडि वढ्ने र पुरानै जनयुद्धका वाटोवाट राजनीतिक अभिष्ठ पूरा गर्नेका वीचमा विवाद छ भने त्यसको पनि ऐनमौकामै छिनोफाने गर्नु उपयुक्त हुन्छ । राजनीतिलाई लामो समयसम्म अन्यौलमा राख्यो भने त्यसवाट नसोचेको राजनीतिक दर्ुघटना गराउ“छ । त्यो दर्ुघटनाको शिकार जो पनि हुनसक्छ । अव संविधानसभामा रहेका सवै दलले जसरी भए पनि गणतन्त्र नेपालको संविधान वनाएर अगाडि वढ्ने कि संविधानसभाको लफडामा अल्भिmएर वसिरहने भन्ने तत्काल निर्ण्र्ाागर्नु उचित हुन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक