20100524

माओवादी भित्रै बिबाद, काङ्रेस र एमालेको पनि भिजन देखिएन, पूर्वराजालाई शान्ती चाहियो रे !

एकीकृत नेकपा (माओवादी) केन्द्रीय समितिको बैठकमा संविधानसभाको म्याद थप गर्ने र नगर्ने भन्ने विषयमा तीव्र विवाद देखिएको छ। केही केन्द्रीय सदस्यहरूले म्याद थप गरेर वर्तमान सरकारको आयु बढाउनु हुँदैन भनेका छन् भने केही केन्द्रीय सदस्यहरूले संविधानसभालाई बचाउनु अहिलेको प्रमुख आवश्यकता भएकाले म्याद थप गरौं र सरकारका बारेमा पछि सहमति गर्ने गरी निर्णय गरौं भन्ने धारणा राखेका थिए। चार दिनदेखि चालू बैठकमा पार्टी ध्यक्ष प्रचण्ड, उपाध्यक्ष डा. बाबुराम भट्टराई, संविधानसभालाई बचाउने पक्षमा हुनुहुन्छ भने अर्का उपाध्यक्ष मोहन वैद्यलगायतका केही नेताहरू संविधानसभाको औचित्य समाप्त भइसकेकाले अब समय थप गर्नुको कुनै औचित्य नहुने भन्ने पक्षमा रहेका छन्।केन्द्रीय सदस्यहरूले बोल्ने क्रम....
आइतबार सकिएकाले आज पार्टीध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदनमाथि उठाइएका प्रश्नहरूको जबाफ दिनुहुनेछ। विवादका कारण माओवादी बैठक लम्बिन पुगेको हो।

संविधानसभाको म्याद थप्ने र नथप्ने भन्ने पक्षमा माओवादीभित्र होइन, अन्य दलमा पनि मतविभाजन देखिएको छ। सत्तारूढ दल एमाले र कांग्रेसभित्र पनि पक्ष र विपक्षमा मत देखिएको छ। एमाले र कांग्रेसभित्रको संविधानसभाको म्याद थप नगर्ने व्यक्तिहरू र अन्य संविधानसभाविरोधी शक्तिहरूबीच दिनहुँजसो विभिन्न ठाउँमा भेटघाट र बैठकहरू तीव्ररूपमा भइरहेको बुझिएको छ। त्यो शक्ति जसरी हुन्छ, संविधानसभाको म्याद थप नगराउने अभियानमा लागेको र म्याद थप नभएपछि हुने संवैधानिक रिक्ततालाई अनेक ढंगले उपयोग गर्ने रणनीतिमा समेत लागेको बुझिएको छ। तराई-मधेस लोकतान्त्रिक पार्टी उपाध्यक्ष हृदयेश त्रिपाठीले संविधानसभालाई भत्काउन एउटा अदृश्य शक्ति निकै जोडतोडका साथ लागिरहेको आफूहरूको जानकारीमा आएको बताउनुभएको छ। प्रधानमन्त्री कार्यालयमा आइतबार आयोजित १० दलको बैठकमा उहाँले संविधानविरोधी शक्तिहरू निकै सल्बलाइरहेकाले सचेत भएर संविधानसभाको पक्षमा सबै लाग्नुपर्ने धारणा राख्नुभएको थियो।

सरकारले संविधानसभाको म्याद एक वर्षथप गर्ने गरी संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयकप्रति सैद्धान्तिक असहमति रहेको भन्दै प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) ले आइतबार विरोधको सूचना दर्ता गराएको छ। माओवादी सभासद् देव गुरुङ र एकराज भण्डारीले विरोधको सूचना दर्ता गराउनुभएको थियो। सरकारले प्रस्तुत गरेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने कार्यभन्दा पहिले विरोधको सूचनाउपर छलफल गरी निर्णयर्थ प्रस्तुत गरिन्छ। आज सोमबार बस्ने व्यवस्थापिका संसद्को बैठकमा बहुमतद्वारा माओवादीको विरोधको सूचना अस्वीकृत भएमा संविधान संशोधन विधेयकको मतदानमा माओवादी विपक्षमा रहन सक्ने सम्भावना हुन्छ। संसदीय अभ्यासमा विरोधको सूचना अस्वीकृत भएमा विरोधको सूचना दिनेहरू मतदानमा भाग नलिने गरेको इतिहास रहेको छ। माओवादीले विरोधको सूचना दिइसकेकाले सरकारले सहमति गरी निर्णया पुग्नुपर्छ अन्यथा संविधानसभा गम्भीर खतरातर्फउन्मुख हुने एमालेका युवानेता एवम् सभासद् रामनाथ ढकालको तर्क छ।

पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको शान्तिको चाहना पूरा हुनुपर्ने बताउनुभएको छ। धार्मिक भ्रमण पारेर आइतबार नेपालगन्ज आइपुग्नुभएका शाहले दिनभरजसो शुभेच्छुक, र्सवसाधारण र पूर्वराजपरिषद् सदस्यहरूसँगको छुट्टा-छुट्टै एवम् सामूहिक भेटघाटपछि संक्षिप्त प्रतिक्रिया दिँदै त्यसबाहेक अरू केही नबोल्ने बताउनुभएको हो। पश्चिम नेपालको चर्चित धार्मिक शक्तिपीठ वागीश्वरी मन्दिरमा पूजाअर्चनाका लागि आउनुभएका पूर्वराजा शाहले करिब आधा घण्टाको विशेष पूजापछि दिनभरजसो भेटघाटमा बिताउनुभयो। सञ्चारकर्मीसँग संवाद गर्न नचाहनु भएका उहाँले र्फकनुअघि यति मात्रै भन्नुभयो- ‘सबै नेपालीको शान्तिको चाहना नबिर्सौं उहाँले मध्यपश्चिमको विकासप्रति पनि चासो राख्नुभएको थियो। त्यसअघि बुद्ध एयरको पहिलो उडानबाट विशेष सुरक्षा दलसहित नेपालगन्ज विमानस्थल पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा नेपालगन्जबाट ठूलो संख्यामा युवा र्समर्थक पुगेका थिए। उनीहरूले विमानस्थलमै व्यापक नाराबाजी गर्न थालेपछि भीभीआईपी कक्षमै प्रवेश नगरी पूर्वराजा शाह सोझै र्समर्थकहरूमाझ पुग्नुभएको थियो। केहीबेरको सामूहिक भलाकुसारीपछि काठमाडौंबाटै ल्याइएको आफ्नो गाडीमा बस्नुभएका शाह विमानस्थलपरिसर बाहिर स्वागतका लागि बसेका र्समर्थकहरूमाझ ओर्लिएपछि सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। खास गरी विश्व हिन्दु महासंघ, शिव सेना नेपाल, राप्रपा नेपाललगायतसँग सम्बद्धहरूले पूर्वराजाको स्वागतका लागि मोटरसाइकल र्यालीसमेत गरेका थिए। सयौंको संख्यामा र्यालीमा सहभागी हुनेहरूले ‘राजा आऊ देश बचाऊ, जेठ १४ पछि के हुन्छ, राजतन्त्र आउँछ जस्ता नाराहरू लगाएका थिए। पूर्वनिर्धारित कार्यक्रम छोटयाउँदै सोझै वागीश्वरी मन्दिर पुग्ने निधो गर्नुभएका शाह त्रिभुवनचोक पुगेर स्वागतका लागि उभिएका सयौं र्समर्थकमाझ सहज प्रस्तुत हुनुभयो। भव्य स्वागतद्वारदेखि मन्दिरसम्म पुग्ने ५ सय मिटरको दूरीमा बिछयाइएको हरियो कार्पेटमा हिँड्नुभएका शाहले दायाँबायाँ फूल लिएर उभिएका शुभेच्छुकहरूलाई भेटघाट गर्दै संवादसमेत गर्नुभयो। मन्दिर पुग्दा उत्तिनै र्समर्थक, शुभेच्छुक छिचोल्दै सुरक्षा मिलाउन सुरक्षा निकायलाई त्यत्तिकै हम्मेहम्मे परेको थियो। त्यस क्रममा लडेर दुई र्सवसाधारण घाइतेसमेत भएका छन्।

३५ मिनेट अवधि मन्दिरको मुख्य पीठमा विशेष पूजाअर्चना, क्षमापूजा गर्नुभएका पूर्वराजा शाहले गणेश, भैरव, हनुमान, खडेश्वर महादेव, शिवालय, बौद्धविहारलगायतमा दर्शन गर्नुभएको थियो। वागीश्वरी मन्दिरका मुख्य मठाधीश महन्त चन्द्रनाथ योगीले राजपरिवारको पारम्परिक विशेष पूजा गराएको जानकारी दिनुभयो। उहाँले राजासरह नै शाहलाई परम्परागत विशेष पूजाअर्चना गराएको जानकारी दिएपछि पत्रकारले सोधेको प्रश्नमा मठाधीश योगीले ‘देशको नभए पनि हिन्दुहरूको राजा नै भएको’ प्रतिक्रिया दिनुभएको थियो। पूजापछि विश्रामका लागि होटल स्नेहा पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रलाई बाजागाजा, शंखघण्टसहित मन्दिरबाट बिदा गरिएको थियो। होटलमा रहँदा पूर्वराजपरिषद् सदस्य, राजतन्त्रप्रति आस्था राख्ने सामाजिक अगुवा, पूर्वपञ्चहरूले छुट्टाछुट्टै भेट गर्नु भएका पूर्वराजा शाहले बाहिर होटलपरिसरमा जम्मा भएका सयौं शुभेच्छुकसँग झन्डै डेढ घण्टा प्रत्यक्ष भेटघाट गर्नुभएको थियो। त्यस क्रममा धर्म निरपेक्षताले हिन्दुधर्म गम्भीर संकटमा परेको भन्दै १ सय ८ हिन्दु धर्मावलम्बीहरूले पूर्वराजा ज्ञानेन्द्रसमक्ष लिखित अभिनन्नदनपत्रसमेत दिएका छन्। यात्राभर शाहलाई उहाँका शुभेच्छुक, र्समर्थकहरूले महाराज, मौसुफ, श्री ५ लगायतका सम्बोधन गरेका थिए। खराब मौसमका कारण हवाई उडान रद्द भएपछि पूर्वराजा ज्ञानेन्द्रको काठमाडौं र्फकने कार्यक्रम आइतबार रोकिएको छ। नेपालगन्ज यात्रा सकेर काठमाडौं र्फकन साँझ नेपालगन्ज विमानस्थल पुग्नुभएका शाह केहीबेर रोकिएर होटल स्नेहा फर्किनुभएको हो। बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौं र्फकने उहाँको कार्यक्रम मौसमको खराबीले जहाज नै नआएपछि रोकिन पुगेको सम्बद्ध निकायले जनाएको छ। रातभर यहाँ रहँदा पूर्वराजा शाहले स्थानीय उद्योगपति, केही राजनीतिकर्मीलगायतसँग भेटघाट गर्नुहुने बताइएको छ।- News of Nepal



Intellectual Forum!        Nepalese Get-Together!!                 Refreshment!!!

An Interaction and Workshop for the Welfare of Nepal and Nepali
  
Dear Community Members,

America Nepal Society in collaboration with Dharan-America Society invites you to join an interaction program along with a workshop on 

Sunday, June 27, 2010.
  
Program Schedule:
1st Session:

General discussion on:
"Nepal: Post-Conflict Development Opportunities and Federal Republic Constitution".

Panelists: 
1.      His Excellency Ambassador to US Dr. Shankar Prasad Sharma, Ph.D.
2.      Dr. Chitra Krishna Tiwari, Ph.D. and 
3.      Dr. Sukadev Shah, Ph.D

2nd Session:

Workshop on:
“Formation of Nepali Organizations' Sajha Manch for the welfare of Nepal and Nepali.”

Presenter: 

1.      Dr. Sudeep Shrestha, Ph. D. (Post-Doctoral Research Fellow, HARVARD UNIVERSITY, Boston).

Synopsis:
Despite Nepal’s historic achievement to step into federal republic, our beloved country is in crisis today. We cannot blame ordinary Nepali at home. They are poor, ignorant and very simple. Responsibilities go to Nepali political leaders and Nepali intellectual circles inside and outside of Nepal. Therefore, responsibilities are ours too.
To address our responsibilities, we need to come together and work together. The first session of the program will discuss our responsibilities towards our mother land, and the second session will make a collective effort to form Nepali Organizations' Sajha Manch, where we come together and work together for the welfare of Nepal and Nepali.

Refreshment will be served by Dharan-America Society.

Admission: FREE

Date: June 27th, Sunday Time: 1.00 P.M.
Venue: George Mason Regional Library's HALL
7001 Little River Turnpike, Annandale, VA 22003-5975
Library's tel.#703) 256-3800

Driving Directions: 

For More Info, Contact:
ANS-
Netra Ghising, 703-597-4098
Kabindra Sitaula, 571-259-3984
Khem Bhattachan, 571-242-5510
Tika Kumar Pun,703-342-885
Laxmi Gaudel, 703-220-8782
Prakash Nepal, 703-864-4141

Dharan-America Society/President, Bijaya Thapa (Workshop Coordinator), 703-855-2579


Thanks.
Khem Bhattachan
President,
America-Nepal Society,
Washington D.C.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक