20100517

जेठ १५ गते आफैंले तयार पारेको संविधान सडकबाट घोषणा गर्ने माओवादी योजना !!!

“काठमाण्डूको सडकमा लाखौंको संख्यामा जनता उत्रिएपछि त्यो संयमित र अनुशाशित हुन्छ भन्ने छैन, त्यस्ले जे पनि गर्न सक्छ। माग पुरा नभए आन्दोलन विष्फोट हुनेछ: प्रचण्ड”
प्रमुख प्रतिपक्षी एकीकृत माओवादीका अध्यक्ष पुष्‍पकमल दाहाल प्रचण्डले सरकार परिवर्तनको आफ्नो माग पुरा नभए हाल स्थगित गरिएको आफ्नो आन्दोलन, उनकै शव्दमा, विष्फोट हुने चेतावनी दिएका छन्। उनले त्यस्तो विष्फोट कहिले हुने हो त्यो खुलाएनन्, तर उनको दलले जेठ १५ गते आफैंले तयार पारेको संविधान सडकबाट घोषणा गर्ने योजना सार्वजनिक गरिसकेको छ। माधबकुमार नेपाल नेतृत्वको सरकारको विघटन र संयुक्त राष्ट्रिय सरकार गठन हुनु पर्ने भन्ने माओवादी मागलाई संविधानसभामा रहेका दश वटा साना दलको समर्थन मिलेको छ। राजधानीको राष्ट्रिय सभागृहमा माओवादी सहितका दश राजनीतिक...
दलको अन्तर्क्रिया कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले शान्ति र संविधान निर्माणको बाटोमा अघि बढ्न प्रधानमन्त्री माधबकुमार नेपालको राजीनामा अपरिहार्य रहेको आफ्नो भनाइ दोहोर्‍याए। आफ्नो आन्दोलन स्थगित रहेको अहिलेको समयमा उनले सबैलाई आफ्नो मोर्चामा आउन आग्रह गरे। तर आफ्नो माग पुरा नभए हाल स्थगित आफ्नो आन्दोलन, उनकै शब्दमा, विष्फोट हुने र त्यसले जे पनि गर्न सक्ने चेतावनी उनले दिए। “काठमाण्डूको सडकमा लाखौंको संख्यामा जनता उत्रिएपछि त्यो संयमित र अनुशाशित हुन्छ भन्ने छैन, त्यस्ले जे पनि गर्न सक्छ।” संयुक्त राष्ट्रिय सरकार गठनको माओवादी मागलाई जोडदार रुपले समर्थन गरिरहेका दलका नेता र कार्यकर्ताले भरिएको सभागृहमा बोल्दै, सहभागी दलहरु मध्येको एक नेपाल सद्भावना पार्टीकी नेतृ सरिता गिरिले भनिन्, “सबैभन्दा ठूलो दल माओवादीले अब सत्ताको बागडोर सम्हाल्नु पर्छ। तपाईलाई हाम्रो साथ छ।” जेठ १४ गते संविधान बन्न नसक्ने भएपछि सरकारले संविधानसभाको म्याद थप्नको निम्ति गृहकार्य गरिरहेको छ। तर माओवादीले भने संविधानसभाको म्याद थप्न भन्दा पनि वर्तमान सरकारको राजीनामाथि जोड दिइरहेको छ। सम्भाव्य चरम राजनीतिक संकटका विषयमा राजधानीमा सोमबार केही कूटनीतिज्ञहरुले प्रचण्डसँग चासो राखेका थिए। प्रत्युत्तरमा प्रचण्डले आफ्नो दल शान्ति र संविधान निर्माणको लागि प्रतिबद्ध रहेको बताउँदै, सहमतीय प्रणाली र सहमतीय सरकार भएमा निकास सहज हुने धारणा राखेको बताइएको छ।

“नबुझेको नेपाली राजनीति”
चन्द्र रिसाल
हाल: टोक्यो, जापान ।
आन्दोलनबाटै सरकार पाइने भए निर्बाचन किन गर्न पर्थ्यो,
सडकबाटै संबिधान हुन्थ्यो भने संबिधान सभामा किन जान पर्थ्यो ?

लोकतन्त्रमै बिश्वास थियो भने बन्दूकको लगाव हटाउनु पर्थ्यो,
घाँटी निमोठ्नुनै थियो भने “बच्चा” जन्माउनै किन पर्थ्यो ?

सहमती गर्न सजिलो छैन, पाखण्डलाई त्याग्नु पर्थ्यो,
संसद बाटै छानिएको ऊ चाँहि “कठपुतली” कसरी हुन्थ्यो ?

सरकार प्रमूख उद्देश्य होइन भने, दलले संकल्प गर्नु पर्यो,
म्याद थपेरै भएपनि, सभाबाटै जन- संबिधान ल्याउन पर्यो !

झगडाको ओखती, तीन वटा प्रधान-मन्त्री बनाए कसो होला,
नत्र; दलले संबिधान बनाउने, कर्मचारीले देश चलाए पनि त होला !

सगरमाथाको हाम्रो देश, बुध्द-सीता-भ्रीकुटीको जन्म-भूमी,
सहकार्य दीलबाटै गरे, अवस्य बन्नेछ नेपाल बिश्वकै शान्ति-भूमी !!


Sincerely yours,

Chandra Risal

Tokyo University of Agriculture and Technology
3-5-8 Saiwai-cho, Fuchu-City, Tokyo 183-0054, Japan
Cell phone: 080-3011-6744
E-mail: 50008951008@st.tuat.ac.jp

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक