20100507

जनता स्वतस्फुर्त रुपमा प्रतिकारमा उत्रे पछी गल्यो माओवादी,आन्दोलन फिर्ता !!!

Breaking News...........
"अन्तत: माओवादीको सत्ता कब्जा अभियानले हावा खायो, देशैभरी जनता स्वतस्फुर्त रुपमा प्रतिकारमा उत्रे पछी गल्यो माओवादी,आन्दोलन फिर्ता, फेरि अर्को कुटिल चाल् चल्ने तयारी, एमाले काङ्रेस ढुक्क नहोउ !!!"
                     माओवादीले छ दिनदेखि गरिरहेको अनिश्चितकालीन आम हड्ताल आजदेखि फिर्ता लिएको छ। अध्यक्ष पुष्पकमल दाहालको निवासमा साँझ बसेको स्थायी समितिको बैठकले हड्ताल 'स्थगित' गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै दाहालले बन्दमा जनताले पाएको दुःख र जनताविरुद्ध जनतालाई प्रयोग गर्ने वर्तमान गठबन्धन सरकारले षड्यन्त्र गरेका कारण हाललाई बन्द स्थगित गरेको जानकारी दिए। बैठकले आम हड्तालमा साथ दिएकोमा जनतालाई धन्यवाद दिएको छ। भोलि माओवादीले र्‍याली गर्ने र २ बजे र्‍याली सभामा परिणत गर्ने भएको छ। जेठ १४ अघि नै अर्को आन्दोलन गर्ने निर्णय पनि माओवादीले गरेको छ।
"झ्याप्प सुन्दा र हेर्दा माओवादी हार देखिए पनि उनिहरु भित्र भित्रै भने ठुलो षड्यन्त्रमा छन, उनी हरु यती कुटिल छन कि त्यो कुरा एमाले र काङ्रेसका नेताहरु बुझ्न र चिरफार गर्न सक्दैनन, उनिहरुले काठमाडौं ल्याएका मान्छे त्यही राखेर दबाब दिने, माकुनेलाई राजिनामा गराएर प्रचन्डको नेत्रित्वमा सरकार बनाउन र त्यस पछी सेना, प्रहरी, राज्यसक्ती आफ्नो हातमा लिएर पुरै जनसत्ता उनिहरुले भने अनुसार नै कब्जा गरी उनिहरुकै ड्राफ्ट लाई संबिधान घोषणा गरी बैध रुपमा कब्जा गर्न सकिने निस्कर्सका साथ् माओवादीको बैठकले हाललाई आन्दोलन स्थगित गर्ने निर्णय गरेको बिशेष स्रोतबाट थाहा लागेको छ । तसर्थ हिस्स नहोउ एमाले, काङ्रेस र अन्य दल हरु । माकुने ज्यु पनि ।"

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक