20100507

माओवादीका बन्दुक, खुकुरी र लाठीसँग एमाले र काङ्रेसहरु झुके पनि, प्रतिकारमा उत्रन नसकेर लाचारी देखाएपनी जनता यसरी सडकमा उत्रे !!!

खबर्दार माओवादीहरु जनता तिम्रा मात्र होइनन् है !!!
Breaking News............
माओवादीका बन्दुक, खुकुरी र लाठीसँग एमाले र काङ्रेसहरु झुके पनि, प्रतिकारमा उत्रन नसकेर लाचारी देखाएपनी नेपाली जनता जो शान्ती चाहन्छन उनिहरु यसरी सडकमा उत्रे र हत्या हिंसा बन्द आम् हड्ताल र
तोड्फोड होइन शान्तिका लागि खबर्दारी गरे, लाचार एमाले र काङ्रेसका नेताहरु हो हिम्मत गर, माओवादी अधिनायकबाद्का अगाडि नझुक, जनता सबै माओवादीका मात्र होइनन, माओवादी जनताको  रोजाइ होइन भनेर आवाज उठाइरहेकाछन जनता तर एमाले र काङ्रेसको कुनै हिम्मत देखिएन भन्छन हाम्रा नेपाल स्थित सम्बाददाता । सरकारले सुरक्षाको अनुभुती मात्र गराउन सके माओवादी बढार्न जनता सडकमा आउन तयार
देखिन्छन तर सरकार, एमाले र काङ्रेस हुतिहारा देखिएकाले र माओवादी अदिनायकबादका बिरुद्धका जनता निसाहाय देखिएका छन,  काङ्रेस र एमालेले अनी सरकारले माओवादीका  बिरुद्ध  जनता आवहान् गर्न नसके
माओवादीका हात हतियारका अगाडि जनताको लडाईं निरर्थक हुने र माओवादीले सत्ता कब्जा गर्न बेर लाग्ने छैन समयमै चेत आवोस हाम्रा काङ्रेस एमालेहरुको यस्तै सुनिन्छ काठमाडौंका गल्लिगल्लिमा भन्छन हाम्रा सम्बाददाता ।  कसरी आक्रमण गरे माओवादीले शान्तीकामी जनता माथि आउनुस् भीडियो र फोटोहरु अनी समाचार का लागि भित्र Read More..मा ......
    

      


उद्योगी, व्यवसायी, वकिल, चिकित्सक, पत्रकार, कालाकार लगायतले प्रमुख राजनीतिक दलहरुलाई ४८ घण्टा भित्र शान्ति र संविधानका लागि राजनीतिक गतिरोधको अन्त्य गर्न अल्टिमेटम दिएका छन्। राजधानीको बसन्तपुरमा भएको बृहत शान्ति सभामा धारणा राख्ने बक्ताहरुले दुई दिनभित्र मुलुकलाई निकास नदिए मुलुक दुर्भाग्य तर्फ जाने चेतावनी दिएका हुन्। उनीहरुले त्यसका लागि गम्भीर हुन दलहरुलाई सुझाव दिएका छन्। नेपाल उद्योग वाणिज्य माहासंघका अध्यक्ष कुशकुमार जोशिले २ दिन भित्र राजनीतिक निकास दिन आग्रह गर्दै शान्ति र संविधानको नाममा जनतालाई दलहरुले ठग्न नपाउने बताएका हुन्। उनले अव जनताहरु शान्ति र संविधानका बहानामा बारम्बार दलहरुको बन्दी नबन्ने बताए। त्यसै गरी मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चायले मुलुकमा जनताले शान्ति खोजेको भन्दै हिंसाको बाटोमा नजान सबैलाई आग्रह गरेका छन्। उनले जारी आन्दोलन लम्बियो भने नियन्त्रण बाहिर जाने भन्दै सम्बन्धीत पक्षलाई सचेत गराएका छन्। मह जोडिले आन्दोलन र आमहड्तालका कारण खान नपाउनेहरु सडकमा उत्रिए त्यसले भयानक अवस्था श्रृजना गर्ने सतेत प्रष्ट पारे। नेपाल बार एसोशीएसनका अध्यक्ष पे्रमबहादुर खड्काले पापडका तर्फबाट नेताहरुलाई संविधान र शान्तिको एजेण्डा परित्याग गरी सत्ताको लुछाचुडिमा नलाग्न सुझाव दिए। शान्ति सभामा राजधानीका बौद्धिक क्षेत्रका साथै निम्नस्तरका सर्वसाधारणकोसहभागिता रहेको थियो।
अमेरिकाले माओवादीलाई आमहड्ताल फिर्ता लिन आग्रह गरेको छ। अमेरिकाले दलहरुबीचको सहमति र सहकार्यबाट बर्तमान राजनीतिको गतिरोधको अन्त्य गर्न पनि सुझाव दिएको छ। दक्षिण तथा मध्य एसिया मामिला सम्बन्धी सहायक विदेशमन्त्री रोवर्ट ओ. ब्लेकले प्रेस बिज्ञप्ती जारी गरी आमहड्ताल फिर्ता लिन वा स्थगित गर्न माओवादीलाई आग्रह गरेका हुन्। आमहड्तालले जनताको जनजीवन कष्टकर भएकोप्रति चिन्ता ब्यक्त गर्दै उनले हिंसाका घटनाहरु बढ्न नदिन सचेत गराएका छन्। राजनीतिक संवादबाट सहमति निस्कनेमा अमेरिका विश्वस्त भएको भन्दै अमेरिकी सहायक बिदेशमन्त्री रोबर्टले हदैसम्मको लचकता अपनाउन दलहरुलाई आग्रह गरेका छन्।
माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले सरकार निभ्ने बेलाको बत्ती भएको बताएका छन्। उनले सरकारले बिभिन्न बहानामा आन्दोलनमाथि दमन गरेको भन्दै आपत्ति प्रकट गदै कलंकीमा आयोजीत सभामा शान्ति र्‍यालीको नाममा सरकारले भिजिलान्ते प्रयोग गरेर माओवादीमाथि आक्रमण गरेको आक्षेप लगाएका छन्। संविधानसभा विघटन गर्ने षड्यन्त्र भइरहेको भन्दै भट्टराईले सचेत रहन आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरे। यसैबीच माओवादीको राजधानीमा सर्वसाधारणले अत्याधिक प्रतिकार गर्न थालेपछि प्रतिरोध गर्ने उदेश्यका साथ राजधानीका आसपासका जिल्लाबाट कार्यकर्ता भित्राएको छ। गएराति चितवन, मकवानपुर, काभ्रे लगायतका जिल्लाबाट बस र ट्रकबाट सयौ वाईसिएललाई राजधानी भित्राएको उच्च प्रहरी स्रोतले जनाएको छ। माओवादीले वाईसिएल लगायतका कार्यकर्ता राजधानी भित्राएपछि सरकारले पनि राजधानीमा उच्च सर्तकता अपनाएको छ।

शान्ति र्‍यालीपछिको अशान्ति (फोटो फिचर)



काठमाडौँ,  राष्ट्रिय सहमति गरी शान्ति कायम गर्न दबाब दिने उद्देश्यले आज बसन्तपुरमा भएको सभापछि स्वस्फूर्त र्‍यालीमा परिणत भएपछि माओवादीले आक्रमण गरे। शान्ति सभाको केही समयपछि नै काठमाडौँका विभिन्न स्थानमा तनाव भएर अशान्ति मच्चिने डर भयो। तर प्रहरीले बल प्रयोग गरेरै दुई पक्षबीच भिडन्त हुने स्थिति आउन दिएन। नागरिकन्युजको फोटोग्राफर समूहको क्यामेरामा कैद भएका आजका दृश्यहरुको फोटो फिचर- 
बसन्तपुरमा शान्तिका लागि उर्लिएका जनता (माथिको तस्बिर: चन्द्रशेखर कार्की/तलको तस्बिरः दीपेश श्रेष्ठ)




शान्तिका लागि उठेका हात। तस्बिरः दीपेश श्रेष्ठ




बन्दलाई बन्द गरौँ। तस्बिरः विकास कार्की



शान्तिको कामना। तस्बिरः विकास कार्की



राष्ट्रिय झण्डा बोकेर शान्तिको कामना। तस्बिरः विकास कार्की


बालिका पनि झण्डा बोकेर सहभागी हुँदै। तस्बिरः विकास कार्की


अश्रुग्यास प्रहार भएपछि भाग्दै माओवादी आन्दोलनकारी। तस्बिरः विकास कार्की



अश्रुग्यास प्रहार भएपछि भाग्दै। तस्बिरः विकास कार्की


अश्रुग्यास प्रहार भएपछि प्रदर्शनी मार्गमा चप्पल र लाठी। तस्बिरः दीपक तोलांगे


रत्‍नपार्कमा भएको लाठीचार्ज। तस्बिरः भास्वर ओझा


प्रदर्शनी मार्गमा माओवादीमाथि भएको लाठी चार्ज। तस्बिरःभास्वर ओझा



प्रदर्शनी मार्गमा प्रहरीले बल प्रयोग गरेपछि भएको भागदौड। तस्बिरः केशव थोकर



तस्बिरः केशव थोकर

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक