20100506

जनता प्रतिकारमा उत्रेपछि वाइसीएल इन्चार्जले भने "वाइसीएललाई पठाउँछौं र प्रतिकार गर्नेछौं"

Breaking News.....
मुलुकमा थप हिंसा भड्कने अवस्था, प्रतिकारमा काठमाडौंकै जनता उत्रिए
जनता प्रतिकारमा उत्रेपछि माओवादीले पनि त्यसको प्रतिकार गर्ने भएको छ। 'हामी जुन ठाउँमा यस्ता घटना भएका छन्, त्यस्ता क्षेत्रमा हाम्रा सहयोगी (वाइसीएल)लाई पठाउँछौं र प्रतिकार गर्नेछौं,' एकीकृत माओवादीका पोलिटव्युरो सदस्य तथा वाइसीएल इन्चार्ज कुलबहादुर केसी सोनमले भने। उनले प्रतिकारमा......

जाने र आन्दोलनको विरुद्ध उत्रिएकाको पहिचान गरेर सार्वजनिक गर्नेसमेत दावी गरे। 'हामी तिनीहरुलाई नियन्त्रणमा लिन्छौं र सार्वजनिक गर्नेछौं,' उनले भने। उनले कसैको भड्कावमा नलाग्न समेत प्रतिकारमा संलग्न भएकाहरुलाई आग्रह गरेका छन्।  माओवादी स्थायी समितिको वैठकले नै प्रतिकारविरुद्ध प्रतिकारमा जाने रणनीति लिएपछि शान्तिपूर्ण प्रदर्शनमा रहेका माओवादी कार्यकर्ताहरु जनताबाट प्रतिकार भएका स्थानतिर गएका छन। यसले मुलुकमा थप हिंसा भड्कने अवस्था देखाएको छ। माओवादीविरुद्ध विहानै देखि बुढानिलकण्ठबाट सुरु भएको प्रदर्शन मध्यदिनसम्म पुग्दा उपत्यकाका विभिन्न भागमा फैलिएको थियो। माओवादी हड्ताल पाँचौं दिनमा आइपुग्दा एक दर्जन बढी ठाउँमा प्रतिकारका घटना भएका छन्। प्रतिकारमा उत्रिएका स्थानीय र माओवादीबीच झडप हुँदा केही घाइते समेत भएका छन्। झडपका कारण राजधानीका जोरपाटी, बुढानिलकण्ठ तनावग्रस्त छन् भने वीरगञ्जमा कर्फ्यु लगाइएको छ।माओवादी हड्तालको प्रतिकारमा काठमाडौंकै जनता उत्रिएका छन्। बसुन्धरा, बुढानिलकण्ड, आरुबारी, कीर्तिपुरमा बन्दकर्ता र स्थानीयबासीबीच झडप भएको छ। नारा लगाउँदै चाबहिलबाट अघि बढिरहेको जुलुसमाथि अरुबारी क्षेत्रका बासिन्दाले आक्रमण गरेपछि झडप भएको छ। बूढानिलकण्ठमा पनि माओवादी र स्थानीयबासीबीच झडप भएको छ। प्रतिकारमा संगठति समूह नभइ स्वतस्फुर्त प्रतिरोधमा उत्रिएका जनता सहभागी रहेको घटनास्थलबाट विकास कार्कीले बताएका छन्। झडपमा केही व्यक्ति घाइते भएका छन्। घाइतेलाई प्रहरीले अस्पताल लगेको छ।  सम्भावित मुढभेडलाई ध्यानमा राख्दै स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। माओवादी जुलुसमाथि घरका छतछतबाट ढुंगा प्रहार गरेका छन्।  दुई गाडी वाइसीएल बसुन्धरा पुर्‍याएको  'न्युज ट्वान्टी फो'ले जनाएको छ। राजधानीका विभिन्न ठाउँमा माओवादीविरुद्ध प्रतिकार हुन थालेपछि केही समयअघि काभ्रेबाट वाइसीएल कार्यकर्ता ओसारिएको थियो। शक्ति थपिएपछि माओवादीले स्थानीयबासीका घरघरमा छिरेर कुटपिट गरेका छन्।







नागरिकन्युजका कार्टुनिस्ट रविन सायमिले माओवादीको वर्तमान आन्दोलनलाई लिएर तयार पारेको कार्टुन विशेष संगीत र सत्ता-









No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक