20100510

बुढो बाघ अर्थात सुर्यबहादुर थापा यसरी कुर्ले


प्रचण्डले काठमाडौंका जनतालाई गुण्डा र सुकिलामुकिला दलालहरूको संज्ञा दिए
२०४८ सालको संसदीय निर्वाचनमा काठमाडौंबाट आफ्नी श्रीमती मंगलादेवी सिंह र छोरा प्रकाशमान सिंह पराजित भएपछि गणेशमान 'काठमाडौंका जनता भेडा हुन्' भनेको सन्दर्भ अहिले पनि चर्चित छ। २० वर्षपछि गणेशमानको त्यो भनाइलाई बिर्साउने गरी एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले काठमाडौंका जनतालाई गुण्डा र सुकिलामुकिला दलालहरूको संज्ञा दिएका छन्। कारण यति मात्र हो, प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि गरिएको आमहड्तालमा काठमाडौंका जनता सहभागी भएनन्। आफ्नै पार्टीभित्र आमहड्तालको पक्षमा सबै नेताहरू एकमत नभएको अवस्थामा प्रचण्डलाई प्रधानमन्त्रीको एक थान कुर्सी दिलाउनका लागि काठमाडौंका मेहनती जनता र आआफ्नो पेसा(व्यवसाय गरेर जीवन चलाउने प्रचण्डको भाषाका 'सुकिलामुकिलाहरू' सडकमा आउन चाहेनन् वा उनीहरूको मनले मानेन। 'यो आन्दोलन सफल हुँदा प्रचण्डले त प्रधानमन्त्रीको कुर्सी पाउँथे तर जनताले के पाउने? यसको जवाफ उनले दिन सकेका थिएनन् र अहिले पनि उल्टो काठमाडौंमा घर बनाएर बसेकाहरूलाई देखौला, पखौला भन्दै तर्साउने दुस्साहस उनले गर्दैछन्। उनले एक(डेढ लाख मानिसलाई डर, धाक, धम्की, प्रलोभन र मिठा सपना बाँडेर काठमाडौंको सडकमा उतार्न सक्लान् तर काठमाडौंका जनता उनको धम्कीबाट डराउनेवाला छैनन्, भन्ने कुरा दुई दिनको जनप्रतिकारले पुष्टि गरिसकेको छ

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक