20100528

प्रचन्ड फेरी प्रधानमन्त्री ?!, आतंकबाद को जित, जनताको हार, काङ्रेस एमालेलाई फेरी थाङ्नामा सुतायो माओवादीले

म्याद थप् गर्ने पक्षमा  ५८०  मत, थप् नगर्ने पक्षमा ५ मत, सकियो कुर्सिको लागि मँचन गरिएको एउटा नाटक, प्रधानमन्त्री र मन्त्री बन्न अब दोस्रो नाटक भोली देखी शुरु हुने  
Breaking News............  
म्याद सकिएपछी नियम कानुन बिपरित मध्य राती १ बजे पछी  संबिधान सभाको म्याद एक बर्षका लागि थप्
प्रधानमन्त्रीले राजीनामा दिने, केही दिन भित्रै अर्को सहमतिको सरकार गठन हुने, प्रचन्ड फेरी प्रधानमन्त्री हुने बढी सम्भावना, अन्तत सबैले हारे माओवादीले जित्यो, अझै भनौं आतंक र हतियारको बिजय, जनताको हार , राजतन्त्र खाने बाघले एमाले र कङ्रेस मात्र होइन सबैलाई एक एक गरी खाँदै, भारतको दोहोरो रोल, देश झन बर्बादीको सँघारमा ! यही हो नेपाल को यथार्थ खबर र वास्तविकता । नबुझ्ने हरु भन्दै होलान माओवादी फेरी झुक्यो, हार्यो तर त्यसो होइन राजनीतिमा नेपाल मा सफल भनेको माओवादी मात्र छ अहिले, हरेक पटक हारेजस्तै देखिने तर उसले बारम्बार जितिरहेकोछ, राजनीतिक धुर्त्याइँ, षड्यन्त्र, कुट्निती मा माओवादी निकै धुर्त र सफल देखिएकोछ, अरु ले बारम्बार जितेर पनि हारिरहेकाछन, अब हेर्दैजानुस् माओवादीले कसरी देश तहस नहस बनाउछ, राम्रो गर्न त यिनिहरुले के नै जानेकाछन र तर बिगारेर भड्खालोमा हाल्न भने यिनिहरु सधैं सफल छन ।

दलहरुबीच भएको सहमति जस्ताको तस्तै

Breaking News......
ऐतिहासिक जनआन्दोलनको जनादेश, नेपालको अन्तरिक संविधान २०६३, लोकतन्त्र दिगो शान्ति तथा बिस्तृत शान्ति सम्झौता अनुरुप हामीहरु निम्नलिखित प्रतिवद्धता गदैर्छा ।
१. शान्ति प्रक्रियालाई सार्थक निस्कर्षमा पुर्याउन यस सम्बन्धमा बाँकी कामहरु अविलम्ब सम्पादन गर्न तथा नयाँ संविधान निर्माणको ऐतिहासिक जिम्मेजवारी पुरा गर्न सहमति र सहकार्यका साथ अघि बढ्न हामी दृढ प्रतिज्ञ छौ ।
२ नयाँ संविधान निर्माणको प्रक्रियामा उल्लेखनिय काम भएपनि सबै कार्य पुरा नभएकाले संविधानसभाको कार्यावधि एक वर्ष थप्न हामी सहमत छौ ।
३. उपयुक्त जिम्मेवारी एवं कार्यहरु यथाशिघ्र सम्पन्न गर्ने सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्न हामी तत्पर छौ । यसका लागि वर्तमान संयुक्त सरकारका प्रधानमन्त्री अविलम्ब राजिनामा गर्न तत्पर रहनेकुरा स्पष्ट गर्दछौ ।
- पुष्पकमल दाहाल, शुशील कोइराला, झलनाथ खनाल (सहमतिपत्र)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक