20100528

माआओबादिका अगाडि फेरी एमाले, काङ्रेस लगायतका अन्य दलहरु आत्मसमर्पण गर्दै !

नेपाल राष्ट्रले हारेको र माओवादी आतंकले जितेको अर्को दिन अर्थात जेठ् चौधको मध्यरात नेपालको ईतिहासले सधैं कलंकको दिनका रुपमा लिनेछ !

- युबराज शर्मा yubaraajsharma@yahoo.co.uk
अन्तत: नियम कानुन नैतिकता र अन्तराष्ट्रिय प्रचलनको धज्जी उडाउदै र नेपाली जनताले दुई बर्षमा नयाँ संबिधान बनाउन दिएको म्यान्डेटको अपमान गर्दै पन्ध्र हजार मान्छेको रगत चुसेर हत्या आतंक कै बलमा कथित ठुलो पार्टी बनेको माआओबादिका अगाडि फेरी एक पटक एमाले र काङ्रेस लगायत का अन्य दल हरु आत्मसमर्पण गर्दै माओवादीकै शर्त अनुसार प्रधानमन्त्रीले केही दिनमा राजीनामा दिने गरी बाँडी चुंडी खाने सर्त मा संबिधान सभा को म्याद थपिने भएकोछ । त्यती सानो देश तर ६०१ भेंडा हरुलाई साँसदको दर्जा दिएर जनताले अर्बौं पैसा खर्चेर पनि दुई बर्षमा संबिधान बनाउन नसक्ने भातमारा हरु लाई फेरी नेपाली जनताले खुन र पसिना खर्चेर कर तिरेर पाल्नु पर्ने भएकोछ। त्यती मात्र होइन आतंकबाद् र हात हतियारधारी जत्थाको नाइके माओवादी का अगाडि नेपाली जनता ले फेरी घुँडा टेक्नु परेकोछ। धिक्कार छ नेपाल आमाका कपुत हरु हो तिमीहरुलाई जसले नेपाली जनतालाई फेरी नराम्ररि थाङ्नामा सुतायौ । आतंकबाद का अगाडि, माओवादीका अगाडि घुँडा टेक्ने राष्ट्रघातीहरु हो तिमीहरुलाई नेपाल आमाको आसुँ ले सधैं पोली रहनेछ । ढिलो वा चाँडो हो आतंकका नायक प्रचन्ड तिमी पनि अन्तरराष्ट्रिय अदालतमा उभिनेछौ र इराकमा सद्दाम हुसैन को वा श्रीलँकामा लिट्टेको नियत भोग्नेनै छौ किनकी यो २१ औँ सताब्दी हो बुझिराख ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक