20100530

काँगेस र एमालेलाई घाटा हुने माओवादी चेतावनी, "माओवादी नागरिक पार्टी भएमात्र राष्ट्रिय सरकार" : काँग्रेस

डेढ दर्जन दलले सहमति कार्यान्वयन नहुदा सम्म प्रधानमन्त्रीले राजीनामा दिननहुने भन्दै तीन बुँदे सहमतिप्रति असन्तुष्टि
एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले मुख्य तीन दलबीच प्रधानमन्त्रीले पाँचदिन भित्र राजीनामा दिने मौखिक सहमति भएको बताएका छन्। राजधानीको जनसञ्चार अभियानमा आइतबार आयोजित साक्षात्कारमा उनले पाँच दिनभित्र राजीनामा आए मात्र सहमतिको प्रकृया अघि बढ्ने बताए। सहमति पालाना नभए काँगेस र एमालेलाई घाटा हुने भन्दै उनले अन्यथा विश्वासको बातावरण खल्बलिने तथा दलहरुबीच नैतिक संकट उत्पन हुने चेतावनी समेत दिए। सेना समायोजनको लागि कार्यदल बनाउने अन्य दलको प्रस्ताव आफूहरुलाई मान्य नभएको बताउँदै उनले सैद्धान्तिक सहमति बिना कार्यदलको कुनै अर्थ नहुने बताए। उनले जनसेनाको संख्या तोक्ने कार्य अगाडी नभई उनीहरुको इच्छाअनुसार समायोजन हुनुपर्ने आफनो पार्टीको अडान यथावत रहेको .....
बताए।

सरकारलाई सर्मथन गर्ने डेढ दर्जन राजनीतिक दलले सहमति कार्यान्वयन नहुदा सम्म प्रधानमन्त्रीले राजीनामा दिननहुने भन्दै तीन बुँदे सहमतिप्रति असन्तुष्टि जनाएका छन्। उनीहरुले सहमति गर्दा साना दललाई उपेक्षा गरेको भन्दै असन्तुष्टि जनाएका हुन्। सरकारमा सहभागि र सरकारलाई सर्मथन गर्ने साना १८ दलको आइतबार सिंहदरबारमा प्रधानमन्त्री माधवकुमार नेपालले बोलाएको संयुक्त बैठकमा दलका प्रतिनिधिले तत्काल पदबाट राजीनामा दिन नहुने निष्कर्ष सहित प्रधानमन्त्रीलाई सुझाव दिएको नेताहरुले बताएका छन्। तीन बुँदे सहमतिका शब्दका अर्थ अनेकौ किसिमको रहेको भन्दै उनीहरुले उपयुक्त समयमा राजीनामा दिने क्रममा माओवादी नागरिक पार्टीमा आएको हुनु पर्ने जनाएका हुन्। राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले दलहरुकाबीच भएको सहमतिको भित्री पाटोका बारेमा आफुहरुलाई केही थाहा नरहेको बताउँदै देखिने गरेको तीन बुँदाको पहिलो अंशको कार्यान्वनय नहुदा सम्म सरकार छाड्न नहुने सुझाव दिएको जानकारी दिए। उनले प्रमुख दलहरुले सहमति कायम गर्ने क्रममा सल्लाह गरेर गरेको भए राम्रो हुने भन्दै असन्तुष्टि जनाए। पहिलो बुँदामा बिगतका सहमतिको कार्यान्वयन गर्नुपर्ने रहेको छ। गृहमन्त्री तथा एमालेका नेता भिम रावलले सहमतिको कार्यान्वयन नहुदा सम्म सरकारले राजीनामा नदिने भन्दै शान्ति र संविधानका लागि आफूहरु बाधक नरहेको बताए। उनले तीन बुँदेलाई कार्यान्वयन गरेमा सरकारले राजीनामा दिने बताए। बैठकमा प्रधानमन्त्री नेपालले समग्र राजनीतिक बिषय र तीन बुँदाका बारेमा जानकारी गराएका थिए। प्रधानमन्त्री नेपालले सरकारलाई समर्थन गर्ने र सरकारमा सहभागि २२ दललाई बैठकमा बोलाएपनि १८ दलका प्रतिनिधिहरुको मात्र सहभागिता रहेको थियो।

काँग्रेसले माओवादी नागरिक पार्टी भएमात्र राष्ट्रिय सरकार बनाउन सकिने भन्दै त्यस पछि मात्रै राष्ट्रिय सहमतिको सरकार गठन गर्ने अडानलाई दोहोर्‍याएको छ। सिंहदरवारमा आइतबार बसेको संसदीय दलको बैठकले समायोजन हुने माओवादी लडाकुको संख्या तोक्नुपर्ने, कब्जा घर जग्गा फिर्ता र वाईसीएलको अर्धसैन्य संरचना खारेज गरी माओवादी नागरिक पार्टीमा रुपान्तरण भएपछि मात्र राष्ट्रिय सरकार निर्माणको बाटो खुल्ने जनाएको छ। काँग्रेसले बर्तमान अवस्थामा माओवादीलाई सहयोग गर्न नसक्ने निष्कर्षमा पुगेको छ। संविधानसभाको म्याद एक बर्ष थप भएपछि भावी रणनीति तय गर्न बसेको बैठकमा संसदीय दलका नेता रामचन्द्र पौडेलले जेष्ठ १४ गते राति माओवादीसँग भएको सहमतिका बारेमा सभासद्हरुलाई जानकारी गराएका थिए।

एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले संविधानसभाको समयावधि थप गर्दा बनेको तिनवुँदे सहमती छिट्टै कार्यान्वयन हुने बताएका छन् । छिमेकी मुलुक भारत जानेक्रममा अइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले छिट्टै राष्ट्रिय सहमतीको सरकार गठन हुने बताएका हुन्। तीन वुँदे सहमतीअनुसार ५ दिन भित्रै राष्ट्रिय सहमतीको सरकार गठन हुँदा राम्रो हुने नेता ओलीको भनाई थियो। उनले सहमती र प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा एकैसाथ हुने समेत बताए। पहिला नै राजीनामा दिँदा सरकार विहिनताको अवस्था आउने भएकाले नयाँ सरकार गठन र राजीनामासँगै हुने उनको भनाई थियो। नेता ओली नियमित स्वास्थ्य परिक्षणका क्रममा भारत जान लागे भए पनि उनले राजनीतिक परामर्श हुने कुरालाई भने नकान सकेनन्। उनले ठट्यौली पारामा जसरी विना खवर तपाइहरु यहाँ आउनु भयो सोही अनुरुप भारतीय नेता भेट्न आउँदा मुन्टो फर्काउन नमिल्ने बताए। नेता ओली सोमवार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक