20100530

प्रधानमन्त्रीको राजीनामा लगायत तीनबुँदे सहमतिबारे प्रमुख दलबीचको विवाद चुलिँदै !

Breaking News........
संविधानसभाको म्याद थप हुनुअघि भएको प्रधानमन्त्रीको राजीनामालगायत तीनबुँदे सहमति कार्यान्वयनबारे प्रमुख तीनदलबीचको विवाद चुलिँदै गएको छ । तीनदलबीच्ाको लिखित सहमतिमा प्रधानमन्त्रीको राजीनामाको मिति किटान नगरिए पनि माओवादी तथा सत्तासीन कांग्रेस र एमालेका नेताहरूको आइतबार बसेको शर्ीष्ाबैठकमा त्यसबारे तीव्र विवाद देखियो । सहमतिअनुसार अघि बढ्ने तथा राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनेलगायत तीनबुँदे सहमतिमा माओवादीले प्रधानमन्त्रीको राजीनामालाई जोड दिएको छ भने अन्य दलले प्याकेजमा सहमति निर्माणमा जोड दिएका छन् । सहमति कार्यान्वयनकै विषयलाई थप प्रस्ट पार्न र त्यसबारे साझा धारणा बनाउन आइतबार....................
____________________________________
 एकीकृत माओवादीले कब्जा गरिएका घरजग्गा निजी सम्पत्ति पनि बिक्री गर्न सुरु..................
______________________________बसेको तीनदलका शर्ीष्ानेताहरूको बैठक पनि राजीनामाको अवधिमा कुरा नमिल्दा विनानिष्कर्षटुंगियो । प्रधानमन्त्रीको राजीनामा अविलम्ब हुनुपर्ने माओवादी अडान र प्याकेजमा सहमतिसँगै राजीनामा आउने कांग्रेस एमालेको अडान यथावत् रहेपछि बैठक सोमबार पुनः बस्ने गरी सकिएको हो । सरकारमा सहभागी १० दलको बैठकपछि भएको तीनदलको बैठकमा सहभागी कांग्रेस र एमाले नेताहरूले प्रधानमन्त्रीको राजीनामाअघि शान्ति प्रक्रिया र संविधान निर्माणका अर्न्तर्वस्तुमा छलफल गरेर सहमतिमा पुग्नुपर्ने धारणा राखेका थिए । स्रोतका अनुसार तीनदलको बैठकमा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा पाँच दिनमा आउने भन्ने विषय आफूलाई थाहा नभएको बताए । पौडेलको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, 'सहमतिको बुँदा हस्ताक्षर हुनुभन्दा अगाडि मलाई शान्ति प्रक्रिया र संविधानका अर्न्तर्वस्तुमा सहमतिपछि मात्रै प्रधानमन्त्रीको राजीनामा भन्ने जानकारी गराइएको हो र मैले हस्ताक्षर गरेको हुँ । त्यसकारण सहमति नभएसम्म राजीनामा आउँदैन ।'
पौडेलले सहमति कति छिटो गर्ने र प्रधानमन्त्रीको राजीनामा आउने भन्ने विषय माओवादीको बलमा रहेको प्रस्ट पारेका थिए । उनले शान्ति र संविधानका विषयवस्तुमा माओवादी सहमतिमा आएसँगै प्रधानमन्त्रीले राजीनामा दिने धारणा राखेका थिए ।
तर, माओवादीले प्रधानमन्त्रीको राजीनामा पाँच दिनभित्र आउने मौखिक समझदारी भइसकेका कारण त्यसलाई र्सत राख्न नहुने र छलफलका अरू विषय राजीनामासँग जोडेर हर्ेन नहुने धारणा राखेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले राजधानीलाई बताए ।
'राजीनामालाई र्सत राख्नुहुँदैन भनेर हामीले स्पष्ट भनेका छौं, त्यसबारे हाम्रो पहिले नै सहमति भइसकेको छ,' उपाध्यक्ष श्रेष्ठले भने, 'पर्ूवसहमति कार्यान्वयन गर्न कांग्रेस-एमाले इमानदार हुन्छन् भन्ने विश्वास छ, त्यसबारे सोमबारको बैठकमा पुनः छलफल हुन्छ ।'
बैठकपछि कांग्रेस महामन्त्री बिमलेन्द्र निधिले शान्ति प्रक्रिया र संविधान निर्माणमा सहमति भएपछि मात्र प्रधानमन्त्रीले राजीनामा दिने बताए ।
आइतबारको बैठकमा लडाकू समायोजन र व्यवस्थापनमा सहयोगका लागि तीनदलीय कार्यदल गठन गर्नुपर्ने प्रस्ताव माओवादीले राखेको थियो । तर, स्रोतका अनुसार त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा रहेको विशेष समिति नै पर्याप्त भएकाले अलग्गै कार्यदल आवश्यक नहुने धारणा कांग्रेस र एमालेका नेताहरूले राखेको महामन्त्री निधिले बताए । माओवादी लडाकूको समायोजन र पुनःस्थापना नभएसम्म शान्ति प्रक्रिया पूरा नहुने भन्दै कांग्रेस र एमालेले माओवादीसँग लडाकूलाई सुरुमा विशेष समितिको मातहतमा ल्याउनुपनर्ेर्ेेडान राखेका थिए ।
आइतबार बिहान संविधानसभा भवन नया“ बानेश्वरमा बसेको बैठकमा दलहरूले शान्ति प्रक्रिया र सेना समायोजनका बारेमा आ-आफ्नो पार्टर्ीी आन्तरिक छलफल गरेर सोमबार बस्ने बैठकमा धारणा राख्ने र सहमतिको बाटो खोज्ने सहमति गरेका छन् । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', उपाध्यक्षहरू मोहन वैद्य 'किरण', डा. बाबुराम भट्टर्राई र प्रकाश, कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, डा. रामशरण महत र एमालेका अध्यक्ष झलनाथ खनाल, केपी ओली, भरतमोहन अधिकारी र प्रदीप ज्ञवाली सहभागी थिए ।
प्रधानमन्त्री असन्तुष्ट
सरकारमा सहभागी १० दलको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालले सञ्चारमाध्यममा आएजस्तो पाँच दिनमा राजीनामा दिने सहमति नभएको प्रस्ट पारेका थिए । सो सहमतिका बारेमा सरकारमा सहभागी दलका नेताहरूलाई कांग्रेस संसदीय दलका नेता पौडेल र एमाले नेता ओलीले जानकारी गराएका थिए । उनीहरूले राष्ट्रिय सहमति र प्रधानमन्त्रीको राजीनामा सँगै हुने बताएका थिए । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बैठकमा नेताहरूले प्याकेजमा सहमति नबनेसम्म प्रधानमन्त्रीलाई राजीनामा नदिन सुझाव दिएको माले महासचिव सीपी मैनालीले जानकारी दिए । बैठकमा शान्ति प्रक्रिया र संविधान निर्माणको स्पष्ट कार्ययोजनासहित राष्ट्रिय सहमति बनेपछि मात्र राजीनामा दिन सुझाव दिएको महासचिव मैनालीले जानकारी दिए ।
बैठकमा १० दलका नेताहरूले माओवादी लडाकूको समायोजन, व्यवस्थापन, कब्जा सम्पत्ति फिर्तालगायत माओवादी प्रतिबद्धताको व्यावहारिक कार्यान्वयन भएपछि मात्र नयाँ सरकारबारे निर्ण्र्ाालिन कांग्ा्रेस र एमालेका नेताहरूलाई आग्ा्रह गरेका थिए ।-खिला कार्की

 एकीकृत माओवादीले कब्जा गरिएका घरजग्गा निजी सम्पत्ति पनि बिक्री गर्न सुरु

दाङमा केही समय यता चन्दा आतंक सुरु गरेको एकीकृत माओवादीले निजी सम्पत्ति पनि बिक्री गर्न सुरु गरेको छ । युद्धकालमा कब्जा गरिए पनि लोकतन्त्र बहालीसँगै फिर्ता गरिएको र पुनः एक वर्षगाडि कब्जा गरिएका घरजग्गा माओवादीले आफू खुसी बिक्री गरेको पीडितहरूको भनाइ छ ।माओवादीले पार्टर्ीीनर्देशन र निर्ण्र्ााभन्दै सोनपुर-७, रनियापुरस्थित अनिता शाहका नाममा रहेको घर-गोठ आफ्ना कार्यकर्तालाई ६५ हजार रुपैयाँमा बिक्री गरेको छ । माओवादीले कब्जा गरेको जग्गा आफ्ना अनुकूलका मानिसलाई थोरै रकममा वितरण गरेको रहस्य खुलेको छ ।माओवादीले भने खीमबहादुर शाहकी छोरी अनितासँग भएको सहमतिका आधारमा जग्गा बिक्री गरेको प्रतिक्रिया दिएको छ । तर, अनिता लामो समयदेखि विदेश बस्छिन् । केही समयअगाडि माओवादीले बिक्री गरेको घर-गोठ भत्काएर लैजाने क्रममा आइतबार सोनपुर-७, रनियापुरका स्थानीय बासिन्दाले त्यसको प्रतिकार गरेका छन् । उनीहरूले घर-गोठ भत्काउने काममा संलग्न माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् ।
माओवादीले त्यहाँ अनिता, हरि भण्डारी र लोकमान श्रेष्ठका नाममा रहेको १२ बिघा जग्गा पनि कब्जा गरेका छन् ।
गाउँलेहरूले आइतबार सोनपुर-४ वनकट्टीका निशान थारु, सोही गाउँका अमरिकाप्रसाद चौधरी, सोनपुर-१ नर्तीका घनश्याम खनाल, सिसहनियाँ कालापानीका अनन्तराम चौधरी, सोही ठाउँका खेमलाल चौधरीलगायतका माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिई प्रहरीलार्इर्र्बुझाएका छन् । 'हाम्रै आँखा अगाडि कसैको घर उजाड गरेर लैजाँदै गरेको हामीले कसरी हर्ेन सक्छौं, अर्काको सम्पत्तिमा त्यतिकै कसैले केही गर्न सक्दैन त्यसैले हामीले उनीहरूलाई पक्रेर प्रहरीलाई बुझाएका हौं,' गाउँँका अगुवा कालीप्रसाद चौधरीले भने । इलाका प्रहरी कर्यालय लमहीबाट प्रहरी प्रमुख हरिदास श्रेष्ठको अगुवाइमा गएको प्रहरीको टोलीले गाउँलेको नियन्त्रणमा रहेका माओवादी कार्यकर्ता र गाउँलेबीच उत्पन्न विवाद समाधान गर्न गाउँस्तरमा सोमबार छलफल गर्ने सहमति भएको छ । 
लोकतन्त्र बाहलीपश्चात् कब्जा गरिएका घरजग्गा फिर्ता भयो भन्ने थहा पाएपछि अनिताले स्थानीय पाँचजना किसानलाई वाषिर्क ५५ हजार रुपैयाँमा साढे ६ बिघा जग्गा ठेक्कामा दिएकी थिइन् । ठेक्का पाएको जग्गामा खेती गर्न नपाउँदै माओवादीले सो जग्गा पुनः कब्जा गरिएको जनाएपछि किसानहरू आक्रोशित भएका थिए । 'खेती गरेर खाने समयमा यो जग्गा कब्जा भयो, तिमीहरूले काम गर्न पाउँदैनौ भनेपछि कस्तो हुन्छ -,' जग्गा ठेक्कामा लिएका तुनराम चौधरीले भने । अनिता शाहलाई पैसा बुझाउने सम्झौता भए पनि माओवादी कार्यकर्ताले किसानहरूबाट तीन किस्तामा ५५ हजार रुपैयाँ असुली सकेका छन् । तर, पनि ढुक्कासाथ किसानहरूले खेती गर्न पाएका छैनन् ।
माओवादीले ६ बिघामा फैलिएको आँपको बगंैचासमेत यस वर्षएक लाख रुपैयाँमा आफ्नै कार्यकर्ता अनन्तराम चौधरीलाई ठेक्कामा दिएका छन् । पार्टर्ीीत्र माओवादीले कब्जा गरिएको गोठ बिक्री गर्ने र जग्गा ठेक्कामा दिने निर्ण्र्ााभएको गाविस इञ्चार्ज माधव शर्माको भनाइ छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक