20100531

सरकारको नेत्रित्व लिन ज्यान फालेर लागेको माओवादीले नै डाक्टरको अपहरण गरेको पुस्टि

Exclusive News........
आफुलाइ नागरिक पार्टी भैसकेको दाबी गर्ने, सरकारको नेत्रित्व लिन ज्यान फालेर लागेको माओवादीले नै डाक्टरको अपहरण गरेको पुस्टि, परिवारलाई पनि घ्रेराबन्दिमा, कहाँ गए कथित मानबाधिकारबादी डलरेहरु ?खोइ अरु राजनीतिक पार्टीहरु बोलेको ? साबधान आतंककै बलमा माओवादीले यसै गरी भोली एक एक लाई बेपत्ता बनाउनेछन, बुढी मरी भनेर होइन काल पल्क्यो भनेर डराउ, हिम्मत गर, अगाडि आउ, माओवादीको यो अराजकताको बिरुद्ध एक होउ र बेपत्ता डाक्टरको निम्ती आवाज उठाउ कुम्भकर्ण नेपालीहरु हो !   
१३ दिनदेखि बेपत्ता भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठको परिवारलाई एकीकृत माओवादीले आफ्नो घेराबन्दीमा राखेको छ। बेपत्ता डाक्टर माओवादी नियन्त्रणमा रहेको अनुसन्धानमा संलग्न स्रोतहरुले पुष्टि गरेपछि माओवादीले श्रेष्ठ परिवारमाथिको निगरानी बढाएको हो। अस्पताल परिसरमै रहेको उनको क्वार्टर छेउछाउ एकीकृत माओवादीका कार्यकर्ता खटिएका छन्। माओवादीका जिल्लास्तरीय नेताहरूलाई पटक-पटक छलफल गरिरहेको अवस्थामा सञ्चारकर्मीले फेला पारेका छन्। 'परिवारसँग भेटघाटका लागि कोही नयाँ व्यक्ति श्रेष्ठ निवास पुग्दा माओवादी कार्यकर्ताले एक्लै छाड्दैनन्,' उच्च सुरक्षा स्रोतले भन्यो, 'तेस्रो व्यक्तिले सोधे....
परिवारका सदस्य ती सुराकीका मुखतिर हेर्छन् र केही बोल्दैनन्।' सञ्चारकर्मीले पनि माओवादीको अनुमति लिएर मात्रै परिवारलाई भेट्न पाउने पाउने गरेका छन्। क्वार्टरमा भेट्न आउनेको नामावली संकलन गर्न थालिएको छ। प्रहरीले पनि घर माओवादी घेराबन्दीमा रहेको भन्दै परिवारलाई सुरक्षा दिइरहेको बताएको छ। 'जेमा पनि माओवादी हस्तक्षेप छ,' प्रहरी स्रोतले भन्यो। भरतपुर क्यान्सर अस्पतालको क्वार्टरमा श्रेष्ठपत्नी शिलु र जेठी छोरी जुलिया छन्। त्यहाँ शिलुकी आमा विष्णुलक्ष्मी र बाबु वृजकुमार श्रेष्ठ पनि आएका छन्। कान्छी छोरी, बुबा चन्द्रमान र आमा मिश्री श्रेष्ठ भने भरतपुरस्थित घरमै छन्। परिवारका लागि गेटबाहिर रहेको आँपको रुखमुनि बसेर सुरक्षागार्डले सुरक्षा दिइरहेका भेटिन्छन्। श्रेष्ठपत्नीसँग अस्पतालकी माओवादी निकट स्वास्थ्यकर्मी अनुपा थापा पनि छन्। थापाले गत शुक्रबार पनि सञ्चारकर्मीहरूलाई शिलु बिरामी भएको भन्दै भेट्न रोकेकी थिइन्। माओवादीको बन्द कार्यक्रम र नागरिक जलाउने कार्यक्रममा समेत उनी उपस्थित थिइन्। खबरै नगरी पुगेका सञ्चारकर्मीसँग कुरा गर्दा शिलुलाई बारम्बार फोनबाट समेत धेरै कुरा नगर्न दबाब आएको प्रस्टै देखिएको थियो। 'परिवारसँग सञ्चारकर्मीले कुरा गर्न लागे अर्को व्यक्ति आएर रोक्ने गरेका छन्,' एक सञ्चारकर्मीले भने।

अस्पताल सञ्चालक समिति सदस्य प्रेम रिमालले सञ्चारकर्मीसँग कुरा गरिरहेका बेला बोल्न नदिई श्रेष्ठपत्नी शिलुलाई उठाएर भित्र लगेका थिए। रिमाल एकीकृत माओवादीका सदस्य हुन्। माओवादी सरकारकै पालामा उनले अस्पताल सञ्चालक समितिमा प्रवेश पाएका हुन्।

स्वास्थ्यकर्मीबीच विवाद
डा. श्रेष्ठलाई एकीकृत माओवादीले नियन्त्रणमा राखेको खबर सार्वजनिक भएपछि अस्पतालका स्वास्थयबीच फाटो बढ्दै गएको छ। उनीहरूमध्ये कतिपय आफ्ना विषयमा समाचार छापिएपछि थप विवादमा परेका छन्।

केही चिकित्सकले 'आफू पनि असुरक्षित' भएको बताउन थालेका छन्। 'मलाई पनि लैजान्छन् कि भन्ने त्रास लाग्न थालेको छ,' डा. श्रेष्ठ निकट एक चिकित्सकले भने, 'बोल्ने अवस्था पनि छैन, नबोलुँ साह्रै गाह्रो भइसक्यो।'


माओवादी महासचिव रामबहादुर थापा निकट भएका आधारमा अस्पतालबाट विशेष सुविधा पाइरहेकी अस्पताल प्रशासन अधिकृत इन्दिरा पराजुली पनि आफ्नो विवाद पत्रिकाले सार्वजनिक गरेपछि रुष्ट छिन्। उनलाई डा. श्रेष्ठले कारबाही प्रक्रिया बढाए पनि दबाबपछि रोकिएको थियो। 'मेरोबारे यस्तो समाचार आएछ, मेरो विवाद त्यति ठूलो होइन,' पराजुलीलाई उद्धृत गर्दै स्रोतले भन्यो। अस्पतालमा डा. श्रेष्ठको बहुमत रहे पनि त्रासका कारण चिकित्सकहरू चुप रहन बाध्य भएको छन्।

घटनामा माओवादी संलग्नताको खबरले चितवनका अन्य अस्पतालका चिकित्सकले आन्दोलन छाडेका छन्। आन्दोलन कसरी अघि बढाउने भन्नेबारे आइतबार साँझ छलफल गरेको भक्तमान बचाउ अभियानका संयोजक डा.विजयराज न्यौपानेले बताए।

यसैबीच, चितवनका निजी अस्पतालहरूले सोमबारबाट आफ्ना सेवा खोल्ने भएका छन्। निजी अस्पताल समन्वय समिति चितवनले सोमबारबाट अस्पताल खोल्ने सहमति गरेको संयोजक लेखनाथ भट्टराईले जानकारी दिए। 'बिरामीको चापलाई ध्यानमा राखी सेवा सञ्चालन गर्न लागिएको हो,' उनले भने।

नागरिकमाथि आक्रमणको विरोध
नेपाल स्वास्थ्यकर्मी युनियनले नागरिक दैनिक बोकेको गाडी जलाइएको घटनाको विरोध गरेको छ। पत्रिकामा प्रकाशित समाचार सत्यताको कानुनी उपचार बाँकी हुँदाहुँदै पत्रिकासहित गाडी जलाउनु प्रेसमाथि आक्रमणको रुपमा लिएको महासचिव उज्ज्वल शर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
यसैगरी नेपाल तरूण दलले माओवादीले नागरिक पत्रिका जलाएर लोकतन्त्रप्रतिको उसको प्रतिबद्धताको असली अनुहार देखिएको जनाएको छ। एमाले केन्द्रीय स्वास्थ्य जनसंख्या तथा वातावरण विभागले पत्रिका जलाएको घटनाप्रति केही प्रतिक्रिया नदिई श्रेष्ठ शीघ्र रिहाइको माग गरेको छ।-नागरिक

माधवकुमार नेपालले पाँच दिनभित्र राजीनामा दिने व्याख्या हुन थालेपछि  

संविधानसभाको म्याद थपका लागि प्रमुख तीन दलबीच भएको तीनबुँदे सहमतिको कार्यान्वयनका लागि दलहरूले छलफल प्रारम्भ गरेका छन्। संविधानसभाको म्याद सकिनुभन्दा केही घण्टाअघि मात्रै भएको तीनबुँदे सहमतिमा पनि दलहरूबीच आ-आफ्नो बुझाइ रहेकाले त्यसलाई प्रस्ट पार्न आइतबार एकीकृत नेकपा (माओवादी), नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेताहरूको बैठक संविधानसभा भवनमा बस्यो। माओवादीका तर्फाट लगातार प्रधानमन्त्री माधवकुमार नेपालले पाँच दिनभित्र राजीनामा दिने व्याख्या हुन थालेपछि कांग्रेस र एमालेले सहमतिका तीनवटा सहमति सँगसँगै हुने व्याख्या गरेका हुन्।

माओवादीले सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्न वर्तमान संयुक्त सरकारका प्रधानमन्त्री अविलम्ब राजीनामा गर्न तत्पर रहेको विषयलाई मात्र प्राथमिकता दिने र कांग्रेस तथा एमालेले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन त्यससँग सम्बन्धित बाँकी कामहरूलाई अविलम्ब सम्पादन गर्न तथा संविधान निर्माणको जिम्मेवारी पूरा गर्न सहमति र सहकार्यका साथ अगाडि बढ्ने कुरालाई प्राथमिकता दिने गर्दा सहमति भएलगत्तै फेरि असहमतिको वातावरण शुरू नहोस् भनेर शीर्ष नेताहरूबीच छलफल भएको थियो।

माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तीन दलका शीर्ष नेताको बैठकमा तीनवटा एजेन्डाको बुझाइ र त्यसको व्याख्याका बारेमा छलफल भएको बताउनुभयो। बैठकले तीन बुँदामा भएको बुझाइको अहसमति हटाउने र स्पष्ट पार्ने कामको शुरूआत गरेको नेता श्रेष्ठले बताउनुभयो।उहाँले शान्ति र संविधानलाई केन्द्रमा राखेर पर्रार्मश भएको बताउनुभएको छ।

नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले शान्ति प्रक्रियासँग जोडिएर आएका विषयका बारेमा छलफल भएको जानकारी दिँदै प्रधानमन्त्रीको राजीनामाको विषय प्याकेजमा जोडिएर आएकाले राजीनामा तत्कालै नहुने बताउनुभयो।

‘शान्ति र संविधानका विषयमा प्याकेजमा नै सहमति हुनासाथ प्रधानमन्त्रीको राजीनामा आइहाल्छ’ -महामन्त्री निधिले भन्नुभयो। कांग्रेस र एमालेले शान्ति प्रक्रियाको कार्यतालिकामा माओवादीद्वारा कब्जा घरजग्गा सम्पत्ति फिर्ता, वाईसीएलको अर्धसैन्य संरचना विघटन, शान्ति प्रक्रियासँग सम्बन्धित आयोग र समितिहरूको गठन, विगतका सहमतिको कार्यान्वयनलगायतका विषय पर्ने महामन्त्री निधिले बताउनुभयो।

‘जति छिटो यी आधारहरू
पूरा हुन्छन्, त्यत्ति नै चाँडो प्रधानमन्त्रीको राजीनामा आउँछ’ -महामन्त्री निधिले भन्नुभयो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका कावा सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरूको सहभागिता रहेको बैठकमा छलफल प्रारम्भ भए पनि पार्टी भित्र आन्तरिक छलफलका लागि भन्दै बैठक भोलि ३ बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रधानमन्त्री पनि परामर्शमा
संविधानसभा जोगाउन भएको तीनबुँदे सहमति र समसामयिक राजनीतिका बारेमा प्रधानमन्त्री माधवकुमार नेपालले पनि आइतबार सरकारमा सामेल दलहरू र सरकारलाई र्समर्थन गर्ने दलहरूसँग छलफल गर्नुभयो।

छलफलमा सरकारलाई र्समर्थन गर्ने दलहरूले शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्ने र संविधान बन्ने कार्ययोजनासहितको सुनिश्चितता नआउन्जेल प्रधानमन्त्रीले राजीनामा दिन नहुने सुझाव दिएका थिए। प्रधानमन्त्री नेपालले आफ्नो उद्देश्य नेपाली जनताले थप गरिएको समयसीमाभित्र संविधान पाऊन् र शान्ति प्रक्रिया निष्कर्षमा पुगोस् भन्ने नै रहेको बताउँदै आफ्ना अडानहरूलाई र्समर्थन गरेर साथ दिएकोमा र्समर्थक दलहरूलाई धन्यवाद दिनुभएको थियो। उहाँले तीनबुँदे सहमतिको माओवादीले अपव्याख्या गरिरहेको जानकारी गराउनुभएको थियो।

सरकारमा सामेल १० दलले सहमतिका शुरूका दुई बुँदाको कार्यान्वयन भएपछि मात्र तेस्रो बुँदा कार्यान्वयन हुने भन्दै पहिलो बुँदाको कार्यान्वयन नभई सरकारले राजीनामा गर्न नहुने अडान लिएका थिए। कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले नेता केपी ओलीले बैठकमा सहमतिको भावनाका बारेमा जानकारी गराउनुभएको थियो।

नेपाली कांग्रेसका प्रवक्ता अर्जुनरसिंह केसीले माओवादीले हतियार र लडाकूलाई नत्यागेसम्म समस्याको समाधान नहुने भएकाले समाधानको पाटो माओवादीकै हातमा रहेको र सहमति कार्यान्वयनको शुरू पनि माओवादीले नै गर्नुपर्ने बताउनुभयो। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता केसीले माओवादीले आफ्नो तर्फाट गर्नुपर्ने कार्य गरेमा सहमति कार्यान्वयनमा कांग्रेस र एमालेका तर्फाट कुनै पनि ढिलाइ नहुने बताउनुभयो।

साना दलहरूसँगको छलफलमा पनि ती दलहरूले प्रधानमन्त्रीलाई सबै सहमतिहरूको कार्यान्वयन सँगसँगै हुनुपर्ने सुझाव दिएका थिए। संविधानसभालाई बचाउने सहमति गर्दा तीन ठूला दलहरूले साना दलहरूलाई सामेल नगराएकोमा भने साना दलले ठूला दलप्रति आक्रोश र आशंका व्यक्त गरेको राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिनुभयो।

ओलीको बुझाइ
नेपाली कांग्रेस, एमाले र माओवादीबीचमा संविधानसभाको म्याद थपका लागि तीनबुँदे सहमति गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका एमाले नेता केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन त्यससँग सम्बन्धित बाँकी कामहरूलाई अविलम्ब सम्पादन गर्न तथा संविधान निर्माणको जिम्मेवारी पूरा गर्न सहमति र सहकार्यका साथ अगाडि बढ्ने र सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्न वर्तमान संयुक्त सरकारका प्रधानमन्त्री अविलम्ब राजिनामा गर्न तत्पर रहने दुवै विषय सँगसँगै कार्यान्वयन हुने बताउनुभयो।
उपचारका क्रममा आइतबार दिल्ली जाने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता ओलीले सबै सहमति कार्यान्वयनका गर्नका लागि नै गरिएकाले सँगसँगै अगाडि बढ्ने बताउनुभयो।

स्वास्थ्य उपचारका लागि भनी दिल्ली प्रस्थान गर्नुभएका नेता ओलीले भारतमा भारतीय नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ।
माओवादी उपाध्यक्ष मोहन वैद्यले आइतबार नै राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पहिला प्रधानमन्त्रीले राजीनामा दिने र राजीनामा पाँच दिनभित्र दिने मौखिक सहमति भएको दाबी गर्नुभएको थियो।

कार्यतालिका निर्माणको गृहकार्य शुरू
संविधानसभाको म्याद थप भएपछि संविधानसभाबाट तोकिएको समय भन्दाअगावै संविधान निर्माण कार्य पूरा गर्ने गरी कार्यतालिका निर्माणका लागि गृहकार्य प्रारम्भ भएको छ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सकेसम्म एक वर्षगावै संविधान निर्माण गर्ने गरी कार्यतालिकाका बारेमा दलहरूसँग परामर्श शुरू भइसकेको जानकारी दिँदै निरन्तर काम गने हो भने सातदेखि नौ महिनाभित्र संविधान निर्माण हुन सक्ने बताउनुभएको छ। अध्यक्ष नेम्वाङले आइतबार पत्रकारहरूसँग भन्नुभयो- ‘कार्यतालिकाको मस्यौदा हामीले तयार गरिसकेका छौं, दलहरूसँग परामर्शपश्चात् यथाशीघ्र कार्यतालिकालाई अन्तिम टुंगोमा पुर्याइनेछ।’
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग आइतबार आफ्नो भेटघाट भएको जानकारी गराउँदै अध्यक्ष नेम्वाङले भन्नुभयो- ‘शीर्ष नेताहरूले अब संविधानसभामा भवनमा नै निरन्तर बैठक बस्ने र देखा परेका र पर्ने जटिलतालाई टुंगो लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ, त्यो सकारात्मक पक्ष हो।’

संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनु अहिलेको प्रमुख दायित्व भएको र सोही कार्यका लागि संविधानसभाको म्याद थप भएकाले अब अझ प्रभावकारी रूपमा कामलाई अगाडि बढाउनुपर्ने भन्दै अध्यक्ष नेम्वाङले जनतालाई आश्वस्त तुल्याउने गरी काम गर्नुपर्छ भन्नुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक