20100518

अवकास प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सहवीर थापाको निधन, आर्यघाटमा दाहसंस्कार

नेपाली आमाका सच्चा सपुत, हाम्रा अत्यन्त शुभचिन्तक मित्र, पूर्व ससस्त्र प्रहरी महानिरीक्षक सहवीर थापालाई नेपाल मदर डट कम हार्दिक श्रद्दान्जली अर्पण गर्दै शोक सन्तप्त परिवार जनमा समबेदना प्रकट गर्दछ ।
अवकास प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सहवीर थापाको गएराति करीब १२ बजे नर्भिक अस्पताल थापाथलीमा निधन भयो । उहाँको पार्थिव शरीरलाई आज सशस्त्र प्रहरी सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । त्यसअवसरमा स्वर्गीय थापाको सम्मानमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको दर्ुइ छुट्टाछुट्टै टोलीले शोक सलामी, सम्मान सलामी तथा अन्तिम सलामी अर्पण गरेको थियो । स्वर्गीय थापालाई.......


आर्यघाटमा उहाँका छोराहरु इन्जिनियर आशिष थापा र अभिषेक थापाले दाग बत्ती दिनुभएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार वस्नेतले स्वर्गीय थापाको देहवसनले सशस्त्र प्रहरी बललाई अपुरणीय क्षती पुगेको बताउनुहुँदै स्वर्गीय थापाको दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनमा हार्दिक सम्वेदना प्रकट गर्नुभएको छ । अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय सहवीर थापाको १४ महिना अघि क्यान्सर देखिएको थियो । त्यसपछि उपचार गर्राई रहनु भएका उहाँले दर्ुइ पल्ट बैंककमा गई उपचार गरी र्फकनु भएको थियो भने हाल गत बैशाख २५ गते देखि नर्भिक अस्पतालमा भर्ना भई उपचार भईरहेको थियो । उपचारको क्रममा क्यान्सर -नन् हच्किन लिम्फोमा) बाट उहाँको निधन भएपछि आज विहान पाँच बजे उहाँको पार्थिब शरीरलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा ल्याई श्रद्धाञ्जलीको लागि सशस्त्र प्रहरी बल रंगशालामा राखिएको थियो ।
श्रद्धाञ्जलीको लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालयद्वारा व्यवस्थित र भव्य रुपमा आयेाजना गरिएकोे श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री भीमबहादुर रावल, गृहसचिव गोविन्दप्रसाद कुसुम, सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार वस्नेत, प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी, अवकाश प्राप्त प्रधान सेनापति र अवकाश प्राप्त महानिरीक्षकहरु लगाएत नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका बरिष्ठ अधिकृतहरु तथा सशस्त्र प्रहरी अधिकृत, विल्लादार तथा जवानहरुले स्वर्गीय थापाको पार्थिब शरीरमा रित तथा फुलमाला चर्ढाई भावपर्ूण्ा श्रद्धाञ्जली अर्पण गर्नुभयो । यसैगरी पर्ूव प्रधानमन्त्री, पर्ूव मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालगाएत र्सवसाधरण एवं स्वर्गीय थापाकी धर्मपत्नी कल्पना थाापा, परिवारका सदस्य एवं आफन्तजनले स्वर्गीय थापाको पार्थिब शरीरमा फुलमाला चर्ढाई भावपर्ूण्ा श्रद्धाञ्जी अर्पण गर्नुभयो । यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती रत्ना बस्नेतलगायत संघका पदाधिकारीहरुले श्रद्धाञ्जली अर्पण गर्नुभयो । श्रद्धाञ्जली कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार वस्नेतले स्वर्गीय थापाको पार्थिब शरीरमा सशस्त्र प्रहरी बलको झण्डा ओर्ढाई सम्मान गर्नुभयो ।
यसैगरी टग अफ वार संघका उपाध्यक्ष पुष्प ताम्राकारलगाएतले सो संघको तथा ब्याडमिन्टन संघका अध्यक्ष प्रकासबहादुर शाही लगाएतका पदाधिकारीले सो संघको झण्डा ओर्ढाई सम्मान गर्नुभयो ।
सशस्त्र प्रहरी बल रंगशालामा श्रद्धाञ्जली कार्यक्रम सकिएपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयद्वारा फुलमालाले सजाईएको गाडीमा स्वर्गीय थापाको पार्थिब शरीर राखेर स्कर्टिङ्गसहित सशस्त्र प्रहरी सम्मानका साथ पशुपति आर्यघाटमा पुर्‍याइएको थियो । सो गाडीमा स्वर्गीय थापाको तस्वीरसमेत राखिएको थियो ।
आर्यघाटमा सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार वस्नेत र प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलगाएत अवकास प्राप्त महानिरीक्षकहरु, पर्ूव प्रधानमन्त्री, पर्ूव मन्त्री तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता लगाएत बहालवाला तथा अवकास प्राप्त सुरक्षाकर्मीहरु एवं परिवारजन र र्सवसाधारणले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
बाबु खड्गसिंह थापामगर र आमा पार्वती थापामगरको कोखबाट वि.सं.२००८ साल फागुन २८ गते जन्मनु भएका स्वर्गीय थापा प्रहरी सहायक निरीक्षक दर्जामा वि.सं. २०३० साल फागुन २५ गते सेवा प्रवेश गर्नुभएको थियो । वैतडी खलङ्गा गाविस वडा नम्बर ४ सुतेगाडा स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका १४ कुलेश्वरमा बसोवास भएका स्वर्गीय थापा वि.संं. २०५७ साल फागुन १२ गते नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा स्थानान्तरण हुनर्ुभई वि.सं. २०५९ साल माघ १३ गतेदेखि २०६३ साल बैशाख २९ गतेसम्म सशस्त्र प्रहरी बलको सर्वोच्च पद सशस्त्र प्रहरी महानिरीक्षक हुनुभएको थियो ।
भौतिक पर्ूवाधारको निर्माण, संगठन विस्तार एवं व्यावसायिक जिम्मेवारी पुरा गर्न सक्षम जनशक्ति उत्पादन लगायत सशस्त्र प्रहरी बलको कार्य सफलतामा उहाँको ठूलो योगदान रहेको थियो ।
निर्ण्र्ााक्षमता, निडर, स्पष्टवक्ता र हकी स्वभाव भएका उहाले संगठनका राष्ट्रसेवकको मनोवल उच्च राख्नको लागि महत्वपर्ूण्ा योगदान पुर्‍याउनु भएको थियो ।
विकम सम्मको अध्ययन पुरागर्नुभएका स्वर्गीय थापाले विभिन्न १६ वटा कार्यालयमा प्रमुखको रुपमा कुशलतापर्ूवक जिम्मेवारी निर्वाह गनर्ुर्ुुको थियो भने स्वदेश तथा विदेशमा गरी विभिन्न १३ वटा व्यावसायिक तालिम हासिल गर्नुभएको थियो ।
उहाँले प्रशंसनीय कार्य गरेवापत सेवाकालमा पटक-पटक ग्रेडथप पुरस्कार पाउनुभएको थिायो ।
स्वर्गीय थापाको श्रीमती कल्पना थापा तथा दर्ुइ छोरा र एक छोरी हुनुहुन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक