20100519

image

गैरकानुनी व्यवसाय गरेको आरोपमा गृह प्रशासनले पक्राउ-पुर्जी जारी गरेपछि युनिटीका प्रमुख सञ्चालकहरू सम्पर्कविहीन भएका छन् । तर, चार वर्षसम्म उनीहरूलाई संरक्षण दिने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रतिपक्षी नेता र उच्चओहोदाका कर्मचारीमाथि कारबाही हुने कि नहुने ? प्रश्न उठेको
 छ । १५ फागुन २०६२ मा स्थापना भएको युनिटीले चार वर्षमा ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेको ....
थियो । बैंकिङ कारोबार गर्दा राष्ट्र बैंकमा र बिमा सेवा दिँदा बिमा समिति र उपचार सेवा दिँदा स्वास्थ्य विभागमा दर्ता हुनुपर्ने नियम भए पनि युनिटी यी कुनै पनि निकायमा दर्ता नभई चलिरहेको थियो ।
युनिटीले यति धेरै कारोबार गर्दा पनि कुनै पनि सरकारी निकायले कारबाही गरेनन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र नेताहरू त युनिटीका सञ्चालकलाई सम्मानित गर्ने, दोसल्ला ओढाउने र प्रमाणपत्र दिने प्रतिस्पर्धामै लागेका थिए ।
डा. रामवरण यादव राष्ट्रपति भएको केही दिनमै उनलाई सम्मान गर्न युनिटीको टिम शितलनिवास पुगेको थियो । आफूलाई सम्मान दिन आउने टिम कानुनी हो वा गैरकानुनी हो भनेर बुझ्ने चेष्टा राष्ट्रपति र उनका सल्लाहकारहरूले गरेनन् । 'नयाँ नेपाल बनाउन हामी राष्ट्रपतिसँग काँधमा काँध मिलाएर अघि बढ्न चाहन्छौँ,' युनिटीका तर्फबाट अध्यक्ष काशीराम (प्रसाद) गुरुङले घोषणा गरे । राष्ट्रपतिले सहमति जनाउँदै युनिटीको तर्फबाट प्रमाणपत्र लिए, खादा पनि स्वीकारे ।
राष्ट्रपतिलाई सम्मान गरेपछि युनिटी टिमले शितलनिवासमै चियापान कार्यक्रम पनि गरेको थियो । तर, चिया प्लाष्टिकको गिलासमा भएकाले आयोजकले राष्ट्रपतिलाई दिएका थिएनन् । तर, सम्मान र प्रमाणपत्र पाएर हषिर्त राष्ट्रपतिले 'मलाई चिया नदिने ?' भन्दै मागेरै खाएका थिए ।
प्रधानमन्त्री माधवकुमार नेपालले त 'देश र जनताका लागि सराहनीय काम गरेको' भनेर युनिटीका प्रबन्ध-निर्देशक विष्णु क्षेत्रीलाई फूलमाला लगाएर प्रमाणपत्र दिएका थिए । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले भने प्रधानमन्त्रीले युनिटीको सम्मान नलिएको र नदिएको दाबी गरे । 'प्रधानमन्त्री माधवकुमार नेपालले युनिटीका सञ्चालकलाई सम्मान गर्नुभएको छैन, उनीहरूले दिएको सम्मान पनि ग्रहण पनि गर्नुभएको छैन ।' तर तस्बिरमा भने प्रधानमन्त्री र विष्णु क्षेत्री स्पष्ट देखिन्छन्, दुवैका गलामा माला र मुहारमा मुस्कान छ ।
प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि युनिटीको कामको सराहना गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना समेत दिएका थिए । युनिटीको वाषिर्क स्मारिका- २०६६ मा प्रकाशित शुभकामना सन्देशमा प्रचण्डले भनेका छन्, 'शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिकजस्ता जनताका प्रत्यक्ष सरोकार र सहभागितामा युनिटीले पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको छ ।' उनले संविधान निर्माणमा समेत युनिटीबाट सहयोग हुने अपेक्षा व्यक्त गरेका छन् ।
यसैगरी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, वाणिज्यमन्त्री राजेन्द्र महतो, सञ्चारमन्त्री शंकर पोखरेल, वाणिज्य मन्त्रालयका सचिव पुरुषोत्तम ओझालगायतले पनि शुभकामना दिएर युनिटीको प्रशंसा गरेका छन् । त्यस्तै उपप्रधानमन्त्री कोइरालाले युनिटीका नयाँनयाँ कार्यक्रमले देशलाई फाइदा हुने भन्दै शुभकामना दिएकी छन् । 'सेवा विस्तार गर्ने क्रममा युनिटीले सुरु गरेको टुर एन्ड ट्राभल योजनाले जनतालाई अझ लाभ दिने आशा लिएकी छु,' उनको भनाइ छ । उनले संस्थाको सफलताको कामना गरेकी छन् ।
वाणिज्य मन्त्री राजेन्द्र महतोले पनि शुभकामनामा युनिटीको प्रशंसा गर्दै देशको प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोग गरी स्वदेशी र विदेशी बजारमा नेपाली वस्तुको पहुँच पुर्‍याउन युनिटीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । सञ्चारमन्त्री शंकर पोखरेलले पनि युनिटीले जनताका अत्यावश्यक वस्तु तथा सेवाहरूमा योगदान पुर्‍याएको भन्दै प्रशंसा गरेका छन् । पोखरेलले पनि युनिटीका अहिलेसम्मका कामलाई निरन्तरता दिन पनि युनिटीलाई आग्रहसमेत गरेका छन् । 'आगामी दिनमा पनि जनताको विश्वासलाई कायम राख्दै यसैप्रकारका कार्यक्रमहरूले निरन्तरता पाउनेछन् भन्ने विश्वास लिएको छु,' उनले भनेका छन् ।

नेता त नेता, नियम, कानुन र विधि बुझेका भनिने कर्मचारीले समेत युनिटीको अहिलेसम्मको कामलाई प्रशंसा गर्दै अझै बढी सफलताको कामना गरेका थिए । वाणिज्य मन्त्रालयका सचिव पुरुषोत्तम ओझाले युनिटीले देशको आर्थिक तथा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको दाबीसमेत गरेका छन् । 'आगामी दिनहरूमा पनि यस संस्थाले आफ्नो कार्यक्षेत्रलाई अझ बढी सुदृढ तुल्याइ देशको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा थप टेवा पुर्‍याउनेछ भन्ने अपेक्षा गर्दै कम्पनीको सफलताको कामना गर्दछु,' उनले भनेका छन् ।
दुई सञ्चालकविरुद्ध मुद्दा
युनिटीका दुई अध्यक्षविरुद्ध सरकारले ठगी मुद्दा दायर गरेको छ । सञ्चालकद्वय भीम गुरुङ र नेत्रलाल राजवंशीविरुद्ध मंगलबार जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरिएको हो ।
उनीहरूविरुद्ध गैरकानुनीरूपमा सर्वसाधारणबाट निक्षेप संकलन गरेको अभियोग लगाइएको छ । गुरुङ र राजवंशीलाई सोमबार प्रहरीले राजधानीबाट पक्राउ गरेको थियो । युनिटीका अन्य सञ्चालकलाई समेत प्रहरीले खोजी गरिरहे पनि उनीहरू भने फेला पर्न सकेका छैनन् ।
युनिटीका अन्य सदस्यलाई पक्राउ गर्न सरकारले सोमबार आदेश दिएको थियो ।
यसैबीच, युनिटीमा पैसा लगानी गरेका लगानीकर्ताहरूले सोमबार राजधानीमा प्रदर्शन गरेका छन् । सरकारलाई नेटवर्किङ व्यवसायलाई कानुनी दायरामा ल्याउन यसअघि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । सर्वोच्च अदालतले नेटवर्किङ व्यवसायलाई कानुनी दायरामा ल्याउन आवश्यक कानुन बनाउन सरकारलाई आदेश दिएको थियो ।
यसैबीच बाग्लुङस्थित युनिटी अस्पतालका बिरामीलाई बाहिर निकाली सदस्यहरूले तालाबन्दी गरेका छन् । नेपालगन्जमा कार्यालय घेराउ गरेका छन् । धनगढी कार्यालयमा आक्रोशित सदस्यले ताला लगाई साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् ।
नेताहरूले नैतिक कारबाही भोग्नुपर्छ

सुरेन्द्र महतो उपाध्यक्ष, बार एसोसिएसन
गैरकानुनी काम गर्ने संस्थालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दलका नेताहरूले संलग्नता जनाउनु भनेको अपराधीकरणलाई प्रोत्साहन गर्नु हो । यसले उपभोक्तालाई संस्थाको वैधानिकता रहेको देखाउँदै ठगी गर्न अपराधीहरूलाई सजिलो हुन्छ । राज्य हाँक्ने तहमा बस्नेहरूले थाहा नपाइ सम्मान वा शुभकामना दिएको त भन्नै मिल्दैन । यसबाट नेपाली नेताहरू आपराधिक गतिविधिमा संलग्नहरूको चंगुलमा छन् भन्न सकिन्छ । राज्यले युनिटीलाई ठगीको कारबाही गर्न लागेको हो भने नेताहरू पनि त्यो ठगीको नैतिक भागिदार हुन्छन् । उनीहरूको नाम बेचेर युनिटीले ठगी गरेको हुनाले नेताहरूलाई मुद्दा लगाउन नसकिएला, तर नेताहरूलाई नैतिक कारबाही भने गर्नुपर्छ ।
सिन्डिकेटलाई नेताहरूको संरक्षण
रामचन्द्र सिम्खडा सचिव, उपभोक्ता हित संरक्षण मञ्च
नेपालका नेताहरू पैसाको मात्र पछि लाग्छन् भन्ने पुष्टी युनिटीजस्तो गैरकानुनी धन्दा गर्नेहरूलाई प्रोत्साहन गर्नुले पुष्टी भएको छ । आर्थिक प्रलोभनमा परेर सबै दलका नेताहरूले युनिटीको गैरकानुनी धन्दालाई वैधता दिने काम गरेका छन् । संसारमा फ्लप भएको र प्रतिस्पर्धात्मक नभई सिन्डिकेट प्रणालीको व्यवसाय गर्ने युनिटीलाई सम्मान र शुभकामना दिने यस्ता नेताहरूलाई पनि कारबाही हुनुपर्छ ।
नेताहरूले अहिलेसम्म किन प्रशंसा गरे ?
रोहितराज पराजुली
कास्की, ४ जेठ
युनिटी लाइफ इन्टरनेशलनको पोखरा शाखा मंगलबार दिनभर तनाबमय बनेको छ । गृह मन्त्रालयले युनिटी लाइफका सञ्चालकहरूलाई कारबाही प्रक्रिया अगाडि बढाउन सम्पूर्ण जिल्ला प्रशासन कार्यालयमा आदेश जारी गरेपछि त्यसमा लगानीकर्ताहरू आफूले लगानी गरेको रकम फिर्ता पाउनुपर्ने भन्दै कम्पनीको कार्यालयमा जम्मा भएका थिए । उनीहरूले सरकार र दलका नेताहरूको आलोचना गरे । अधिकांशको भनाइ थियो, 'सरकार र राजनीतिक दलहरूले चार वर्षसम्म के हेरेर बसे ? र, अहिले आएर अनाधिकृत भन्दै छन् ? विगतमा सरकारका मन्त्री तथा दलहरूले युनिटीको किन प्रशंसा गरे ?' उनीहरूको प्रश्न थियो । सदस्यहरूले सरकारले नै आफूहरूको पैसा फिर्ता गर्नुपर्ने माग पनि गरेका छन् ।
पोखरामा युनिटीले नेटवर्किङका लागि पोखराको सिद्धार्थचोकमा कार्यालय स्थापना गरेको छ भने पोखराकै सिमलचौरमा १ सय १ शैयाको अस्पताल समेत सञ्चालनमा ल्याएको छ ।
पोखरामा रहेका कम्पनीका दुवै ठाउँका कार्यालयका सम्बन्धित व्यक्तिहरू सोमबारदेखि नै देखिएका छैनन् । पोखरामा मात्र करिब २३ हजार सदस्य रहेको अनुमान गरिएको छ । तिनीहरूबाट करिब ३४ करोड ५० लाख युनिटीले संकलन गरेको छ । पोखरामा सोमबार र मंगलबार आफ्नो लगानी रकम फिर्ता माग्न आउने ग्राहकहरूको ठूलो भीड लागेको थियो । सञ्चालकमध्येका कोही पनि कार्यालयमा नभेटिएपछि उनीहरू अब के हुन्छ ? आफ्नो रकम फिर्ता पाइन्छ/पाइन्न ? भन्दै फर्केका देखिन्थे । उनीहरू एकआपसमा विवादसमेत गरिरहेका थिए ।
अस्पतालमा ठूलो संख्यामा प्रहरीसमेत परिचालन गरिएको थियो ।
युनिटीको डिपार्टमेन्ट स्टोरमा तालामाथि ताला
नारायण सापकोटा/नयाँ पत्रिका
काभ्रे, ४ जेठ
काभ्रे, बनेपामा रहेको युनिटी डिपार्टमेन्ट स्टोरमा सदस्यहरूले तालामाथि ताला लगाएका छन् । लगानी डुब्ने आशंकामा सदस्यहरू जम्मा हुन थालेपछि कर्मचारीहरूले मंगलबार स्टोरमा आफैँ ताला लगाएका थिए ।
करिब एक सय सदस्य जम्मा भएका थिए । उनीहरूले साँचो भने स्थानीय प्रशासनलाई जिम्मा लगाएका छन् । काभ्रेमा युनिटीका २५ सयको हाराहारीमा सदस्य छन् ।
कम्पनीको सदस्य बनेका शिखरआम्बोटेका खड्गबहादुर राउतले चिनजानको आधारमा साथीमार्फत सदस्य बनेको बताए । उनले भने, मलाई सदस्य बनाउनेले दुईचार दिन पख्नूस्, पैसा फिर्ता गर्छु भनेको छ, हेरौँ के हुन्छ ।' अन्य जिल्लामा पैसा फिर्ता गरेका सुनेका उनले पैसा पाउने आसमा बसेका छन् । 
अर्का सदस्य श्याम केसीले भने, 'यस्ता गैह्रकानुनी रूपमा सञ्चालित सयौँ संस्थाहरू रहेका छन्, सरकारले के हेरेर बसेको छ ? यदि संस्थाले हाम्रो रकम फिर्ता दिन सकेन भने सरकारले दिनुपर्छ ।' - News Source Naya Patrika

रेमिटान्सको  दुख   यसको  सदुपयोग
 बैदेशिक रोजगारमा गएका नेपालीहरुको पसिनाको कमाईनै हाम्रो देशको ४० प्रतिशत आयश्रोत मानिन्छ | त्यो नै  रेमिटान्स हो | बैदेशिक रोजगारबाट  नेपाल भित्रने रेमिटान्सको दुख जति  त्यसको  दुरुपयोग्पानी त्यतिनै जस्तो लाग्छ किनकि बैदेशिक रोजगारबाट नेपाल भित्रने अर्थतन्त्र रेमिटान्स प्रति हाम्रो देश को  सरकार गम्बिर रुपमा अगाडी बढेको  देखिदैन नेपाल सरकारले रेमिटान्स सम्बन्धि बिशेष नीति-नियमहरु  बनाएर  अगाडी बढ्ननसके त्यसको  परिणाम अन्ततः नराम्रो साबित हुन सक्छ | रेमिटान्स क्षेत्र लाई सरकारले दिने सेवाको  स्तरवृद्धि पुर्बाधारमा थपलगानी बाताबरणमा उपेक्षित सुधार हुन नसकेका कारण रेमिटान्सको  दुरुपयोग भएको  देखिन जान्छ | यसको  कारण देशको  अवस्था अनुकुल नहुनु नै  हो |यदि  अनुकुल वातावरणको साथै नीति-नियमहरु  भए रेमिटान्सबाट  आउने श्रोतले देशलाई अझ बलियो  निर्भर पार्न मद्धत गर्छ | सेवा क्षेत्र, पर्यटन,उर्जा कृषि जस्ता परियोजनामा रेमिटान्सको पैसालाई सदुपयोग गरे  कसैसंग सहायताको लागि   हात अगाडी बढाउने स्थितिको  सुधार  हुनेथियो |बैदेशिक रोजगारीमा जाने आमनेपालीहरु  मध्यमबर्गीय परिवारको  सदस्य हुन्छ जस्तै :( मलेशिया,दुवै,कतार  साउदी )   ऊसको सपना भनेको  बिदेसमा कमाएको  पैसाले नेपालको अलि राम्रो ठाउँमा कोठे घर बनाउने हुन्छ किनकि देसमा रेमिटान्स  प्रतिको  चासो नहुनु हो  यदि  रेमिटान्सको  नीति  नियम अनि  देशमा अनुकुल बताबरंको स्थिति भएको  भए उसको  सपना बदलिन सक्थ्यो ऐले को  परिस्थितिमा लगानीगरेर कुनै  फाइदा देख्दैन भने किन दुखगरेर आर्जेको  अर्जन्लाई  बिथ्यमा लगानी गर्नु ?
प्रत्येक बर्ष देशको आयश्रोतको  ४० प्रतिशत रेमिटान्सको सदुपयोग खै?अनि  कहाँछन् नीति-नियमहरु ?मलेशियामा बर्ष अबधि अनि  खाडीमुलुकमा बर्ष अबधि सकेर नेपाल फर्कने जना नेपाली पनि लगानीको सोच लिएर फर्केको हुदैन किन? खै राष्ट्रले  दिएको  हामीले गरेको  दुखको  पैसाको सदुपयोग ? हाम्रो  देशमा नेताहरुलाई जहिलेपनि  कुर्ची अनि  सत्ताको  लागि  आन्दोलनको  नया नया विचारहरु मात्र प्रस्फुटन हुन्छ देश कहाँ पुगिसक्यो खै चिन्ता? एउटा गल्लिको बाटोमा खाडल भए अरुदेश संग हात थाप्न पुरानो बानी  लागेकोले देशका जनता अन्यदेशमा गएर गरेको दुखको  मुल्यांकन छैन | बैदेशिक रोजगारमा जाने नेपालीहरुको  दुख भनेको  देशको  अर्थतन्त्रको  दुख हो  खै  त्यो  बुझेको नेताहरु तपाईंहरुलाई  के थाहा बैदेशिक रोजगारीको  दुख बिहान बजे देखि बेलुका बजे सम्म साहुको गाली ,लात्ती सहेरगरेको  कमाईलाई नेपाल सरकारले बेवास्ता गर्नु कहाँ सम्मको  दुखदायीकुराहो  अब पनि यसको  सदुपयोग  हुन सकेन भने यसको  परिणाम आउन  धेरै समय नलाग्ला यसको लागि  नेपाल सरकार बाट अनुकुल बाताबरण बनाउनुपर्छ  रेमिटान्सको  सहयोगबाट  देशलाई सक्षम बनाउनुपर्छ |
Thank you
- ABHISHEK KHAREL  ''Pratik''
THREE STAR REMITANCE
MALASIYA ,Meru Branch
H/P NO .6014-6050532
HELLO. 6012-7555493
E-mail:- kharel1@live.com, pratik_unlimited@yahoo.com
            akharel31@gmail.com
http://www.abhishekkharel.blogspot.com
http://www.kapilvastuthito.webs.com                        
नेपाली जनसम्पर्क समिती एकता को दोस्रो अधिवेशन तयारी समिती कालिफोर्नियाको बैठक
संयोजक बैकुण्ठ खनाल को संयोजकत्वमा मिति १४ मे ,२०१० मा बसेको बैठक ले उत्तरी कालिफोर्निया मा बसोवास गर्ने सम्पूर्ण नेपाली काँग्रेस संग आबद्ध सुभचिन्तकहरू तथा सदस्यहरु संग यथाशीघ्र भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ /यस्तो भेटघाट तथा अन्तरक्रिया बाट निकट भविस्यमा हुन गइ रहेको कालिफोर्निया अधिबेशन लाई पूर्ण रुपले सम्पन्न गर्न सहयोग पुग्ने बिश्वास तयारी समितिले गरेको छ /
साथै नेपाली काँग्रेस का नेता तथा अछाम जिल्ला का पूर्व सभापति पदम बहादुर रावल लाई जनसम्पर्क समितिको सदस्यता प्रदान गर्दै औपचारिक रुपमा एकता अधिवेसनको सदस्यता बितरण कार्यक्रमको शुभारम्भ गरियो /उत्तरी कालिफोर्निया का विभिन्न भाग मा पनि सदस्यता बितरण गर्ने निर्णय भयो /जनसम्पर्क समितिको सदस्यता ,नेपाली काँग्रेसको साधारण सदस्यता ,तथा पार्टीको क्रियाशील सदस्यता विघटित दुवै जनसम्पर्क समिती का पूर्व पधाधिकारिहरुबाट प्राप्त गर्न सकिनेछ/
            साथै उक्त बैठकले एकता अधिवेसन को मिति र स्थान समेत निर्धारण गरेको  छ/तल उल्लेखित मितिको भेलामा  निर्बाचन समिति र सल्लाहकार समितीको समेत घोषणा गर्ने निर्णय गरेको छ /  
नेपाली काँग्रेस का कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम:-  
मिति :- अगामी मे २३ ,आईतबार
समय :- दिनको ४ बजे
स्थान :- 440 Ellis st. SF(ओम मण्डल )
एकताको दोश्रो  अधिवेसन को कार्यक्रम:- मिति :-जून २० आइतबार
समय :- बिहान १० देखि साँझ ४ बजे सम्म
स्थान :-440 Ellis St. SF (Om Mandal) साथै निर्बाचनको अन्य कार्यक्रम पछि प्रकासित गरिनेछ/
जय नेपाल !
बैकुण्ठ खनाल
संजयोक ,एकताको दोश्रो अधिबेशन तयारी समिती ,कालिफोर्निया

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक