20100519

के देश ठूला ३ दलको विर्ता हो ??

- अनिलभक्त खरेल
      हिजो अस्ति जस्तो लाग्छ विदेश आइएको तर ७ महिना पो वितिसकेछ । देशको लागि पसिना बगाउनु पर्ने युवा किन विदेश आइयो भनेर घरि घरि पछुतो पनि लाग्छ । घरि त तुरुन्तै नेपालनै जाउ जस्तो पनि लाग्छ तर पछि सन्ततिले धिक्कार्ला कि भन्ने डर लाग्छ । आज देशका शिक्षित युवाहरु दिन दुगुना र रात चौगुनाका दरले विदेशिने क्रम जारी छ तर ययसलाई रोक्न कसैले तत्परता देखाएको छैन । देशका शिक्षित युवाहरुलाई विदेशमा नजा भनेर रोक्नेे कोही निस्केनन् । न राजा निस्के न दलहरु नै । वास्तवमा अहिले देशमा राजनेता नै छैनन् भने पनि हुन्छ  । हे युवा तिमी हौ देशको....
शक्ति, तिमी हौ देशको भक्ति, तिमी हौ देशको रक्षक, तिमी हौ देशको पालक भन्ने कुरालाई राजनीतिक गर्नेहरुले विर्सिएका छन् । राजनेता भएका भए कर्ुर्सर्ीी लागि कुकूर र विरालो जस्तो झगडा गन थिएनन् र बाकी भएका युवाहरुलाई आप\mनो स्वार्थानाकूल लगाउने थिएनन् । विदेशिएका लाखौ शिक्षित युवाहरुलाई विदेशीनुबाट रोक्नु नसकेपनि भएका युवाहरुलाई सही सदुपयोग गर्नुपर्नेमा मशल पर््रदर्शन गर्न, मान्छे कुट्न, फरक विचार राख्नेमाथि आक्रमण गर्न प्रयोग गरिएको छ । विनाशकाले विपरीत बुद्धि भनेको यही हो । जसरी गाउका शिक्षित युवाहरु शहर पस्दा गाउको विकास द्रूत गतिले भएन त्यसैगरी देशका शिक्षित युवा विदेशिदा देशलाई भविष्यमा दूरगामी असर पार्ने निश्चित छ ।

      युवाहरु रहरले होइन बाध्यता र विवशताले विदेशिएका छन् । कोही सन्ततिको भलाईका लागि, कोही साहुको ऋण तिर्न नसकेर, कोही बूढेशकालमा आनन्दले विताउने मनशायले, कोही योग्ययता अनुसारको काम नपाएर, कोही गरिखाने ठाउ नपाएर विदेश पलाएन भएका हुन् ।

      विदेश पलाएन भएका युवाहरुलाई देशको माया नभएर विदेशिएका पनि होइनन् । बरु स्वदेशमा बस्नेहरुलाई स्वार्थका कारण नेपालको माया नहोला तर विदेशिएकाहरुले आप\mनो मातृभूमि, आफूलाई जन्मदिने आमाबुबा र आफन्तहरुलाई हरपल सम्भिmरहेका हुन्छन् । जननी जन्मभूमिश्च स्वर्गादपि गरिएशी भन्ने मन्त्र हरेकको मुखबाट सुन्न पाइन्छ । विदेशमा बस्नेहरुले एउटै स्वार्थका कारण नेपालको माया गरेका छन् भोलि राष्ट रहेन भने हामी कहा जाने - विदेशीलाई परिचय दिंदा आफू कुन राष्टको भनेर परिचय दिने - भोलि नेपाल कतै विलय भयो भने आप\mनो परिचय के भनेर दिने भनेर हरेक नेपाली छटपटिएका छन् । कसैले व्हेर आर यु प|mम भन्दा अहिलेसम्म त कमसेकम प|mम नेपाल भन्न त पाएइएको छ । भोलि नेपाल नै रहेन भने हामीले हाम्रो परिचय के भनेर दिने - के सिक्किमेलीले जस्तै भारत भन्ने - किन आज विदेशीएका लाखौं युवाहरुको कुरा सुनिदैन देश चलाउने जिम्मा लिएकाहरु - के नेपाल दल विषेका सीमित कार्यकर्ताको मात्रै हो - के नेपाल ५, १० लाखको मात्रै हो - के ५,१० लाखले सडकमा तोडफोड गरेर नारा लगाउने वित्तिकै उनीहरुले जे भन्यो त्यही हुने देश हो त - होइन भने संविधान वनाउने जस्तो गहन विषयमा खै विदेशीएका युवाहरुको राय लिइएको -

      के देश ठूला ३ दल भनाउदाहरुको मात्रै पेवा हो - उनीहरुको विर्ता हो - के ठूला दल भनाउदाहरु संविधानभन्दा माथि हुन् - उनीहरुको पार्टर्ीी उनीहरुका नेता तथा कार्यकर्ताहरुलाई राणा शासनमा जस्तै सात खत माफी हुने प्रावधान छ - छैन भने किन हर निमेष ठूला ३ दलको सहमति र सहकार्य भनेर सुगा रर्टाई गरिन्छ - के ठूला ३ दल भनाउदाहरु मात्रै मिले सहमति र सहकार्य हुने हो र - अरु मिल्नु पर्दैन - के राजा फालेको ३ दललाई संविधानभन्दा माथि राख्नलाई हो त - होइन भने संविधानमा जे छ त्यही अनुसार चल्नु पर्छ । मिल्ने हो भने ३ दल मात्रै होइन राजा, दल, सबै धार्मिक समुदाय, जात जाति मिल्नु पर्छ । दलित, सुकिलामुकिाल, राजावादी, प्रतिगामी, यथास्थितिवादी, पुनरुत्थानवादी, दक्षिणपन्थी, उग्रवामपन्थी सबैले सबैको पगरी हटाउनु पर्छ ।

      नेपालमा कुनै दलपनि देश र जनताको भलाईका लागि लडेका हैनन् भन्ने प्रष्ट भैसकेको छ । उनीहरु आफू, र आप\mनो परिवारको क्षणिक स्वार्थमा अल्भिmएका छन् । सबैलाई कर्ुर्सर्ीीाहिएको छ । कर्ुर्सर्ीीवना कोही काम गर्न सक्दैनन् । खाने बेलामा सबैको मुख एउटै हुन्छ । जसरी हिजो प्राडो, पजेरो लिने बेलामा २६५ जनाकै मुख एउटै भएजस्तै संविधानसभाको म्याद थप्ने बेलामा सबैको मुख एउटै हुन्छ । उनीहरुले देशको माया भएर संविधानसभाको म्याद थप्ने हैनन् कि म्याद थपिएन भने आफूहरु फूटपाथमा आउनर्ुपर्छ, अनपढ छौं कहा जाने भन्ने पीरले मात्र हो । यो सबै वार्गेनिड मात्र गरिएको हो । यस्ता स्वार्थीहरुको कारण नेपालको भविष्य पहराको फर्सर्ीीस्तै भएको छ । राजनीतिक गर्नेहरुको एउटामात्र स्वार्थ देश र जनताको भलाई गर्ने हुनुपथ्र्यो तर यहा त राजनीतिक गर्नेहरुको एउटा मात्र स्वार्थ प्रधानमन्त्री, मन्त्री देख्नु भएको छ । यस्तो तालले कसरी देश उभो लाग्छ -

      विदेशमा आफू नेपाली हौं भन्ने वित्तिकै कतिले नाइस कन्टी भन्छन् तर हामीले पनि आफूले आफूलाई नै ढाटेर एस भन्नु परिरहेको छ । वास्तवमा नेपाल नाइस कन्टी हो तर बादरे प्रवृत्तिका नेपालका नेताहरुका कारण नेपाल र्डर्टर्ीीुन पुगिरहेको छ । नेपाल अहिले बादरको हातमा नरिवल भएको छ ।

      विदेशमा वस्नेहरुको एउटै मात्र चाहना छ नेपाल सिंगो रहोस् । अनन्तकालसम्म नेपाल भन्न पाइयाोस् । नेपालमा बसेर राजनीतिक गर्नेहरुको घैटोमा घाम लागेस् यही कामना छ । - भर्जिनिया, मनासस, अमेरिका इमेल anilkharel1976@gmail.com, anilkharel@hotmail.com

3 comments:

  1. kharel g sabaiko badhyata ho bidesh aauna ta kaslai po rahar lag6 ra tara pani bideshma basera pani aba deshko bare sochne bela aayako 6 aba ki kaso?

    ReplyDelete
  2. kharel g sarai ramro lekh lekhnu vako rai6.frist ma hajurlai thanks,ashai gari 29000000 nepali le bughni din ayeko 6 hamro nepal ma but khai ra kasle bughni?tehi vayera nepali ho vanna lag hudai 6 hami bedesh basni lai,

    ReplyDelete
  3. deffinately thapilay banayko jastaie naie ho ra..... jaba samma yo daysama matello thahako netaharu rahanchan thaba samma yo days ma hame youth haru lay thapilay banako jasto dukha phaie rahanchu ane arko kura yo nepal country ma laie this condition ma laye puraune pane tene haru neta naie hun........aba sachie nepal ma good ledar ko kacho cha...........

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक