20100504

घुमाउरो भाषामा प्रचन्डले भने "बाबुराम भट्टराई फटाहा हुन", माओवादी भित्रै बिस्फोट हुने खतरा !

Breaking News........
"सडकमा १ लाख देखाएर माओवादीले २ करोड ९९ लाख जनताको अधिकार हनन गरेको आरोप, आम हड्तालमा काठमाडौं पुगेका माओवादी कार्यकर्ता र सर्वसाधारण विभिन्न बहानामा घर फर्कन थाले, माओवादीका कार्यकर्ता र स्थानीय बासिन्दाबीच ठाउँ-ठाउँमा झडप,राष्ट्रिय मानव अधिकार आयोगले माओवादीले गरेको कुटपिटको भत्सर्ना, हडतालमा बालबालिकाको प्रयोग, मन्त्रीहरुलाई सिंहदरबार प्रवेश रोक" यस्तैछन आजका दु:खद समाचार !
* माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले सत्ताका लागि आन्दोलन गरेको भन्नेहरु फटाहा भएका बताएका छन्। यसअघि सोमबार सुनधारामा आयोजित सभामा माओवादी नेता बाबुराम भट्टराईले कसैलाई भ्रममा नपर्न भन्दै...
माओवादी आन्दोलन सत्ता प्राप्तिकै लागि भएको दाबी गरेका थिए। हामीलाई शान्ति र संविधानको सुनिश्चितताबाहेक अरु केही चाहिएको छैन भन्दै उनले चेतावनी दिए- अरु दलले हाम्रो आन्दोलनबारे बेलैमा सोचून्। अझै पनि आफूहरु संवादबाटै वर्तमान समस्याको निकास चाहेको पनि उनले बताएका छन्। उनले भनेका छन्- उनीहरुले जनताको भावना बुझून्। नत्र यो जनसहभागिता हरेक दिन बढ्दै जानेछ। माओवादीको चक्रपथ घेराउ कार्यक्रमअन्तर्गत आफ्नै निवास नयाँ बजारमा पुगेपछि उनले सञ्चारकर्मीलाई बताए- माओवादीलाई सत्ता चाहियो भन्ने भन्ने फटाहा हुन।

* राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा मजदुरमाथि माओवादीले गरेको कुटपिटको भत्सर्ना गरेको छ। पोखराको बालुवाखानीमा काम गर्ने ३० मजदुरलाई माओवादीले कुटपिट गरेका थिए। आयोगले आज एक विज्ञप्ति जारी गर्दै हड्तालको कारण जनजीवन थप प्रभावित भएको जनाएको छ। आयोगले अनाम नगरमा भएको तोडफोड, सतुंगतलमा भएको झडप, पाकिस्तनी दूतावासमा काम गर्ने नेपाली सुरक्षाकर्मीमाथि भएको हमला लगायतका घटनाको भत्सर्ना गरेको छ। त्यस्तै सरकारले सुरक्षाकर्मीलाई धेरै समय खटाएको प्रति पनि आयोगले ध्यानाकर्षण भएको जनाएको छ। हडतालमा बालबालिकाको प्रयोग भएको आरोपसमेत लगाएको छ।

* एकीकृत नेकपा माओवादी पदाधीकारी वैठकले मन्त्रीहरुलाई सिंहदरबार प्रवेश रोक लगाउने निर्णय गरेको छ। मन्त्रीहरु प्रहरीको गाडी चढेर मन्त्रालय जाने गरेको थाहा पाएपछि नयाँ बजारमा आज बसेको पदाधीकारी वैठकले उनीहरुलाई सिंहदरबा प्रवेश निषेध गर्ने निर्णय गरेको हो। 'मन्त्रीले पुलिसको गाडी प्रयोग गरी सिंहदरबार छिरेको थाहा पायौं,' माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने,'अब हामीले कुनै पनि हालतमा उनीहरुलाई छिर्न दिँदैनौं।' राजधानीबाट कार्यकर्तालाई माओवादी आफैले फर्काएको समेत उनले दावी गरे। उनीहरु घर गएपछि अर्को समूह फेरि राजधानी भित्रने उनले जानकारी दिए। काठमाडौंका नेवार समुदायलाई आन्दोलनमा सहभागी गराउन विशेष कार्यक्र चलाउने निर्णय समेत भएको छ। यसका लागि नेवार नेता, नेवारी सामाजिक संस्थालाई परिचालन गरिने निर्णय भएको छ।

* अनिश्चितकालीन आमहडतालको तेस्रो दिन आज एकीकृत नेकपा (माओवादी)का कार्यकर्ता र स्थानीय बासिन्दाबीच ठाउँ-ठाउँमा झडप भएको छ। राजधानीको सतुङ्गल र नैकाप क्षेत्रमा बन्दको विरोधमा उत्रेका स्थानीय बासिन्दा र एनेकपा(माओवादी)का कार्यकर्ताबीच झडप भयो। नैकापमा एक स्थानीय बासिन्दाले मोटरसाइकल चलाएको भन्दै ५/७ जना माओवादी कार्यकर्ताले मोटरसाइकल तोडफोड गर्न थालेपछि सोको विरुद्व स्थानीय बासिन्दा र माओवादी कार्यकर्ताबीच झडप भएको हो। बजार बन्दको विरोधमा उत्रेका स्थानीय बासिन्दाका कारण तनावपूर्ण अवस्थामा पुगेको सो झडपमा मध्यस्थकर्ताका रूपमा सुरक्षाकर्मीले अपनाएको संयम, धैर्य र कार्यकुशलताका कारण कुनै पनि क्षति नभएको जनाइएको छ। नैकापको स्थिति अहिले सामान्य रहेको छ। आफूहरूले मागेजति चन्दा दिइरहँदा पनि बलजफ्ती पसल बन्द गराउन दबाब दिएको भन्दै स्थानीय बासिन्दाले एकीकृत माओवादीका तीन कार्यकर्तालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्। उनीहरूले माओवादीका लागि खानेपानी ओसार्ने ट्याङ्कर चल्न नदिने चेतावनी पनि दिएका छन्। अहिले त्यसक्षेत्रमा चन्दा, बन्दलगायत माओवादी ज्यादतीको विरूद्ध स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरिरहेका छन्। यसैबीच, आज बिहान अनामनगरमा बन्दका दिन पनि पसल खोलेको भन्दै माओवादी कार्यकर्ताले करिब दुई दजर्नभन्दा बढी होटल तथा किराना पसलमा तोडफोड गर्दा करिब रु. दुईलाख क्षति भएको स्थानीय बासिन्दाले गुनासो गरे। यसैगरी मैतीदेवीको तरकारी पसल पनि माओवादी कार्यकताले तोडफोड गरे। माओवादी कार्यकर्ताले चुच्चेपाटीस्थित नेसनल टेलिभिजनका एक कर्मचारीलाई कार्यालय नजिकै रगताम्य हुनेगरी कुटपिट गरेका छन्।

* उपत्यकाको कष्टकर जीवन झेल्न नसकेर आम हड्तालमा काठमाडौं पुगेका माओवादी कार्यकर्ता र सर्वसाधारण विभिन्न बहानामा घर फर्कन थालेका छन्। 'घरबाट खबर आयो पानी परेछ, मकै छरेर दुई दिनमा फर्कन्छु भनेर उम्केर आएँ,' भकुण्डेबाट जबर्जस्ती जुलुसमा लगिएका एक किसानले भने। माओवादीको डरले उनले नाम नलेख्न अनुरोध गरे।
'बिहान १० बजे रत्नपार्कबाट हिँडेको बल्ल बनेपा आइपुगियो। घर पुग्ने त छाँटकाँटै छैन,' साँढे ५ बजे बनेपा तीन दोबाटोमा भेटिएका अर्का किसान दीपक मगरले भने। माओवादीको ताम्सालिङ राज्य समितिबाट लगिएका अधिकांश कृषक मध्यपहाडतिर पानी पर्न थालेपछि मकै छर्न फर्केका हुन्। यसरी फर्कनेमा गाउँ सेक्रेटरीसमेत छन्। चारसय जना गाउँलेसहित आम हड्तालका लागि राजधानीमा रहेका पुरानागाउँ दाप्चाका सेक्रेटरी राजीव घोरासैनी गहुँ काट्न भनी हिँडरै घर फर्केका छन्।
सोमबार बनेपामा भेटिएका उनले अर्को साथीलाई जिम्मा लगाएर आएको बताए। 'एक, दुई दिनभित्र गहुँ थन्क्याएर फर्कन्छु। पार्टीको काम त सम्हाल्नैपर्छ,' उनले भने। पानी परेपछि मकै छर्न नपाइएला भन्ने चिन्ताले गर्दा घर जान आएको अनेकोटका कालु तामाङले बताए। बन्दकै बीच बनेपाको एक एग्रोभेटलाई अनुरोध गर्दै मकैको बीउ किनेर उनी घर लागेका छन्। घर फर्केका किसानले बनेपाबाट हाइब्रिड मकैको बीउ किन्दै जानेहरु छन्। काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुली जिल्लाबाट आम हड्तालका लागि लगिएका स्थानीयसमेत हिँडरै गन्तव्यतर्फ लागिरहेका छन्। उपत्यका छिर्ने र बाहिरिने चार भन्ज्याङमध्येको साँगा भन्ज्याङमा बिहान झिसमिसेमै फर्कनेको ताँती लाग्ने गरेको छ। दैनिक एक हजारसम्मको संख्यामा घर फर्किरहेका छन्। हाफ प्यान्ट, टी-सर्ट लगाएका र पछाडि झोला बोक्नेहरु बाहुल्य छ। यसरी फर्कनेले राजमार्ग नभई सहायकमार्गको प्रयोग गरेका छन्। नाला, रबिओपी, लामाटार-कुशादेवी, बाँसडोललगायत बाटोमा पनि घर फर्कनेहरु भेटिन थालेका छन्। '१८ वर्षदेखि ५५ सम्मका नागरिकहरु यसरी फर्कँदै छन्,' इप्रका बनेपाका इन्सपेक्टर रुपेश खड्काले भने।

* विभिन्न पेसा तथा व्यावसायिक संघसंस्था र नागरिक समाजका प्रतिनिधिले एकीकृत माओवादीलाई तत्काल आम हडताल फिर्ता लिएर सहमतिमा आउन आग्रह गरेका छन्। राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्काले 'अहिले सडकमा १ लाख देखाएर माओवादीले प्रधानमन्त्रीको राजीनामा गराउने हो भने,' खड्काले भने– भोलि पूर्वराजा ज्ञानेन्द्रले १० लाख जनता उतारे राजतन्त्र फर्काउन माग गरे भने के हुन्छ?
डकबाट प्रधानमन्त्रीको राजीनामा गराउनु लोकतन्त्रका निम्ति खतरा रहेको भन्दै प्रधानमन्त्रीको राजीनामा गराउन माओवादीले संसदको बाटो पछ्याउनुपर्ने बताएका छन्, नेपाल इन्जिनियर एसोसिएसनका महासचिव ध्रुव थापाले माओवादीले १ लाख जनता उतारेर २ करोड ९९ लाख जनताको अधिकार हनन गरेको आरोप लगाउँदै राजनीतिक निकासका लागि सडक छाडेर सदनमा आउन आग्रह गरेका छन्। नेपाल चिकित्सक एसोसिएसनका अध्यक्ष केदारनरसिंह केसीले आम हडताल माओवादीका निम्ति नै प्रत्युपादक भएको बताएका छन्। यसैगरी डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले माओवादीले जनतालाई थुनुवाको अवस्थामा सडकमा प्रयोग गरेको आरोप लगाए। नेपाल शिक्षक संघका अध्यक्ष मोहन ज्ञवालीले माओवादी अध्यक्ष प्रचण्डले तत्काल जनतासमक्ष माफी मागेर बन्द फिर्ता लिनुपर्ने बताएका छन्। कार्यक्रममा मानवअधिकारवादी सुदीप पाठक, वरिष्ठ पत्रकार हरिहर विरहीलगायतले माओवादीलाई आमहड्ताल फिर्ता लिन आग्रह गरेका थिए।

टुलु टुलु हेरी बसे देशको नक्सा बदलिने छ , झन्डा बदलिने छ , रगतको खोलो बग्ने छ , बिदेशीले राज गर्ने छ,
- शेखर ढुङेल
(नेपाल अमेरिका पत्रकार संघका उपाध्यक्ष्य समेत् रहेका लेखक ढुङेलको यो लेख वहाँको निजी बिचार  हो - सम्पादक )   

* देश को बर्तमान अवस्था को कारक तत्व को हो र कसरी भनी चिरफार गरी राख्नु परेन । सिधा भन्नु पर्दा स्व गिरिजा प्रसाद कोइराला र  आतंककारी नेता प्रचन्ड को चक्रब्युह ले देश र जनता लाई सास्ती भएको हो । बाँकी त तपसिल का कुरा हुन । ०५१ को मध्याबदी निर्वाचन बाट सुरु भएको देश को बर्बादी लाई १२ बुद्धे सम्झौता ले झनै उकेरा लगाउन पुग्यो । प्रजातान्त्रिक नेता भएर अधिनायक प्रब्रिती का गिरिजा बाबु र नन्दी भ्रिँगी को चङुल मा फसेका पूर्व राजा ग्यानेन्द्र बिच को असमझदारि पनि  लोन्डुप दोर्जे ( प्रचन्ड ) अर्को शब्द मा माओवादी ले यो तान्डप न्रित्य गर्ने मौका गर्ने पाएको हो ।
काङ्रेस का नेता एबम प्रखर बिचारक् प्रदिप गिरी ले भने झै " अहिले माओवादी लाई मात्र एकोहोरो दोष दिनु को कुनै तुक छैन "काङ्रेस र एमाले ले काँध मा बोकेर तान्डप न्रित्य गर्न निर्देशन र अनुमती दिए पछी उस्ले गर्ने नै भयो । देश को आन्तरिक समस्या र शक्ती सित को बिबाद लाई बिदेशी को हात मा सुम्पेर " न्याय माग्न जाने तत्कालिन ७ दल लाई आज चेत पलाएको हुनु पर्दछ । कहाँ बचेँको छ प्रजातन्त्र ? पूर्व राजा ग्यानेन्द्र ले त दुई बर्ष मा परिस्थिती लाई सामान्य पारेर शासन दल हरु लाई फिर्ता गर्छु भनी सार्वजनिक रुप मै भनेका थिए उन्लाई विश्वाश गरेनौ तर एउटा आतंककारी समुह जो तत्कालिन प्रजातान्त्रिक संबिधान लाई नै बिस्थापित गराउन रगत को होली खेली रहेको थियो उस्लाई विश्वाश गर्यौ पारीणाम देखी रहेका छौ ।
नियम कानुन , बिधान निस्कृय छन । देश मा आतंक को सामराज्य छ के यही हो लोकतन्त्र , प्रजातन्त्र वा गणतन्त्र ? यसरी नै बन्छ सिङापोर र स्विजरल्यान्ड ?के यही बाँदर तन्त्र को लागि राजसस्था फ्याकिएको हो ? महँगो हात्ती भन्ने गर्थ्यौ के अहिले को नेता गण र प्रणाली सस्तो भयो ?कहिले बन्छ संबिधान ? कहिले आउछ शन्ती ?कहिले देखी लागु हुन्छ " law and Order " को निती ?अर्थात बिधी को शासन ?कहिले सजाय पाउछन भ्रस्टाचारी , बलात्कारी , लुटेरा , हत्यारा हरुले ? समझदारि , सहमति , मुल्य र मान्यता को राजनीति कहिले सुरु हुन्छ ?अहिले को अपराधीकरण गरिएको राजनीति लाई कतिन्जेल थेग्न सक्छ देश ले ?

देश हाँक्न सक्षम छौ हामी लाई राजसस्था चाहिदैन भन्ने प्रजातन्त्रीक नाम का राजनैतिक् दल हरु ले माओवादी को यो आतंकलाई नतमस्तक भएर हेर्नु नामर्दी पन हो । सम्झौता को नाम मा राज्य , दल र जनता ले माओवादी लाई दिनु जती दि सके । माओवादी आफ्नो एक तन्त्रिय सर्बसत्ता अधिनायकबाद चाहन्छ भन्ने कुरो घाम जस्तै छर्लङ भैसक्यो । माओवादी को सर्बसत्ता बाद् नेपाली लाई स्विकार्य छैन । त्यसैले प्रचन्ड लागायत माओवादी नेता हरु लाई " राजनैतिक् प्रतिबन्ध गरी " नेपाल को प्रजातन्त्री ब्यबस्था , खर्बौ को राष्ट्रिय सम्पत्ति नस्ट गरेको र हजारौ निर्दोस नागरिक को हत्या को आरोप मा " अन्तरराष्ट्रिय अपराधीक अदालत मा " उभ्याउनु को बिकल्प छैन अन्यथा देश सोमालिया हुनेछ । अझ पनि राज्य टुलु टुलु हेरी बसे देश को नक्सा बदलिने छ , झन्डा बदलिने छ , रगत को खोलो बग्ने छ , बिदेशी ले राज गर्ने छ । नेपाली ले पछुताउनु बाहेक् को उपाय देखिएको छैन । आतंकरी लाई एक एक गरेर स्वदेस र अन्तरराष्ट्रिय अपराधीक अदालत मा ठिमुर्क्याउनु पर्दछ ।

1 comment:

  1. media should provide real and valid information. This is very crtical situation news should be real-based rather than false

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक