20100604

माओवादीको बैठकले‘प्रचण्ड’को नेतृत्वमा नै सरकार बनाउने निर्णय, माधव नेपालले राजीनामा नदिए स्थिति गम्भीर हुने चेतावनी

प्रचन्डलाई डा बाबुराम भट्टराई सँग कति डर ? प्रचन्डनै प्रधानमन्त्री बनाउने निर्णय तेहेर्याइयो, माओवादी पनि फुट्न बेर छैन  
एकीकृत नेकपा (माओवादी) को बिहीबार बसेको स्थायी समिति बैठकले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने स्थिति आएमा पार्टीध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नै सरकार बनाउने निर्णय दोहोर्याउँदै तीनबुँदे सहमतिको अपव्याख्या गरी कांग्रेस र एमालेले गम्भीर कुठराघात गरेको निष्कर्षनिकालेको छ। राष्ट्रिय सहमतिको सरकार प्रचण्डको नेतृत्वमा बन्न नसक्ने र सोही पार्टी नेतृत्व मान्नुपर्ने स्थिति आएमा डा. बाबुराम भट्टराईलाई स्वीकार गर्न सकिने धारणा विभिन्न दलहरूबाट अनौपचारिक रूपमा र्सार्वजनिक भएको कुरालाई ध्यानमा राखी माओवादीले पूर्व निर्णय दोहार्याएको बुझिएको छ। माओवादीले प्रधानमन्त्री माधवकुमार नेपालले यथाशीघ्र राजीनामा नदिए स्थिति गम्भीर हुने चेतावनीसमेत ......
दिएको छ।

नेपाली जनताले निर्वाचनमार्फ सबैभन्दा ठूलो दलको रूपमा संविधानसभामा पठाएको माओवादीलाई अलग्याउने प्रयत्न स्वरूप सहमतिको उल्लंघन भएको र यो आफैमा शान्ति, संविधान र परिवर्तनविरोधी चालबाजीबाहेक अरू केही नभएको ठहरसमेत गरेको छ।

बैठकले तीनबुँदे सहमतिको अपव्याख्या गरेर जनताको अपेक्षामाथि प्रहार गर्दै आएर अन्ततः नेका र एमालेले सहमतिका लागि ५ दिनभित्र प्रधानमन्त्रीले राजीनामा दिने अलिखित समझादारीलाई तोडेर राजनीतिक बेइमानी र अनैतिकताको अर्को नग्नता प्रदर्शन गरेको आरोप लगाएको छ।

एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष मोहन वैद्यले जेठ १४ गते तीन दलबीच भएको सहमति एमाले र कांग्रेसले उल्लंघन गरेका कारण तीनबुँदे सहमतिको औचित्य समाप्त भएको र अब प्रधानमन्त्रीको राजीनामा आफ्नो पार्टीको मुद्दा नबन्ने बताउनुभएको छ।
उपाध्यक्ष वैद्यले अब नयाँ आधारबाट सहकार्यको यात्रा खोजी गर्नुपर्छ भन्दै सहमतिको उल्लंघनबाट गम्भीर प्रकारको विश्वासघात भएको छ भन्नुभयो। उहाँले तीनबुँदे सहमतिको एउटा अध्याय समाप्त भएकाले अब नयाँ ढंगले अगाडि बढ्ने पार्टीको रणनीति रहेको बताउनुभयो।
‘हामी हडबढाएर प्रधानमन्त्रीको राजीनामाका लागि तत्काल ठूलाठूला आन्दोलन गर्ने पक्षमा छैनौं तर कांग्रेस र एमालेको गठबन्धनप्रति झुक्नेवाला पनि छैनौं’ -नेता वैद्यले बिहीबार रिपोर्टस क्लबमा भन्नुभयो। एमाले नेता भरतमोहन अधिकारीले राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि प्रधानमन्त्रीले राजीनामा गर्ने कुरा भइसकेको छ तर राष्ट्रिय सहमतिको सरकार बनाउने आधार त तय हुनुपर्यो नि भन्नुभयो। प्रधानमन्त्री नेपालले संसद्मा अविश्वास वा कुनै आरोप लागेर राजीनामा दिन खोज्नुभएको होइन, राष्ट्रिय सहमति बनाउनका लागि हो, त्यसैले तीनबुँदे सहमतिअर्न्तर्गत १ र ३ बुँदालाई एकैसाथ लागू गर्ने गरी सहमति गर्नुपर्छ भन्दै नेता अधिकारीले यथाशीघ्र त्यो विषयमा टुंगो लगाऊ भन्दा माओवादी पन्छिन खोजेको बताउनुभयो। उहाँको भनाइ थियो- ‘कतै शान्ति प्रक्रियाप्रति माओवादीले रुचि नलिएको त होइन ?’

राजनीतिक दलहरूको खिचातानीका कारण उपलब्धिमूलक बन्न नसकेको व्यवस्थापिका-संसद्को सातौं अधिवेशन प्रमुख प्रतिपक्षी एकीकृत नेकपा (माओवादी) को असहमतिका बाबजुद बिहीबार अन्त्य भएको छ।
बजेट अधिवेशन प्रारम्भ गर्न ढिलो भइसकेको भन्दै प्रधानमन्त्री माधवकुमार नेपालले बिहीबार नै राष्ट्रपति डा. रामवरण यादवसमक्ष अधिवेशन अन्त्यका लागि सिफारिस गर्नुभएको थियो।
प्रधानमन्त्री नेपालको सिफारिसका आधारमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख सुवास नेम्वाङले बैठकमा पढेर सुनाउनुभएको थियो। कार्यसूचीमा अन्य विषयहरू भए पनि प्रमुख प्रतिपक्षी दल एनेकपा माओवादीले तीन दलबीच भएको तीनबुँदे सहमतिको अपव्याख्या गरी कांग्रेस र एमालेले कार्यान्वयन नगरेको भन्दै बैठक बहिष्कार गरेका कारण कार्यसूचीका अन्य विषय हर्टाई अधिवेशन अन्त्यको पत्र सभामुख नेम्वाङले पढेर सुनाउनुभएको थियो।

व्यवस्थापिका-संसद्को कार्य सञ्चालन नियमावली २०६५ को नियम ३ को उपनियम ३ अनुसार संविधानको धारा ५१ को उपधारा २ बमोजिम राष्ट्रपतिले व्यवस्थापिका-संसद्को अधिवेशन अन्त्य गरेमा सोसम्बन्धी सूचना सभामुखले सभामा पढेर सुनाउने अनिवार्य व्यवस्था गरिएको छ।

सो नियमको उपनियम ४ मा व्यवस्थापिका-संसद्को बैठक स्थगित भएको अवस्थामा अधिवेशन अन्त्य भएमा सोसम्बन्धी सूचना संसद्को महासचिवले सूचनापत्रद्वारा सदस्यहरूलाई दिने व्यवस्था छ। त्यसैले राष्ट्रपतिले अधिवेशन अन्त्यको पत्र पठाइसकेपछि संसद् अवरुद्ध वा बहिष्कार जुनसुकै अवस्थामा पनि सभामुखले सो सूचना रोक्न नमिल्ने संवैधानिक व्यवस्थाका कारण बिहीबार प्रमुख प्रतिपक्षले बैठक बहिष्कार गरेकै अवस्थामा पनि सभामुख नेम्वाङले पत्र पढेर सुनाउनुभएको सचिवालयले स्पष्ट पारेको छ।

प्रधानमन्त्री नेपालले जेठ १७ गतेदेखि नै अधिवेशन अन्त्यका लागि परामर्श थाल्नुभएको र पूर्वबजेट छलफलका लागि जेठ २५ गतेबाट वर्षो अधिवेशन बोलाउनुपर्ने एवम् असार २५ गते बजेट प्रस्तुत गर्नुपर्ने कुरालाई ध्यानमा राखी अधिवेशन अन्त्यका लागि प्रमुख प्रतिपक्षसँग पनि कुराकानी गर्नुभएको तर माओवादीले अधिवेशन अन्त्य गर्ने कुरामा सहमति जनाएको थिएन। बिहीबारसम्म पनि सहमति नभएपछि सरकारले अधिवेशन अन्त्यको सिफारिस गर्नुपरेको जनाएको छ। माओवादीले भने वर्तमान सरकारले राजीनामा दिइहालेमा संसद्बाट अर्को सरकार बनाउने कार्य थालिहाल्नुपर्छ भन्ने उद्देश्यका साथ अधिवेशन अन्त्य गर्न नमानेको बुझिएको छ।

माओवादीको सो आशय बुझेर नै सभामुख सुवास नेम्वाङले पनि हिउँदे अधिवेशन अन्त्य भए पनि यथाशीघ्र वर्षो अधिवेशन सञ्चालन हुनुपर्ने भएकाले अन्य महत्त्वपूर्ण काम गर्न नरोकिने सुझाव दिनुभएको थाहा भएको छ।

बिहीबारको संसद् बैठक प्रारम्भ हुनासाथ माओवादी नेता देव गुरुङले जेठ १४ पछि ५ दिनभित्र प्रधानमन्त्रीले राजीनामा दिने सहमति भएको तर कांग्रेस एमालेले बेइमानी गरेको र यसखाले राजनीतिक बेइमानीले आगामी दिनको राजनीतिक सहयात्रालाई गम्भीर असर पर्ने चेतावनी दिनुभयो। उहाँले सामाजिक फासीवाद तथा निरंकुशता लागू गर्नेतर्फयो सरकार लागेकाले सबै मिलेर यो सरकारलाई अपदस्थ गर्नुबाहेक अर्को विकल्प नभएको भन्दै तीनबुँदे सहमतिको उल्लंघन भएको विरोधमा संसद्को बैठक बहिष्कार गरेको घोषणा गर्नुभयो। उहाँले विपक्षीको सहमतिविना अधिवेशन अन्त्य गरिएकोमा पनि विरोध गर्नुभयो।

तीनबुँदे सहमतिको मर्म र भावनामाथि कांग्रेस र एमालेबाट गम्भीर कुठराघात भएको भन्दै उहाँले प्रधानमन्त्रीले राजीनामा दिने अलिखित समझादारीलाई तोडेर राजनीतिक बेइमानी र अनैतिकताको अर्को नग्नता प्रदर्शन गरेको आरोप लगाउनुभयो।
सहमति भएमा सरकारले यही जेठ २५ गतेदेखि नै वर्षो अधिवेशन बोलाउने र पूर्वबजेटमाथि छलफल गराउने तयारी गरेको छ। पूर्वबजेटको छलफलपछि असार २५ गते बजेट पेस गरी सक्ने तयारी पनि सरकारले गरेको अर्थमन्त्री सुरेन्द्र पाण्डेले संसद्लाई जानकारी गराउनुभएको छ। गत चैत २२ गते प्रारम्भ भएको हिउँदे अधिवेशनमा जम्मा २४ दिनहरूमा २५ वटा बैठक बसी ५१ घण्टा खास कार्यमा व्यतीत भयो। हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन भनिने गरेको भए पनि तीनवटा सरकारी विधेयक मात्र पारित भए। त्यो पनि चौथो, पाँचौं र छैटौं अधिवेशनबाट प्राप्त भएका २० वटा विधेयकमध्येका हुन्। चालू अधिवेशनको महत्त्वपूर्ण काम भनेको संविधानसभाको म्याद थप गर्ने संविधान सशोधनसम्बन्धी विधेयक पारित गर्ने मात्र भएको भन्दा पनि हुन्छ।

डा. बाबुराम भट्टर्राई ज्यू लाई चिठी
-बाबुराम आचार्य
तपाईहरु राजतन्त्रको अन्त्य गर्ने, संबिधानसभाको चुनाब गर्ने, गणतन्त्र स्थापना गर्ने लगायतका मागहरु राखी  ०५२ सालमा मूमिगत भएर जंगल गएदेखि देशमा हत्या र हिंसाको राजनीति शुरु भएको यहांलाई अवगतै होला । हुंदाहुदै १५ हजार भन्दा माथी मानिस मरेको थाहै भएनछ तपाईहरुलाई ं । ०६२।६३ को जनआन्दोलन पस्चात तपाईहरुले रामहरी श्रेष्ठ, प्रचण्ड थैब , पत्रकार बिरेन्द्र श्रेष्ठ लगायतका नागरीकहरुको ं । मैले सोच्थे कि कसोरी डा. गरेको मान्छे गलत  हुन सक्छ रुे तर तर्पाहरुका कृयाकलापले तेस्तो देखाई रहेछ । किन त्यो बिचरो भक्तमान श्रेष्ठलाई अपहरण गरेको तपाईहरुले रुे यदि होईन भन्नुहुन्छ भने तपाई उनको घरमा भेट्न जानु र गोप्य कुरा गर्नु किनरु उनको परिवार संग यो प्रश्न तपाईलाई जनताले गरेका छन जे भए पनि अब सकुसल उनले डा.श्रैष्ठले मुक्ति पाउन त्यही छ जनताको चाहना अनि मरो पनि । राजनीतिक सहमती गर्दा पछि समस्या आउछ भन्ने थाहा पाएर गरे पनि  चेक बउन्स भयो भनेर ब्याज सहीत चुक्ता गर्र्छौं भन्नुहुन्छ कति दिन नाटक गनुहुन्छ । कार्यकर्ता र जनतालाई झुक्याउने काम बन्द गर्नुहोस ।

धैरे जान्ने र बुझेको लागी  भन्दा पनि म जस्ता कयौं सचेत नागरीकको लागी देशमा बसेर काम गरेर शान्ति पर्ूबक बांच्नपाउने अधिकारको सुनिश्चितता हुनु प-यो प्रजातन्त्र र लाकतन्त्रको संस्थागत बिकासमा लाग्नुप-यो अनि बहुदलिय प्रतिस्पधात्मक  पद्धतिमा लाग्नुप-यो । अरुलाई निशेध गर्ने र आफू हाली मुहाली हुने प्रबृतिको अन्त्य गर्नुप-यो ।

सबै राजनीतिक दल, नेकपा माओबादी, बुद्धिजीबि, नागरीक समाज, प्राध्यापक, बिद्यार्थी सबैले राजालाई एक्लो बनाई दरबारबाट हट्न बाध्य बनाउनुभयो तपाईहरु सबै मिलेर । संबिधानसभाको चुनाब भयो । तपाईको दल संबिधानसभामा प्रतिनिधित्व गर्ने २५ दलहरु मध्ये सबैभन्दा ठूलो हुन पुग्यो, तपाईको पार्टर्ीी सरकारको नेतृत्व ग-यो, अत्याधिक बहुमतले । मात्र एक जना सिपाही रुक्माड.गत कट्वालको कारण तपाईको पार्टर्ीी अध्यक्ष प्रचण्डले ९ महीना पनि नपुगी  प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो ।
 तपाईको पार्टर्ीीबैभन्दा ठूलो र तपाई त्यस पार्टर्ीीत्रको नेता र एउटा बुद्धिजिबीको नाताले तपाईले बुझ्नुपर्ने कुरा २ । ३ वटा छन् । पहीलो तपाई भन्दा पनि माथीका नेता पुष्कमल दहाललाई सम्झाउनुस जे पायो तेही नबोल्न ता कि कहीले प्रधानमन्त्री भएकाबेला सत्ता कब्जा गर्ने, राजधानीका र पढेलेखेका मान्छेलाई सुकिलामुकिला र भिजिलान्ते भनी संज्ञा दिने अनि भोलीपल्ट माफी मागीहाल्ने , वा समय सापेक्ष सबैलाई समेटेर सन्तुलित भाषा नबोल्ने, दोस्रो  १ लाख ५० हजारको महंगो  पलंगमा नसुत्न र  महंगो घडी नलगाउन, महंगो कार नचढ्न , तेस्रो कुरा  अर्को कुरा तपाईहरुलाई थाहाहोला कि नेपालमा अझ एक शताब्दी तानासाही कम्न्युष्ट ब्यबस्था आउने संभाबना नै छैन, तपा्इका अध्यक्ष नहिच्किचाईकन लोकतान्त्रीक पद्धतिमा किन  आउनुहुन्न, तपाईले त  अमेरीकामा भनीसक्नुभएको कुरा हो यो हैन र १ २१ ओै शताब्दी प्रजातन्त्रको युग भनेर ।
 तपाईहरुको मुख्य माग राजा फाल्नुथियो त्यो पुरा भईसकेको छ । को र कसका लागी लड्ने अब भूमिगत हुंदा १५ हजार भन्दा बढी सहीदको रगतले के भन्छ  । सहीदको रगतको पतिणाम त्यही हो त रु
तपाईहरुले अरुलाई देाष दिन पाउनुहुन्न किनकी तपाईहरुलाई नेपाली जनताले सबैभन्दा बढी जीम्बेवारीदिएर पठाएका छन संबिधानसभाबाट  । आफ्नो भुमिका देखाउनुभएन भने जनताले तपाईहरुलाई लखेट्नेछन तपाईहरुले के सोच्नुभा छट थाहा छैन तर नेपाली जनता अहीले सबै कुरा बुझ्ने भईसकेका छन् । दर्ुइ  सय चालस बर्षपरानो राजतन्त्र फालेका छन् भने तपाईहरु भनेको त खहरे खोृला हो । जनताले फाल्न केही गाह्रो छैन।   सक्नुभएमा तपाईहरुको २।३ मत पक्का । अब किन ढिला गर्ने । पहीला भक्तमान श्रेष्ठको अबस्था र्सार्बजनिक गर्नुहोस र यो अभियानमा लागीहाल्नुस ।
अध्यक्ष्ँ
पीएचडी नेपाल, नयां बानेश्वर काठ्माण्डौ
सर्ंपर्क-०१-४४९६४५२,९८५१०१२०६२
ध्भदकष्तभस् धधध।उजमलभउब।यिचन।लउ, धधध।भजचमलभउब।यिचन

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक