20100604

कठै बरा एकै घरका सात जनाको मृत्यु !!!

जंगलबाट ल्याएको विषालु च्याउ खाएर बिरामी परेका चितवन काम्दा गाउँका थप एकजनाको बिहिबार राति मृत्यु भएको छ। भरतपुर अस्पतालको आईसीयूमा उपचार गराइ रहेका पूर्णबहादुर चेपाङको मृत्यु भएको हो। यो सहित विषालु च्याउ खाएर मर्नेको संख्या सात पुगेको छ। सवैजना एकै घरका हुन्। लोथर गाविसमा पर्ने विकट पहाडी गाउँ काम्दाका ६५ वर्षीय बाबुराम चेपाङको परिवारका आठजानले गएको शुक्रबार राती च्याउ पकाएर खाएका थिए। बाबुराम सहित गाउँमा तीनजनाको पहिले नै मृत्यु थियो भने अरु चारजनाको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । च्याउ खाएर विरामी परेका मध्ये एकजना जीतबहादुर चेपाङको मात्रै अहिले काठमाडौंमा उपचार भएरहेको छ। उपचारमा संलग्न चिकित्सक डा. वीजयराज पौडेका अनुसार....
उनीहरुले एकदमै विषालु च्याउ खाएका थिए। उपचारका लगि आउन ढिला गरेकाले विषको असरले कलेजोमा नराम्ररी क्षति पुगेको थियो। मर्ने जति सवैको कलेजोमा असर परेको उनले जानकारी दिए। शुक्रबार च्याउ खाएर विरामी परेपछि दुईजान सोमबार साँझ र चारजना मंगलबार बिहान मात्रै उपचारका लागि अस्पताल आइ पुगेका थिए। त्यति बेलासम्म गाउँमा तीनजनाको मृत्यु भइसकेको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक