20100604

"माओवादीबाट सहमतिको घोर उलंघन, वेइमानी गरेको निष्कर्ष" : काँग्रेस र एमाले

पछिल्लो पटक प्रमुख दलहरुकाबीच भएको तीन बुँदे सहमतिको माओवादीले गलत अर्थ लगाएको भन्दै काँग्रेस र एमालेले सम्झौता कार्यान्वयन माओवादीले नगरेर वेइमानी गरेको निष्कर्ष निकालेका छन्। प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रबार विहान बसेको दुई दल काँग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले सम्झौताको पहिलो बुँदा कार्यान्वयन गर्न छाडेर माओवादीले प्रधानमन्त्रीको राजीनामाको कुरा मात्र गरेर वेइमानी गरेको निष्कर्ष निकालेका हुन्। तीन बुँदेको पहिलो बुँदामा शान्ति प्रकृयालाई सार्थक निष्कर्षमा पुर्‍याउन बाँकी कामहरु अविलम्व सम्पादन गर्न तथा नयाँ संविधान निर्माणको ऐतिहासिक जिममेवारी पूरा गर्न, सहमति र सहकार्यका साथ अघि बढ्न दृढ प्रतिज्ञा.....
गदछौ भन्ने उल्लेख छ। काँग्रेस र एमालेले तीन बुँदे सहमतिको मर्म र भावनामाथि कुठाराघात गरेको आरोप यस अघि माओवादीले लगाएको थियो। त्यसको अर्को दिन काँग्रेस र एमालेले पनि माओवादीले सम्झौता पालना नगरेसम्म प्रधानमन्त्रीले राजीनामा नदिने अडान दोहोर्‍याएका हुन्। बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालका साथै काँग्रेसका कार्यबहाक सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, प्रवक्ता अर्जुननरसिंह केसी तथा एमालेबाट अध्यक्ष झलनाथ खनाल, प्रभावशाली नेता केपी शर्मा ओलीलगायतका नेताहरुको सहभागिता रहेको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक