20100609

नेपाल सम्बन्धी भारतीय नीति असफल !

अधिकतम लचकता अपनाएर राष्ट्रिय सहमतीको सरकार गठन गर्ने एमाले स्थायी समितिको निर्णय
 नेपालका लागि भारतीय पूर्व राजदूत केभी राजनले राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रिया र संविधान लेखनलाई निस्कर्षमा पुर्‍याउन नेपालका राजनीतिक दलहरुसंग आग्रह गरेका छन्। बुधबार राजधानीमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व राजदूत राजनले बिश्वकै नमुना शान्तिप्रक्रियालाई निस्कर्षमा पुर्‍याउने नेपाली नेताहरुको प्रयासलाई भारतको पूर्ण समर्थन रहेको बताए। नेपालको राजनीति सहमतिय बाटोमा जाने कुरामा आफू विश्वस्त रहेको पनि बताउँदै उनले माओवादीको सहयोगमा प्रमुख दलहरुले शान्तिप्रक्रियालाई सफल पार्नुपर्ने समेत सुझाव दिए। यसैबीच पूर्वराजदुत राजनले नेपाल सम्बन्धी भारतीय नीति असफल रहेको भन्दै त्यस बिषयमा पुनरावलोकन गर्नु पर्ने......
बताए।
राजनले दश बर्षे सशस्त्र द्धन्दको अन्त्य गरी दिगो शान्तिका लागि प्रयासरत नेपालको पहललाई विश्वले विवेकपूर्ण रुपले हेरिरहेको बताएका छन्।  उनले विश्वले नेपाललाई महत्वका साथ हेरेकाले विवेकपूर्ण रुपले सुझवुझका साथ काम गर्न नेपाली राजनीतिक दलका नेताहरुलाई सुझाव दिएका छन्। नेपाल भ्रमणका क्रममा पाँच दिन यता काठमाडौंमा रहेका पूर्वराजदुत राजनले द्धन्दको अन्त्य र संविधानसभाको सुदृढीकरणका लागि नेपालले अघि बढाएका पहललाई सामान्य प्रगतिका रुपमा हेर्न नहुने बताए। उनले शान्त र समृद्ध नेपालको पक्षमा रहेको स्पष्ट पार्दै निर्धारित समयमा नयाँ संविधान र शान्ति स्थापनाका लागि भारत सरकारले नेपाललाई जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए। नेपाली राजनीतिमा भारतको प्रत्यक्ष हस्तक्षेप रहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा पूर्वराजदूत राजनले नेपाली राजनीतिमा भारतको कुनै हस्तक्षेप नरहेको बताए।  
सत्तारुढ नेकपा एमालेले कांग्रेससगको छलफलपछि तयार गरेको संयुक्त अवधारणाका आधारमा अधिकतम लचकता अपनाएर राष्ट्रिय सहमतीको सरकार गठन गर्ने निर्णय गरेको छ। गतिरोध अन्त्य गर्न शान्ति प्रक्रियाको पूर्णता र संविधान निर्माणको सुनिश्चितामा सहमति जुटेपछि मात्रै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि बाटो खुल्ला हुने निष्कर्षमा पुगेको एमालेले निकासका लागि संयुक्त अवधारणामा सहमती जुटाउने निर्णय गरेको हो। पार्टी कार्यालय बल्खुमा बुधबार बसेको एमाले स्थायी समिति बैठकले राष्ट्रिय सहमतिको सरकार गठनका लागि सवै दलहरुबीच सहमति कायम भई शान्ति प्रक्रिया र संबिधान निर्माणमा सहमति हुनुपर्ने निश्कर्ष निकालेको छ।  वैठकमा गतिरोध अन्त्यका लागि कांग्रेस र एमालेले तयार गरेको संयुक्त दस्तावेजका विषयमा केन्द्रीत भएर छलफल भएको थियो। बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै सञ्चार मन्त्री समेत रहनुभएका पार्टी  सचिव शंकर पोखरेलले विगतमा भएको ६ वुँदे सहमतीका आधारमा  तयार गरिएको अवधारणामा अधिकतम लचकता अपनाएर सहमती खोजिने निर्णय भएको जानकारी दिए। उनले शान्ति प्रक्रियाको पुर्णता र संविधान निर्माणको सुनिश्चितता पछि मात्रै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि बाटो खुल्ला हुने वताए। सत्ता साझेदार कांग्रेस र एमालले तयार गरेको संयुक्त अवधारणामा सत्तासमिकरण तथा शक्ति बाँडफाँड, प्रधानमन्त्रीको राजीनामा, लडाकुको समायोजन र ब्यवस्थापन, शान्ति प्रत्रि्कया, संविधान लेखन आदि बिषयहरु समेटीएका छन्। मंगलवार कांग्रेस र एमालेको शिर्ष नेतृत्वबीचको छलफलले ४ महिना भित्र सिविरमा रहेको माओवादी लडाकुहरुको समायोजन तथा व्यवस्थापन र संविधान निर्माणको कार्यतालिका वनाई राष्ट्रिय सहमतीको सरकारका लागि पहल गर्ने सहमती भएको थियो।  प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले राष्ट्रिय सहमतिको सरकार निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अडानका कारण जेठ १४ गते भएको तीन बुदे सहमति कार्यान्वयनमा आशंका बढदै गएको बेला सत्ताको नेतृत्व गरिरहेको एमालेले तीनै दललाई मान्य हुने प्रस्ताव तयारीबारे आन्तरिक छलफल सुरु गरेको हो।


गैरआवासीय नेपाली माझ साझा सम्मेलनका को लागि आह्वान
अमेरिकाको बोस्टोनमा आयोजना हुने गैरआवासीय नेपालीको सम्मेलनले विश्वमा छरिएर रहेका प्रवासी नेपाली खासगरी अमेरिकामा बसोवास गर्दै आएका नेपालीको हितमा चलाइएका अभियानका विषयमा छलफल चलाउने भएको छ । सम्मेलनमा गैरआवासीय नेपालीसम्बन्धी विभिन्न मुद्दा तथा सम्भाव्य परियोजनाका सम्बन्धमा पनि अन्तरकि्रया हुनेछ ।

यसअतिरिक्त सम्मेलनले अमेरिकामा रहेका  नेपाली संस्थाहरुको साझा मंच एएनए, नेपाल अमेरिका समिति एनएसी राष्ट्रिय समन्वय समिति एनसिसी गैरआवासीय नेपाली संगठन अमेरिका एनआरएनएए गैरआवासीय राष्ट्रिय समन्वय समिति एनआरएनएनसिसी र गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय समन्वय समिति एनआरएनआइसिसी र एनआरएनलगायतका संस्थाहरुबीचको सम्बन्ध कस्तो रहने भन्ने सम्बन्धमा पनि निर्णय लिइनेछ ।

तीनदेखि चार वक्ता र एक उद्घोषक रहने सो सम्मेलनमा एक वक्ताले बढीमा २० मिनेटका समयमा आपुना विचार प्रकट गरिसक्नुपर्नेछ । वक्तको भनाइ सकिएपछि प्रश्न�ँउत्तरका लागि समय दिइने छ । अजेण्डाभित्र बाँधिएर बोल्न चाहने जोसुकैलाई पनि स्वागत गरिने छ । कार्यक्रमको जम्मा अवधि दुई घण्टाको रहने छ ।

वक्ताले यही जुन १५ तारिकभित्र आपुनो संक्षिप्त व्यक्तिगत विवरणसहित प्रस्तुित�पत्र पेस गर्नुपर्नेछ । प्रेषकको प्रस्तुित पत्र स्वीकृत भएमा जुन २५ भित्र जानकारी गराइने छ ।
गैरआवासीय नेपाली माचको सम्मेलन वेबसाइटमार्फत प्रत्यक्ष प्रसारण गरी एकसाथ विश्वका नेपाली तथा शुभचिन्तकहरुबीच सार्वजनिक गरिने छ ।

सम्मेलन जुलाईको ४ तारिकमा सम्मन्न हुनेछ । सम्मेलनमा सकि्रय सहभागिताका लागि सबैमा संयोजकका तर्फबाट हार्दिक अनुरोध गरिएको छ ।

………………
संयोजक
एन.आर.एन. अमेरिका तदर्थ समिित
क्यालिफोर्निया युएसए । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक