20100608

माओवादी अध्यक्ष प्रचण्ड सँग कमल थापाको भेट, "माओवादी सांस्कृतिक राजाको पक्षमा "

नेपाललाई हिन्दू राज्य घोषणा गर्नुपर्ने प्रमुख लक्ष्यसहित अघि बढ्ने केन्द्रीय समितिको निर्ण्र्ाागत्तै राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपालका अध्यक्ष कमल थापाले सांस्कृतिक राजसंस्था राख्ने पक्षमा माओवादी पनि रहेको खुलासा गरेका छन् । पार्टर्ीीे दर्ुइ दिनसम्म चलेको केन्द्रीय समितिको बैठकको निर्ण्र्ाार्सार्वजनिक गर्न मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने, 'धार्मिक र सांस्कृतिक रूपमा राजालाई राख्न सकिन्छ भनेर माओवादीले अघि सारेको मान्यतामा उनीहरू अडिग छन ।' थापाले एक साताअघि मात्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट भएको जानकारी दिँदै माओवादीले संविधानसभाको निर्वाचनलगत्तै सांस्कृतिक र धार्मिक रूपमा राजसंस्थाको पक्षमा आफ्नो धारणा बाहिर ल्याएको दृष्टान्त दिए ।
'मसँगको पछिल्लो भेटमा प्रचण्डले आफूहरू धार्मिक र सांस्कृतिक राजाकै पक्षमा रहेको बताउनुभयो'........
, थापाले भने, 'हाम्रो जनमत संग्रहको मागको विषयमा पनि प्रचण्डलाई थाहा छ, अब के गर्नुहुन्छ हर्ेर्दै जाऔं ।'
स्रोतका अनुसार एक साताअघि अध्यक्ष थापाले माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईबीच छलफल भएको थियो । सो भेटमा प्रचण्डले मुलुकको र्सार्वभौमसत्ता र राष्ट्रियतामा बाह्य शक्तिले चुनौती दिएको भन्दै राष्ट्रिय स्वाधीनताको पक्षमा एक ठाउँमा आउन प्रस्ताव गरेका थिए । जवाफमा राप्रपा नेपालका अध्यक्ष थापाले मुलुकमा राष्ट्रिय एकताको केन्द्रबिन्दु र एकताको शक्ति राजसंस्थालाई जनताको भावनाविपरीत हटाउँदा बाह्य शक्तिको चलखेल बढेको बताएका थिए ।
स्रोतका अनुसार थापाले मुलुकको राष्ट्रिय सेनाको परमसेनाधिपतिको आस्थाको रूपमा रहेका राजालाई हटाउँदा रुक्मांगद कटवालले माओवादी नेतृत्वको सरकारलाई चुनौती दिएको जनाएका थिए ।
थापाले विशेष गरी दक्षिणी छिमेकी मुलुक भारतको इसारामा कटवालले राजसंस्था हटाउन जनआन्दोलनका बाहक मुख्य दललाई समेत प्रयोग गरेको दाबी गरेका थिए ।
थापाको भनाइप्रति पर्ूण्ा र्समर्थन जनाउँदै माओवादी नेता डा. भट्टर्राईले आफूहरूले सेरेमोनियल वा सांस्कृतिक तथा बेबी किङको कुनै पनि स्वरूपमा राजसंस्थालाई राखिराख्न चाहेको जनाएका थिए । आफूहरू सीधै राजसंस्थाको पक्षमा वकालत गर्न नसक्ने प्रचण्डको अभिव्यक्तिपछि थापाले जनमत संग्रहको पक्षमा वातावरण बनाए पनि त्यो काफी हुने बताएका थिए ।
राजसंस्था भएको भए प्रधानसेनापति कटवालले माओवादी नेतृत्वको सरकार ढाल्नेसम्मको हिम्मत नगर्ने थापाको भनाइप्रति नेता प्रचण्ड र डा. भट्टर्राईले सहमति जनाएका थिए ।
राप्रपा नेपालको दर्ुइ दिने सो बैठकमा अध्यक्ष थापाले आफ्नो दलको भाबी रणनीतिका अतिरिक्त अन्य दलको गतिविधि र दललाई हर्ेर्ने दृष्टिकोणका बारेमा पनि स्पस्ट पारेका थिए ।
बैठकले १२ बुँदे समझदारीको औचित्य समाप्त भएकाले अर्को नयाँ सहमति गर्नुपर्ने भन्दै संविधानसभाले आफूले निर्धारण गरेको दर्ुइ बर्सर्ेेार्यकालमा संविधान बनाउन नसकेकाले म्याद थपिएको संविधानसभाको वैधता सकिएको निष्कर्षनिकालेको छ ।
राप्रपाले एक वर्षथप गरिएको संविधानसभाबाट पनि संविधान नबन्ने र कुनै हालतमा बने पनि त्यसको चौतर्फी विरोध हुने र शान्ति प्रक्रिया निष्कर्षा नपुग्ने भएकाले त्यसपछिको अतिवाद रोक्न प्रजातन्त्रको खोल ओडेर मुलुकमा र्सवसत्तावाद आउन सक्ने निष्कर्षनिकालेको छ । थप गरिएको संविधानसभाको औचित्य नरहेको निष्कर्षबैठकले निकाले पनि हाल संविधानसभामा रहेका आफ्ना चार सभासद्लाई उपयोग नै गरिरहने निर्ण्र्ाागरेको अध्यक्ष थापाले बताए ।
बैठकमा केन्द्रीय सदस्यहरूले संविधानसभा अवैधानिक भनेर पुनः सभासद्लाई राजीनामा गराउन नसक्नुले पार्टर्ीीे नैतिकतामाथि प्रश्न उठेको जनाएका थिए । उनीहरूले सभासद्हरूलाई पार्टर्ीीट फिर्ता बोलाउनुपर्ने माग गरेका थिए । तर, अध्यक्ष थापाले परिस्थिति र केही विषयवस्तुमा अध्ययन गर्न तत्काललाई राजीनामा गराउने विषय स्थगित गराउन उपयुक्त हुने बताएका थिए ।
नेपाललाई पुनः हिन्दू राज्य बनाइछाड्ने पार्टर्ीीे पहिलो लक्ष्यलाई पूरा गर्न राप्रपा नेपालले योजनाबद्ध र सांगठनिक रूपमा अभियान चलाउने निर्ण्र्ाागरेको छ । उसले संविधानसभाको कार्यकाल एक वर्षथप भएकाले संविधान निर्माण हुनुअघि नै हिन्दूराज्य, राजसंस्था र संघीयताको विषयमा जनमत संग्रह गर्नैपर्ने पार्टर्ीीे अडान र माग दोहोर्‍याएको छ ।
'संविधानसभाको कार्यकाल थप गरिनुअघि संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङ र अन्य केही दलले समय अभावका कारण जनमत संग्रहमा जान नसकिने भनेका थिए', थापाले भने, 'अब त कार्यकाल एक वर्षथपिएको छ, यस अवस्थामा उनीहरूले कस्तो भूमिका खेल्छन्, हर्ेर्नुछ ।'


सहमति को बिकल्प छ त्योहो असहमती
- शेखर ढुङेल

भन्न त हामी दोहोर्याइ तेहर्याइ जोड दिएर , लय हालेर , चित्त दूखाएर , रोदन क्रोदन गरेर ,भन्छौ सहमति को बिकन्प छैन समाज देश ले भोगेको तितो सत्य को आधार मा भन्दछु सहमति को बिकल्प छ त्योहो असहमती । यस सम्बन्धमा हालै नेपाली पोस्ट मा गिरिस जि लेलेख्नु भए झै " तपाईं किन खोल्नु हुन्न अर्को संगठन ?निक्कै मार्मिक र समसामयिक् छ । यस्तै असहमती राख्दै भएका सस्था लाई कमजोर र बिबादित् पार्दै एकै नाम एकै उदेस्य र लक्ष राखी अर्को सस्था खोल्न हिचकिचाउदैनन र उल्टो उनी हरुनै सुर्य लाई हत्केलाले छेक्न सक्छु भने झै एकता र सहमति को डन्का पिटी एकता र सहमति को मर्म र भावना को खिल्ली उडाइ राखेका छन ।
देस बिदेस जहाँ पुगे पनि कुनै न कुनै निहु खोजेर असहमती को खेती गर्ने हाम्रो नियती देखेर मलाई २५ - ३० बर्ष अगाडि बिस्व प्रसिद्ध पत्रीका रिडर डाइजेस्ट मा एक जना मानब् शास्त्री को लेख सम्झना गराएको छ र म स्वयम पनि पूर्ण बयस्क न भै मर्छु कि भन्ने चिन्ता मा छु । तपाईं भन्नु होला ४ पुगेर ५ दश छुने बेला भै सक्यो कसरी बयस्क भैनस त ? हो ति मानब शास्त्री को भनाइ अनुसार " बिकसित् मुलुक मा मुस्किल ले २५% र अल्पबिकसित् मुलुक मा मुस्किल ले ३ देखी ५ % मानिस् बयस्क हुन्छन अर्थात मानसिक रुपले परिपक्व उमेर ले मानिस् बयस्क हुनु को कुनै अर्थ छैन जब मानसिक रुपमा परिपक्व छैन । ति मानब शास्त्री का अनुसार ब्यक्ती को "जन्मघर , समाज , स्कुल कलेज् , सँगति , खानपिन को स्तर अनी आर्थिक अवस्था को बातावरण ले ब्यक्ती लाई मानसिक् रुपले परिपक्व , अर्ध र अल्प बयस्क बनाइ दिन्छ र अर्ध र अल्प बयस्क देस र समाज कै लागि घातक् हुन्छ अनी म घरि घरि सम्झन्छु हामी त्यही अर्ध र अल्प बयस्क भन्दा माथि उठ्न नसकेको परिणाम् त होइन र देस को गती अनी बिदेस मा हाम्रो असहमती को खेती ?

देस मा खेलीएको बिमती को खेल बाट पीडित भै कुनै न कुनै बहना बनाएर यो देस मा भास्सिएका हामी हरु मा असहमती को खेल लाई पुनराब्रिती गराउने जोस न आउनु पर्ने हो । देश मा त उबद्रो गर्यौ गर्यौ लडाउने गिराउने खेल खेल्यौ खेल्यौ आफ्नो र सन्तान को सुन्दर भबिस्य खोज्न आएका हामी यहाँ पनि हाम्रा सन्तान लाई बिभाजन को रेखा मा डोर्याएर छोडिदिने ?असहमतिय बातावरण को श्रीजना गरेर हामी त एक छिन् खुच्चिङ भन्दै रमाउला सन्तति ले के शिक्षा लेलान हामी बाट ?ब्यक्तिगत कुन्ठा र अभिस्ट पुरा गर्न सामाजिक सघ सस्था लाई प्रयोग गर्ने मनसाय राख्नु परिपक्व मानसिकता होइन । असहमती को बिउ प्राबिधिक भन्दा पनि खोट्पूर्ण नियती को उपज हो भन्दा हिच्किचाउन पर्दैन ।
ब्यक्ती को सघ सस्था खोल्न पाउने अधिकार लाई नत मस्तक भै सम्मान गर्नु पर्दछ आ आफ्नो समुह को पर्ब सस्क्रिती लाई बचाइ राख्न सन्जाल निर्माण गर्नु स्वागत योग्य हुन्छ तर एउटै उदेस्य लक्ष अनी त्यही सस्था मा आबद्ध भै राखेको सकृय सदस्य नै कुनै ब्यक्तिगत वा प्राबिधिक असहमती को कारण फुटेर लडेर बिबाद गरेर अर्को सस्था खोल्ने प्रब्रिती असल नियत भन्न सकिन्न । अमेरिका मा हाल एउटै मात्र छाता सस्था ए एन ए लगायत एन आर एन ए , नेजा , जन संपर्क समिती , अन्तरराष्ट्रिय साहित्यिक समाज , प्याच्च पुच्च , ख्याक्क खूक्क आदी सस्घ सस्था मा देखिएका असहमती चेतना , उत्तरदायित्व , कर्तब्य बोध भन्दा " टेन्सन लेले का नही देनेका " भन्ने भारतीय फिल्मि सम्बाद बाट प्रोत्साहित भएको देखिन्छ । केही समय देखी अमेरिका बासी नेपाली हरु को एक मात्र सस्था ए एन ए ले बिबिध पक्ष मा असहमतिय व्यबहार लाई प्रोत्साहन गरी राखेको छ एन ए ए अन्तर्गत मिडिया समुह खडा गरेर होस् कि ए एन ए अन्तर्गत साहित्यिक प्रतिस्ठान बनाएर होस् कि अब आएर एन आर एन ए लाई प्राबिधिक कुरो मा असहमती देखाइ अर्को समुह गठन लाई प्रोत्साहन गरी स्थापित भै सकेका नेजा , अन्तरराष्ट्रिय साहित्यिक समाज र एन आर एन ए को हुर्मत लिराखेको सबैले महसुस गरेका छन । सस्था खोल्ने अधिकार को दुरुपयोग् गर्न जे पनि तर्क राख्न सकिन्छ तर्क नै ठुलो कुरो होइन कुरो हो हामी अर्थात नेपाली नेपाली बिच को सम्बन्ध मा कस्तो बातावरण तयार गर्दैछौ र परिणाम् कस्तो होला भन्ने हो ?नाम र पद मै रमाउन जे पर्ला पर्ला न छाड् भैरे अाइज खोलौ सस्था भन्दै धुरी धुरी कुद्ने हो भने भने चुप चाप गंगाजल मुख मा हालेर बस्नु को उपाय देखिदैन ।नेपाल र नेपाली को लागि बिदेस मा घर घर मा सस्था खोल्दा उपलब्धी हासिल हुन्छ कि सकेसम्म गोलबद्ध भै एउटै छाता मुनी बसी काम गर्दा उपलब्धी मुलक हुन्छ ?सबैले सोच्नु पर्दछ । एउटा कथन् छ के को औषधी हुन्न भन्ने त्यसत्यै असहमतिय प्रब्रिती लाई फलाउने फुलाउने हरु को पनि औषधी छैन । तितो सत्य के भने सच्चा मनले समाज र देश को सेवा गर्ने लाई सस्था को बैसाखि पनि चाहिदैन र भएका सस्था नै बढीछन नगर्ने र असहमती को खेती गर्न को लागि घर घर मा सस्था खोल्ने अधिकार सुरक्षित छ । जायज वा नाजायज को तर्क मा उर्जा खर्चनु को कुनै तुक छैन समय ले नै बताउने छ । अन्तमा " चाडक्य भन्दछन् " त्यस्तो सम्पत्ति जो निक्कै दु:ख कस्ट उठाए पछी प्राप्त भएको होस् , त्यस्तो इज्जत र सम्पत्ति जुन आत्म बाजी राखेर प्राप्त गरेको होस् , त्यस्तो मान र सम्पत्ति जुन दुस्मन सित सम्झौता गरेर प्राप्त भएको होस् " लाई नस्विकार्नु त्यस्ले मानिस् को आत्मबल गिराउने छ " shekhar1962@gmail.com

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक