20100608

नयाँ सरकार बनाउने गृहकार्य सुरु !

प्रमुख सत्तारुढ दुई घटक कांग्रेस र एमालेले माओवादीसँग 'प्याकेज'मा सहमति गर्दै नयाँ सरकार बनाउने गृहकार्य सुरु गरेका छन् । तीन बुँदे सहमति कार्यान्वयनसँगै सरकारको राजीनामापछि बन्ने राष्ट्रिय सरकारका बिषयमा दुई दलबीच छलफल सुरु भएको हो । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा मंगलबार साँझ बसेको बैठकमा माओवादीसँग 'प्याकेज'मा सहमति गर्दै नयाँ सरकारको गृहकार्यबारे छलफल भएको एमाले अध्यक्ष झलनाथ खनाले बताए । जेठ १४ गते भएको सहमतिअनुसार वर्तमान सरकारले अविलम्व राजीनामा दिने निश्चित भए पनि नयाँ सरकार गठनका बिषयमा गृहकार्य आवश्यक भएको खनालले बताए । 'यो सरकारले राजीनामा दिने भनिसकेको छ । यसले अविलम्व राजीनामा दिन्छ,' खनालले भने, 'तर नयाँ....
सरकार कस्ता नीति लिएर बनाउने, के के कार्यभार पूरा गर्नेभन्ने बिषयमा गृहकार्य भइरहेको छ ।' तीन बुँदे सहमति कार्यान्वयनका लागि दुई दलले 'सहमतिको साझा अवधारणा' तयार गरेको नेताहरुले बताएका छन् । अवधारणका बिषयमा सत्तारुढ दुई दलले माओवादीसँग बुधबार छलफल गर्ने समय तय गरेका छन् । बैठकले दुई दलले तयार गरेको 'सहमतिको अवधारणा'का बिषयमा माओवादीसँग छलफल गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिए । दुवै पक्षले जित्ने गरी माओवादीसँग सहमति गरिने उनले बताए । बैठकमा कांग्रेस कार्यवाहक सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र संसदीय दलका नेता रामचन्द्र पौडेल सहभागी थिए । यसैगरी एमाले अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल तथा स्थायी कमिटी सदस्य भरतमोहन अधिकारी बैठकमा सहभागी थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक