20100607

अमेरिकामा यसरी गर्जिए अबकाश प्राप्त प्रधानसेनापती रुकमांगत कटवाल !

नेपाल अमेरिका पत्रकार संघको आयोजनामा अमेरिकाको भर्जिनिया मा आयोजित अन्तर्कृया कार्यक्रममा अबकाश प्राप्त प्रधानसेनापती रुकमांगत कटवालले फेरी खुलेरै नेपालमा भैरहेका माओवादी गतिबिधी प्रती असन्तोष मात्र जनाएनन उनले हतियार राज्यलाई बुझाउन र हिंसा त्याग्न आग्रहगरे । के के भने कटवालले हेर्नुस् भिडियो क्रमस: 
फोटो र भिडियोहरु हेर्न Read more »  मा क्लिक गरी भित्र जानुस् ......

 पूर्व प्रधानसेनापति रुकमांगत कटवालले राजनीतिक पार्टीहरुले आम जनताको चाहाना र भावना अनुसार कामगर्न नसकेको भन्दै संघीयताका कारण देश टुक्रिन सक्ने बताएका छन् । अमेरिकामा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले देशको राजनीतिक अवस्थाका बारेमा कडा टिप्पणी गरेका थिए । उनले राजनीतिक पार्टीहरले जनताको नाममा ठगी गरेको आरोप पनि लगाए । उनले भने –नेपाली जनताहरुको घरमा विजुली छैन, धारामा पानी छैन ,सडक छैन, स्कुल तथा क्यम्पसहरु बन्द भइरहेका छन तर नेताहरुलाई कुनै वास्ता छैन । अहिले कै राजनीतिक प्रक्रियाबाट जाने हो भने पाँच वर्ष म्याद थप गर्दा पनि संविधान नबन्ने उनले दावी गरे । आफूलाई सेनापतिबाट बर्खास्त गर्ने सरकारको प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीको सरकारको निर्णय पूर्ण रुपमा गैर संवैधानिक भएको बताउँदै उनले आफ्नो कदम सही भएको दावी गरे। उनले भने –कुनै पनि सैनिकलाई त्यसरी कानुन विपरित हटाउन मिल्दैन ।
















प्रधानसेनापती बाट अबकास पाएपछी आफ्नो बिदाइ समारोहमा कटवालले यसरी आफ्नो तितो पोखेका थिए जुन राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा समेत् चर्चित भएको थियो हेर्नुस भिडियो










1 comment:

  1. 1st yati thulo person US aauda pani 1 Baner lagauna nasakna USA basi NEPALI haru kati lage na bhaka raichan malai lage lago

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक