20100613

कब्जा भएका घरजग्गा सम्पति फिर्ताका लागि पहल गरिदिन माओवादी पीडित संघको आग्रह

यो सरकार हटे पनि पुनः बहुमतकै सरकार बन्ने स्थिति प्रबल
 नेपाल माओवादी पीडित संघले काँग्रेस कार्यबाहक सभापति सुशील कोइरालालाई भेटेर द्वन्द्वकालमा कब्जा भएका घरजग्गा सम्पति फिर्ताका लागि पहल गरिदिन आग्रह गरेको छ। महाराजगञ्जस्थित कोइराला निवासमा बिहान पांच बुँदे ज्ञापनपत्र बुझाउँदै माओवादी पीडित संघले घरजग्गा र सम्पति बिना शर्त फिर्ताका लागि पहल गर्न आग्रह गरेको हो। जवाफमा कार्यबहाक सभापति कोइरालाले सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएको संघका अध्यक्ष धर्मराज न्यौपानेले जानकारी दिएका छन्। माओवादी पीडित संघले सत्य....
निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन गर्नुपर्ने माग पनि गरेको छ। संघले बिभिन्न बित्तीय संस्थाबाट लिएको ऋण र ब्याज सरकारले मिनाहा गरिदिनुपर्ने, आफूहरुलाई उचित क्षतिपुर्ति र पुनर्स्थापनाको ब्यवस्था गरिदिनसमेत माग गरेको छ।

राष्ट्रिय सहमतिको सरकार बनाउने तीन प्रमुख दलबीच जेठ १४ गते सहमति भए पनि त्यो सम्भावना न्यून हुँदै गएको छ। शान्तिप्रक्रिया र संविधान निर्माणका आधारभूत विषयमा न्यूनतम सहमति हुनासाथ सरकारले राजीनामा दिने सहमति भएकाले वर्तमान सरकारले छिट्टै सत्ता हस्तान्तरण गर्ने सोचाइ बनँइसकेको छ। तर यो बहुमतको सरकारले राजीनामा दिए पनि राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना क्षीण बन्दै गएको नेताहरुले बतँएका छन्। यो सरकार हटे पनि पुनः बहुमतकै सरकार बन्ने स्थिति प्रबल बन्दै गएको भन्दै नेताहरुले पुनः बहुमतको सरकार बन्यो भने राष्ट्रिय सहमतिको एक वर्षदेखिको माओवादीको नारा काम नलाग्ने बताएका छन्। बहुमतको सरकार बन्नु भनेको फेरि पनि संविधान निर्माण कार्यमा सहज स्थिति नहुने निश्चित भएको नेताहरुको भनाइ छ।

एकीकृत नेकपा माओवादी ले आफ्नो पार्टीका तफ्रबाट सरकारको नेतृत्व गर्न परेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक अरुको सम्भावना नभएको कुरा बैठकैपिच्छे निर्णय गर्नु र अन्य दलले प्रचण्डको नेतृत्व स्वीकार्य हुन नसक्ने भनेपछि राजनीति पुनः अप्ठ्यारोमा परेको स्वयम् माओवादीका एक वरिष्ठ नेताले बताएका छन्।

‘माओवादीले आफैं राष्ट्रिय सहमतिको कुरा गर्ने अनि जबर्जस्ती उसकै मात्र निर्णय मान्नुपर्ने हो भने कसरी राष्ट्रिय सहमति हुन्छ ’ -नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ प्रश्न गर्नुहुन्छ। माओवादीले आफ्नो नेतृत्वमा सरकार नबन्ने हो भने अन्य दलको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुन नसकिने सम्भावना रहेको बताएको छ भने नेपाली कांग्रेसले पनि माओवादीको नेतृत्वमा सरकार बनेमा आफू प्रतिपक्षमै बस्ने धारणा सार्वजनिक गरिसकेको छ। एकले अर्काको नेतृत्व स्वीकार नगर्ने भन्ने सोचाइले गर्दा राष्ट्रिय सहमतिको सरकार बन्ने स्थिति नरहेको एमाले नेता युवराज ज्ञवाली बताउनुहुन्छ।

एकीकृत नेकपा माओवादी का नेता टोपबहादुर रायमाझी भने आफ्नो पार्टीमा प्रचण्डको विकल्प रहेको र उहाँको विकल्पमा उपाध्यक्ष डा। बाबुराम भट्टराई रहनुभएको बताउनुभएको छ। नेता रायमाझीले शनिबार रिपोर्टस्र क्लबमा बोल्दै आफ्नो पार्टीमा प्रचण्ड मात्रै निर्विकल्प भन्ने छैन त्यसैले भोलि सोमबारदेखि बस्ने पोलिटब्युरो बैठकले प्रचण्डको विकल्प पनि रहेको निर्णय गर्ने दाबी गर्नुभयो।

नेता रायमाझीले प्रचण्डबाहेक पार्टीमा प्रधानमन्त्री बन्न योग्य छैनन् भन्ने होइन भन्दै उहाँले उपाध्यक्ष डा। भट्टराई रामबहादुर थापा ‘बादल’सहित थुप्रै नेता हुनुहुन्छ त्यसैले माओवादीमा सर्वेसर्वा प्रचण्ड मात्रै हो भनी जसरी बाहिर आएको छ त्यो गलत हो भन्नुभयो।

एमाले नेता रामचन्द्र झाले प्रधानमन्त्री माधवकुमार नेपाल चाँडो भन्दा चाँडो राजीनामा दिने पक्षमा हुनुहुन्छ तर दलहरुले सहमति नगरेका कारण अड्किएको छ भन्दै वर्तमान सरकारले राजीनामा दिएपछि पनि बहुमतकै सरकार बन्ने खतरा बढेको बताउनुभयो। मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना छैन भन्दै प्रचण्डलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन हुने स्थिति छैन भन्नुभयो।

उद्योगी ब्यवसायीहरुले प्रधानमन्त्री माधवकुमार नेपालसमक्ष तत्काल राजनीतिक संकटको निकास दिन आग्रह गरेका छन्। उनीहरुले बिभिन्न समुहको धम्की, चन्दा आतंकका कारण उद्योगी व्यवसायी त्रसित रहेको समेत बताएका थिए। नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्वमा गएको उद्योगी व्यवसायीहरुको टोलीले राजनीतिक संकट अन्त्य गरी मुलुकलाई आर्थिक विकास र उन्नतीको वाटोमा अग्रसर गराउन आग्रह गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको चियापान र छलफलमा उद्योगीहरुले राजनीतिक संकटका कारण उद्योग व्यवसाय संकटमा परेकोमा गम्भिर चिन्ता व्यक्त गरेका छन्।  उनीहरुले सरकारले प्रतिवद्धता अनुरुप शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउन नसकेकोप्रती गुनासो समेत गरेका छन्। प्रधानमन्त्री नेपालले छिट्टै राजनीतिले निकास पाउने र आफुले दलहरुलाई छिटो निकास दिन आग्रह गरिहेको जानकारी गराउनुभएको छ। व्यवसायीहरुले उत्पतीको प्रमाणपत्रका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।  माओवादीका लडाकुलाई व्यवस्थापन गर्नु पर्ने भन्दै लडाकु र माओवादीको बीचको सम्बन्ध बिच्छेद गरेर मात्रै समस्याको समाधान हुने उल्लेख गरेका छन् । प्रधानमन्त्री नेपालले उद्योगि व्यवसायीहरुलाई अफ्ठ्यारो पर्ने गरी सरकारले निर्णय नगर्ने भन्दै व्यवसायिक हितका लागी एकजुट हुन आग्रह समेत गरे। 


गृहमन्त्री भीम रावलले राजधानी प्रवेश गर्ने सबै नाकाहरुमा अत्याधुनिक उपकरण मार्फत विष्फोटक पदार्थको चेकजाँच गर्नुका साथै उच्चा सर्तकताको तयारी भइरहेको दावी गरेका छन्। काठमाण्डौमा सन्चारकर्मीसंग कुरागर्दै उनले राजधानीमा आपारधीक क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा व्यवस्था बढाउन लागेको बताए। उनले विष्फोटक पदार्थ आयात रोक्नका लागि मेटल डिटेक्टर प्रयोग गर्नुका साथै साइबर अपराध नियन्त्रण गर्नेबारे पनि तयारी भइरहेको जानकारी दिए। नाम नसुनेका र अस्तित्वमा नभएका संगठनहरुले भ्रम छरेर राजनीतिक तरलताको फाइदा उठाउदै भय र आतंक श्रृजना गर्न खोजेपनि त्यसलाई सुरक्षाकर्मीले विफल पारेको बताउदै गृहमन्त्री रावलले त्यस्ता संगठित समूहलाई कारवाही गर्न प्रहरी सक्षम रहेको दावी गरे ।

नेपाली दुतावास , फ्रान्सको टुरमुकाम पोर्चुगलमा


पोर्चुगल निवासी आप्रबासी नेपालीहरुको राहदानी लगायत बिभिन्न कुट्नैतिक तथा प्रमाणिकरण सम्बन्धी कार्य गर्नको निमित्त आगामी जुन २८ र २९ तारिख २ दिन नेपाली दुतावास फ्रान्सको टुरमुकाम पोर्चुगलमा आउने भएको छ ।

जुन २८ र २९ तारिख दिउसो १ बजे देखि ५ बजे सम्म गैर आवाशिय नेपाली संघ, पोर्चुगलको कार्यालयमा संचालन हुने उक्त टुरमुकाममा नयाँ राहदानी जारी गर्ने, राहदानी नविकरण गर्ने, कागजपत्रहरु प्रमाणिकरण गर्ने, २ बर्ष तथा १० बर्ष अबधीको गैर आवाशिय नेपाली परिचय पत्र ( NRN Identity Card) को निमित्त दर्खास्त फाराम भर्ने तथा संकलन गर्ने कार्यहरु सम्पन्न हुने जानकारी गैर आवाशिय नेपाली संघ, अन्तरराष्ट्रीय समन्वय परिषद सदस्य मकर हमालले दिनु भएको छ।

यसै सन्दर्भमा गैर आवाशिय नेपाली संघ, पोर्चुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले एक अपिल प्रकाशित गर्दै पोर्चुगल स्थित सम्पुर्ण संघसंस्थाहरु तथा नेपाली समुदायको शसक्त र तिव्र दवावका कारण टुरमुकामको रुपमा नेपाल सरकारको आधिकारिक कुट्नैतिक उपस्थिती बेला बेलामा देखिनु सकारात्मक रहे पनि पोर्चुगलवासी नेपालीहरुका समस्याको दिगो समाधानको निमित्त पोर्चुगलमा नेपाली दुतावास वा बैतनिक कन्सुलर र नेपालमा पोर्चुगलको दुतावास वा वैतनिक कन्सुलरको स्थापना अपरिहार्य रहेको सन्दर्भमा गैर आवाशिय नेपाली संघ, पोर्चुगलले थप प्रभावकारी आवाज उठाउँदै जाने र त्यसमा हातेमालो र ऐक्यबद्धता जनाउन पोर्चुगल स्थित सम्पुर्ण नेपाली संघसँस्था, पत्रकार तथा आप्रबासी नेपालीहरुमा हार्दिक आग्रह गर्नुभएको छ।

उक्त टुरमुकाममा बितरण हुने राहादानीको एकिन संख्या जानकारी गराउनु पर्ने भएकोले राहदानी नविकरण गर्नुपर्ने तथा नयाँ बनाउनु पर्ने व्यक्तीहरुले अग्रिम संपर्क गर्नु हुन समेत अनुरोध गरिएकोछ।

टुरमुकाम सम्बन्धी बिस्तृत जानकारीको लागि संपर्क :

एनआरएन पोर्चुगलको

कार्यालय

मकर हमाल : ९१२१३६९९३

लक्ष्मी प्रसाद सापकोटा : ९१७४३६७६४

भीम के सी

"कमल" :९१४९०७८८८

हेमन्त सेढाई :९१६९६७४६५
 
अन्तर-राष्ट्रीय सांस्कृतिक मेलामा एनआरएन पोर्चुगल सहभागी हुने।


-भीम के सी कमल

लिस्बन नगरपालीकाको सांस्कृतिक एबं आप्रबासी समन्वय बिभागको आयोजनामा सन्चालन हुने अन्तर-राष्ट्रीय सांस्कृतिक मेलामा पोर्चुगल स्थित नेपाली समुदायको प्रतिनिधित्व गर्दै एनआरएन पोर्चुगल सहभागी हुने भएको छ।

यहि जुन २६ तारिख अलमेदा, लिस्बनमा हुने उक्त सांस्कृतिक कार्यक्रममा नेपाल, भारत, ब्राजिल, काबो भेर्दे, बंगलादेश, घाना, सेनेगल लगायत बिभिन्न देशका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुने जानकारी प्राप्त भएको छ। नेपाली सांस्कृतिक कार्यक्रम उक्त दिन दिउसो ४.३० बजे प्रारम्भ हुनेछ। सो सांस्कृतिक कार्यक्रममा नेपाली भेषभुषा सहितका नृत्य तथा मौलिक नेपाली बाध्यबादन सहितको नेपाली परम्परागत संगीत प्रस्तुत गरिने हुंदा कार्यक्रममा उपस्थित भै मनोरन्जन लिनुका साथै ऐक्यबद्धता प्रकट गरि दिनको निमित्त एनआरएन पोर्चुगलले नेपाली जनसमुदायमा हार्दिक अपिल गरेको छ।
 
पोर्चुगलमा नेकाँको कृयाशिल सदश्यता बितरण अन्तिम चरणमा


- भीम के सी कमल

नेपाली जनसम्पर्क समिति पोर्चुगलले पोर्चुगलमा रहेका नेपाली काँग्रेसका सदश्यहरुलाई बितरण गरेको नेपाली काँग्रेसको कृयाशिल सदश्यता आवेदन फाराम संकलन गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी जनसम्पर्क समिति पोर्चुगलका का.वा. अध्यक्ष राज कुमार गौतमले दिनु भएको छ। हालसम्म कुनै कारणबस फाराम भर्न छुटेका साथीहरुले जनसम्पर्क समिति पोर्चुगलका पदाधिकारीहरु अथवा सदश्यता बितरण कार्यदलका सदश्यहरुसंग सम्पर्क गरी १ हप्ता भित्र आबेदन फाराम भरी बुझाउन समेत गौतमले आग्रह गर्नु भएको छ।

जनसम्पर्क समिति पोर्चुगलका संस्थापक एबं बर्तमान अध्यक्ष पुर्ण हमालले प्रबासमा रहेका पार्टीका निष्ठावान कार्यकर्ताहरुलाइ कृयाशिल सदश्यता दिने बैधानिक ब्यबस्था सराहनिय भएतापनि केन्द्रीय महाधिबेशनमा भाग लिनको निमित्त न्युनतम ५०० कृयाशिल सदश्य हुनु पर्ने प्राबधानले बिदेशमा दिलोज्यानले काँग्रेसको संगठनमा जुटेका कार्यकर्ताहरुहरुको भावनामा आघात पुगेकोले सो ब्यबस्थाको पुनर्बिचारको बिषयमा पार्टि उच्च नेतृत्वलाइ हार्दिक आग्रह गर्दै सो बिषयमा स्पेनको बार्सिलोनामा हुने युरोपीयन काँग्रेसको आसन्न बैठकमा ब्यापक छलफल गरिने जानकारी गराउनु भएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक