20100612

सरकारलाई समर्थन गरेको नेपाल मजदुर किसान पार्टीले समर्थन फिर्ता

"माओवादीसँग काग्रेसले गणतन्त्र र संघियतामा आत्मसमर्पण गर्नु नीतिगत त्रुटि "
तीन प्रमुख दलको राजनीतिक असमझदारी बढ्दै गएको छ। यसले संविधानसभाको भविष्य थप अनिश्चित पारेर लगेको अवस्थामा सरकारलाई समर्थन गरेको नेपाल मजदुर किसान पार्टीले समर्थन फिर्ता लिएको छ।
भक्तपुरमा शनिबार बसेको नेमकिपाको केन्द्रीय बैठकले सरकारप्रतिको आफ्नो समर्थन फिर्ता लिने निर्णय गरेको हो। सरकार गठनपूर्व एमालेले गरेको १८ बुँदे प्रतिबद्धता सरकारले पूरा नगरेको आरोप नेमकिपाको छ। त्यसै गरी शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन यो सरकार असक्षम रहेको समेत ठहर गर्दै आफ्नो पार्टीले समर्थन फिर्ता लिएको जनाइएको छ। वर्तमान सरकारले देश र जनताको लागि कुनै पनि काम ....
गर्न नसकेको बैठकले ठहर गरेको छ। आफ्नो पार्टीले सहमतिका बेला कुनै पनि किसिमको राजनीतिक माग नराखेको र जनचासोका खानेपानी, फोहोरमैला व्यवस्थापन, लोडसेडिङ तथा शान्तिसुरक्षाको प्रत्याभूतिजस्ता जनसरोकारका विषयमा आफूहरूको माग रहेकोमा त्यसप्रति सरकार उदासीन रहेको निष्कर्ष नेमकिपाले निकालेको छ। संविधानसभामा ५ जना प्रतिनिधि रहेको नेमकिपाले सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी भने जनाएको छैन।

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामाले मात्र राष्ट्रिय सहमतिको सरकार नवन्ने वताएका छन् । राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि कब्जा गरिएका सम्पति फिर्ता , वाइसियल विघटन र शान्ति र संविधानको लागि माओवादी प्रतिवद्ध हुनु पर्ने पनि वताएका छन् । सिन्धुपाल्चोक कांग्रेसद्धारा आज वाह्रविसेमा आयोजित आमसभामा वोल्दै नेता देउवाले सो कुरा वताएका हुन् । उनले भने ‘ प्रधानमन्त्रीको राजीनामाले फेरि पनि वहुमतिय सरकार वन्छ । ’कांग्रेसका आर्का नेता खुमवहादुर खड्काले संघियता र गणतन्त्रको विषमा कांग्रेस नेतृत्वले माओवादीसँग आत्मसमर्पण गरेको आरोप लगाए । उनले भने ‘ माओवादीसँग काग्रेसले गणतन्त्र र संघियतामा आत्मसमर्पण गर्नु नीतिगत त्रुटि थियो । ’ माओवादी नसचिए थप गरिएको एक वर्षको अवधिसम्म पनि संविधान नवन्ने ठोकुवा उनले गरे । सिन्धुपाल्चोक कांग्रेसका सभापति मोहनवहादुर वस्नेतले कांग्रेसले प्रजातन्त्रको मात्र कुरा गरिरहेको चर्चा गदै अरु दल भौतिक रुपमा उत्रिसकेकाले प्रजातन्त्रको कुरा गरेर मरिरहनु अव कांग्रेसले नहुने वताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक