20100611

सहमति माओवादीका तर्फबाट कार्यान्वयन नहुदासम्म प्रधानमन्त्रीको राजीनामा नआउने

एमाले नेता केपी ओलीले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात नगरेसम्म कुनै पनि हालतमा माओवादीको नेतृत्वमा सरकार नबन्ने ठोकुवा
सदनको बैठक आह्वान हुन नसक्दा सरकारको नीति तथा कार्यक्रम र बजेट अन्यौलमा रहेका समयमा सरकारमा सहभागी दश दलले पछिल्लो पटक भएको तीन बुँदाको सहमति माओवादीका तर्फबाट कार्यान्वयन नहुदासम्म प्रधानमन्त्रीको राजीनामा नआउने निर्णय दोहराएका छन्। सरकारमा सहभागी दलका प्रमुख नेताहरुको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको संयुक्त बैठकले प्रधानमन्त्रीको राजीनामा र सहमतिको कार्यान्वयनका बिषयहरु अलग अलग रहेको भन्दै तत्कालकै यथावत अवस्थामा प्रधानमन्त्रीको राजीनामा आउन नसक्ने निर्णय गरेको हो। उनीहरुले माओवादीलाई तीन बुँदाको सहमति ईमानदारीताका साथ पालना गर्न समेत सुझाव दिएका छन्। बैठकपछि सन्चारकर्मीसंग कुरागर्दै काँग्रेसका कार्यबहाक सभापति....
सुशील कोइरालाले तीन बुँदाको सहमति कार्यान्वयन माओवादीले नगर्दासम्म प्रधानमन्त्रीले राजीनामा नदिने बताए। उनले राजीनामा र सहमतिको बिषय अलग अलग रहेको भन्दै माओवादीले भने जस्तो साथ साथै नरहेको उल्लेख गरे। त्यसै गरेर नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेब जोशीले पनि सहमतिको कार्यान्वयन भएपछि प्रधानमन्त्रीको राजीनामा आउने तथा त्यसपछि मात्रै राष्ट्रिय सहमतिको सरकार बनाउने तर्फ जानुपर्ने निष्कर्षमा बैठक पुगेको जानकारी दिए। सत्तारुढ दश दलको आजको निर्णयबाट माओवादी पुनः चिढिने भएको छ।बैठकमा काँग्रेस, एमाले, फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी, नेकपा मालेलगायतका दलहरुको सहभागिता रहेको थियो।
एमाले नेता केपी ओलीले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात नगरेसम्म कुनै पनि हालतमा माओवादीको नेतृत्वमा सरकार नबन्ने ठोकुवा गरेका छन् । एमाले सगरमाथा अञ्चलस्तरीय प्रशिक्षण कार्यक्रमलाई शुक्रवार लहानमा सम्बोधन गर्दै नेता ओलीले भने, 'माओवादीलाई अझ पनि सरकारको नेतृत्व गर्न सक्छु भन्ने भ्रम छ भने त्यो भ्रम नपाले हुन्छ ।' उनले माओवादीको नजरमा प्रधानमन्त्रीको कुर्सी एकमात्र अर्जुन दृष्टि भएको बताए । जेठ १४ गते माओवादीको अध्यक्ष प्रचण्डसाग भएको गोप्यवार्तामा चार दिनभित्र वाइसीएल भङ्ग, कब्जा जग्गा फिर्ता तथा शान्ति र संविधानका लागि सहकार्यमा आउन स्पष्ट धारणा राखेपछि मात्र प्रधानमन्त्रीको राजिनामा आउने कुरा भएको जानकारी दिंनुहुदै नेता ओलीले उक्त वार्तालाई अध्यक्ष दाहालले प्रधानमन्त्रीको राजीनामासंग मात्र जोडेर जनतालाई भ्रमित पार्न खोजेको आरोप लगाए ।
'माओवादी कहिल्यै संविधान बनोस् भनेर चाहदैन, त्यसैले उसले संविधान समयमा बन्न सक्ने कुनै प्रस्ताव कहिल्यै संविधानसभामा राखेन', नेता ओलीले भने, 'बरु उसले प्रधानमन्त्रीको राजीनामाको विषयलाई लिएर संविधान सभा मात्र अवरुद्ध गरिरहृयो ।'
'प्रधानमन्त्री माधव कुमार नेपालको राजीनामा आएर भोलि एमालेका अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बन्नुभयो भने पनि माओवादीले विरोध गर्न छोड्दैन,' उनले भने,'राष्ट्रिय सहमतिको नाममा माओवादीले आˆनो मात्र सरकार बनाउन खोजेको र सरकारमा बसेर मनपरीतन्त्र ल्याउन खोजेको छ ।'
माओवादीले काङ्ग्रेस र एमालेलाई आˆनो प्रमुख दुश्मनको रुपमा रहेको कार्यकर्तालाई बताइरहेकोले कार्यकर्ताहरुले अझ पनि दुवै पार्टीलाई शत्रु नजरले हेरिरहेको बताउादै ओलीले भन्नुभयो-एकातिर कार्यकर्तामाझ हामीप्रति विषवमन गरिरहेका छन् अर्कोतर्फ हामी र अन्तराष्ट्रिय समुदायसाग कााग्रेस र एमाले हाम्रो मित्रशक्ति भएको भनेर प्रचार गरिरहेका छन् ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा नेता ओलीले आˆनै पार्टीका केही पदाधिकारीहरुप्रति तीब्र असन्तुष्टी पोख्नुभयो । प्रधानमन्त्री नेपालको विरुद्धमा माओवादीले आन्दोलन चलाइरहेको बेला एमालेका पदाधिकारीले विज्ञप्ती निकालेर माओवादीको पिछलग्गु बनेको बताउादै अनुशासनहीन र उच्छृङ्खल प्रवृतिका जोकोही भए पनि आफूले सहन नसक्ने चेतावनी दिए ।
'कसैले कसैलाई उचालेर पार्टी फोड्न खोज्यो भने पार्टी फोड्ने षडयन्त्र त सफल हुादैन, तर एमाले फुटाउन खोज्ने जोकोहीलाई पनि म झप्पु दिन्छु, कोहो भनेर उसको अनुहार हेर्दिन' उनले भने ।
शनिवारसम्म सञ्चालन हुने उक्त प्रशिक्षण समारोहमा सगरमाथा अञ्चलको सिरहा, सप्तरी र उदयपुरका जिल्ला तथा जनवर्गीय सङ्गठनका जिल्लातहका नेताहरु गरी करीब ४०० जनाको सहभागिता रहने सभासद् तथा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक