20100615

प्रधानमन्त्रीले राजीनामा नदिए वर्षे अधिवेशन चल्न नदिने माओवादी अध्यक्ष प्रचण्डको चेतावनी

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सहमतिका आधारमा यथाशीघ्र तीनबुँदे सहमति कार्यान्वयन गराउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटी तीव्र दबाब दिनुभएको छ भने माओवादीले पहिले राजीनामा नदिए वर्षे अधिवेशन चल्न नदिने चेतावनी दिएको छ।  नेपाली कांग्रेस र एमालेले शान्ति प्रक्रिया र संविधान निर्माणका आधारभूत विषयमा न्यूनतम सहमति गर्ने तीनबुँदे सहमतिअन्तर्गतको पहिलो बुँदा र प्रधानमन्त्रीको राजीनामासम्बन्धी तेस्रो बुँदा एकैचोटि कार्यान्वयन गर्ने हो तर माओवादी सहमति गर्ने पक्षमा नरहेको आरोप लगाएका छन् भने माओवादीले एमाले-कांग्रेसले तीनबुँदे सहमतिको अपव्याख्या गरेको आरोप लगाएको छ। प्रधानमन्त्री नेपालले दलहरुलाई यथाशीघ्र सहमति गर्न आग्रह गर्दै सहमति हुनासाथ आफूले राजीनामा दिने कुरा राख्दै आउनुभएको छ। दलहरुबीचको यो विवादले संविधान निर्माण प्रक्रिया मात्र होइन ...
वर्षे अधिवेशन पनि प्रभावित हुने संकेत देखिएपछि संविधानसभा अध्यक्ष नेम्वाङले प्रमुख दलका नेताहरुलाई छुट्टाछट्टै भेटी तीनबुँदे सहमति कार्यान्वयन गर्ने गरी बैठक बस्न र यथाशीघ्र निष्कर्षमा पुग्न आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका कावा सभापति सुशील कोइरालासँग भेट गरेको भोलिपल्टै सोमबार अध्यक्ष नेम्वाङले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष झलनाथ खनालसँग कुराकानी गर्नुभएको छ। एमाले अध्यक्ष खनालसँग उहाँकै निवास डल्लुमा भेट गर्नुभएको थियो भने अध्यक्ष प्रचण्ड संविधानसभाका अध्यक्ष नेम्वाङकै कार्यकक्ष सिंहदरबारमा भेट्न जानुभएको थियो। माओवादी अध्यक्ष प्रचण्डले नेम्वाङसँगको भेटघाटपछि आफ्नो पार्टीले सहमतिका आधारमा संविधान निर्माण र शान्ति प्रक्रियालाई अगाडि बढाउन चाहेको तर प्रधानमन्त्रीले राजीनामा नदिएका कारण अड्किएको धारणा पत्रकारहरुलाई राख्नुभयो। भेटमा अध्यक्ष नेम्वाङले यही असार ५ गतेभित्र वर्षे अधिवेशन बोलाइसक्नुपर्ने तर दलहरुबीच सहमति नभएका कारण त्यो पनि अन्योलमा परेको तर्फ नेताहरुको ध्यानाकर्षण गराउनुभएको थियो। उहाँले जनतामा अन्योल बढ्दै गएकाले दलहरुले स्पष्ट जवाफ दिनुपर्ने हुन्छ भन्नुभयो। सो भेटमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले राजीनामा नदिए वर्षे अधिवेशन आ³वान भए पनि चल्न नदिने संकेत गरेको बुझिएको छ।

1 comment:

  1. Sad to see too many cheifs and not enough indians in Nepal as saying in the US. The country-Nepal is beeing played by a hand full of non-sense and dirty thugs as it is their own dirty political play ground and personal asset.
    Hope the Nepalese citizen will learn this sooner then following the steps of all crooked and dirty political leaders of Nepal.
    Thank you

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक