20100616

नेपालमा विधिको शासन कायम हुन नसकेको पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको टिप्पणी

'नेपालमा गणतन्त्र स्थापनाको अर्थ अर्को सर्वसत्तावाद लाद्न होइन '
क्यालिफोर्निया । नेपाली सेनाका पूर्व प्रधानसेनापति तथा सङ्क्रमणकालीन राजनीतिका प्रभावशाली व्यक्ति रुक्माङ्गद कटवालले राजनीतिमा आउने आफ्नो कुनै योजना नभएको उद्घोष गर्नुभएको छ । मदरल्याण्ड नेपालको आयोजनामा मंगलबार अमेरिकाको सन्ाप्रुा_िन्सस्कोमा स्थानीय नेपाली समाजका बीच भएको अन्तरकि्रया कार्यक्रममा कटवालले सो उद्घोष गर्नुभएको हो । ुम सैनिक भएर राष्ट्र र राष्ट्रियताप्रति समर्पित

An interaction with Former Army Chief Rookmangad Katwal in San Francisco from Soniya KC on Vimeo.

भएको व्यक्ति हुँ मेरो अनुभवमा मुलुकको सेवा गर्ने केही विधि त छन् तर राजनीति गर्ने अभ्यास छैन । त्यसैले म राजनीतिमा आउँदिनु कटवालले भन्नुभयो- देशको सेवा गर्न राजनीतिमै प्रवेश गर्नुपर्छ भन्ने कुरामा मेरो विश्वास पनि छैन । कटवालले नेपालमा विधिको शासन कायम हुन नसकेको टिप्पणी गर्दै एकीकृत नेकपा
माओवादीका नेता तथा कार्यकर्तालाई एक प्रकारको नियम र अरु जनतालाई भिन्न प्रकारको नियम लागू हुने गरेको जानकारी गराउँदै चिन्ता प्रकट गर्नुभयो । कोही अरुको गाडी लुटेर चढिरहेका छन् जनताको जमिन खोसेर जोतिरहेका छन् अरुको निजी सम्पत्ति नियन्त्रणमा लिएर मनपरी गरेका छन् र पनि कानुनले छुन सकिरहेको छैन भने कोही निसहाय बनेर न्यायका लागि चिच्याइरहेका छन् सुनुवाई भैरहेको छैनु पूर्व प्रधान सेनापतिका शव्दहरु थिए ।

हतियार हातमा छ भन्दैमा मनपरी गर्नेहो र नेपाली सेना र प्रहरीले पनि त्यसैगरी लुटपाट मचाउने होभने परिणाम के होला भन्ने प्रश्न गर्ने कटवाल क्यालिफोर्निया क्षेत्रमा रहेका सबै विचारको प्रतिनिधित्व गर्ने बुद्धिजीवीहरुका प्रश्नको उत्तर दिइरहनु भएको थियो । सनप्रु_िन्सस्कोस्थित ओम मण्डलामा सम्पन्न अन्तरकि्रयामा उपस्थित एक सयभन्दा बढी सहभागीका दर्जनौं प्रश्नहरुमध्ये अधिकांश प्रश्न सामान्य रहेपनि केही आलोचनात्मक र आक्रामक पनि थिए । नेपालको भविष्य उज्वल बनाउन युगीन नेताको आवश्यकता महसुस गर्ने कटवालले पुराना मात्र होइन नयाँ अनुहारमा पनि मैले आजसम्म त्यस प्रकारको सम्भावना देखिनँ भनेर निराशा प्रकट गर्नुभएको थियॊ ।

कटुवालले ७३ बर्षको प्रयोगले कम्यनिष्ठ नीति पूर्ण असफल भएको बताउँदै नेपालमा यसविरुद्ध विचारको लडाईँ भईरहेको बताएका छन्। 'नेपालमा गणतन्त्र स्थापनाको अर्थ अर्को सर्वसत्तावाद लाद्न होइन ', उनले भने। क्यालिफोर्नियाको सान फ्रान्ससिस्कोमा आज विभिन्न नेपाली संघसंस्थाले आयोजना गरेको कार्यक्रममा कटुवालले भने, 'यसैका लागि सेनाले सेनापति अवकास दिने कानुन विपरितको आदेश नमानेका हो।'
 करिब २ घण्टा बोलेका कटुवालले अधिकांश समय राजनीतिक विषयमा टिकाटिप्पणी गरेका थिए। विशेषगरी माओवादी पार्टीका नीति र कम्युनिष्टप्रति उनी आक्रमक रुपमा प्रस्तुत भएका थिए। उनले भविष्यमा राजनीतिमा जान सक्ने संभावनालाई इन्कार गरेनन्। माओवादीका नेताहरु भूमिगत जीवन छाडेर बालुवाटारमा सार्वजनिक भई नेपाली सेनालाई तथानाम गाली गर्दा, टुडिँखेलमा कुर्लिँदा कसैले बचाई नगरेको गुनासो उनले गरे। 'सेनासँग पनि यसको जवाफ दिने ताकत थियो तर, नेपाली जनताको शान्तिप्रतिको उच्च चाहनालाई सम्मान गर्दै सेनाले सहेर बस्यो', कटुवालले भने। सेना जहिले पनि जनताका प्रतिनिधिले बनाएको कानुननियम अर्न्तगत प्रजातन्त्रिक भावना अनुसार चलेको कटुवालले दावी गरे। 'द्वन्द्वको बेला पनि माओवादीलाई मार्नु नभई निशस्त्र बनाएर बार्तामा ल्याउने सेनाको मुख्य उद्देश्य थियो', कुटवालले भने, 'सेनाले माओवादीसँग लडेको थिएन, प्रतिकार मात्र गरेको थियो।' हतियार प्रयोग गर्ने अधिकार राज्यको निकाय बाहेक अरुलाई नहुने तर्क राख्दै कटुवालले हतियार नबुझाई शान्ति सम्झौता र निर्वाचनमा जानु गल्ती भएको जनाए। पूर्व सेनापति कटुवालले अमेरिकामा सार्वजनिक रुपमा नेपालीले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गरेको यो तेस्रो हो। 
अन्तरकि्रया सफल बनाउन उत्तरी क्यालिफोर्नियाका नेपालीहरुको छाता संस्था न्यान्सी एनएजिसी ह्वाइट जोन किराँत-राई क्यालिफोर्निया गुरुङ समाज सन्नी समाज बर्कीस्थित टेस्ट अफ हिमालय र यती रेष्टुरेन्ट सोनमाले आर्थिक तथा भौतिक सहयोग गर्नुका साथै मानवीय सहयोगमा पनि सकि्रयता देखाएका थिए र उक्त कार्यक्रम सफल पार्न मदर लैंड नेपाल का दिनेश पोख्रेल सज्जन पाण्डे नारायण बस्नेत ,बिनोद तिवारी र एनएजिसी का मणि नेपाली ले कडा मेहेनेत गर्नु भयको थियो, धनप्रसाद दवाडीको सभापतित्वमा सम्पन्न अन्तरकि्रयामा डा। आमोद पोखरेलले बे-एरिया क्षेत्रको इतिहास पिएचडीका विद्यार्थी विश्व पोखरेलले नेपाल सेनाको इतिहास न्यान्सीका अध्यक्ष यान राईले प्रवासमा रहेका नेपालीको स्थिति र कानुन व्यवसायी यज्ञप्रसाद नेपालले अमेरिकामा रहेका नेपालीको कानुनी अवस्थाका बारेमा प्रकाश पार्नुभएको थियो । आयोजक संस्थाका अध्यक्ष अनिल पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको अन्तरकि्रया कार्यक्रमको साचालन दिनेश पोखरेलले गर्नुभएको थियो ।


- for more news and videos about Mr. Rukmangat Katawal Please click this link

- थप जानकारीका लागि सम्पर्क अनिल पाण्डे फोनः 510-769-9139


गैरआवासीय नेपाली दिवसको सन्दर्भमा रुसमा बृहत् कार्यक्रम सुसम्पन्न


- कृष्णप्रकाश श्रेष्ठ
मास्को, १३ जून २०१० आइतवार, परम्परागत रुपमा यस वर्ष पनि गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषद्को तत्वावधानमा मास्का महानगरी बाहिर पर्ने इस्त्रा जलागारको रमणीय तटमा गैरआवासीय नेपाली दिवस तथा रुस दिवसको सन्दर्भमा वृहत् बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
त्यसमा मास्कोस्थित नेपाली राजदूतावास परिवार महामहिम राजदूत श्री सूर्यकिरण गुरुङ गैरआवासीय नेपाली विश्वसंघ संरक्षक डा। उपेन्द्र महतो उपाध्यक्ष जीवा लामिछाने रुस सीआईएस नेपाल उद्योगवाणिज्य संघ उपाध्यक्ष डा. भीष्म आचार्य अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज रुस शाखा अध्यक्ष डा। मधुकृष्ण श्रेष्ठ ुमाधुर्यु नेपाली नारी निकुाज मानार्थ अध्यक्ष डली गुरुङ उपाध्यक्ष विन्दिता लामिछाने नेपाली खेलकूद तथा संस्कृति समाज अध्यक्ष खेमराज लामिछाने नेपाली छात्रसंघ अध्यक्ष सचिन शाक्य रुस नेपाल मैत्री एवं सहयोग समाज उपाध्यक्ष नेली स्तेपानोभा मास्को बौद्ध समाज अध्यक्ष डोल्मा शाग्दारोभा रसियाली जनमैत्री विश्वविद्यालयका प्रतिनिधि अन्तर्राष्ट्रिय सम्बन्ध नियोग प्रमुख प्रोरेक्टर भ्लादिमिर भ्लादिमिरोभिच तिमोशिक नेपाली भाषा तथा संस्कृति शिक्षण केन्द्रका शिक्षक-शिक्षिका तथा छात्र-छात्रााहरुका साथै रुसका विभिन्न नगरहरु सेन्ट-पिटस्रबर्ग त्वेर निभुनी-नोभ्गोरोद चेबोक्सारी का साथै बेलारुस गणतन्त्रबाट समेत नेपाली प्रतिनिधिहरु बनभोज कार्यक्रममा सरीक भएका थिए । यसपल्ट गैरआवासीय नेपाली विश्वसंघका पदाधिकारीहरुलाई समेत रुसमा बनभोज कार्यक्रममा भाग लिन निम्त्याइएका थिए । हामीले गैरआवासीय नेपाली विश्वसंघका महासचिव रतन झा अमेरिका तथा कोषाध्यक्ष रमेश्वर शाहका साथै रुसमा आइरहनु भएका नेपाल सरकारका सचिव श्री पुरुषोत्तम ओझाको इस्त्रातटमा हार्दिक स्वागत गर्ने मौका पाएका थियौं ।
IMG_0211_thumb
मास्कोबाट इस्त्रातर्पु प्रस्थान गरेको केही बेरपछि नै आकाशमा कालो बादल मडराएर आउनुका साथै पूरै आकाश चिरेर बिजुली चम्केको देख्दा प्रकृतिले आपुनो रमणीय काखमा आज राम्ररप् हामीलाई खेल्न नसदने छाँट ल्याइछन् भन्ने मनमा लागेको थियो । नभन्दै तत्कालै हुरीको साथै मुसलधारे पानी पनि पर्न लागिहाल्यो । परन्तु हामी त्यहाँ पुग्दा मौसमको गडबडी केही साम्य भयो । दिनभरि पानी पर्ला पर्ला जस्तो भए तापनि कार्यक्रममा उत्तिको बाधा पुगेन भन्न सकिन्छ । सेकुवा तयार पार्न मात्र नभई राष्ट्रिय धून बजाएर खेलकूद प्रतियोगिताको शुभारम्भ गर्न पनि त्यसबाट व्यवधान उत्पन्न नभएको चािहं होइन । तर इन्जीनियरिङ्ग विद्याका नेपाली विशेषज्ञहरुले मोबाइलको माध्यमबाट राष्ट्रिय धून बजाएरै कार्यक्रमको आरम्भ गर्ने चाँजोपाँजो मिलाइहाले ।
विभिन्न सांस्कृतिक तथा खेलकूद कार्यक्रमहरु परम्परागा रुपमा नै बनभोजको प्रमुख आकर्षण रहने गरेको छ । फुटबल प्रतियोगितामा डा। सचिन शाक्य किरण रानाभाट अम्बर तामाङ्ग सुकृत शाक्य सन्तोष गुरुङ ओम छन्त्याल गोविन्द पाण्डे प्रबल प्रधान रमेश पौड्याल मदन महर्जन रोमिसंह बस्न्यात प्रनिल भाई समाविष्ट रहेको जनमैत्री विश्वविद्यालयको टीम क्याप्टेन मिराज मल्ल विजयी भएको थियो । प्रतिस्पर्धी फुटबल खेलाडीहरु सुदीपकुमार सुमन अमितकुमार िसंह गणेश गौतम हरिबहादुर भुजेल प्रद्युम्न नेपाल सुरेन्द्र श्रेष्ठ दीपेन्द्र मण्डल सोभियत शाक्य जीवनकिशोर श्रेष्ठ जनक रिजाल संाजीव शर्मा विनयकुमार श्रेष्ठ अवधेश यादव ज्ञानेन्द्र बज्राचार्य कृष्ण रिाजत दिनेश झासहितको ुभदनखा-मादी-गोबुश्काु टीम क्याप्टेन जीतेन्द्र उपाध्याय ले द्वितीय स्थान प्राप्त गरेको छ ।
अन्त्यमा स्थापित परम्पराअनुसार विजयी टीमले नेपाली राजदूतावासका प्रथम सचिव अच्युतभक्त पौडेल एकआरएनए का प्रमुख संरक्षक डा। उपेन्द्र महतो उपाध्यक्ष जीवा लामिछाने महासचिव रतन झा कोषाध्यक्ष रामेश्वर शाह सदस्य डा। बद्री के।सी। एनआरएनए रुसका अध्यक्ष डा। मणिराज पोखरेल सदस्य अरुण ओझा सदस्य राजकुमार मण्डल एनआरएनए बेलारुसका सदस्य डा। वीरेन्द्र महतो नेपाली खेलकूद तथा संस्कृति समाजका अध्यक्ष खेमराज लामीछाने लगायत गैरआवासीय नेपाली संघका वरिष्ठ व्यक्तिहरुको टीम क्याप्टेन महामहिम राजदूत श्री सूर्यकिरण गुरुङज्यू संग खेलमैदानमा भिड्नुपरेको थियो । यस मैत्री प्रतिस्पर्धामा पनि विजयदेवीले जनमैत्री विश्वविद्यालयको टीमलाई नै विजयमाला पहिर् याइदिएकी थिइन् । अमृत तामाङ तथा सुकृत शाक्य उत्कृष्ट खेलाडी घोषित गरिएका छन् ।
NRNA PICNIC 2010 094_thumb
भ्लिबल प्रतियोगितामा चािहं कृष्णबहादुर भुषाल जनार्दन िसंखडा बुद्ध चालिसे इन्द्रबहादुर कुँवर प्रकाशबहादुर कुँवर राजु कुँवर गुणबहादुर कुँवर खेलाडी रहेको ुसेभास्तोपोल-एु क्याप्टेन छविलाल कुँवर टीम विजयी भएको छ । अनि प्रतिस्पर्धी खेलडीहरु कपिल तिवारी दीपेन्द्र जे।सी। विजय घिमिरे सुवास खत्री दीपेन्द्र के।सी। मीनबहादुर कुँवर ऋषिप्रसाद रिजाल समावेश रहेको ुसेभास्तोपोल-सीु टीम क्याप्टेन रविप्रसाद रिजाल ले द्वितीय स्थान प्राप्त गरेको छ । उत्कृष्ट भलिबल खेलाडीमा कृष्ण भुषालको नाम घोषित गरिएको छ ।
बाल फुटबल प्रतियोगितामा ुब्ल्यु टीमु क्याप्टेन रजत झा बाट ुएलोटीमु पराजित भएको छ । द्वितीय स्थान प्राप्त गरेको छ । धावन प्रतियोगितामा भाग लिने २४ जना केटाकेटीहरुमध्ये १२ जनाले पदक जितेका छन् ।
परम्परागत रुपमा बनभोज कार्यक्रमको क्रममा बाल चित्रकला प्रतियोगिता पनि सम्पन्न गरिएको थियो । त्यसमा ३८ जना बालबालिकाहरुले उल्लास र उमङ्गका साथ भाग लिएका थिए । प्रतियोगिता दुई समूहमा विभाजित गरिएको थियो ः एउटामा ६ वर्षसम्मका स-साना शिशुहरु र अर्कोमा चािहं १२ वर्षसम्मका केटाकेटीहरु सहभागी बनेका थिए । प्रत्येक समूहबाट १ जनाको उत्कृष्ट चित्रलाई चयन गर्ने स्वतन्त्र परिक्षकहरुले लिएको निर्णयअनुसार पहिलो समूहबाट इनेशा झा र दोस्रो समूहबट अनुश्का लामिछाने प्रथम घोषित गरिएका छन् ।
साँझपख गैरआवासीय नेपाली संघ रुसका महासचिव एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज रुस शाखाका अध्यक्ष डा। मधुमाधुर्यबाट संचालित औपचारिक खण्ड एवं संक्षिप्त साहित्यिक कार्यक्रममा अध्यक्ष मणिराज पोखरेलले बनभोज कार्यक्रममा उपस्थित पाहुनाहरु र सहभागीहरुको हार्दिक स्वागत गनुभयो । यसै कार्यक्रमअन्तर्गत कृष्णप्रकाश श्रेष्ठलिखित ग्रन्थ ुस्थाननामकोशु को विमोचन महामहिम नेपाली राजदूतज्यूबाट भएको थियो भने डा। मधुकृष्ण श्रेष्ठका कवितामा आधारित सी।डी। ुमाधुर्यु का साथै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज रुस शाखाको मुखपत्र ुधुक्धुकीु को प्रथम अङ्कको लोकार्पण गर्ने गहन तर सुखद दायित्व मास्कोमा ४९ वर्षअघि प्रकाशमा ल्याइएको पहिलो नेपाली साहित्यिक पत्रिका ुकिरणु को एक संस्थापक-सम्पादकको हैसियतले काम गर्ने सौभाग्य पाउने यसै पंक्तिकारलाई सुम्पिएको थियो । महामहिम राजदूत श्री सूर्यकिरण गुरुङले रुसमा रहेका नेपालीहरुको व्यापक सहभागितामा परम्परागत रुपमा केही वर्षयतादेखि ग्रीष्मारम्भको मनोरम समयमा रमाइलो वातावरणमा सम्पन्न हुँदै आएको बनभोज कार्यक्रममा निमन्त्रणाका लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । रसियाली जनमैत्री विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध नियोग प्रमुख प्रोरेक्टर भ्लादिमिर तिमोशिकले उसै साल विश्वविद्यालयको स्वर्णजयन्ती महोत्सव मनाउन निस्वार्थ सहयोग पुर् याएवापत् महामहिम राजदूत श्री सूर्यकिरण गुरुङका साथै उक्त विश्वविद्यालयबाट प्राज्ञिक उपाधि प्राप्त गर्ने डा। भीष्म आचार्य तथा डा। मणिराज पोखरेललाई पनि विश्वविद्यालयका कुलपति भ।म।फिलिप्पोभद्वारा हस्ताक्षर गरिएको कृतज्ञता ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो । गैरआवासीय नेपाली विश्वसंघका संरक्षक डा। उपेन्द्र महतो उपाध्यक्ष जीवा लामिछाने अतिथिद्वय रतन झा महासचिव कोषाध्यक्ष रामेश्वर झा प्रभृतिले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसै अवसरमा बीबीचमा कवितापाठ पनि गरिएका थिए । उदाहरणार्थ एक स्कूले छात्र अर्णवले राष्ट्रप्रेमले ओतप्रोत भएको कविता लय हालेर सुनाएको थियो भने एक आशुकवि गोविन्द देवकोटाले ुरमाइलो भोजमाु शीर्षकको कविता तत्कालै रचेर ुगीत गाउने मन थियो कविताको वाचन भो हल्काहल्का गर्मी थियो माथिबाट सेचन भोु… ुएनआरएनको टिसर्टमा हाफ पाइन्टको भेषमा मलाई त पुगेजस्तो लाग्यो आफ्नै देशमाु भन्दै रमाउँदा करतलध्वनि ग’१जायमान भएको थियो ।
तत्पश्चात् पुरस्कार वितरण कार्यक्रम सुसम्पन्न भएको थियो । महामहिम राजदूतज्यूबाट खेलकूद प्रतियोगिता विजेताहरुलाई प्रमाणपत्रसहित शिल्ड र बाल चित्रकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम समाप्त भए पछि पनि दिउँसो नेपाली लोकगीतको धूनमा फुस्रद हुनेहरुद्वारा स्वस्पुूर्त रुपमा नै सुरु गरिएको नाचगान निकै बेरसम्म चलेको थियो ।
परम्परागत बनभोज कार्यक्रम सफल तूल्याउन २९ अपि्रल २०१० का दिन बसेको गैरआवासीय नेपाली संघ रुसको विस्तारित बैठकले उपाध्यक्ष गोविन्दप्रसाद गौतमको संयोजकत्वमा रंगनाथ पौडेल छविलाल कुँवर डिल्ली खरेल सुमन र प्रद्मुम्न नेपालसहितको समितिलाई कोष संकलनको अभिभारा सुम्पिएको थियो । खेलकूदको व्यवस्थापन गर्ने जिम्मा संकल्प पोखरेल रामेश्वर गौतम डा। सचिन शाक्य लगायतको समिति संयोजक नेपाल खेलकूद तथा संस्कृति समाज अध्यक्ष खेमराज लामिछाने लाई दिइएको थियो भने नेपाली नारी निकुाज संयोजक सपिला राजभण्डारी लाई बालकार्यक्रमको आयोजना गर्ने अभिभारा सुम्पिएको थियो । साहित्यिक कार्यक्रमको व्यवस्था गर्ने दाथित्व नेपाल अन्तर्राष्ट्रिय साहित्य समाज रुस शाखालाई दिइएको थियो । बनभोज कार्यक्रमको आवश्यक व्यवस्थापनका लागि स्वयंसेवकहरु पनि निर्धारित गरिएका थिए ।
गैरआवासीय नेपाली संघ रुसले बनभोज कार्यक्रममा उपस्थित भएका पाहुनाहरुका साथै सबै सहभागीहरु र कार्यक्रमको सफलताका लागि तत्पर रहेका सबै सहयोगीहरुप्रति धन्यवाद ज्ञापन गर्दै अंशतः व्यक्त गरेको छ ः ुपरम्परुागत एन।आरंएन। दिवसको उपलक्ष्यमा गैरआवासीय नेपाली संघ रुस रुाष्ट्रिय समन्वय परिषदको आयोजनामा यस्त्रा जलसरोवरको रमणीय तटमा सम्पन्न भएको बृहत बनभोज महोत्सव – २०१० सफल बनाउन आ-आफ्नो क्षेत्रबाट लागिपनुभएका सम्पूर्ण महानुभावहरुलाई सहर्ष धन्यवाद िदंदै हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौं ।
यस प्रकार यस वर्षको गैरआवासीय नेपाली दिवस एकदमै घमाइलो नभए तापनि निकै रमाइलो वातावरणमा सुसम्पन्न भएको छ ।
- रुस महासंघ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक