20100623

एएनए वोष्टन भेलाको तयारी लगभग पूरा

दश हजार सहभागीको अपेक्षासहित एएनए वोष्टन भेलाको तयारी लगभग पूरा thumbnail अमेरिकाको उत्तरपूर्वी शहर वोष्टनमा यस वर्षको एएनए सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । होटल वुिकंग तिव्र रुपमा वढेको छ र सम्मेलन हुने होटलको कोठा सकिएपछि नजिकको होटल व्यवस्था गरिएको छ । गत वर्षको एएनए सम्मेलनमा सिमोन ढुँगाना अध्यक्षमा निर्वाचित भएपछिको यो पहिलो सम्मेलन हो । एएनएको परम्परा अनुसार सम्मेलनको अध्यक्षता एएनएका उपाध्यक्षले गर्ने गरिन्छ अतः यस वर्षको सम्मेलन अध्यक्ष एएनएका उपाध्यक्ष मेदिनी अधिकारी हुनुहुन्छ । सामान्यत एएनए भेलामा झैभःगडा हुने एक प्रकारको परम्परा जस्तो देखिए पनि विगतका २ सम्मेलन शान्तिपूर्वक सम्पन्न भएको परिप्रेक्षमा यस वर्षको सम्मेलन पनि....
शान्तिपूर्वक सम्पन्न हुने अपेक्षा गरिएको छ ।
वोष्टनका जिएनविसी स्थानिय आयोजक भएको यो सम्मेलन सफल वनाउन सुन्दर गुरुँगले अहोरात्र परिश्रम गरेर स्थानिय सवै व्यक्ति र संस्थाहरुलाई एक सूत्रमा वाँध्न लागिपर्नु भएको छ । यस सम्मेलनमा इतिहासमै पहिलो पटक एक हजार डलरको पहिलो पुरस्कार सहितको कविता प्रतियोगिता हुँदैछ भने लोकपि्रय फेसन शो मोडेल प्रतियोगिता पहिलो पल्ट लोक दोहोरी समेत हुने भएको छ भने साँस्कृतिक कार्यक्रम र डिजे यथावत् संचालन हुनेछन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक