20100626

तीन गोली हानि हिन्दू राष्ट्रिय युवा सङ्घका अध्यक्ष काशीनाथ तिवारीको हत्या, वीरगन्ज त्रसित

गोली चल्दा गएराति महोत्तरीमा एक महिला गम्भीर घाइते
हिन्दू राष्ट्रिय युवा सङ्घका अध्यक्ष काशीनाथ तिवारीको गोली हानी हत्या गरिएको छ। वीरगन्ज उपमहानगरपालिका-१३ अज्ञात व्यक्तिले गोली हानेपछि उनलाई नारायणी अस्पताल लगिएको थियो। उनको त्यहीँ मृत्यु भएको हो। उनलाई तीन गोली हानिएको थियो। मोटरसाइकलमा आएका व्यक्तिले गोली हाने पनि उनीहरुको पहिचान हुन सकेको छैन। पटक पटकको आपराधिक घटनापछि वीरगन्जका बासिन्दा त्रसित भएका छन्। उता विद्यालय व्यवस्थापन समितिको विवादका विषयमा गोली चल्दा गएराति महोत्तरीमा एक महिला गम्भीर घाइते भएकी छिन्। धर्मपुर गाविस-८ परडिया बस्ने नसिबुल राइनकी २० वर्षीया पत्नी सकिला खातुन गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ। राति करिब ११ बजे विद्यालय व्यवस्थापन सम्बन्धमा स्थानीयहरूबीच दोहोरो विवाद चर्किन गएपछि स्थानीय खातुनको तिघ्रामा अचानक चलाइएको गोली आएर लागेको थियो। गम्भीर घाइते खातुनलाई उपचारका लागि रातिनै अञ्चल अस्पताल, जनकपुरमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि धरान पठाइएको प्रहरी नायव उपरीक्षक रामेश्वर यादवले बताए।
माओवादीले निकाल्यो अर्को रडाको, सबै लडाकु नेपाली सेनामै गाभ्नु पर्ने रे !, माओवादी आक्रमणबाट १० घाइते
माओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै माओवादी सेनालाई समायोजनमा समेट्नुपर्ने बताएका छन्। उनले माओवादी सेनाको एउटै युनिट बनाएर त्यसलाई विशेष जिम्मेवारी दिनु.....
राम्रो हुने पार्टीको धारणा पनि व्यक्त गरेका छन्। हिँजो सकिएको पोलिटब्युरो बैठकका निर्णयहरु सार्वजनिक गर्न पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अनमिनले प्रमाणित गर्नुको अर्थ सबै माओवादी सेना सुरक्षा निकायमा समायोजन हुन फिट छन् भन्ने हो भने। शान्ति सम्झौता र अन्तरिम स‌‌ंविधानको मर्म माओवादी सेनालाई नेपाली सेनामै समायोजन गर्ने भएको दाबी पनि उनको थियो। यो सरकारको राजिनामा नआएसम्म बजेट अधिवेशनका कुनै पनि काम अघि बढ्न नदिने भनाइ पनि उनको थियो। यो सरकार जनताका लागि समस्यामात्र भएको भन्दै उनले सरकारको राजिनामापछि माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बन्ने दाबी पनि गरे। असार १ देखि सुरु भएको माओवादी पोलिटब्युरो बैठक ११ गते सकिएको थियो। बैठकमा अध्यक्षको प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेका थिए, जसको उत्तर अध्यक्ष दाहालले दिएका थिए।
उता गोर्खाको आलेमा माओवादी आक्रमणबाट १० जना कंग्रेस कार्यकर्ता गम्भिर घाइते भएका छन्। घ्याम्पेसालबाट मोटरसाइकलमा गोर्खा बजार फर्कनेक्रममा आलेमा लुकेर बसेका माओवादीले उनीहरुमाथि आक्रमण गरेका हुन्। घाइतेको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक गोरख भण्डारीले बताए। घ्याम्पेसालमा रहेको दुल्लभ उच्च मावि संचालक समिति गठनका विषयमा शुक्रबार माओवादी र स्थानीयवासीबीच विवाद भएकव थियो। स्थानीयले सर्वसम्मतबाट चयन गरेको संचालक समितिमा अधिकांश कंग्रेस निकटहरु परेको भन्दै माओवादीका स्थानीय कार्यकर्ताले वैठक अवरुद्ध गर्ने प्रयास गरेपछि प्रहरीको सुरक्षा घेरामा संचालक समिति चयन भएको थियो। शनिबार भेलमा सहभागी व्यक्तिहरु गोर्खा फर्कदै गर्दा आलेको भीरमा लुकेर बसेका माओवादीले उनीहरुमाथि ढुंगा र रड आक्रमण गरेका थिए। भेलमा सहभागी व्यक्तिमाथि माओवादीले आक्रमण गर्ने चेतावनी दिएकाले उनीहरु प्रहरीको सुरक्षा घेरामा फर्कदै थिए। डिएसपी भण्डारीका अनुसार जंगलमा लुकेर बसेका माओवादीले भीरबाट ढुंगा गुल्ट्याएर तथा अन्यले मोटरसाइकलमा सवार व्यक्तिलाई रड र घातक हतियारले आक्रमण गरेका थिए। आक्रमणबाट मनोज गुरुङ, टेक गुरुङ, ध्रुब गुरुङ, आशिष रावल, रोशन गुरुङ, सुन्दर गुरुङ, भक्त गुरुङ र मोदनाथ खनाल घाइते भएका छन्। कंग्रेसका स्थानीय नेताहरुले माओवादी उपाध्यक्ष बाबुराम भट्टराईको निर्देशनमा वाइसीएल गोर्खाका प्रमुख अटल भनिने रमेश पोखरेलको नेतृत्वमा आक्रमण भएको दावी गरेका छन्।

दुर्घटनामा परेका गोपाल तामाङलाई साउदीका नेपालीहरुले लगभग दुइ लाख अडचालिस हजार आर्थिक सहयोग गरे
Chij Kumar Shrestha
भोजपुर जिल्ला, भोजपुर गाविस वडा नं. ९ घर भई हाल साउदी अरवको अरवियन फाल कम्पनी रास तनुरा रिफाइनरीमा कार्यरत गोपाल तामाङको गत मे महिना को ७ तारिक शुक्रबारका दिन रहिमा जाने क्रममा बिच बाटोमा अर्को कम्पनीको लोडर र कारमा ठोकिन पुगि दुर्घटना भयो । दुर्घटनामा परि टाउको, हात र गोडामा गम्भिर चोट लागेको छ। दुर्घटना पश्चात तुरुन्तै हस्पिटल लगियो । हातमा १० टाँका, गोडामा ५ टाँका र टाउकोमा ३ टाँका गरि १८ टाँका लगाइएको छ ।

"साँच्चिकै भन्ने हो भगवानले हात थापेको हो, गोपाल तामाङलाई" भन्नुहुन्छ रामकृष्ण गिरी । अहिले हस्पिटलबाट अरवियन फाल कम्पनीको जोहीमा क्याम्प रुम नं. २४ मा राखिएको छ । चाडै नै कम्पनीले नेपाल पठाउने तयारी गरिरहेको छ ।
Tamang accident in Juaymah
यो दुर्घटना पश्चात नेपाल फर्कन लागेका तामाङलाई साउदी अरेवियाको अरवियन फाल कम्पनीका मन भएका नेपालीहरुको जमात तथा अन्य मुलुकका नागरिकहरु श्रीलंकन, फिलिपिनाहरु लगायत अन्य केही कम्पनीहरुबाट दु:खमा साथ दिने नेपालीहरुको एकता साउदीमा स्पष्ट देखिएको छ । उनलाई उपचार गर्ने खर्च जुटाउँन लागि परेका सवै नेपालीहरु विशेषत: जोएमा क्याम्पका रामकृष्ण गिरी, सुरेश थापा, प्रताप, मान, दिल, रविन, विजय, त्यस्तै तनाजीवबाट कोर्डिनेट गर्नुहुने प्रेम केसी तथा विश्वनाथ, जुवेलवाट सहयोग गर्नुहुने, जुवेल क्याम्पका नेपालीहरु, अस्याद इ का नेपालीहरु, अबकेक अरवियन फालबाट कोर्डिनेट गर्नुहुने दिपक, उधलियाबाट कोर्डिनेट गर्नुहुने कमल उप्रेती, रेसम थापा, तथा डेना एम वि एस कम्पनीबाट सहयोगको हात बढाउँन निकै इच्छुक लेख क्षेत्री साँच्चै नेपालीहरुको अनुकरणीय उदाहरण भित्र पर्दछन् । उहाँहरु सवैलाई नेपालअरव डट कमको तर्फबाट धन्यवाद दिन चाहन्छौं ।

जम्मा संकलन गरिएको साउदी रियल १२,४०० लगभग नेपाली रुपैयाँ दुइ लाख अडचालिस हजार (२,४८,०००) पीडितलाई यही जुन २५, २०१० तारिकका दिन अरवियन फाल कम्पनी जोहिमा क्याम्पमा नेपालीहरुको तर्फवाट रामकृष्ण गिरी तथा सुरेस थापा द्धारा संकलित रुपैयाँ हस्तान्तरण गरियो ।

==============================
================================== FINANCIAL SUPPORT FOR MR. GOPAL TAMANG On behalf of Arabian Fal Company & other Company All Nepalese, Indian, Philippines & Srilankan employees, we would like to thank of all you for your generous donated to Mr. Gopal Tamang Falco # 13137 for his financial supported to him. Your commitment to helping in our Friend Mr. Gopal Tamang is sincerely appreciated so Once again thank to all of you for your generous donation.Thanks you-Arabian Fal Company - Juaymah Camp Nepali ================================================================

Contribution for Gopal Tamang

Contribution for Gopal Tamang

Contribution for Gopal Tamang

Contribution for Gopal Tamang

कस कसले कति कति सहयोग गरे हेर्न यहाँ क्लीक गर्नुहोस् ।
--

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक