20100630

माधवकुमार नेपालद्वारा प्रधानमन्त्री को पदबाट राजीनामा, जादा जांदै माओवादी माथि कडा प्रहार, राजनीति झन अन्यौल र डामाडोल हुने सँकेत
Breaking News.......
प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रका नाउँमा सम्बोधन गर्दै राजिनामाको घोषणा गरेका छन्। आफ्नो सम्बोधनमा उनले माओवादीको असहयोगका बाबजुद वर्तमान सरकारले राम्रो काम गरेको दाबी गरे। आफ्नो कार्यकालमा शान्ति सुरक्षाको स्थितिमा उल्लेखनीय सुधार भएको दाबी उनले गरे। प्रधान मन्त्री माधवकुमार नेपालले स्पष्ट बहुमत हुँदाहुँदै पनि शान्ति स्थापना र संविधान निर्माणका लागि वातावरण बनाउन राजिनामा दिएको घोषणा गरे। आफूले पटकपटक सहमतिका लागि प्रयास गरे पनि सहमति हुन नसकेकाले राजिनामा दिएको उनको भनाइ छ। राजिनामा दिए पनि शान्ति प्रक्रियामा आफ्नो योगदान कायमै रहने पनि उनले बताए।  माओवादीले देशलाई अन्योलपूर्ण स्थितिमा पुर्‍याएको बताउँदै सत्ता कब्जाको .....
भ्रम फैलाएको तथा अरु राजनीतिक दलको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति देखाएको बताएको छन्।
५ महिनासम्म सदन चल्न नदिएर तथा बन्द, हडताल जारी राखेर उसले निरन्तर असहयोग गरेको, चन्दा उठाउने कार्य जारी राखेको, वाइसिएलको अर्धसैनिक संरचना कायमै राखेको र अन्य दलका कार्यकर्तामाथि आक्रमण गर्ने जारी नै राखेको पनि पनि उनको थियो। माओवादीको निषेधित नीतिले शान्ति प्रक्रियाले चाहिने जति गति लिन नसकेको बताएका छन्। तर पनि आफ्नो कार्यकालमा तुलनात्मकरुपले शान्ति सुरक्षामा सुधार आएको दाबी पनि गरेका छन्।

निरन्तर विरोधका कारण आफूले गर्न खोजेको थुप्रै काम सफल हुन नसकेको बताएका छन्। उनले आफूहरुले अमर्यादित विरोध पनि नियमित खप्नुपरेको बताए।  सबै प्रकारका अधिनायकवादी सोच र दबाब धम्कीसामु नझुकेको दाबी पनि उनले गरे। आफ्नै पार्टीबाट समेत अमर्यादित विरोध नियमितरुपले झेल्नुपरेको भनाइ उनको थियो। माओवादी असहयोगका कारण सेना समायोजन कार्य अघि बढ्न नसकेको पनि उनले बताए। उनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन।  माधवकुमार नेपाल २०६६ जेठ ९ गते प्रधान मन्त्री बनेका थिए। उनी नेपालको प्रधान मन्त्री पदमा ४ सय ३ दिन आसिन रहे। सत्ता साझेदार कङ्ग्रेस-एमाले र मा‌ओवादीबीच संविधानसभाको म्याद थप्नुअघि १४ जेठ मध्यरातमा भएको तीन बुँदे सहमतिपछि प्रधान मन्त्री नेपालमाथि राजिनामाको दबाब बढेको थियो। आफ्नै पार्टी एमालेभित्रबाट समेत उनको राजिनामाका स्वर सुनिएका थिए। के के भने राष्ट्रबासीका नाममा सम्बोधन गर्दै राजीनामा दिए पछी माधव नेपालले ? 


१३ महिनाअघि प्रधानमन्त्रीको पद संहालेका थिएँ । अनेकौं घुम्तीहरु व्यहोरें ।
- देश, जनता र लोकतन्त्रको पक्षमा इमान्दार प्रयास गरेको छु ।
- शान्ति र संविधान निर्माणका लागि सरकार बने को हुन् । तर, पुरा हुन सकेको छैन ।
- शान्त र सवल लोकतान्त्रिक नेपाल हाम्रो चाहना हो ।
- हामीले विगत चार बर्षा केही अग्रगामी उपलब्धीहरु पाएका छौं ।
- यस कार्यमा मैले सहकार्यमा पटकपटक संवाद गरें ।
- १२ बुंदे हु“दै संविधानसभामा आएको एउटा पक्ष अहिले निषेधको मानसिकतामा रहेको छ ।
- बिभिन्न सहमतिको कार्यन्वयनको लागि हामी सकैले आ-आफ्ना ठाउ“बाट पहल गर्नुपर्छ ।
- संविधानसभामा रहेको सबै दलहरु बिशेष गरेर प्रमुख प्रतिपक्षीसंग सहकार्यको प्रयास गरें ।
- प्रमुख प्रतिपक्षीको निरन्तर असहयोगका कारण सफल भइएन ।
- हाम्रो प्रयासका वाबजुद पनि विधिवत निर्णय हुन सकेन ।
- लोकतान्त्रिक मान्यताको अनुसरणको सट्टा घातक प्रहारहरुको सहनु पर्‍यो ।
- साझा सहमतिका आधारमा काम गर्‍यौं ।
- अहिले पनि बहुमत कायमै छ ।
- लोकतन्त्रका पक्षमा दृढता छौं ।
- दवाव र धम्कीलाई अस्वीकार गरेका छौं
- द्वन्द्वकालको पीडाको पुनराबृत्ति हुन नदिने पाइला चालेका छौं ।
- सेना समायोजनका लागि बिशेष समितिलाई क्रियाशिल गरेर आयोग्यहरु शिविरबाट बाहिर निकालिएको छ ।
- सेना समायोजनको बिशेष कार्ययोजना बनाएर पनि माओवादी असहयोगका कारण पुरा हुन सकेन
- सरकार निर्माणलाई संविधान निर्माणसंग प्रतिपक्षले जोड्यो
- सहमति र समझदारी माओवादीको निषेधका कारण कायम हुन सकेन ।
- सरकारका तर्फाट संविधान निर्माणमा सहयोगका लागि भूमिका खेलेका छौं ।
- संविधानसभालाई एक बर्षम्याद थपिएकौ छ ।
- हिंसा तथा राजमार्ग अबरोध हटाएका छौं
- राष्ट्रिय सुरक्षा नीति बनाइ, औद्योगिक सुरक्षा बलको निर्माण तयारी हालतमा छ ।
- कालापत्थरमा मन्त्रिपरिषदको बैठक गरिएको छ ।
- सन् २०११ लाई पर्यटन बर्षो रुपमा मनाउने भएको
- कृषि, बन, जलश्रोतलगायतका क्षेत्रमा बिशेष कार्यक्रम ल्याइएको छ ।
- सामाजिक उत्थानका कार्यक्रम महत्वका साथ कार्यन्वयन
- जेष्ठ नागरिक र जेष्ठ पत्रकारहरुको लागि कोषको व्यवस्था गरिएको छ ।
- गणतन्त्र स्तम्भ निर्माणलगायतका काम गर्न नसकेकोमा दुःख प्रकट गर्दछौं ।
- छिमेकी र अन्तर्राष्ट्रिय संघसंस्थाहरुसंग सम्बन्ध प्रगढ बनाइएको छ ।
- बैदेशिक सहायता दोव्वर बनाइएको छ ।
- विगतलाई फर्केर हर्ेदा राजतन्त्रको अन्त्य गरी माओवादीलाई शान्ति प्रकृया मार्फ संविधानसभामा ल्याएका थियौं ।
- सहमतिहरुको कार्यन्वयन नहुदा उत्पन्न जटिलताको समिक्षा हुनुपर्छ ।
- माओवादीले सरकार त्याग्ने तर हरुलाई दोष लगाउने
- ५ महिनासम्म संसद अबरुद्ध गर्ने ।
- बन्द हड्ताल गर्ने र अरुमाथि प्रहार गर्ने ।
- चन्दा असुली गर्ने ।
- शिविरका रहेका लडाकुहरुलाई बिशेष समितिको माताहातमा नल्याउने ।
- वाइसीएलको गतिविधि जारी रहेको छ ।
- बहुदलीय प्रजातन्त्र मान्ने तर अरु दलहरुको अस्तित्व नमान्ने
- यि कार्यहरु छाडेर माओवादी नागरिक दलमा रुपान्तरित हुने कुरामा विश्वास व्यक्त ।
- पटकपटक सहमति गर्ने तर त्यसको पालना नगर्ने कुरालाई कसरी तोड्ने भन्ने कुरामा गम्भीर हुनर्ुपर्छ ।
- मुलुक अशान्ति अन्योल र द्वन्द्वतर्फधकेलिने अबस्था भएकोले सबै गम्भीर भएर सोच्न आग्रह गर्दछु ।
- संक्रमण कालबाट फाइदा उठाउन चाहने बिभिन्न समुहरुहरुसमेत छन् ।
- आजैको मितिदेखि मैले प्रधानमन्त्रीको पदबाट राजिनामा दिंएको छु ।
- यात्रामा सहयोगी र बिरोधी हुन्छन् ।
- काम गर्दा गल्ती पनि हुन्छन् त्यसका लागि आत्मलोचित छु ।
- जनताबाट प्राप्त न्यायना मायाप्रति आभार दिन्छु ।
- माओवादीले आफ्नो बचन पुरा गर्ने छ भन्ने आशा राख्दछु ।
- नया“ सरकारको गठन अविलम्ब होस् भन्ने चाहन्छु ।

प्रधानमन्त्री माधवकुमार नेपालले देशवासीका नाममा गरेका सम्बोधनको पूर्ण पाठ

आदरणीय दिदी–बहिनी तथा दाजुभाइहरु!

तेह्र महिनाअघि मैले प्रधानमन्त्रीको पद सम्हालेदेखि आजसम्म आइपुग्दा अनेकौं घुम्तीहरु पार भएका छन्। तत्कालीन प्रधानमन्त्रीले राजीनामा गरेपछि उत्पन्न अप्ठ्यारो राजनीतिक परिस्थितिमा २२ राजनीतिक दलको समर्थनमा २०६६ जेठ ९ गते व्यवस्थापिका–संसदबाट म विधिवत् प्रधानमन्त्रीमा निर्वाचित भएको थिए“। ऐतिहासिक जनआन्दोलनको उपलब्धि लोकतान्त्रिक गणतन्त्रमा सरकार प्रमुखको महत्वपूर्ण जिम्मेवारीलाई मैले देश, जनता र लोकतन्त्रका पक्षमा दृढताका साथ बहन गर्ने इमानदार प्रयास गरेको छु। राजनीतिक आन्दोलनको महाअभियानमा अमूल्य जीवनको आहुति दिने ज्ञात–अज्ञात शहीदहरुप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, आन्दोलनका घाइते र अपाङ्गहरुप्रति ऐक्यबद्धता प्रकट गर्दछु।

शान्ति प्रक्रिया आरम्भ भएपछि राष्ट्रको सर्वोपरी हित तथा नया“ संविधान निर्माण र शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउने साझा मूल कार्यलाई सम्पन्न गर्ने न्यूनतम सहमतिका आधारमा सबै सरकार गठन भएका हुन्। तर पनि, ती सबै साझा कार्यहरु सम्पन्न भएका छैनन्। स्वाधीन, सबल, समृद्ध, स्वाभिमानयुक्त र शान्त लोकतान्त्रिक गणतन्त्र नेपाल हाम्रो साझा आकांक्षा र लक्ष्य हो। यसैका लागि हामीले लोकतान्त्रिक सङ्घर्षको लामो र कष्टसाध्य यात्रा गरेका हौं र यस यात्राको क्रममा हामीले गत चार बर्षमा महत्वपूर्ण उपलब्धिहरु पनि हासिल गरेका छौं।

तिनै उपलब्धिको जगमा हाम्रो अग्रगामी यात्रा जारी छ। यद्यपि, यस यात्राका क्रममा देशलाई दिगो शान्तिको मार्गमा अग्रसर गराउन मैले पटक–पटक सहयात्राका लागि संवाद गरेको तथा बाह्रबु“दे सहमति गर्दै ऐतिहासिक जनआन्दोलनमा सहकार्यमा जुटेको एउटा पक्ष हाल असहमति र निषेधको मानसिकतामा रहेको अप्रिय स्थितिको हामीले सामना गरिरहेका छौं। यस्तो अवस्थाबाट देशलाई अविलम्ब मुक्त गर्दै विस्तृत शान्ति सम्झौता र त्यसका आधारमा भएका विभिन्न सहमतिहरुको कार्यान्वयनका लागि सहमति र समझदारीको राजनीतिक यात्रालाई अघि बढाउन हामी सबैले आ–आफ्नो ठाउ“बाट योगदान गर्नुपर्दछ। यही कुरालाई आत्मसात् गर्दै मैले सरकारको नेतृत्व गरेदेखि नै संविधानसभामा रहेका सबै राजनीतिक दलहरु, विशेषगरी प्रमुख विपक्षी दलस“ग राष्ट्रिय सवालहरुमा सहमतिका साथ अघि बढ्न निरन्तर प्रयत्न गरेको छु। यद्यपि, यो प्रयास प्रमुख विपक्षी दल एनेकपा (माओवादी) को निरन्तर असहयोग र विरोधका कारण सफल हुन सकेन।

आदरणीय दिदी–बहिनी र दाजुभाइहरु!
देशको असाधारण राजनीतिक अवस्थामा सरकारको नेतृत्व सम्हालेदेखि नै हामीले संसद्देखि सडकसम्म निरन्तर अवरोध, घेराउ, आन्दोलन र आमहडतालको सामना गर्नुपर्‍यो। हाम्रो अनेक प्रयत्न हु“दाहु“दै पनि देशले अवलम्बन गरेको लोकतान्त्रिक प्रणाली र संवैधानिक व्यवस्था अनुरुप सरकार सञ्चालन र प्रतिपक्षको भूमिकाको संयोजन कायम हुन सकेन। राजनीतिक सहमति वा विमतिहरुको समीक्षा र संश्लेषण गर्दै व्यवस्थापिका–संसद्भित्रै सरकार सञ्चालनका सन्दर्भमा विधिवत निर्णय वा निष्कर्ष निकालौं भन्ने हाम्रो मान्यता रह्यो। तर, लोकतान्त्रिक संस्कृति र मान्यताप्रतिका प्रतिबद्धताहरु पालनाको उल्टो हामीले अमर्यादित प्रहार झेल्नुपर्‍यो।

यस्ता प्रहारहरु प्रतिपक्षको कक्षबाट मात्र भएनन्, अनपेक्षित दिशा र स्थानबाट समेत भए। आरम्भदेखि नै सरकारलाई असफल पार्ने अभियान नै चलाइयो। तर पनि, देश र जनताप्रतिको जिम्मेवारीवोध गरी हामीले अविचलित रुपमा आफ्नो कर्तब्य निर्वाह गर्‍यौं। २२ दलको समर्थनमा हामीले सरकार गठनका समयमा तय गरेको साझा सहमतिको न्यूनतम कार्यक्रमका आधारमा नै काम गर्‍यौं। अत्यन्त प्रतिकूल परिस्थितिमा पनि भिन्न राजनीतिक विचार भएका राजनीतिक दलहरुको एकता र सुझबुझको परिणामस्वरुप मेरो नेतृत्वको सरकार १३ महिनासम्म बहुमतका साथ अगाडि बढ्यो र अहिले पनि त्यो बहुमत कायमै छ।

संवेदनशील संक्रमणकालमा देशले रोजेको र खोजेको लोकतन्त्र, दिगो शान्ति तथा मानवअधिकारका पक्षमा हामी दृढतापूर्वक उभिएका छौं। सबै प्रकारका अधिनायकवादी सोच र कार्यहरुका विरुद्ध अविचलित रुपमा क्रियाशील रह“दै दवाव र धम्कीलाई अस्वीकार गरेका छौं। विगत द्वन्द्वकालका पीडाको पुनरावृत्ति हुननदिन संविधान र कानुन अनुरुपका जनअधिकार तथा कानुनी राज्यको रक्षाका लागि पाइला चालेका छौं। शान्ति प्रक्रियालाई प्रमुखता दि“दै माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनःस्थापनाका लागि विशेष समितिलाई क्रियाशील तुल्याउ“दै अयोग्य लडाकुहरुलाई शिविरबाट विदा गरिएको तथ्य जगजाहेर छ। शिविरमा रहेका लडाकुहरुको समायोजन र पुनःस्थापना सम्बन्धमा विस्तृत खाकासहितको कार्यतालिका र निर्देशिका तयार गरेर पनि एनेकपा (माओवादी) को असहयोगका कारण यसमा थप प्रगति हासिल हुन नसकेको यथार्थ मैले यहा“ उल्लेख गर्नैैपर्दछ।

द्वन्द्वपीडितहरुलाई राहत उपलब्ध गराइएको छ र द्वन्द्वकालमा मारिएकाहरुलाई शहीदको सम्मान प्रदान गरिएको छ। संविधान निर्माणको कामलाई सरकार गठनको विषयस“ग जोडेर प्रतिपक्षले संविधानसभाको कार्यप्रक्रियालाई समेत गतिहीन तुल्याएको कुरा यहा“ उल्लेख गर्नुपर्दा मलाई अत्यन्त दुःख लागेको छ। शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन र संविधान निर्माण कार्यलाई सम्पन्न गर्न राजनीतिक दलहरुको सहमति र सहकार्य अत्यावश्यक छ। यसका लागि राजनीतिक दलका नेताहरुको सुझबुझ र समझदारी आावश्यक हुन्छ। यस्तो समझदारी लोकतान्त्रिक र संवैधानिक मान्यतामा आधारित भएर मात्र टिकाउ हुन सक्छ।

तर, यस्तो सहमति र समझदारी एनेकपा (माओवादी) को निषेधको राजनीतिका कारण कायम हुन सकेन। सरकारका तर्फबाट संविधान निर्माणका लागि वातावरण सिर्जना गर्ने कार्यमा हामीले सदैव तत्परताका साथ भूमिका खेलेका हौं। संविधानसभाबाट संविधान निर्माण गर्ने जनताको चाहना र राजनीतिक शून्यता, अस्थिरता र द्वन्द्वको सिर्जनाको खतरालाई ध्यानमा राखी हामीले संविधानसभाको कार्यकाल एक वर्षका लागि बढाउने प्रस्ताव व्यवस्थापिका–संसदमा पेस गरी पारित गराएका छौं।
अनेकौं व्यवधान र चुनौतीहरुको सामना गर्नुपरे पनि हाम्रो कार्यकालमा तुलनात्मक रुपमा शान्ति–सुरक्षाको स्थितिमा उल्लेखनीय सुधार भएको छ।

विशेष सुरक्षा कार्यक्रम अन्तर्गत विभिन्न प्रकारका सङ्गठित अपराध, हिंसात्मक कार्य र राजमार्ग बन्द जस्ता क्रियाकलाप नियन्त्रण गर्नुका साथै सुरक्षा निकायको सुधार, सुदृढीकरण र परिचालनतर्फ विभिन्न कामहरु भएका छन्। राष्ट्रिय सुरक्षा नीतिको तर्जुमा गर्नुका साथै औद्योगिक सुरक्षा बल गठनको सैद्धान्तिक आधार तय भइसकेको छ। राष्ट्रिय परिचयपत्र निर्माणको कामलाई अघि बढाइएको छ। जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, युवा नीति, औद्योगिक नीति, सूचना तथा प्रविधि नीति, शहरी खानेपानी तथा सरसफाई नीति लागू गर्नुका साथै पर्यावरणको रक्षाका लागि विश्वकै ध्यानाकर्षित गर्न सगरमाथाको आधारशिविर कालापत्थरमा मन्त्रिपरिषद्को बैठक आयोजना गरेको कुरा सर्वविदित छ।

राजस्व परिचालनलाई उच्च स्तरमा कायम राख्दै काठमाण्डौं–हेटौंडा द्रूत मार्ग, बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र पोखरामा ठूला हवाई मैदान, मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण, हुलाकी मार्ग, मध्यपहाडी लोकमार्ग जस्ता ठूला विकास आयोजनाहरुलाई विशेष जोडका साथ अघि बढाइएको छ। सन् २०११ लाई पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरी पर्यटनको माध्यमद्वारा देशको अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य स्पष्ट गरिएको छ। कृषि, बन, जलस्रोत आदि जस्ता अन्य महत्वपूर्ण क्षेत्रमा स्पष्ट सोच र योजनाका साथ कार्यक्रम अगाडि बढाइएका छन्। जनता आवास, कर्णाली रोजगार, दलित, मुस्लिम महिला तथा कमलरीका लागि शिक्षा र तालिम जस्ता सामाजिक उत्थानका कार्यक्रमलाई महत्वका साथ कार्यान्वयन गरिएको छ।

टेलिफोन सेवाको व्यापक रुपमा विस्तार गरिएको छ। जेष्ठ नागरिक, जेष्ठ र द्वन्द्वपीडित पत्रकारहरुका लागि विशेष कोषको स्थापना र कार्यक्रम लागू गरिएको छ। महिला हिंसाविरुद्ध विशेष कार्यक्रम लागू गर्नुका साथै त्यस प्रयोजनका लागि प्रधानमन्त्री कार्यालयमा छुट्टै एकाईको स्थापना गरिएको छ। विगत एक दशकदेखि निस्त्रि्कय रहेका कतिपय सरकारी संयन्त्रहरुलाई पुनः सक्रिय तुल्याइएको छ। गणतन्त्र स्तम्भ निर्माण जस्ता केही कार्यहरु भने विभिन्न कारणले तत्काल अघि बढ्न नसकेको र सुशासनको दिशामा हामीले सोचे अनुरुप काम गर्ने स्थिति नरहेको कुरा भन्नुपर्दा मलाई दुःख छ।

विदेश सम्बन्धका क्षेत्रमा नेपालमा जारी शान्ति प्रक्रिया र विकास कार्यको पक्षमा सहयोग जुटाउन तथा राष्ट्रिय हित र गरिमाको अभिबृद्धि गर्न छिमेकी भारत र चीनलगायत विभिन्न मित्र राष्ट्रहरु तथा संयुक्त राष्ट्रसङ्घ समेतका अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरुस“गको सम्बन्धलाई अझ प्रगाढ तुल्याइएको छ। वैदेशिक सहयोगमा दोब्बर बृद्धि भएको छ। यसप्रकार जनताको अपेक्षा र देशको आवश्यकता अनुरुप सरकारले आफ्ना काम–कार्वाही अघि बढाएको कुरा यस अवसरमा स्पष्ट गर्न चाहन्छु।

आदरणीय दिदी–बहिनी तथा दाजु–भाइहरु!
वर्तमान जटिल र संवेदनशील अवस्थामा देश र जनताका हितप्रति पूर्ण प्रतिबद्ध भई विवेकसम्मत पाइला चाल्नुपर्ने हुन्छ। यस्ता पाइलाहरु निश्चय पनि स्थापित र स्वीकृत राजनीतिक प्रणाली र संवैधानिक व्यवस्थाबाट निर्देशित हुनैपर्दछ। सङ्कीर्ण स्वार्थलाई परित्याग गरी वस्तुवादी किसिमले विगत र वर्तमानको समीक्षा गर्दै भविष्यको रेखाङ्कन गर्नुपर्दछ। यस सन्दर्भमा विगतलाई फर्केर हेर्दा जनताको व्यापक सहभागिताबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी माओवादीलाई हिंसाको बाटोबाट शान्तिको मार्गमा ल्याएर विस्तृत शान्ति सम्झौता सम्पन्न गर्ने तथा संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न गर्दै गणतन्त्र नेपालको आधार निर्माण गर्ने जस्ता उपलब्धिको स्मरण हुन्छ।

तर, स“गस“गै उक्त प्रक्रियामा भएका विभिन्न सम्झौता र सहमतिको कार्यान्वयन नहु“दा उत्पन्न जटिल मोडहरुको पनि यतिखेर सम्झना गर्नैपर्दछ। यस सन्दर्भमा एनेकपा (माओवादी) ले स्वयम् सरकारको नेतृत्व परित्याग गर्ने तर अरुमाथि आफूले प्रधानमन्त्रीको पदत्याग गर्नुपरेको दोषारोपण गर्ने, व्यवस्थापिका–संसद्को बैठक झण्डै पा“च महिनासम्म अवरुद्ध गर्ने, आफ्ना बाचाविपरीत बन्द र हड्तालको सिलसिला अगाडि बढाउ“दै देशलाई अन्योलग्रस्त तुल्याउने, शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिक मर्यादालाई उल्लङ्घन गर्दै अरुमाथि अमर्यादित र अलोकतान्त्रिक रुपमा प्रहार गर्ने, सधैङ्का लागि परित्याग गर्ने भनिएको जबर्जस्ती चन्दा असुली र धम्की दिने गैरकानुनीे काम बन्द नगर्ने, शिविरमा रहेका लडाकुहरुलाई विशेष समितिको मातहतमा ल्याई छ महिनाभित्र समायोजन र पुनःस्थापना गर्ने, कब्जा सम्पत्ति फिर्ता गर्ने र वाईसीएलको अर्ध–सैन्य संरचना भङ्ग गर्ने प्रतिबद्धता पूरा नगर्ने, सत्ता कब्जाको मनस्थिति राखी भ्रम, भय र आतङ्कको माध्यमबाट देश र जनतालाई अनिश्चयको दिशातर्फ धकेल्ने चेष्टा गर्ने, बहुदलीय राजनीति स्वीकार गरेको कुरा गर्ने तर अरु राजनीतिक दलहरुको अस्तित्व स्वीकार नगर्ने जस्ता प्रतिपक्षका बिडम्बनायुक्त व्यवहारबारे यहा“ चर्चा गर्नुपर्दा मलाई तीतो अनुभूति हुन्छ। यस्ता क्रियाकलापहरुको समीक्षा गर्दै एनेकपा (माओवादी) हिंसा, उग्रवामपन्थी उन्माद र सर्वसत्तावादी चिन्तन र क्रियाकलापबाट मुक्त भई लोकतान्त्रिक नागरिक पार्टीमा रुपान्तरित हुने अपेक्षा गरेको छु।

उपर्युक्त पृष्ठभूमिमा, हामीले भरखरै थपेको संविधानसभाको एक बर्षको कार्यकालको अत्यधिक सदुपयोग गरी शान्ति प्रक्रियालाई कसरी सार्थक निष्कर्षमा पुर्‍याउन सक्छौं र नया“ संविधान निर्माणको अभिभारा कसरी कार्यान्वयन गर्न सक्छौ“, कार्यान्वयन हुन बा“की रहेका सम्झौता र सहमतिलाई कसरी पूरा गर्न सक्छौं, हिंसा र द्वन्द्वका सबै रुपहरुको अन्त्य गर्दै दिगो शान्तिको दिशामा कसरी अगाडि बढ्न सक्छौं, पटक–पटक सहमति गर्ने तर तिनको पालना र कार्यान्वयन नगर्ने प्रवृत्तिलाई हटाउ“दै पारस्परिक विश्वासको सिर्जना कसरी गर्न सक्छौं र जनताबीच राजनीतिक दलहरुप्रतिको विश्वासलाई स्थापित गरी देशमा समृद्धि र स्थिरता कसरी कायम गर्न सक्छौं भन्नेबारेमा गम्भीर हुनैपर्दछ। यसमा गम्भीर हु“दै देश र जनताप्रतिको जिम्मेवारी बोध गरेर मात्र हामी शान्ति प्रक्रिया र संविधान निर्माणमा रहेका विमति र अन्तरविरोधहरुको समाधान गर्न सक्छौं। सहमतिको वातावरण नहु“दा देश र जनताले हानी मात्र ब्यहोर्नुपर्ने कुरामा दुई मत हुन सक्दैन। यस्तो यथार्थलाई मनन गरी द्वन्द्व, निषेध, बन्द र हडतालबाट देशलाई कुनै फाइदा नहुने तथा मुलुक अशान्ति, अन्योल र द्वन्द्वतर्फ धकेलिएर यसको स्वाधीनता, सार्वभौमसत्ता, अखण्डता र आर्थिक स्थिति कमजोर हुने यथार्थप्रति जिम्मेवार भएर सोच्न म सबैलाई आग्रह गर्दछु।

आज देश परिवर्तन र रुपान्तरणको संक्रमणकालीन पीडा खेपिरहेको छ। हामीले अब आगामी तीन महिनाभित्र शिविरमा रहेका माओवादी सेनाका लडाकुहरुको समायोजना र पुनःस्थापनाको काम पूरा गरी देशलाई दिगो शान्तिको मार्गमा अघि बढाउनुपर्नेछ। हाम्रा सामु विगतको द्वन्द्वबाट उत्तरदानका रुपमा प्राप्त कतिपय असजिला विषयहरु मात्र छैनन्, संक्रमणकालबाट नाजायज फाइदा उठाउने चेष्टामा लागेका देशका विभिन्न भागहरुमा हत्या–हिंसामा संलग्न अनेकौं समूहका अवैध क्रियाकलापहरु नियन्त्रण गर्नुपर्ने जिम्मेवारी पनि छ। साम्प्रदायिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै लोकतान्त्रिक अग्रगतिका साथ अघि बढ्नुपर्ने छ।

लोकतन्त्रबाट प्राप्त नया“ परिवेश एवं बदलि“दो स्थितिमा सिर्जित जनताका आकांक्षाहरुलाई सम्बोधन गर्नुपर्ने छं। त्यस्तै ११ महिनाभित्र नया“ संविधान निर्माण गरी राज्यको पुनःसंरचनाको माध्यमबाट देशमा सङ्घीय प्रणाली लागू गर्दै सबै समुदाय र क्षेत्रका जनतालाई अधिकारसम्पन्न तुल्याउनुपर्नेछ। यस्तो परिस्थिति विद्यमान रहेको अवस्थामा हाम्रा छिमेकी देशहरुका नीति र प्रगति, क्षेत्रीय र अन्तर्राष्ट्रिय रुपमा भइरहेका घटना र परिघटनाको प्रभाव हाम्रो जस्तो भू–राजनीति भएको देशमा कस्तो पर्छ भन्नेतर्फ पनि हामीले सोच्नै पर्दछ। वर्तमान राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेश र हाम्रा सामु रहेका चुनौतीहरुलाई ध्यानमा राखेर सोच्दा नेपाल र नेपालीको हित र उन्नतिका लागि राष्ट्रिय सहमतिका साथ अघि बढ्नु अपरिहार्य देखिन्छ। यही भएर नै मैले पटक–पटक सहमति र सहकार्यका लागि सबैस“ग आग्रह गर्दै आएको हु“। सहमतिको नया“ यात्रा आरम्भ गर्न मैले प्रमुख तीन राजनीतिक दलका नेताहरुस“ग अनेक पटक आग्रह गरेको छु।

साथै, सरकारमा सहभागी राजनीतिक दललगायत अन्य राजनीतिक दलहरुस“ग सरकारको विकल्पबारे ठोस निष्कर्ष निकाल्नका लागि बारम्बार आग्रह गरेको छु। राजनीतिक दलका नेताहरुको आग्रह अनुरुप मैले राष्ट्रिय सहमतिको खोजीका लागि जेठ १४ गतेपछि दिएको एक महिनाको समय पर्याप्त नै हो भन्ने लाग्दछ। प्रतिपक्षी एनेकपा (माओवादी) का नेताहरुलाई समेत मैले उपयुक्त राजनीतिक निकास र सहमतिका लागि अनेकौं पटक आग्रह गरें। तर पनि, कुनै सहमति हुन सकेन। सरकारले व्यवस्थापिका–संसद्मा नीति र कार्यक्रम तथा बजेट पेश गर्न ढिलो भइसकेको छ। यस्तो परिस्थितिमा देशलाई अनिर्णय र अनिश्चयमा राखिरहनु उचित नहुने हु“दा व्यवस्थापिका–संसद्मा सरकारको पक्षमा स्पष्ट बहुमत हु“दाहु“दै पनि शान्ति प्रक्रिया र संविधान निर्माण कार्यले पूर्णता पाओस् र त्यसका लागि राजनीतिक निकास र सहमतिको मार्ग प्रशस्त होस् भन्ने आशयका साथ आजैका मितिदेखि मैले प्रधानमन्त्रीको पदबाट राजीनामा दिने निर्णय गरेको छु।

आदरणीय दिदी–बहिनी तथा दाजु–भाइहरु!
राजनीतिक यात्रा सरल रेखाबाट अघि बढ्दैन भन्ने कुरा मलाई राम्रोस“ग थाहा छ। यस यात्रामा सहयोगी र अवरोधक दुवै हुन्छन् भन्नेमा पनि मलाई कुनै शङ्का छैन। काम गर्दा कमी–कमजोरी रहन सक्छन् भन्ने पनि यथार्थ नै हो। सरकार सञ्चालन गर्दा कुनै कमी–कमजोरी रहेका भए म त्यसका लागि आत्माआलोचित छु। मेरो १३ महिने कार्यकालमा संयुक्त सरकारका सहभागी र सहयोगी राजनीतिक दलबाट प्राप्त निरन्तर सहयोगका लागि म ती सबै दल, दलका नेता, सांसद र कार्यकर्ताहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु। अत्यन्त प्रतिकूल परिस्थितिमा पनि शान्ति र लोकतन्त्रका पक्षमा जनसमुदायबाट प्राप्त न्यानो माया र सहयोगका लागि म सिङ्गो मन्त्रिपरिषद् र स्वयं आफ्नो तर्फबाट आभार प्रकट गर्दछु। अनैकौं अप्ठ्याराहरुको सामना गर्दै सरकारको पक्षमा उभिने मेरो पार्टीका सम्पूर्ण नेता र कार्यकर्ताहरुप्रति कृतज्ञता प्रकट गर्दछु। नेपालको लोकतन्त्र, शान्ति प्रक्रिया र आर्थिक–सामाजिक विकासका लागि निरन्तर योगदान गर्दै हामीलाई सहयोग गर्ने सबै मित्र राष्ट्र एवं अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु।

मेरो राजीनामापछि शान्ति प्रक्रियाका बा“की कामहरु अविलम्ब पूरा गरिनेछन् भनी सार्वजनिक उद्घोष गर्ने एनेकपा (माओवादी) ले आगामी दिनहरुमा अवश्य पनि आफ्नो बचन पूरा गर्ने छ भन्ने मैले आशा गरेको छु। साथै, राष्ट्रिय सहमतिको यात्रा आरम्भ गर्दै यथाशीघ्र नया“ सरकार गठन गरी शान्ति प्रक्रिया र संविधान निर्माणको अभिभारा पूरा गर्ने कार्यमा राजनीतिक दलहरुको पूर्ण सफलताको कामना गर्दछु। प्रधानमन्त्रीको पदबाट राजीनामा दिए पनि मैले गर्दै आएको देश र जनताको सेवा अविचलित रुपमा निरन्तर जारी रहनेछ भन्ने अठोट पुनः प्रकट गर्न चाहन्छु।
धन्यवाद
२०६६ असार १६

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक