20100701

सरकारको नेतृत्व माओवादीले गर्न पाउनुपर्ने : अध्यक्ष पुष्पकमल, सरकारको नेतृत्वबारे एमाले नेताहरू विभाजित, साना दलले ६ सय १ सभासदबाटै आगामी सरकारको नेतृत्व खोज्न आग्रह
असार २३ गतेभित्र सहमतिको नेता चयन गर्न राष्ट्रपतिको आह्वान
 सरकारको नेतृत्वबारे एमाले नेताहरू विभाजित देखिएका छन्। पार्टी स्थायी कमिटी बैठकमा बुधबार प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिने जानकारी गराएलगत्तै नेताहरूमा भावी नेतृत्वबारे मतभेद बढेको हो। सहमतीय सरकार निर्र्माण हुनुपर्नेमा नेताहरू सहमत देखिए पनि पुनः पार्टीले नै नेतृत्व गर्नेबारे पदाधिकारीको मत फरक-फरक छ। उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष खनालले भावी सरकारको नेतृत्व गर्नुपर्ने प्रस्ताव राखेका छन्। नेता केपी ओलीले नेतृत्व सहमतिका आधारमा तय हुने बताए। राजीनामापछि उत्पन्न राजनीतिक परिस्थितिबारे पार्टीको आधिकारिक धारणा तय गर्न बिहीबार....
स्थायी कमिटी बैठक बस्दै छ भने शुक्रबार केन्द्रीय कमिटी बैठक डाकिएको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनादेशअनुसार अबको सरकारको नेतृत्व माओवादीले गर्न पाउनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामाले शान्ति र संविधान निर्माणको बाटो खुलेको प्रतिक्रिया दिए । 'प्रधानमन्त्रीको राजीनामा शान्ति र संविधान निष्कर्षमा पुर्‍याउने अवसर हो,' बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा दाहालले भने, 'यस अवसरलई हामी सदुपयोग गर्न चाहन्छौं ।' दाहालले माओवादीले अब नयाँ शिराबाट दलहरुबीच सहमतिका लागि छलफल गर्ने दाहालले बताए । दलहरुबीच सहमतिको वातावरण बनाउन माओवादी स्थायी कमिटीको बिहीबार बिहान बसेको बैठकले वार्ता टोली बनाएको उनले उल्लेख गरे । प्रधानमन्त्रीले बुधबार राजीनामा दिएपछि माओवादीले आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि अन्य दलसँग समर्थन जुटाउन अध्यक्ष दाहालको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराई सदस्य छन् । दाहालले आफूले बोलेका कुरा सँधै विवादमा पर्ने भएको भन्दै अबदेखि कम बोल्ने बताए ।
संविधानसभामा रहेका साना दलले ६ सय १ सभासदबाटै आगामी सरकारको नेतृत्व खोज्न आग्रह गरेका छन् । बिहीबार दिउँसो बसेको साना १७ दलको बैठकले सवै दल समेट्ने गरी ६ सय १ सभासदबाटै सहमतिको सरकार बनाउन आग्रह गरेका हुन् । बैठकले जेठ १४ गते राति भएको तीन बुँदे सहमतिको दुई र तीन बुँदा कार्यान्वय भएकाले अब पहिलो बुँदा कार्यान्वयनका बिषयमा गम्भीर बन्न माओवादीलाई आग्रह गरेका छन् ।
 राष्ट्रपति रामवरण यादवले सात दिनभित्र नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेका छन्।
राष्ट्रपतिले संसदलाई पत्र लेख्दै अन्तरिम संविधानको धारा ३८ (१) अनुसार असार २३ गतेभित्र सहमतिको नेता चयन गर्न आह्वान गरेको  प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए। राष्ट्रपति कार्यालयबाट भएको आह्वानको लिखित पत्र संसद सचिवालय आइपुगेको छ। पत्रमा राजनीतिक सहमतिसँगै नयाँ सरकार गठन गर्न आह्वान गरिएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक