20100618

माओवादीको पोलीटब्युरोको बैठकमा अधिकांस सदस्यले पार्टी सरकारमा जानुपर्ने धारणा राखे

काठमाडौं ४ असार। एकीकृत नेकपा माओवादीको पोलीटब्युरोको बैठकमा अधिकांस सदस्यले पार्टी सरकारमा जानुपर्ने धारणा राखेका छन्। उनीहरुले त्यसका लागि अन्य दलहरुसंग परार्मश गर्नु पर्ने धारणा समेत राखेका छन्। काठमाडौंमा आज बसेको पोलीटब्युरोको बैठकमा धारणा राख्ने एक दर्जन सदस्यले पार्टीलाई सरकारमा सहभागि गराउने बिषयमा धारणा राखेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए। उनले बहुदलिय प्रजातन्त्र र प्रतिस्पर्धाका आधारमा सरकार बनाउनु पर्नेमा पनि धारणा आएको बताए। आजको बैठकमा नन्दकिशोर पुन, चन्द्रप्रकास खनाल, दीनानाथ शर्मा, निनु चापागाई, लेखराज भट्ट, भिमप्रसाद गौतमलगायत एघार जनाले धारणा राखेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक