20100618

खाप्परमा त लिएरै आएका रहेछन माकुनेले, प्रधानमन्त्रीबाट राजीनामा दिन्छु भन्दा पनि दिनु पर्याछैन बा !, अजबको देश, गजबको कमाल !

प्रधानमन्त्री माधवकुमार नेपाल राजीनामा दिने मनस्थीतीमा छन् भने एमालेले तत्काल सहमति नहुदासम्म राजीनामा नदिन सुझाव दिएको छ। सत्ता साभेदार दल नेपाली कांग्रेसमा सरकारको विकल्प र नेतृत्वका विषयमा छलफल शुरु भएको र आफ्नै पार्टी अध्यक्ष झलनाथ खनाल लगायतका नेताहरु समेत सरकार विघठनका पक्षमा उभिएकाले प्रधानमन्त्रीलाई थप नैतिक दवावका कारण राजीनामा दिने मनस्थितिमा प्रधानमन्त्री नेपाल पुगेका छन्। उनले राजीनामाका विषयमा आफु निकट पार्टीका नेताहरुसँग छलफल गर्दै आएका छन्। यसैबीच उनले आफ्नै पार्टीका शिर्ष नेतृत्वसँग छलफल गरेका छन्।  छलफलमा तत्काल राजीनामा नदिन प्रधानमन्त्री नेपाललाई आफ्नै दलका  शीर्ष नेताहरुले सुझाव दिएका छन्। आफ्नो राजीनामाका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री नेपालले आफ्नै पार्टीका शीर्ष नेताहरुलाई बालुवाटार...
बोलाएका छन्। छलफलका लागि पार्टी अध्यक्ष झलनाथ खनाल, प्रभावशाली नेता केपी ओली, महासचिव इश्वर पोखरेल, सचिव विष्णु पौडेल, सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेल र रक्षा मन्त्री विद्या भडारी प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक