20100619

माओवादी भित्र तीब्र मतभेद, प्रधानमन्त्री बन्ने बिषयमा बिबाद, प्रचन्ड अल्पमतमा !

माओवादी पोलिटब्युरोमा आफ्नै नेतृत्वमा प्रस्तावित 'सहमतीय सरकार' गठन हुनुपर्ने मत हावी भएको छ । पाँच दिनदेखि जारी पोलिटब्युरो बैठकमा शनिबारसम्म बोलेका अधिकांश नेताले माओवादीबाहेकको नेतृत्व स्वीकार्य नहुने र आवश्यक परे अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को विकल्प खोजिनुपर्ने धारणा राखेका छन् ।
'१२ जना नेताले बोल्न बाँकी छ, तर अहिलेसम्मको स्थिति हर्ेदा माओवादीकै नेतृत्वमा सरकार गठन हुनर्ुपर्छ भन्नेहरूको मत बलियो छ,' एक पोलिटब्युरो सदस्यले राजधानीसँग भने, 'र, प्रचण्डको विकल्प  खुला राख्नर्ुपर्छ भन्ने मत पनि आएको छ ।' माओवादी नेतृत्वमा सरकार गठन हुनुपर्ने मत राख्नेहरू पनि केही प्रचण्ड र केही उपाध्यक्ष. डा बाबुराम भट्टर्राईलाई आगामी सरकारको नेतृत्व दिनुपर्नेमा विभाजित....छन् ।
'सोमबारसम्म पार्टर्ीीे स्पष्ट लाइन बुझिनेछ, अहिलेसम्मको स्थिति हर्ेदा प्रतिपक्षमा बस्नर्ुपर्छ भन्ने प्रचण्डको प्रस्ताव पारित हुने सम्भावना न्यून छ,' ती सदस्यले भने । केही दिनअघि डा. भट्टर्राईल्ो प्रचण्डको विकल्प खुला गरेर भए पनि सहमतीय सरकारको नेतृत्व लिनुपर्ने र अर्का उपाध्यक्ष मोहन वैद्य 'किरण'ले प्रचण्डको विकल्प खोज्न नहुने तथा सकेसम्म सरकार गठनतिर लाग्नु नहुने तर्क गरेका थिए ।
शनिबार बोलेका आठजना पोलिटब्युरो सदस्यमध्ये अधिकांशले पार्टर्ीीेतृत्वको निर्ण्र्ााक्षमता तथा कमजोरीबारे आलोचना गर्दै प्रचण्डको व्यक्तिवाद हावी भएको आरोप लगाए ।
स्रोतका अनुसार शनिबार जनार्दन शर्मा, राम कार्की, देवेन्द्र पौडेल, हरिभक्त कँडेल, गोपाल किराँती, कुलप्रसाद केसी, हितराज पाण्डे र विश्वभक्त दुलाल 'आहुती'ले प्रचण्डद्वारा मंगलबार प्रस्तुत मौखिक प्रतिवेदनमाथि टिप्पणि गरेका थिए । यीमध्ये शर्मा, कार्की, पौडेल, किराँती र आहुतीले माओवादी नेतृत्वमै नयाँ सरकार गठन गर्नुपर्ने र आवश्यक परे प्रचण्डबाहेकका नेताको नेतृत्वका लागि विकल्प खुला गर्नुपर्ने धारणा राखेको स्रोतको भनाइ छ ।
उनीहरूले कम्युनिस्ट पार्टर्ीीत्र एक व्यक्तिको विकल्प नहुने भन्ने अडान अराजनीतिक हुने टिप्पणी गर्दै नेतृत्व -प्रचण्ड)प्रति जनविश्वास घट्दै गएको आरोप लगाएका थिए । 'सरकारको नेतृत्व पार्टर्ीी लिनर्ुपर्छ र अध्यक्षको विकल्प खुला गर्नुपर्छ भन्ने विषयमा उनीहरूको धारणा आयो,' सहभागी अर्का पोलिटब्युरो सदस्यले भने, 'प्रतिपक्षमा बस्नका लागि निर्ण्र्ाागर्नुपर्दैन र यो बेतुकको कुरा हो ।'
प्रचण्डद्वारा प्रस्तुत मौखिक प्रतिवेदनमा भने आफ्नो नेतृत्वमा सरकार गठन हुने सम्भावना कम हुँदै गएको र पार्टर्ीीब प्रतिपक्षमा बस्नुपर्ने उल्लेख छ । त्यसप्रति उनीहरूले आपत्ति जनाएका थिए । एक वर्षेखि पार्टर्ीीे आन्दोलन प्रचण्डमा केन्द्रित भएको र पार्टर्ीीदशाहीन भएको टिप्पणी गर्दै उनीहरूले स्पष्ट कार्यदिशा तय गर्न राष्ट्रिय सम्मेलन वा केन्द्रीय महाधिवेशन तत्काल आयोजना गर्नुपर्ने सुझाव दिएका थिए ।
शनिबारको बैठकमा पोलिटब्युरो सदस्यहरू केसी र पाण्डेले अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गरेर मात्रै गतिरोध अन्त्य हुने धारणा राखेका थिए । प्रचण्डको विकल्प खोज्दा पार्टर्ीीत्र बहुकेन्द्र उत्पन्न हुने तर्क गर्दै उनीहरूले प्रचण्डको पक्ष लिएका थिए । तर, अर्का पोलिटब्युरो सदस्य कँडेलले भने जनव्रि्रोहका लागि तयारी गर्नुपर्नेमा जोड दिँदै सकेसम्म सरकारमा जान नहुने तर्क गरे । स्रोतका अनुसार उनको भनाइ थियो, 'हामी सरकारमा जानै पर्ने अवस्था आएमा अध्यक्षको विकल्प छैन । उहाँबाहेकका नेताहरूले अहिलेको परिस्थिति बुझेर प्रचण्डलाई नै साथ दिनर्ुपर्छ ।' -पर्शुराम काफ्ले

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक