20100620

पुर्वराजा ज्ञानेन्द्र शाह बारा, पर्सा, रौतहटको ५ दिने भ्रमणपछि काठमाडौ फिर्ता

बारा ६ असार / पुर्वराजा ज्ञानेन्द्र शाह बारा, पर्सा रौतहटको ५ दिने भ्रमणपछि आज काठमाडौ फिर्ता भएका छन् । बारा, पर्सा र रौतहटमा रहेका धार्मिक शक्ति पिठको पुजा अर्चना गरी बिहान ११ः३० बजे बुद्धएयरको विमानबाट उनी काठमाडौ फिर्ता भएका हुन् । धार्मिक भ्रमणका क्रममा बुधवार बिहान ९ः३५ बजे बाराको सिमरा विमानस्थल आई पुगेका पुर्व राजा शाह पहिलो दिन बाराको लिपनी ६ परवानीपुर स्थित श्री वैष्णवी दुर्गा मन्दिरको बुधवार बिहान उद्घाटन गर्नु हुदै आधा घण्टा पुजा आराधना समेत गरेका थिए । भ्रमणको क्रममा दोस्रो दिन पर्सा बीरगंज स्थित गहवामाई, विन्दवासिनी मन्दिर र गुरुद्धारमा पुजा अर्चना गरेका थिए । त्यसै गरी तेस्रो दिन बाराको वरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा पुगी पुजा अर्चना गरेका थिए । बिहान १०ः४५ बजे गढीमाई पुग्नु भएका पूर्वराजा शाहले करिब २५ मिनेट समय पुजा अर्चनामा विताएका थिए । सवारीका क्रममा उपस्थित....
शुभेच्छुकहरुको भीड्ले बाराको कलैया सडकखण्डमा अन्य यातायातका साधनहरु केहीवेर अवरुद्ध समेत बनेको थियो । त्यसै गरि चौथो दिन शनिवार बिहान रौतहटको शिवनगर स्थित शिव मन्दिरमा पुजा अर्चना गरेका थिए । बारा पर्साका मन्दिरहरुमा पुजा अर्चनापछिका समयमा राजसंस्था र आफु निकट शुभेच्छुक, राजनैतिक ब्यतिm ब्यापारी, उद्योगपति लगायतसंग भेटघाट तीब्र पारेका थिए । शुभेच्छुकहरुसंगको भेटघाट तीब्र बनाउदै विहीवार एक रात बीरगंज स्थित सम्झना होटलमा शुभेच्छुक, उद्योगपति, ब्यापारी, संचारकर्मीहरुलाई पालै पालो भेट दिई एक रात सोही होटलमा बिताएका उनी अरु समय बाराको सिमरा स्थित प्रभु शमशेर राणाको निवासमा बिसेका थिए । शुभेच्छुक र संचारकर्मीहरुलाई शनिवार बेलुकी ७ः३० बजे पर्सा बीरगंज स्थित मकालु होटलमा डिनरको आयोजना गर्दै पुर्वराजा शाह करिब ३५ मिनेटपछि होटल मकालुका गरिएको डिनर पार्टीमा करिब २५ मिनेट सामेल भए । उनी शुभेच्छुक, संचारकर्मीहरुसंग भेटघाट गर्दै पुनः बाराको सिमरा फर्केका थिए । - रमेश पाण्डे

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक