20100620

मनीषा कोइराला 'औपचारिक दुलही'


काठमाडौं/ चर्चित बलिउड नायिका मनीषा कोइराला शनिबारबाट 'औपचारिक दुलही' बनेकी छन् । मौलिक परम्परालाई मान्यता दिइएको उनको विवाहमा लोकसंस्कृतिलाई प्राथमिकता दिइएको थियो । नेवारी, पञ्चे र लोकधुनले समारोह मोहक बन्यो ।  उद्योगपति सम्राट दाहालस“ग शुक्रबार स्वयंबर रचेकी मनीषाको विवाह गोकर्ण्र्ााmरेस्ट रिसोर्टमा हिन्दू  परम्पराअनुसार सम्पन्न भएको हो । स्वयंबर सक्न मात्रै झन्डै दर्ुइ घन्टाभन्दा बढी लागेको थियो । पारिवारिक पुरेत रामचन्द्र घिमिरेले उनीहरूबीच मंगलवाचन गरी परम्परागत वैवाहिक विधि सम्पन्न गरेका थिए । सम्राटसहितको टोली तीन सयजनाभन्दा बढीसम्मिलित जन्ती लिएर नवदुलही मनीषालाई लिन थली गाविसस्थित गोकर्ण्र्ााmरेस्ट रिसोर्ट पुगेको थियो । ३९ वषर्ीया मनीषा सम्राटभन्दा ६ वर्षजेठी छन् । सिन्धुली झा“गाझोलीका सम्राट छाला जुत्ता कम्पनी 'लेदर विङ्स'का सञ्चालन हुन् । स्मरणीय छ, मनीषाको पुख्र्यौली गृहजिल्ला पनि सिन्धुली नै हो । जिल्लाबाहेक काठमाडौंमै पनि सम्राट र मनीषाको....
घर एउटै क्षेत्र-महाराजगन्ज)मा पर्छ । गत साता मात्रै मनीषाको पछिल्लो फिल्म 'एक सेकेन्ड' रिलिज भएको थियो । सो फिल्म प्रचारकै क्रममा मुर्म्बई रहेकी मनीषा विवाहकै कारण एक साताअघि नेपाल फर्केकी थिइन् । उनले हालै अभिनय सकाएको फिल्म 'धर्मा' हो । अमेरिकाको टेक्सासबाट एमबीए र इन्डष्ट्रियल इन्जिनियरिङ गरेका सम्राट र अभिनेत्री मनीषाको परिचय विश्वव्यापी सामाजिक नेटवर्किङ 'फोसबुक'मार्फ भएको थियो । फेसबुकबाटै उनीहरूबीच घनिष्टता बढेपछि दुवैतिका परिवारबीच वैवाहिक कुराकानी अघि बढेको थियो । 'मनीषा मेरो सबैभन्दा नजिककी साथी हुन्,' विवाह समारोहमा सहभागिता जनाउन शुक्रबार काठमाडौं आइपुगेका बलिउड अभिनेता विवेक मुश्रानले सञ्चारकर्मीस“ग भने, 'म पनि यसै दिनको प्रतीक्षामा थिए“, आज पूरा भयो । एकदमै खुसी लागिरहेको छ ।' मनीषा र विवेकले सुभाष घइको 'सौदागर'मा नायकनायिकाका रूपमा पहिलो 'ब्रेक' पाएका थिए । पहिलो फिल्म 'सौदागर'ले बक्सअफिसमा 'सुपरडुपर हिट'को सूची कायम गरेपछि मनीषा रातारात चर्चित बन्न पुगेकी थिइन् ।

काठमाडौं, असार ५ (नागरिक)- बलिउड अभिनेत्री मनीषा कोइराला विवाह बन्धनमा बाँधिएकी छन्। शनिबार गोकर्ण गल्फ रिसोर्टमा सम्पन्न विवाह समारोहमा सम्राटले मनीषालाई नेपाली परम्परागत समारोहबीच पत्नी बनाएका छन्। बिहान ९ बजे हुने भनिएको विवाह समारोह ११ बजेदेखि बल्ल सुरू भयो। नेपाली ब्यान्ड बाजा र जन्ती लिएर करिब ११ बजे गोकर्ण रिसोर्ट पुगेका सम्राटलाई दुलही पक्षबाट विशिष्ट रूपमै स्वागत गरियो। उता दुलही पक्षको पन्चे बाजा पहिला नै बजिरहेको थियो।
त्यसलगत्तै विवाहको जग्गेमा पुगेका सम्राटलाई प्रकाश कोइराला, सिद्धार्थ कोइराला लगायतले 'बरणी' गराएका थिए। त्यसको कार्यक्रम सकिएलगत्तै नेपाली बेहुलीको भेषमा सुसज्जित मनीषा कोइरालालाई मण्डपमा बसालेपछि बल्ल वैवाहिक कार्यक्रम सुरू भएको थियो। कार्यक्रम सुरू हुदाँ मनीषा निकै खुसी देखिएकी थिइन्। ४ घण्टा चलेको विवाह समारोहमा मनीषाका परिवार र मामाघरका सदस्यहरूमात्र उपस्थित थिए। त्यसबाहेक उनका बलिउडका घनिष्ठ साथीहरूको उपस्थिति रहेको थियो।
ज्याकी स्राफ, गुल्सन गोब्बर, दिप्ती नवल, सुमन रंगनाथ, आना सिंह र फिल्ममेकर बबीको उपस्थिति रहेको थियो। विवाह समारोह भएकाले सबै सेलिब्रेटीहरू फर्मल ड्रेसअपमा सजिएका थिए। मनीषाका परिवार, मामाघर र आफन्त पक्षले दुलाहाको गोडा धोएका थिए। कार्यक्रम चलिरहदाँ दुलही र दुलाहापक्ष बीच दोहोरी र नाचगान प्रतिस्पर्धा नै चलेको थियो। लामोबेर चलेको गोडा धुने कार्यक्रमको अन्तिममा भने मनीषा बेहोस भएकी थिइन्। त्यसपछि भने विवाह कार्यक्रम केही समयको लागि स्थगित गरेर मनीषालाई आराम गर्न लगाइयो। त्यसपछि 'कन्यादान' कार्यक्रम सुरू गरिएको थियो। मनीषाका पिता प्रकाश कोइरालाले कन्यादान गरे लगत्तै उनका मामाघर पक्षले उनलाई साथ दिएका थिए।
करिव ३ बजे मनीषालाई कोइराला परिवारले बिदाइ गरे। त्यस समय मनीषा र कोइराला पक्ष भावुक देखिए। मनीषाकी आमाले आँसु खसालिन्। बेहुली अन्माएर कोइराला निवास पुगेको मनीषाको माइती पक्ष, त्यही साँझ 'सम्धी भेट'को लागि महाराजगन्जस्थित सम्राट निवास पुगे।
आइतबार हुने भोजको लागि बलिउड अभिनेत्री रानी मुखर्जी साँझ काठमाडौं आएकी छन्। आइतबार हुने दुलही पक्षको भोज सोल्टीमा चल्नेछ भने वर पक्षको भोज सोमबार एभरेष्ट होटलमा हुने भएको छ। (फोटोः विजय राई)


लसएञ्जल्स,कोलोराडो र नेभाडामा जनसम्पर्क समितिमा‏ नयाँ नेतृत्व चयन
अमेरिका ।एकताको दोश्रो महाधिवेशन सम्पन्न गर्न लागिपरेको नेपाली जनसम्पर्क समिति,अमेरिका अहिले स्थानीय च्याप्टरहरुको अधिवेशनका लागि जुटेको छ । विगतमा छुट्टाछुट्टै नेतृत्वमा क्रियाशील रहेका समितिबीच एकता भएपछि उत्साहित भएका अमेरिकामा रहेका काँग्रेस शुभेच्छुकहरु अहिले स्थानीय अधिवेशनमा व्यापक चासोका साथ सहभागी हुन थालेका छन् । हाम्रा स्थानीय प्रतिनिधिहरुका अनुसार बिहीवार मात्र लसएञ्जल्स च्याप्टरको अधिवेशन सम्पन्न भएको छ । यसैगरी प्राप्त समाचार अनुसार कोलोराडो र नेभाडा च्याप्टरको पनि नयाँ नेतृत्व चयनसहित अधिवेशन सम्पन्न भएको छ ।
लसएञ्जल्सबाट ग्लोब नेपाल प्रतिनिधि सुदीप पन्तले प्रेषित गरेको समाचार अनुसार, सोही च्याप्टरको अधिवेशनबाट टीका चौधरीको अध्यक्षतामा नयाँ नेतृत्वको सर्वसम्मत चयन गरिएको छ । समितिमा मदन पाठक उपाध्यक्ष , गंगा बहादुर बस्नेत सचिब, रामचन्द्र लामिछाने सहसचिब र पम्फा थापा कोषाध्यक्ष रहनु भएको छ । समितिका सदस्यहरुमा देबी प्रसाद बास्कोटा ,योगेन्द्र बिमली ,रेखा उप्रेती ,सरोज मिश्र र राम सलामी रहनु भएको छ । त्यसै गरी सल्लहाकारमा उर्मिला पन्जियार ,मुकुन्द ढुंगाना ,उमा थापा र बासुदेब घिमिरे रहनुभएको छ।
जनसम्पर्क समितिको आगामी केन्द्रीय महाधिवेशनमा भाग लिनका लागि विभिन्न ११ जना महानुभावहरुलाई केन्द्रीय प्रतिनिधिमा चयन गरिएको च्याप्टरकी अध्यक्ष टीका चौधरीले जानकारी दिनुभयो । जस अनुसार, केन्द्रीय प्रतिनिधिहरुमा टीका चौधरी,उर्मिला पञ्जियार,हेमराज भट्ट, मुकुन्द ढुंगाना,पम्फा थापा,गोकुल ढकाल,सुदीपराज पन्त,मदनप्रसाद पाठक,वासुदेव घिमिरे,श्रीमती उमा थापा,बिमल गुरागाईं, गंगा बस्नेत र सूर्यमोहन अधिकारी रहनु भएको छ ।
लसएञ्जल्स च्याप्टरको अधिवेशन उद्घाटन सत्रका वक्ताहरुले विगतका सबैखाले तिक्तताहरुलाई भुलेर एकताको अधिवेशन सफल बनाउन आफूहरु क्रियाशील हुने प्रतिवद्धता जनाएका थिए । तयारी समितिकी संयोजक टीका चौधरीको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथिको तर्फबाट सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष कल्याणकुमार गुरुङले अमेरिकामा जनसम्पर्क समितिको गतिविधिमाथि नेपाली काँग्रेसको केन्द्रीय नेतृत्वले समेत निकै चासो राखेको छ भन्नुभयो । उहाँले पत्रपत्रिकामार्फत् समितिका बारे बाहिर आएका समाचारहरु गलत रहेछन् भन्ने पुष्टी यसरी धमाधम हुँदै गरेका अधिवेशनहरुमा सहभागीहरुको चासोबाट पनि हुन्छ भन्दै कतिपयले समितिका बारे नेतृत्वतहमा व्यक्तिगत महत्वकांक्षा दर्शाई गलत जानकारी दिएको आफूले महशुस गरेको बताउनु भयो । आफू नेपाल फर्केपछि सबै तथ्य जानकारी पार्टी नेतृत्वलाई अवगत गराउने जानकारी दिंदै उहाँले एकताको दोश्रो महाधिवेशन प्रक्रियालाई निर्धक्क भएर अघि बढाउन तयारी समितिलाई आग्रह समेत गर्नुभयो । गुरुङले अहिलेको नेपालको राजनीतिक अवस्था र नेपाली कांग्रेसको भूमिकाको बिषयमा पनि चर्चा गर्नुभएको थियो ।

कार्यक्रमका अतिथि एवं नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री यादव पण्डितले जनसम्पर्क समिति अमेरिकाको विगतको विवाद एकता अधिवेशनको गठनसँगै अन्त भएको प्रष्ट पार्दै सामान्य असहमतिलाई विवाद भन्न नमिल्ने धारणा व्यक्त गर्नुभयो । एकताका लागि क्रियाशील रहनु भएका पण्डितले हाल अमेरिकामा खगेन्द्र जीसी संयोजक रहेको तयारी समिति मात्र आधिकारिक हो भन्दै अरु कुनै समूह नरहेको प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा केन्द्रीय समितिका संयोजक खगेन्द्र जी सी , जनसम्पर्क समितिका पूर्व अध्यक्ष आनन्द विष्ट र डाक्टर सुरेन्द्रराज देवकोटाले अधिवेशन सफलताका लागि पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । कार्यक्रममा अधिवेशनका लागि खटिनु भएका केन्द्रीय प्रतिनिधि हेमराज भट्ट, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य मुकुन्द ढुंगाना,नेपाल अमेरिका एकता समाजकी अध्यक्ष उमा थापा,पशुपति फाउण्डेशनका महासचिव प्रेम गुरागाईं,सामाजिक व्यक्तित्व राजेन्द्र शिवाकोटी लगायतले पनि आ आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसअघि नेभाडा च्याप्टरको अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व र केन्द्रीय प्रतिनिधि चयन गरिएको जानकारी अधिवेशनका लागि खटिनु भएका केन्द्रीय प्रतिनिधि कृष्ण विष्टले दिनु भएको छ । उहाँका अनुसार बेनीबहादुर डाँगीको अध्यक्षतामा १० सदस्यीय नेपाली जनसम्पर्क समिति,नेभाडा च्याप्टरको सर्वसम्मत चयन गरिएको छ । जसअनुुसार समितिको उपाध्यक्षमा अशोककुमार पोखरेल र सुशील जोशी रहनु भएको छ । यस्तै लेखनाथ अधिकारी सचिव,तीर्थराज जोशी सह सचिव र यादव पौडेल कोषाध्यक्ष रहनु भएको छ । समितिका सदस्यहरुमा मीरा लामिछाने,लक्ष्मी भारती,कृष्णप्रसाद शाह र सकिल श्रेष्ठ रहनु भएको छ । नेभाडाबाट केन्द्रीय अधिवेशनमा भाग लिनका लागि बेनीबहादुर डाँगी, अशोककुमार पोखरेल, लेखनाथ अधिकारी, तीर्थराज जोशी, ज्ञानहरि अर्याल,सुनील हमाल,हेमु कार्की पौडेल, डम्बरसिंह ऐर र ऋषि पण्डित केन्द्रीय प्रतिनिधिमा चयन हुनु भएको छ ।

उता कोलोराडोमा पनि समितिको अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिएको जानकारी तयारी समितिका केन्द्रीय कोषाध्यक्ष एवं सोही च्याप्टरमा अधिवेशनका लागि खटिनु भएका केन्द्रीय प्रतिनिधि धर्मराज श्रेष्ठले दिनु भएको छ । आईतवार सम्पन्न अधिवेशनमा अरु पदहरुमा सर्वसम्मति भएतापनि अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको थियो । निर्वाचनका लागि खटिनु भएका निर्वाचन आयुक्त बुद्धि लामिछानेका अनुसार, तीन मध्येका एक जगन्नाथ गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि रञ्जना क्षत्री र विश्वनाथ भण्डारीका बीच अध्यक्ष पदका लागि प्रतिष्पर्धा भएको थियो । जनसम्पर्क समिति,अमेरिकाको हालसम्म भएका स्थानीय च्याप्टरहरुको अधिवेशनका क्रममा पहिलो चुनावी प्रतिष्पर्धा भएको राज्य कोलोराडोमा विश्वनाध भण्डारी निर्वाचित हुनु भएको थियो । बाँकी पदहरु मध्ये उपाध्यक्षमा गणेश भण्डारी,सचिवमा दीपेन्द्र पोखरेल र कोषाध्यक्षमा तिलक अधिकारी सर्वसम्मतरुपमा चयन हुनु भएको छ । सदस्यलगायत बाँकी पदहरुमा चाँडै मनोनयन गरिने जानकारी केन्द्रीय प्रतिनिधि श्रेष्ठले दिनु भएको छ ।
स्थानीय तयारी समितिका संयोजक जगन्नाथ गौतमको सभापतित्वमा भएको अधिवेशनको पानसमा बत्ती बालेर केन्द्रीय प्रतिनिधि एवं कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । अधिवेशनले समितिका विभिन्न सदस्यहरुलाई आगामी केन्द्रीय महाधिवेशन प्रतिनिधिको रुपमा सर्वसम्मत चयन गरेको छ । जसअनुसार, धर्मराज श्रेष्ठ,सुनील श्रेष्ठ,हेमकुमार श्रेष्ठ,जगन्नाथ गौतम,चेतनारायण श्रेष्ठ,प्रेमकाजी श्रेष्ठ,चन्द्रकुमारी श्रेष्ठ,अर्पणा श्रेष्ठ,लक्ष्मी श्रेष्ठ र महालक्ष्मी शर्मालाई केन्द्रीय प्रतिनिधिको रुपमा चयन गरिएको छ । बाँकी केन्द्रीय प्रतिनिधिहरुको चयन चाँडै गरिने जानकारी समेत कोलोराडोबाट धर्मराज श्रेष्ठले दिनु भएको छ । - By Gautam Dahal

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक