20100620

जेठ १४ गतेको सहमती कार्यान्वयनमा इमान्दार हुन एमाले र काँग्रेससँग पुष्पकमल आग्रह

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाले प्रमुख तीन दलसँग राजनीतिक गतिरोध अन्त्यका लागि सहमतीको प्रयास भइरहेको बताएका छन्। राजधानीमा आयोजीत कार्यक्रमपछि उनले निकासका लागि विभिन्न चरणमा काँग्रेस र एमालेसँग अनौपचारीक छलफल भएको दावी गरे। जेठ १४ गतेको तीन बुँदे सहमती कार्यान्वयनमा इमान्दार हुन एमाले र काँग्रेरसका नेताहरुसँग आग्रह गरेका अध्यक्ष दाहालले राजनीतिक सहमतीका लागि पोलिटव्युरो बैठकमा छलफल भइरहेको समेत बताए। उनले पार्टीको पोलीटब्युरो बैठकले सरकार गठन, गतिरोधको अन्त्य र निकासका सम्बन्धमा बैठकले निर्णय समेत गर्ने बताए। उनले सहमति पालनाका लागि माओवादी हदसम्म लचिलो हुन तयार रहेको पनि खुलसा गरे।
  रिडी नजिकै तीनवटा वेवारिसे शव फेला परे
कालीगण्डकी नदीको रुरुक्षेत्र रिडी नजिकै तीनवटा वेवारिसे शव फेला परेका छन्। पाल्पाको अर्गली गाविस ऋषिकेशव मन्दिर तलपट्टी नदीको भुमरीमा ती शव देखापरेको हो। स्थानीय वासीन्दाले नदीमा तीनवटा मान्छे जस्तो शव देखेपछि प्रहरीलाई खवर गरेका थिए। एक महिला र एक पुरुषको शव भने चिनिएको...
प्रहरीले जनाएको छ। अर्को शव कसको हो भन्ने प्रष्ट हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक श्यामप्रताप सेनको नेतृत्वमा अनुसन्धान टोलि खटिएको छ। प्रहरीले त्यसवरपरका वासिन्दा साथै छिमेकका गाविसबासीलाई समेत शव चिन्न बोलाएको छ। स्थानीयका अनुसार यसरी एकै स्थानमा तीनवटा शव देखिएको यो पहिलो हो।


भब्य  समारोह बिच लुम्बिनी समाज इजरायलको गठन
आफ्नो पहिचान र अस्थित्वको लागि नेपालको  बिभिन्न भु भागबाट इजरायलमा कार्यरथ सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरूलार्इ  एक आपसमा चिनाउने, सहयोग, सद्भाब एबं भाइचाराको सम्बन्ध  बिकासको साथै बिदेशी भुमिमा काम गर्दा आइपर्ने समस्याहरूको  सामुहिक समाधान, ओझेलमा परेको बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार प्रसारको साथै भारतिय हस्तक्षेप र बुद्धको जन्मस्थलको बारेमा भारतले गरेको बिबादास्पत प्रचारको बिरोध गर्ने उद्धेश्यका साथ एक भब्य समारोहका बिच श्री चिरन्जिबी पाण्डेको अध्यक्षतामा २५ सदस्यिय कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा मिना मैनाली सचिबमा बिष्णु प्रसाद भट्टरार्इ सह सचिब मिलन थापा कोषाध्यक्ष नारायण चापागार्इ र सदस्यहरूमा क्रमस शिब के. सी., गोपाल पौडेल, दिनश श्रेष्ठ, राजन रिजाल, आक्रोश काफ्ले, कृष्ण चापागार्इ, मनोज प्रधान, साबित्रा घिमिरे, सुधना देबकोटी, संगिता नेपाल, मुकुन्द घिमिरे, केशब कार्की, माया खनाल, जुना चापागार्इ, धना गुरूङ, क्रिष क्षेत्री, शुशिला लुइटेल, प्रकाश आचार्य, गोपाल कुंवर, गोमा उप्रेती हुनुहुन्छ । साथै उक्त भेलाले ६ सदस्यिय सल्लाहकार समिति समेत गठन गरेको छ जसमा श्री तेन्जिन सेर्पा, श्री बिशाल ज्ञवाली, श्री छेसाङ लामा, श्री नमराज खड्का, श्री बिष्णु तिमल्सिना र श्रीमति ऋतु गिरी रहनुभएको छ ।  












No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक