20100618

"सबै दलका नेताहरु राष्ट्रिय एजेण्डालाई बिर्सेर आफूलाई प्रधानमन्त्री दावी गर्न लागिपरे"

प्रचन्डले आफुलाई प्रधानमन्त्री हुन नदिने देखेपछी बाबुरामले भने "मलाई चाहिएन बरु बादललाई प्रधानमन्त्री बनाउँ तर सरकारमा जाउँ "
काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले शान्ति र संविधानको मुद्दालाई किनारा लगाएर आफूले प्रधानमन्त्रीको दावी नगर्ने बताएका छन्। राजनीतिक अध्ययन केन्द्रले राजधानीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले सबै दलका नेताहरु शान्ति र संविधानको राष्ट्रिय एजेण्डालाई बिर्सेर आफूलाई प्रधानमन्त्री दावी गर्न लागिपरेकोमा चिन्ता ब्यक्त गरे। उनले बर्तमान अबस्थामा मैले प्रधानमन्त्रीको दावी नगर्ने भन्दै पार्टी भित्रबाट जसको नाममा सहमति जुट्छ उसैलाई आफुले सहयोग गर्ने बताए।  बहुमतीय प्रणालीले दलहरुबीच असहमति बढाएको भन्दै डा.भट्टराईले दुई बर्षको अबधिमा देखिएको राजनीतिक चलखेलले यो प्रणाली...
असफल साबित गरेको बताए। उनले जनयुद्ध गरेर मुलुकमा गणतन्त्र ल्याउन सफल भएको लडाकुलाई बिघटन गराउन खोज्नु गैरजिम्मेवारीपन भएको भन्दै यसलाई राज्यको सेना ठानेर बिशेष समितिमार्फत समायोजन गर्नुपर्ने धारणा राखे।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक