20100627

एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारलाई सहयोग नगर्ने उद्घोष, प्रचण्ड दँग !!!

"झलनाथ एमालेका अध्यक्ष्य हुनकी माओवादी प्रबक्ता छुट्याउनै गाह्रो, कार्यकर्ता अलमलमा, यस्तै हो भने एमाले झन कमजोर हुने र कार्यकर्ता लाला पाखा हुन बेर छैन, फाईदा आतंककै बलमा टिकेको माओवादीलाई पुग्ने निस्चित छ भन्छन राजनीतिक पन्डितहरु "     
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नै पार्टीको वरिष्ठ नेताको नेतत्वमा रहेको वर्तमान सरकारलाई सहयोग नगर्ने उद्घोष गरेका छन्। वर्तमान सरकार शान्ति र संविधानको दायित्व पुरा गर्न असफल भएको भन्दै सहयोग गर्न नसकिने वताएका हुन्। पार्टी कार्यालय बल्खुमा स्थानिय विकास तथा पूर्वाधार संरचना विभागले आयोजना गरेको अर्न्तक्रियामा बोल्दै अध्यक्ष खनालले जनताले दिएको कार्यभार पूरा गर्न माधवकुमार नेपाल नेतृत्वको सरकार असफल भएको भन्दै राष्ट्रिय सहमतिको सरकार निमार्ण अनिवार्य रहेको वताए। नेपाल नेतृत्वको सरकारले शान्ति र संविधान निर्माणको जिम्मेवारी पुरा गर्न सकेन तसर्थ राष्ट्रिय सहमतीको सरकारको पक्षमा एमाले छ वर्तमान सरकारलाई सदासयता देखाएर सहयोगको औचित्य छैन खनालको भनाई थियो।

'माओबादीलाई सत्ता सुम्पेर देशलाई अधिनायकबादतर्फ लान दिदैनौं ' : रक्षामन्त्री बिद्या
रक्षामन्त्री बिद्यादेबि भण्डारीले माओबादीका सवै लडाकु सुरक्षा निकायमा समायोजन असम्भव भएको बताएकी छन् ।माओबादीले पोलिटब्यूरो बैठकको सबै लडाकु समायोजनका....
लागि योग्य भएको सार्वजनिक

गरेको भोलिपल्ट रक्षामन्त्री भण्डारीले त्यसलाई 'बार्गेनिङ्ग' भन्दै विगतको सम्झौता बिपरीत भएको प्रतिक्रिया दिएकी छन् ।'अन्तर्राष्ट्रिय मापदण्डले एक हतियार एक लडाकुलाई मान्यता दिएको छ' पोखरा बिमानस्थलमा आइतबार पत्रकारहरुसँगको भेटमा उनले भनिन 'यहाँ ३४ सय हतियार भएकोले पनि सबै समायोजन हुनसक्दैन ।'उनले अन्तराष्ट्रिय मान्यता अनुसार एक हतियार एक लडाकु भनिएपनि राष्ट्रिय सुरक्षा निकायले तोकेको मापदण्ड पूरा गरेको मात्र योग्य हुने बताईन ।  उनले भनिन 'मापदण्ड पूरा गरेमा ३४ सय नै समायोजन हुनसक्छ, नगरे एउटा पनि नपर्न सक्छ ।' सुरक्षा निकायमा सामुहिक रुपमा लडाकु समायोजन हुन नसक्ने बताउँदै उनले ब्यक्तिगत ईच्छाका आधारमा मात्र लिन सकिने जानकारी दिईन । 'माओबादीले भने जस्तै सामुहिक रुपमा समायोजन हुन सक्दैन' लडाकुलाई आर्कषक प्याकेजमार्फत समाजमा पुर्नस्थापना गराउनुपर्ने सरकारको धारणा रहेको बताउँदै उनले भनिन 'योग्य लडाकु ईच्छा भए सुरक्षा निकायमा आउन सक्छ ।'
उनले माओबादीले लडाकु र समायोजन बारे विगतका सम्झौता र सहमतिको उल्लघन गरेको आरोप लगाईन ।  'लडाकुलाई राजनीतिक दस्तामा परिणत गर्छौ भन्ने माओबादी बचनप्रति प्रतिबद्व हुन्थ्यो भने संबिधान सभाको निर्बाचन पछि शिबिरका हतियार राज्यलाई बुझाउनुपथ्र्यो, नभए नष्ट गरेर शिबिर खाली गर्नुपथ्र्यो' उनले भनिन 'तर अहिले सबै समायोजन गर्नुपर्छ भनिरहेका छन ।'
 उनले सरकार माओबादी लडाकु र हतियारको समस्या बैधानिक ढंगले समाधान गर्न चाहेको बताईन । उनले माओबादीले लोकतान्त्रिक परिपाटीलाई त्यागेर एकदलिय राजनीतिमा लागेको आरोप लगाउँदै त्यसकै कारण सरकारको नेतृत्व गर्न अयोग्य बनेको बताईन । उनले भनिन 'माओबादीलाई सत्ता सुम्पेर देशलाई अधिनायकबादतर्फ लान दिदैनौं ।'
    अहिलेको सरकारको बिकल्प बहुमतको राष्ट्रिय सहमतिको सरकार भएको बताउँदै उनले माओबादीले माग्दैमा प्रधानमन्त्रीको राजिनामा नआउने बताईन । 'माओबादीप्रति नरम सोच भएका एमालेभित्रकै गुटले प्रधानमन्त्रीको राजीनामा मागेपनि सरकारमा सहभागि दलहरु राजिनामा दिनुहुदैन भन्ने अडानमा छन' उनले भनिन 'बहुमत भएर राष्ट्रिय सहमतिको सरकार बन्छ भने हामीलाई बसिरहन मन छैन ।'
    उनले सरकारले चाडै बजेट अधिबेशन गर्ने बताईन । 'बजेट अधिबेशनका लागि चाडै हाउस बोलाईन्छ' उनले भनिन 'बजेट अधिबेशन हुन नदिएर माओबादीले अलिकति भएपनि सरकारको घाँटी निमोटन सकिन्छ कि भनेका छन तर त्यसो हुनेछैन ।'उनी मदन भण्ढारीको ५९ औं जन्मजयन्तीको अबसरमा सोमबार पोखरामा हुने दौड प्रतियोगिताको उद्घाटन गर्न आएकी हुन । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक