20100603

एकीकृत माओवादीले तीन महिनाको कार्यतालीका सहित लिखितप्रतिबद्धता जनाए प्रधानमन्त्रीले राजीनामा दिने

नयाँ रणनीति तय गर्न एकीकृत नेकपा माओवादी स्थायी समिति बैठक
काँग्रेस र एमालेले एकीकृत माओवादीले शिविरमा रहेका आफ्ना लडाकुको समायोजन र व्यवस्थापन तथा शान्ति प्रक्रियाका सम्बन्धमा तीन महिनाको कार्यतालीका सहित लिखितप्रतिबद्धता जनाए प्रधानमन्त्रीले राजीनामा दिने निर्णय गरेका छन्।
उनीहरुले त्यसअघि माओवादीले शान्ति प्रक्रियासंग जोडिएर आएका घरजग्गा फिर्ता, वाईसीयलको अर्धसैन्य संरचना बिघटन लगायतका कार्यलाई भने पुरा गर्नुपर्ने धारणा बनाएका छन्।  बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा  बसेको काँग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले लडाकुको समायोजन, ब्यवस्थापन र शान्ति प्रक्रिायलाई समेटेर तयार पारिने तीन महिने कार्यतालीकामा माओवादीले लिखित प्रतिबद्धता जनाएमा प्रधानमन्त्रीले.....
राजीनामा दिने दुई दलबीच सहमति कायम गरेको काँग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले जानकारी दिए। बैठकपछि सन्चारकर्मीसंग कुरागर्दै काँग्रेसका प्रवक्ता केसीले माओवादी आफ्ना लडाकुको समायोजन र व्यवस्थापन गर्न तीन महिनाभित्र तयार हुनु पर्ने बताए। उनले माओवादी र लडाकुको सम्बन्ध बिच्छेद भएर माओवादी नागरिक पार्टीमा परिणत हुने पर्ने समेत बताए। शान्ति प्रक्रिया र प्रधानमन्त्रीको राजीनामाको बिषय अलग अलग नरहेको भन्दै भन्दै काँग्रेसका प्रवक्ता केसीले राजीनामा र शान्ति प्रक्रियाको बिषयलाई छुट्टएर हेर्न नसकीने बताए।
तीन दलबीच १४ गते मध्यराति भएको सहमतिअनुसार प्रधानमन्त्री माधबकुमार नेपालले राजीनामा नदिएपछि पार्टीको नयाँ रणनीति तय गर्न एकीकृत नेकपा माओवादी स्थायी समिति बैठक बस्दैछ। कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो एक बजे बस्ने बैठकमा तीन बुँदे सहमति कार्यान्वयनका बिषयमा छलफल हुने माओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिएका छन्। उनका अनुसार तीन दलीय सहमति कार्यान्वयन नहुँदा आउन सक्ने जटिलताबारे पनि बैठकमा छलफल हुनेछ। संविधानसभाको कार्यकाल थप्ने क्रममा मुख्य तीन दलबीच शान्तिप्रक्रियालाई पूर्णतामा पुर्‍याउनेसहित पाँच दिन भित्र प्रधानमन्त्रीले रानीनामा दिएर राष्ट्रिय सरकार गठनको बाटो खोलिदिने सहमति भएको थियो। प्रधानमन्त्रीले राजीनामा दिने पाँच दिने म्याद हिँजो सकिएको छ।


उनी हरु ले नपाउने अनी ........ ?
- शेखर ढुङेल
सहमति को बिकल्प छ कि छैन भनेर कसै ले सोध्यो भने नेता हरु भन्छन छैन म भन्छु छ सहमति को बिकल्प के भन्दा असहमती जवाफ सरल छ । अहिले सम्म सडक तात्नु माकुने सत्ता मा टिक्नु को एउटै रहस्य हो असहमती । बिपक्षी ले मागेको राजिनामा मा सहमति भए त कुर्सी चट्ट , सरकार ले राखेको शर्त मानेत बिपक्षि को भोलि देखि के काम त्यसैले असहमती को भने बिकल्प छैन कुरो स्पस्ट छ । मेरो भालुभुत्ते हरुले राज गरेको भस्मासुर हरुको देश  मा पुरस्कार , आभुषड जा भुषड बढी आएको छ दुई बर्ष को सुख्खा पछी आएको पदक हरु को बढी मा पुरानै मिती देखि लागु हुने गरी पाउनु पर्ने होनाहार हरु ले कोइ ले पाए कोइ ले पाएनन त्यसैले सहमति को बिकल्प खोजी गरिएको छ ।
यो समय देश हारेको समय हो , यो समय नेपाली ले हारेको समय हो , यो समय हरुवा हरुले बिजय श्री घोषणा गरी तक्मा भिरी , छाला टल्काइ भुँडी पल्टाइ हिंड्ने समय हो यो समय उल्टो गंगा बगेको समय हो हेर त कोशी लाई फर्काइेको ?यो समय हरुवा हरु लाई साँढे सात ले छुन नसक्ने समय हो यस्तो बेला मा पुरस्क्रित हुने उनी हरु नै हुन यस्मा असहमती को बिकल्प खोज्नु नै हास्यास्पद हुन्छ । यस्तो सरकार हामीले पाएका छौ जो बाँकी देश ले कल्पना समेत् गर्न सक्दैन । १८ - २० बर्ष अगी स्विजर्ल्यान्ड तर्फ लागेको देश रुवान्डा पुगी आराम गरी राखेको छ । त्यस बेला ६.2 प्रतिसत ब्रिद्धी दर रहेको आर्थिक अवस्था लाई 4.2 मा झार्ने देश का सबै नेता लाई मरणोपरान्त बैतरणी खर्च समेत् दिनु पर्ने देखिन्छ र अर्को जन्म मा यो देश मा फर्केर न आओस भनी बिशेष कोष को ब्यबस्था गरी उतै पठाइ दिने ब्यबस्था गर्न को लागि चित्र गुप्त लाई चिट्ठी लेख्न यो सरकार लाई प्रोत्सहित गर्नु परेको छ ।
हामी पो कस्ता भन्या कुरै न बुझी तक्मा , पुरस्कार बाड्यो भन्छौ भन्या ! ल तपाईं भन्नोस सरकार ले बन्दुक बारुद के फूलपाती मा पड्काउन र अस्टमि मा पूजा गर्न किन्या हो ? पड्काउन किन्या हो ! टाउको र छातीमा हान्न टेरलिङ दिएर पठा हो हानी दियो त उस्को के दोस ? बन्दुक दिने को ? तिन्ले गोली नहानी दिएको भए , रगत को खोलो  न बगाइ दिएको भए र फुल को गुच्छा र फलफुल बाडेको भए के सुदतन्त्र कि के तन्त्र आउथ्यो आज ? तिन्लाई पुरस्क्रित न गरेर के घाइते लाई अस्पताल् लगेर देश मा शहिद् को खेती मा अबरोध गर्ने लाई पुरस्क्रित गर्ने ?होइन हो नेपाली हो कहिले कुरा बुझ्ने ?
 
पहिले पनि त्यस्तै भएको हो नि एक जना म - हान त -हान नेता भन्दै थिए बाबु  हरु ले पाटन र किर्तिपुर मा न  छडकाइ  दिनु मा भएको भए ! हामी त गलि सकेका थियौ बाबु अब अैन्दा पनि हामी लाई अपठ्यारो पर्दा कुरो बुझी छडकाइ दिनु होला उनी हरुले छडकाइ दिए कसरी पुरस्क्रित नगर्नु भन्या नि हौ । जनार्दन किन बुझ पचाएको ? डेढ फुटे त्यान्द्रो मा अट्किएको आधा पाउ को फलामे ढ्याक घाटी मा झुन्ड्याइ दिदा हल्ला गर्नु पर्ने ? ज जस्ले फिर्ता गरे ठीक गरे किन कि तिनी हरु त्यो लायक नै थिएनन नि त ? कलाकार ले चुनाव लडे ? हारे ? न्याधिस ले चुनाव लडे ? हारे ? खोइ तिनी हरु को योग्यता पुगेको ? त्यो हाम्रो गल्ती हो अब अैन्दा हाम्रो  राज चलुन्जेल जित्ने ले केही पाउने छैन यो समय को माग हो ।
हो माधव दादा , सुजाता दिदी हरु को चित्त दुखेको छ उनी हरु स्वयम को नाम छुटेको मा उनी हरु लाई कम् से कम् प्रवल् दक्षिण सुद बाहुपस प्रथम २०६७ होनाहार कर्मठ पदबी ले बिभुषित गर्नु पर्दथ्यो । उनी हरु कसरी छुटे ? सिफारिस ( आरिस कर्ता ) हरु कतै लाचारतन्त्र  , सुद्तन्त्र लाई मकरतन्त्र  मा फर्काउने षड्यन्त्र त गर्दै छैनन ?पाउनु पर्ने माकुने , पाउनु पर्ने सुजाता लाई जतासुकै जा भने पछी चित्त दुख्दैन ? उनी हरुको चित्त दुखे पछी गिर्जा बाउ को अपमान भएन ? आखिर वहाँ ले त गणेश मान जि लाई भए पनि हराउनु भएको थियो नि जित्ने लाई किन दियो पुरस्कार ? यो ग्र्यान्डदिजाइन् हो भनेर  भन्छु म ?हारेका धेरै छन तिन्को भाग नपुगी जित्ने लाई पुरस्क्रित गर्ने सिफारिस कर्ता लाई कडा भन्दा कडा सजाय् गरिनेछ संबिधान बनाएर यस्तै हुन्छ न पाउने ले न पाए पछी ......

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक