20100625

सर्बोच्च अदालतमा पनि राजनीति हुँदै !!!

संविधानमा राष्ट्रपतिलाई कुनै पनि विशेषाधिकार नभएको भनी सर्वोच्च अदालतको संयुक्त इजलासले ठहर गरे तापनि पूर्ण इजलासले त्यस विषयलाई फेरि छलफलमा ल्याउने विवादास्पद निर्णय गरेको छ। तत्कालीन प्रधान सेनापति रुक्माङ्गद कटवाललाई हटाउने सरकारी निर्णय कार्यान्वयन नगर्न राष्ट्रपति डा. रामवरण यादवले दिएको निर्देशन असंवैधानिक भएको भनी उठाइएको प्रश्नमा सर्वोच्च अदालतले सो विषयलाई फेरि छलफलमा ल्याउने भएको हो। राष्ट्रपतिको उक्त कदम संवैधानिक वा असंवैधानिक के हो भनी बिहीबारदेखि पूर्ण इजलासमा.....
छलफल शुरु भएको छ।
राष्ट्रपतिको कदमका बारेमा उठेका पाँच प्रश्नमध्ये चारवटाको सर्वोच्च अदालतका न्यायाधीशद्वय दामोदरप्रसाद शर्मा र राजेन्द्रप्रसाद कोइराला हाल अवकाश को संयुक्त इजलासले टुंगो लगाइसकेको हो।

टुंगो लगाइसकेका विषयमा रिटनिवेदकलाई राष्ट्रपतिको कदमका बारेमा अदालत आउने अधिकार छ कि छैन राष्ट्रपतिको कदम राजनीतिक प्रकृतिको हो कि होइन राष्ट्रपतिलाई रिटनिवेदनमा विपक्षी बनाइएको विषय संविधानविपरीत हो/होइन र मन्त्रिपरिषद् र राष्ट्रपतिबीच संविधानबमोजिम कस्तो सम्बन्ध हुनुपर्छ भन्ने रहेका छन्।

संयुक्त इजलासले ती सबै प्रश्नको टुंगो लगाई केवल राष्ट्रपतिको कदम संवैधानिक वा असंवैधानिक के हो भनी टुंगो लगाउन मात्र पूर्ण इजलासमा पठाएको थियो। सो प्रश्नको टुंगो लगाउन बिहीबार न्यायाधीशहरु रामकुमारप्रसाद शाह प्रेम शर्मा र रणबहादुर बमको पूर्ण इजलास गठन गरिएको छ।

बहस गर्नुअघि टुंगो लगाइसकेको विषयमा पूर्ण इजलासले बोल्न हुँदैन भनी कतिपय कानुन व्यवसायीले इजलासमा उल्लेख गरेका थिए। तर न्यायाधीशहरुले सबै विषयमा छलफल गर्नुपर्ने बताएपछि बहस प्रारम्भ भएको थियो। कानुन व्यवसायी रमणकुमार श्रेष्ठले भन्नुभयो- ‘इजलासले सबै विषयमा छलफल गर्ने भनेको छ। खास टुंगो नलागेको एउटा मात्र विषयमा केन्द्रित भई छलफल गर्नुपर्ने हो।’सर्वोच्च अदालतका एक न्यायाधीशले नाम नछाप्ने सर्तमा नेपाल समाचारपत्रसँग कुरा गर्दै पुनरावेदन वा दोहोर् याई पाउँ भन्ने निवेदन परेकोमा बाहेक अन्य अवस्थामा संयुक्त इजलासले टुंग्याइसकेको उही रिटनिवेदनका बारेमा पूर्ण इजलासले बोल्न नहुने बताए। विनानिवेदन उही रिटनिवेदनका आधारमा टुंग्याइएको विषयमा अदालतले पुनः छलफल गर्छ भने यो न्यायिक इतिहासमा पहिलो घटना हुने ती न्यायाधीशले बताए।यसैबीच एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालद्वारा संवैधानिक परिषद्को निर्णयविरुद्ध दायर रिटनिवेदनको पनि बिहीबारबाटै बहस शुरु भएको छ।

       अमेरिकामा नेपाल महोत्सव

नेपाल पर्यटन वर्ष २०११ को पूर्वसन्ध्यामा क्यालिफोर्निया क्षेत्रमा सकि्रय नेपाली संस्थाहरुको आयोजनामा आगामी जुलाई २४ र २५ तारिखका दिन सनप्रुा_िन्सस्कोमा नेपाल महोत्सव २०१० को आयोजना हुदैछ । महोत्सव मनोराजनको स्रोत हो तर यो आनन्दका लागि मात्र आयोजना हुन लागिरहेको छैन । मेलामा व्यापार पनि हुने गर्छ तर यो महोत्सवमा किनबेच मात्र हुने छैन । उत्सवमा नागरिकहरुको उपस्थिति हुने गर्छ तर यस मेलामा भावना शून्य मानवको भीड मात्र जम्मा हुने छैन । यस महोत्सवमा आनन्द व्यापार र नेपालीत्व पहिचान तथा उत्थानको परम उद्देश्य पनि समाहित छ । यस महोत्सवमा सहभागी हुन आउने हरेक नेपालीले आपुू नेपाली भएकोमा गर्व गर्नेछ र गौरवान्वित हुने सभ्यतालाई संस्कारका रुपमा आत्मसात् गर्ने अवसर पनि पाउने छ ।
महोत्सवका सहभागी तथा अतिथिहरुका लागि मनोराजनका विविध प्रकार तयार पारिने छन् । स्थानीय अमेरिकी तथा नेपालीहरुबीच मित्रताको विकास नेपाल चिनाउने विशेषता तथा क्षमताका बारेमा ज्ञान खाना र संस्कृतिको परिकारसम्बन्धी जानकारी महोत्सवको उद्देश्य रहने छ ।
क्यालिफोर्नियाको गृष्म ऋतुलाई मनोराजनपूर्ण मध्यान्तरका साथ मनाउन आयोजित यो महोत्सव ओकल्याण्डको ल्यानी कलेजमा आयोजना हुनेछ । शहरको मध्यभागबाट सजिलै हिडेर पुगिने र बाहिरी भागबाट आउने व्यक्तिहरुका लागि पनि बार्टलगायत १० भन्दा बढी बस लाइनको सेवा उपलब्ध हुने भएका कारण महोत्सव स्थल सबैका लागि पायक पर्ने विश्वास हामी आयोजकहरुको रहेको छ ।
म्ाहोत्सवको प्रमुख रोमााचक पक्षका रुपमा गीत संगीत र नृत्यका जीवन्त तथा कलात्मक आकर्षण समाहित हुनेछन् । स्लाइड तथा भिडियो प्रदर्शनी नेपाली तथा अन्तर्राष्ट्रिय खाद्य परिकार बालबालिकाका लागि विशेष कार्यक्रम र व्यापार मेलामा पनि सहभागी हुन सकिने छ । विशेष योग्यता र क्षमता देखाउने सहभागीहरुलाई राफल पुरस्कार ट्रफी तक्मा र प्रमाणपत्रहरुको पनि व्यवस्था रहेको छ महोत्सवलाई साँच्चिकै उत्सव बनाउन र सामाजिक एवं मानवीय पक्ष उद्घाटन गर्न नेपालमा लाइन आई हस्पिटल तथा बालगृह साचालन गरिएको थियो भने अमेरिकाको क्यालिफोर्नियामा भोका व्यक्तिका लागि करी विउदाउट वरी नामको कार्यक्रमअन्तरगत निशुल्क भोजन वितरण र युवा नेतृत्व विकासको कार्यक्रमको आयोजना गरिएको थियो । ती कार्यक्रममा योगदान पुर् याउने र उत्कृष्ट प्रतिभा देखाउने व्यक्तिहरुलाई महोत्सवमा सम्मान गर्ने पनि कार्यक्रम रहेको छ ।
यस ऐतिहासिक नेपाल महोत्सवमा सहभागी हुन नेपालीत्व प्रदर्शन गर्न र त्यसको आन्ान्द उठाउन हामी सम्पूर्ण नेपाली तथा नेपाली भाषी दिदी-बहिनी तथा दाजु-भाइमा सादर आमन्त्रण गर्दछौं । खासगरी नेपाल र नेपाली पनको पहिचानका लागि बालबालिकाका लागि विशेष अवसर हुने भएकाले उनीहरुलाई नछुटाउन हार्दिक अनुरोध गछौ ।
निष्कर्षमा सम्पूर्ण नेपाली परिवारलाई नै हाम्रो विनीत आमन्त्रण छ ।

स्थानः लेनी कलेज ९०० फालोन स्ट्रिट ओकल्याण्ड क्यालिफोर्निया ।
समयः विहान ११ देखि साँझ ६ बजे ।
प्रवेश शुल्कः ५ डलर प्रतिव्यक्ति-प्रति दिन ।


आयोजक
हाम्रो समाज डट नेट,
न्ाान्सी
कि्रएटिभ नेपाल युथ क्लब
 नाफका
एनएजिसी, द ह्वाइट जोन
लायन्स इन्टरनेसनल
मदरल्याण्ड नेपाल
Lions Club of Berkeley Annapurna

Nepali Association of Northern California

NC Tamu Society

Creative Nepal Youth Club

Nepal Association for Global Cooperation


NAFCA

Sunny Sagarmatha Society

BACC

Tamang Cooperation Society

Kirat Rai Society

The White Zone

NC Sherpa Samaj

Ama Foundation

Motherland Nepal


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक