20100709

नागरिक सर्वोच्चताको कुरा गर्ने एकीकृत नेकपा माओवादी पार्टीले जनसेना राख्न नहुने

प्रधानमन्त्रीको राजीनामा आएपछि सबै समस्या हल हुन्छ भन्ने तर्क असफल
विभिन्न राजनीतिक नेताले एकीकृत नेकपा माओवादीको सहभागितासहितको राष्ट्रिय सरकार गठन गर्न जोड दिएका छन्। नेपाली काँग्रेसका नेता तीर्थराम डङ्गोलले शान्तिप्रक्रियाको जिम्मेवार पक्ष एमाओवादी पनि भएकाले उनीहरुसहितको राष्ट्रिय सरकार अहिलेको आवश्यकता भएको बताएका छन्। उनले माओवादीले विगतमा गरेका सम्झौता कार्यान्वयन नभएसम्म सरकारको नेतृत्व गर्न हुँदैन भने। नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले शान्ति र संविधान निर्माण अहिले मुख्य कार्य भएकाले त्यसलाई पुरा गर्न ठूला तीन दलसहितको राष्ट्रिय सरकार गठन गर्नुपर्नेमा जोड दिए।उनले जनसेना व्यवस्थापन नभई......
एमाओवादीलाई विश्वास गर्न नसकिने भएकाले सरकारको नेतृत्व एमालेले नै गर्नुपर्ने बताए। नेकपा मालेका महासचिव सिपी मैनालीले नागरिक सर्वोच्चताको कुरा गर्ने पार्टीले जनसेना राख्न नहुने भएकाले राष्ट्रिय सरकाको नेतृत्व एमाओवादीले गर्न नहुने प्रस्ट पारेका छन्। राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले शान्तिप्रक्रियासँग जोडिएका विषयमा एमाओवादी जिम्मवार नहुँदासम्म उनीहरुलाई विश्वास गर्न नसकिने भएकाले सरकारको नेतृत्व एमाओवादीलाई दिन नहुने बताएका हुन्। 
कामचलाउन सरकारका सूचना तथा संचार मन्त्री शंकर पोखरेल राष्ट्रिय सहमतिले मात्र बहुमतिय सरकार बन्ने वातावरण नभएको खुलासा गरेका छन्। उनले वर्तमान अवस्थामा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना नरहेको समेत दावी गरेका छन्। उनले माओवादी ठूलो शक्ति भएकाले सरकारको नेतृत्व पाउनुपर्ने तर उस्को चरित्रले गर्दा राष्ट्रिय सहमतिको सरकार बन्ने वातावरण नभएको बताए। राजधानीमा आयोजित संचारमाध्यममा महिला पत्रकारहरुको अवस्था विषयक अन्तक्रिया कार्यक्रमा बोल्दै मन्त्री पोखरेलले प्रधानमन्त्रीको राजीनामा आएपछि सबै समस्या हल हुन्छ भन्ने तर्क असफल भइसकेको पनि दावी गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक