20100709

पुष्पकमल दाहालमा एउटा कौशलचाहिँ गजब छ, त्यो के भने मान्छेलाई थाङ्नामा सुताइदिने, प्रचण्डको खेलमा हाम्रा नेताहरू फसे ! यस्तो खेलमा दाहालजी माहिर रहेछन् !
―प्रदिप नेपाल,पोलिट्व्युरो सदस्य, नेकपा (एमाले)  
राष्ट्रिय सहमतिको सरकार गठनका लागि ५ दिन म्याद थपिएको छ, सहमतिको सरकार गठन हुने सम्भावना देख्नुभएको छ?
– सबैतिरबाट विश्लेषण गर्दाखेरि त्यो सम्भावना देख्दिनँ। यदि सहमतिको सरकार बन्ने थियो भने माधव नेपालले राजीनामा दिएपछि पाँच घण्टामा नै त्यसको टुंगो लागिसक्थ्यो। माधव नेपालले राजीनामा दिने बित्तिकै सहमतिको सरकार बन्छ भन्ने प्रचण्डको भनाइ कार्यान्वयन भइसक्नुपर्ने थियो। सहमतिको सरकार गठन हुन नसक्ने कारण पनि प्रचण्ड स्वयम् नै...
हुन्। आफूबाहेक अरुलाई प्रधानमन्त्री हुन नदिने, उनलाई प्रधानमन्त्री स्वीकार्न उनकै दलका नेताहरू र अन्य दलहरू तयार नहुने। त्यसले गर्दाखेरि सहमतिको सरकारको सम्भावना टर्दै गएको हो।
त्यसो भए अहिले मुद्दा भन्दा पनि व्यक्तिको कारणले सहमतिको सरकार गठन हुन नसक्ने अवस्था आएको हो?
– अवश्य नै व्यक्ति अहिलेको समस्या हो।
समस्या के–के ठान्नुहुन्छ सहमतिको सरकार गठन गर्न?
–  हिजो माधव नेपाल प्रधानमन्त्री हुँदाखेरि माओवादी प्रतिपक्षमा थिए। माओवादी पार्टीका सबै नेताहरूको भनाइ के थियो भने सहमतिको लागि बाधक तत्व माधव नेपाल मात्रै हुन्। उनले राजीनामा दिने बित्तिकै सहमतिको सरकार बन्छ भन्ने थियो। त्यो कुरा कांग्रेसले पनि मानेको होइन, नेकपा (एमाले)ले पनि सिंगो रुपमा मानेको होइन। एमाले अध्यक्ष झलनाथ खनालजीले पनि प्रधानमन्त्रीलाई नै बाधक देख्नुभयो। एमालेका एक/दुई जना मान्छेले र माओवादीले पनि प्रधानमन्त्रीलाई बाधक देखेपछि उनीहरूकै भनाइअनुसार सहमतिको सरकार गठन गर्नका लागि राजीनामा दिन्छु भनेर माधव नेपालजीले छोडिदिनुभयो। तर, प्रचण्ड र झलनाथजीले भनेजस्तो सहमतिको सरकार नबन्ने भइसकेको छ, माधव नेपाल बाधक रहेनछन् भन्ने कुरा देखिइसकेको छ। सबैभन्दा ठूलो दलको नेताको हैसियतले प्रचण्डले अहिलेसम्म सहमति जुटाइसक्नुपर्ने थियो। तर उहाँको समस्या के भने आफूबाहेक अरुलाई प्रधानमन्त्री हुन नदिने उहाँलाई प्रधानमन्त्री कसैले नमानिदिने। अर्को कुरा माओवादीले सहमतिलाई पनि पुरै बेवास्था गर्दै आएको छ। ऊ लडाकु समायोजनको पक्षमा छैन। ऊ भित्रैदेखि नयाँ संविधान बनाउने पक्षमा छैन। ऊ यस्तै गन्जागोलभित्र मुलुकलाई राखिरहने त्यसपछि उत्पन्न हुने असन्तुष्टिलाई आफ्नो पक्षमा प्रयोग गरेर जनविद्रोहमार्फत् सत्ता कब्जा गर्ने रणनीतिमा छ। त्यही कारण जेठ १४ गते तीन नेताबीच भएको सहमतिका दुई बुँदा कार्यान्वयन भइसक्दा पनि माओवादीले आफ्नो पक्षबाट सहमति कार्यान्वयन गरेको छैन र गर्न चाहेको पनि छैन।
नेताले माओवादीको रणनीति नबुझेका हुन्?
– त्यो त नेताहरूलाई नै सोध्नुपर्छ। मैले देखेको के भने माओवादीमा उग्रवामपन्थी चिन्तन छ। धेरैले त्यसलाई कम्युनिस्ट पार्टी भन्छन् तर त्यो कम्युनिस्ट पार्टी हुँदै होइन। उग्रवामपन्थी चिन्तनका कारण एकीकृत नेकपा माओवादी नाम गरेको पार्टीमा अहिले पनि लोकतन्त्रप्रति विश्वास छैन। जनताको शक्तिप्रति विश्वास छैन। विधिविधानप्रति विश्वास छैन। जे गर्न सकिन्छ बन्दुककै बलबाट गर्न सकिन्छ भन्ने गलत चिन्तनबाट उनीहरू ग्रस्त छन्।
तर पनि एमालेकै अध्यक्षलगायत केही नेताहरू त माओवादीप्रति नै आसक्त देखिन्छन् नि?
– माओवादीका अध्यक्ष पुष्पकमल दाहालमा एउटा कौशलचाहिँ गजब छ, त्यो के भने मान्छेलाई थाङ्नामा सुताइदिने। उहाँले झलनाथजीलाई माधव नेपालाई हटाउनोस् तपाईंलाई हामी प्रधानमन्त्रीमा समर्थन गर्छौ भनेदेखि नै झलनाथ खनाल प्रधानमन्त्रीको सपना सिरानीमा राखेर निदाउन थाल्नुभयो। तर त्यतिबेला प्रचण्डले स्व. नेता गिरिजाप्रसाद कोइराला, उपेन्द्र यादव, बाबुराम भट्टराई सबैलाई प्रधानमन्त्री दिएका थिए। प्रचण्डको यो छट्टु खुलमा कसरी नेताहरू फस्छन् त्यो त म भन्न सक्दिनँ। यो खेल राजनीतिमा बेइमानी हो। यस्तो खेलमा दाहालजी माहिर खेलाडी रहेछन्। उनले हाम्रा नेताहरूलाई पनि खेलाउन सफल भएका छन्। हाम्रा अध्यक्ष खनाल र उनका निकटका केही व्यक्तिहरूले सरकारको विरुद्धमा लाग्नु प्रचण्डकै खेल हो।
यसले के देखाउँछ सरकार असफल भएको हो कि पार्टी?
– यो संक्रमणकालको अवस्थामा अरु कोही प्रधानमन्त्री भएको भए माधव नेपाल जति पनि काम गर्न सक्दैनथ्यो। आखिर प्रचण्डले ६ महिनामा गर्छु भनेर कबोल गरेका कामहरूको सिन्को पनि भाँचेनन्। लडाकु समायोजन पनि उनले गर्छु भनेका थिए, घरजग्गा पनि फिर्ता गर्छु भनेका थिए। तर ९ महिनाको उनको प्रधानमन्त्रीकालमा केही काम हुन नसकेको सबैले देखेकै छन्। तर माधव नेपाल प्रधानमन्त्री भइसकेपछि कम्तिमा अयोग्य लडाकुलाई घर पठाउने काम भयो। सेनाको समायोजन र पुनर्स्थापना गर्न सकिन्छ भन्ने गृहकार्य सुरु भयो। प्रचण्डले आँट्नै नसकेको काम माधव नेपालले अगाडि बढाएका त हुन् नि!
अहिले पार्टीका अध्यक्ष झलनाथ खनालले सहमति जुटाएर आफू प्रधानमन्त्री बन्ने बताइरहेका छन् नि, यसलाई कसरी लिनुभएको छ?
– लाज सरम नभएपछि त जे भन्दा पनि हुन्छ। एमालेको प्रधानमन्त्री हटाएर फेरि एमालेकै मान्छेले प्रधानमन्त्री हुन्छु भन्नुचाहिँ असाध्यै लज्जाजनक कुरा हो। हाम्रा अध्यक्ष पार्टी सञ्चालनमै असफल र अयोग्य सावित भइसक्नुभएको छ। उहाँले पार्टी चलाउने भनेको ८/१० जना मान्छे जम्मा गरेर गफ गर्ने काम हो भनेर बुझिरहनु भएको छ। त्यस्तो मान्छेले प्रधानमन्त्री बन्छु भन्न नपर्ने हो। राजीनामा गर्नेहरूको लागि नेपालमा मन्त्री, प्रधानमन्त्री भनेको १० किलो सुनको डल्लो भनेझैं हुँदोरहेछ। पहेंलो टलक्क टल्कने खाली लोभ मात्र लागिरहने! प्रधानन्त्री बन्नु भनेको सिंहदरबारको भित्तामा फोटो राख्नु मात्र भएको छ।
नेताहरूले राजनीतिलाई तमासा नै बनाइदिएका हुन् त?
– हामी के का लागि नेता भएका हौं, हाम्रो दायित्व के हो? के काम गर्नुपर्ने हो भनेर उनीहरूले एक दिन पनि ध्यान पुर्याूउन सकेनन्। मेरो इच्छा के, म कसरी ठूलो भइरहन सक्छ कसरी सुविधा पाइरहन सक्छु भन्नेतर्फ नेताहरू लागेपछि त जनताले सास्ती पाउनेबाहेक अरु के हुन्छ र?
भनेपछि देशमा लोकतान्त्रिक गणतन्त्र आए पनि केही परिवर्तन आउन सकेन?
– गणतन्त्र त नेपालमा छँदै छैन। गणतन्त्रको सार भनेको जनताको सर्वोच्चता हो। तर न त यहाँ जनताको सर्वोच्चता नै छ न त गणतान्त्रिक प्रणाली नै छ।
माओवादी पनि त यही नारा उठाइरहेका छन् नि?
– माओवादी भन्नेलाई त नागरिक भन्ने शब्दको वास्तविक अर्थ समेत थाहा छैन। उनीहरूलाई बन्दुक बाहेक यो धर्तीमा अरु केही कुराले यो धर्तीमा शासन हुन्छ भन्ने विश्वास नै छैन। प्रचण्डजीको विशेषता के भने उहाँ मान्छेलाई लठ्ठ पारिदिन जे पनि बोलिदिनुहुन्छ। के बोल्नुहुन्छ, के बोल्नु हुँदैन उहाँलाई थाहा छैन।
अहिले माओवादीकै नेतृत्वमा सरकार बन्ने सम्भावना कत्तिको छ र त्यसका लागि के हुनुपर्छ?
– जेठ १४ मा भएको सहमति माओवादी र अन्य राजनीतिक दलहरूबीच भएको सातौं सहमति हो। उक्त तीन बुँदे सहमतिको एक नम्बर बुँदाको कार्यान्वयन प्रक्रिया सुरु भयो र माओवादीले संस्थागत रुपमा शिविरका लडाकुसँग अब हाम्रो पार्टीगत सम्बन्ध नरहने, वाईसीएलका सम्पूर्ण अर्धसैनिक संरचना खारेज गर्ने र लोकतान्त्रिक युवा संगठनमा रुपान्तरित भए, जस–जसको जहाँ–जहाँ जमिन कार्यकर्ताबाट कब्जा गरिएको छ, त्यसको फिर्ता गरिए भनेर निर्णय गरे भने माओवादीको नेतृत्वमा सरकार बन्ने सम्भावना रहन्छ।
ती कुराहरू त उसले पटक–पटक भन्दै आएको छ, प्रचण्ड प्रधानमन्त्री हुँदा पनि संसदमै उनले त्यस्तो प्रतिवद्धता गरेका हुन् नि?
– यही कारण त उनीहरूमाथि विश्वास भएन नि! त्यसकारण उनीहरूले तत्काल कार्यान्वयन पक्षलाई अगाडि लैजानुपर्छ। उनीहरूको लडाकुको व्यवस्थापनको लागि नयाँ विधि बनाउनुपर्योत र त्यसको मातहतमा शिविरलाई राख्ने हो। वाईसीएलको अर्धसैनिक संरचना त उसले चाह्यो भने एक घण्टामा कार्यान्वयन गर्न सक्छ निजी सम्पत्ति तथा भवन कब्जा गरी क्याम्प बनाएर उनीहरू बसेका छन्। त्यहाँबाट हटाउन पर्यो्।
त्यो काम त सरकारले गर्नुपर्ने होइन?
– हिजो जंगलबाट उनीहरूलाई हामीले यो अवस्थामा ल्याएका हौं, हिजो जंगलमा भन्दा त कम मान्छे मारेका छन्। त्यसकारण सरकारले अहिले संयमता अपनाएर बल प्रयोग नगरी सहमतिबाट अघि बढ्नका लागि लचकता अपनाएको हो। माओवादीको सन्दर्भमा राज्य चाहिनेभन्दा लचिलो भएको छ, तर माओवादीले आफू त्यसैगरी लचिलो हुनुपर्छ भन्ने कुरा बुझ्न सकेका छैनन्।
अब माओवादीले सहमति कार्यान्वयन गरेनन् भने फेरि पनि मुलुकमा बहुमतीय सरकार नै चल्ने भो होइन?
– बढी सम्भावना त्यही देखियो।
त्यो सरकारले संविधान बनाउँला?
– सरकार र संविधानबीचको सम्बन्ध के छ? यो संक्रमणकालमा सरकार भनेको १०–५ को कर्मचारी हो। चुनाव जितेर आएका प्रचण्ड, झलनाथहरूको काम हो संविधान बनाउने। बरु हारेकाहरू सरकारमा बसे हुन्छ। जितेकाहरूलाई त सरकार चलाउन पठाएको होइन नि, संविधान बनाउन पठाएको हो। सत्ता लिप्साको कारण यो अवस्था आएको हो। यही तरिकाले सभासद्को जागिर पाँच वर्षसम्म लम्बियो भने पनि आश्चर्य नमान्दा हुन्छ।
अबको सरकार कसको नेतृत्वमा बन्दा सहज होलाजस्तो तपाईंलाई लाग्छ?
– कसैको नेतृत्वमा बनेर पनि सहज हुँदैन। मुख्य कुरो माओवादी इमान्दार भएर आउनुपर्छ। माओवादीले जहिलेसम्म शिविर तिरस्कार गर्न सक्दैन तबसम्म नेपालको राजनीतिक समस्या समाधान हुँदैन।
माओवादीकै नेतृत्वमा बहुमतीय सरकार बन्न सक्छ?
– सक्दैन। उसले जनताको विश्वास गुमाइसकेको छ। नौ महिनाको शासनमा माओवादीले जनताले के दियो? निराशा, दिग्दारी र हतासबाहेक केही दिएन। त्यही पार्टीको बहुमतीय सरकारलाई कसले समर्थन गर्ने? हाम्रा पार्टीका केही नेताहरूले माओवादीको नेतृत्वमा सरकार बन्दा मन्त्री बन्न पाइएला भन्ने सोचेको होलान्, उनीहरूले सहयोग गर्लान्।
भारतको चलखेलका कारण दलहरूबीच सहमति बन्न नसकेको माओवादीले भन्ने पनि छ नि?
– जसको राजनीतिको मियो दिल्लीमा छ, त्यसले यस्तो भाषण गर्दा १/२ जना झुक्किएलान् तर सबैलाई थाहा भएकै कुरा हो द्वन्द्वको समयभरि माओवादीको हेडक्वार्टर भारतको नोयडामा। उनीहरूको सम्बन्ध साउथ ब्लकसँग थियो। साउथब्लककै दबाबमा माधव नेपाललाई बचन दिएर माओवादीले रामराजाप्रसाद सिंहलाई राष्ट्रपति प्रस्ताव गरेको हो। यस्तो जीवित सत्य देखिसकेपछि, माओवादीले भारतको विरोध गरेको कसले पत्याउँछ? -weekl ynepal

2 comments:

  1. Self-pleasure. What type of news is this ? What can be concluded from it? Everybody knows who you are and how did you rule the nation during your tenure? Every news and every person in Nepal have no moral in saying and deeds. UML has lost its philosophical and moral background yet it can get votes because it is political party. NC can get the votes b/c it is political party having strong financial background. Why should Maoist get votes ? Because it robbed people ? No. Maoist has combined all sectors, robbing, helping, doing works for nation, also. It is concluded that if NC rules, only few people gets benefits, if UML rules even few people because it has to get the support only from few people. If Maoist rules, it works for large mass. Ruled by NC and UML makes country heavily dependent on foreign powers but by Maoist it also depends on foreign however because it has to take care large mass, and to serve greater mass, it has to lessen the grip of foreign powers.This does not mean Maoists oppose foreign powers, they also dependent on foreign powers, however to keep the large mass they have to oppose unnecessary grips of foreign powers. In fact the same is true for NC and UML but they lose the votes, so they have to coax the foreigners for power. Maoist can not get the powers even by coaxing foreigners. This suggests that either Maoists make the country or the country loses all hopes to be developed. The present trends show that NC and UML can not steer the nation towards the right direction. Yet Pradeep Nepaljee, if you want to blame Prachand that's fine scold him and get the pleasure. I am not saying Prachand is great but he has natural right to rule the nation. What was his fault ? Going china? Describing the the real unnatural relationship between Nepal and India in Parliament? Removing the corrupted Indian priest who never think Nepal as independent state, however, the process was already started during your tenure, Prachand had only finalized it ? Removing Katuwal ? It is a day dream fact that how badly the nation needed the removal Katwal because of him the nation is crippling now ? Katwal sold the nation on the hands of foreigners. Before removing Katwal, everybody thought that Prachand did wrong but now it is clear that Prachand did great job even though he is out of office. If you want to criticize Prachanda that's fine. You can make Prachanda unpopular by low profile criticism, that is fine but can you make the nation free, developed and prosperous?If you can not why to oppose others who tries to do so although we do not know the future but the present does not ignore the right attempts of Maoists to steer the nation. They ask for unity gov. which is the absolute requirement for making constitution but you do not want. In fact you and the whole other parties do not respect Maoist fighters who did fight for nation not for their personal benefits because of whom you are enjoying the power although they sacrify their lives under the leadership of Maoist.

    ReplyDelete
  2. Who ever wrote above comment, please stop this, do you think Mr.so called Prachanda will give us Peace then? Person who killed so many people. Fight for nation? No , they killed their own brothers and sisters. For what? to make Our country like Ruwanda? I dont think any one so called Polliticians can make our country same as before, when we respect people, brothers, sister, neighbours.
    This is because of People like you, who think Maoist and other dirty Politician will do better for Nepal.
    We need real leader, who does not have any Political background, who dont care about chairs that other are thinking of and who didnt killed any one.
    Prachanda is Terrorist, he wil be hang sooner or later.
    We need open democracy,freedom of speach, respect for people but not a gun, YCL.
    Please wake up!!!!
    Thanks

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक