20100710

माओवादीले खेल्यो अर्को खेल, खेल होइन महाझेल 
एकीकृत नेकपा माओवादीले शिविरका लडाकुको समायोजन र व्यवस्थापन तथा संविधान निर्माण सम्बन्धी विषयलाई समेटेर आन्तरीक रुपमा तयार पारेको विस्तृत खाका सार्वजनिक गरेको छ। सिंहदरबारमा अपरान्ह पत्रकार सम्मेलन गरेर उपाध्यक्ष तथा संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले तीन बुँदाको तत्कालिक राजनीतिक गतिरोध अन्त्यका निम्ति तयार गरिएका सहमतिका आधारहरु नामक प्रस्ताव सार्वजनिक गरेको हो। तीन बुँदामा समेटीएको प्रस्तावका बिभिन्न उपबुँदाहरु राखिएका छन्। माओवादीले अस्थायी शिविरमा रहेका लडाकुको रेखदेख, व्यवस्थापन गर्ने सम्बन्धी बिशेष समितिलाई दुई...
महिनाको म्याडेट दिएर क्यान्टुनमेन्टमा लडाकुको धारणा बुझ्न पठाउने तथा त्यसपछि समायोजन हुन चाहने र नचाहनेलाई बिभाजन गरेर अलग अलग राख्न प्रस्ताव गरेको छ। त्यसमा असक्त लडाकुलाई भने समायोजन नगर्ने प्रस्तावमा रहेको छ। उनीहरुलाई राहत दिएर पुनस्थापना गरिने छ। दुई महिना लगाएर लडाकुलाई छुट्टाएपछि पुनः एक महिना भित्र समायोजन र पुनस्थापना गर्नुपर्ने माओवादी प्रस्ताव रहेको छ। माओवादीले लडाकुलाई समायोजन गर्न नसकिए अलग युनिट बनाउन सकिने प्रस्ताव पनि गरेको छ। त्यसैगरि माओवादीले सशस्त्र द्धन्दका समयमा बेपत्ता भएका आफ्ना कार्यकताहरुको स्थिति सार्वजनिक गर्नु पर्ने भन्दै त्यसका लागि वेपत्ता आयोग गठन गर्नुपर्ने तथा घाईतेलाई उचित उपचारको प्रस्ताव गरेको छ। माओवादीका कार्यकर्ताले कब्जा गरेका घर जग्गा सम्पत्ति फिर्ता गर्न तयार रहेको जनाउदै माओवादीले दलहरुले त्यस्ता कब्जा भएका जग्गा र सम्पत्तिको बिवरण उपलब्ध गराएमा त्यसलाई फिर्ता गर्न सजिलो हुने जनाएको छ। यद्यपी माओवादीले कब्जा भएका अधिकांश घर जग्गा फिर्ता भएको भन्दै जग्गा कमाउनेहरुलाई नै उपलब्ध गराउनु पर्ने बिवादास्पद बुँदा पनि राखेको छ। सशस्त्र द्धन्दका समयमा मारिएका र सहिद घोषणा भएकालाई दश लाख रुपैयमा माग गरेको माओवादीले सहिद हुन बाँकी आफ्ना कार्यकर्तालाई पनि सहिद घोषणा गर्नुपर्ने जनाएको छ। राज्यपुर्नसंरचना बनाउन तयार रहेको जनाएको माओवादीले काँग्रेस र एमालेका कारण आयोग बनाउन समस्या परेको उल्लेख गरेको छ। अर्धसैन्य संरचनामा रहेको माओवादी सहायक संगठन वाईसीयललाई पनि माओवादीले ब्यारेकिकरणबाट हटाउने प्रतिवद्धता जनाउदै राजनीतिक संगठनका रुपमा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। माओवादीले मितव्ययिता गर्नका लागि आफ्ना कार्यकर्तालाई वाईसीयलमा व्यारेकी संरचानामा राखेको स्विकार गरेको छ। त्यसैगरि माओवादीले सशस्त्र द्धन्दका समयमा आफ्ना कार्यकतालाई लगाईएका मुद्धाहरु खारेज गर्न पनि प्रस्ताव गरेको छ। त्यसै गरेर नयाँ संविधान थप गरिएको मिति भित्र बनाउनु पर्ने जनाएको माओवादीले त्यसका लागि संविधान सभाका बिषयगत समितिहरुका प्रतिवेदनलाई एक महिना भित्र सहमतिमा टुङगो लगाउन यदि सहमति भएन भने बुहमतिय प्रणलीबाट मिलाउन प्रस्ताव गरेको छ। काँग्रेस र एमाले लगायतका दलहरुले भने जस्तै गरेर प्रस्ताव तयार गरेको जनाएको माओवादीले अन्त्यमा भने आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु पर्ने माग गरेको छ। त्यसै गरेर शान्ति र संविधानका लागि दलहरुले भने जस्तै गरेर प्रस्ताव तयार गरेको जनाएको माओवादीले यस प्रस्तावमा थपघट गर्न सकिने जनाएको छ।

आदरणिय दाजुभाइ दिदी बहिनीहरु !


तपाईंहरु अमेरिकामा घर जग्गा किन्न चाहनुहुन्छ वा बेच्न, 
वा भाडामा लिन दिन, म तपाईंहरुलाई सहयोग गर्न सक्छु, अमेरिकामा मात्र नभै विश्व भरी
नै लिडिङ गरिरहेको Long and foster मार्फत म काम गरिरहेकोछु । सेवामा हाजिर छु । 
  
         Ram Prasad Khanal - Realtor 
Long and foster (Leading Real Estate company in the world)
                   Editor in Chief - www.NepalMother.com
           President - International Artists Forum, USA
         www.rpkhanal.blogspot.com
              www.youtube.com/rampdkhanal
              
Email : ram.khanal@longandfoster.com
      rampdkhanal@gmail.com  / rampdkhanal@hotmail.com

                
     Address : Manassas, Virginia, USA

             
Tel: 703-330-8251 Home / 703-419-0924 Cell

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक