20100710

अमेरिकाले भिसा खोसिदियो पन्डित दिनबन्धु पोखरेलको, न्यू योर्कको आयोजित कार्यक्रम अप्ठ्यारोमा    
 Breaking News........नेपालका सर्बाधिक लोकप्रिय स्वर्गिय पन्डित नारायण पोखरेलका सुपुत्र एबम हालका चर्चित पन्डित दिनबन्धु पोखरेल अमेरिका आएर गएपछी र फेरी अमेरिकाको न्यू योर्कमा भागवत् पुराणका लागि आउने तयारी गर्दै गर्दा अमेरिकि राजदुताबास् ले पहिला दिएको ५ बर्से भिसा......
क्यान्सिल गरिदिएकोछ । न्यू योर्क मा नेपाली मन्दिर बनाउने र त्यसका लागि महायज्ञ को तयारी गर्दै गरेका रिज उड नेपाली सोसाइटीका अध्यक्ष्य श्री पराजुलीका अनुसार दुताबासको यो निर्णयले आफुहरुलाई समेत् अप्ठ्यारो परेको बताउदै आफुहरु कानुनी उपचार् मा लागेको र दुताबासलाई पुन भिसामा पुनर्बिचार् गर्न आबेदन गरेको बताउनुभयो। जर्मन जान अप्लाई गरेको पासपोर्ट नक्कली काग्जात भएको भन्दै अमेरिकि दुताबासले जर्मन दुताबास बाटै खिचेर अमेरिकि भिसा रिभोक गरिदिएको बताइन्छ। अमेरिकि दुताबास् ले किन यस्तो गरेको हो बुझ्न सकिएको छैन, यस् ले नेपाली स्वाभिमान र इमान्दारिता माथि धक्का पुगेकोछ, दुताबासले यस्तो नगर्नुपर्थ्यो सबै नेपाली यसै भन्दैछन ।हिन्दू धर्मालम्बि हरु पनि दुताबासको यो निर्णय ले आहत भएका छन । अमेरिकी दुताबास ले यो निर्णय गलत गरेको छ र सच्याउनु पर्छ भन्ने हामीलाई पनि लाग्छ ।  यस् सम्बन्धमा के भएको हो ? वास्तविकता बुझ्दै छौ, पत्ता लाग्ना साथ पेस गर्नेनै छौं नेपाल मदर डट कम् हेर्दै गर्नुहोला ।



उहिलेको एंटिना र अहिलेको राजनीति
- Shekhar Dhungel
ओमाहा नेब्रास्का
दश र चार चौध बर्ष बित्यो नेपाल को राजनीती मा उहिले को फलाम को झिक्रा ( एंटीना ) नियति लागू भएको . ए भयो  ? ए आयो ? भयो भयो ,  भएंन अब भयो फेरी भएन झर तल म गर्छु ए पख पख अब औच्छा ल गर्ने हो त तल झरू? झर झर म औछु माथी . ए भयो हेर त ?खोई त आएन त ?निक्कई जान्नी छू   भंथिस ? गफै रैछ खोई त मिलाएको ?अब त आयो होला छैन छैन पख पख आयो आयो ए लौ फेरी गयो भन्या . 
ए होर धत्तेरिका 
ल ल गफ नदे झर तल म औछु माथी 
हेर त भयो की भएन ?
अब भए नि के गर्नु समय सक्की सक्यो !  उही पुरानै कार्यक्रम पो दोहोरिन थाल्यो त ?हेर्न खोज्या कुरो खोई आएन त ? 
उस बेला जब भर्खर भर्खर टी भी आएको थियो छत मा फलामे झिक्रा ( एंटीना ) ठड्याइन्थ्यो टी भी हेर्न .एक ताका प्रत्यक आइतबार भारतीय लोक प्रिय धार्मिक धारा बाहिक चलचित्र रामायण औथ्यो तर फलामे झिक्रा ले राम्रो सित काम न गर्ने , कहिले दृश्य न आउने त कहिले आवाज न आउने  अनि बाकि तल र एउटा जान्ने भन्ने छत मा गएर फलामे झिक्रा लाइ उत्तर दक्षिण , पुर्ब पश्चिम घुमाउदै ए आयो भन्थ्यो तल बाट आयो आयो आएन आएन भयो भयो फेरी भएन भन्दै कहिले तल को माथि औथ्यो कहिले माथिको तल झर्थ्यो एक ले अर्का लाइ दोष दिन्थे त्यति झिक्रो मिलाउन् पनि न सकने भन्दै यसरी गल्फत्ति गर्दै मा आधा घंटा को समयाबधी  सकिन्थ्यो र निरास भएर अर्को हफ्ता को प्रतीक्षा मा बस्थे अर्को हफ्ता पनि उही नियति दोहोरिन्थ्यो एक छीन आशा फेरी  निराशा .
बिगत चौध बर्ष बहुदलीय ब्यबस्था , राजतंत्र , माओबादी , संबिधान सभा , गणतंत्र , नया प्रधान मंत्री आयो आयो गयो गयो भयो भयो भएन भएन फेरी भयो फेरी भएन अब त भयो फेरी भएन भन्दैमा बित्यो . रास्ट्र निर्माण  का बहु मूल्य समय बर्बाद भएको छ . 
त्यों आयो आयो उ गयो गयो लौ फेरी आयो अब त होला भन्यो फेरी उस्तै . 
एउटा भन्छ म माथी गए यो पनि बन्छ त्यों पनि बन्छ, अर्को भन्छ तैले हुन्न मै चाहिन्छ .म भए मात्र त्यों काम बन्छ . 
दुई बर्ष बित्यो संबिधान औछ औछ , बन्यो बन्यो , भनेको समय बित्यो बनेन , यो झिक्रा नियति न बदलिए फेरी पनि  बन्ने छैन .संबिधान यस लाइ र उस लाइ मात्र होइन सबै लाइ चाहिएको हो सबै लाइ टी भी हेर्नई परे झै .झिक्रा मिलाउने को मात्र के काम तल बसेर टी भी मा  दृश्य र  स्रब्य आए न आएको हेर्ने सहयोगी न भए ?
एउटा तल झर्यो फेरी अर्को माथि उक्लदै छ . 
बिच भर्यांग बाट नै फर्कने हो की पहिले झै वा   छत मा पुगेर देश को राजनीति को फलामे झिक्रा ( एंटीना )सही तरिकाले मिलौने हो भबिस्य कै गर्भ मा छ . 
हाम्रो त्यों  फलामे  झिक्रे नियति केबुल मा ( तार ) परिबर्तन भए झै जो माथि गए नि बिग्रेको राजनीती लाइ स्थिर , र स्थाई शान्ती मा कहिले रूपांतरण गर्ने हुन ?                       

Grand canyon utah colorado 062210 047.JPG

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक