20100714

स्वामी आउ छिटैनै -  आनन्द प्रसाद शर्मा

वषर्ा कैंयौ बितायौ हिउद कति बिते घाम पानी बतास ।
त्यो उर्लिदो जवानी न रहर मनका जिन्दगीको मिठास ।।
खै थाहा क्यै पाइएन योवन कुन हो कुन हुन् प्रेम् अलाप ।
स्वामी आऊ छिटैनै अबत घरमा सुन्न मेरा बिलाप ।।

तारामण्डल् छ छानो झरी हुरी असिना तर्किने छैन बेजो ।
बारी बाझै छ पारीतिर जुन थियो खोस्रने छैन चाजो ।।
साहुले खेत खायो पिपल चउरको जिन्दगीको भरोसा ।
स्वामी आऊ छिटैनै अबत अति भयो लोकलाई तमासा ।।.....


फर्या चोला मजेत्रा कति दिन म बसूं लाइ ल्याङ्फ्याङ थोत्रा ।
भोका-नाङ्गा जहानै म अझ थलिए रोगले छु सिकिस्त ।।
बाटो हर्ेर्दै बिताएं अहिलेतक ती सवै पीर सन्तापलाई ।
स्वामी आऊ छिटैनै अवत घर गृहिणीको मुख यो हर्ेनलाई ।।

के गर्दै छौ कहां छौ सुखदुस्ख अहिले गाथमा के छ त्रि्रा ।
पाएनौ की कसो हो समय कहिल्यै लेख्न चिठ्ठी चपेटा ।।
हे हावा लौन लैजा खवर सपनी रातमा दे झझल्को ।
स्वामी आउ छिटैनै अवत घरमा सम्झना राखी हाम्रो ।।

फर्की आए छिमेकी वरपर ती सबै गाउले दाजु भाई ।
हांसो खुशी भरियो घर मिलनको भित्रियो क्यै कमाई ।।
हाम्रो मात्रै सधै यो कति दिन रहने अश्रुधारा अभाव ।
स्वामी आउ छिटैनै घर गृहिणीको छैन कोही सहारा ।।

यो मन्मा छैन चैन वह विरहले भत्भती पोल्छ छाती ।
निन्द्रा लाग्दैन राती हरदम सपनी देख्छु साह्रै नजाती ।।
कस्लाई पोखू मन्को वह विरह यो सुन्दिने छैन साथी ।
स्वामी आउ छिटैनै घर गृहिणीको साथमा छैन साथी ।।

यी आप\mनै घाम छाया छवि क्षितिजमा रोपी इच्छा सुनौला ।
हर्ुकाऊला खुशीले मलजल गरी पर्ूण्ापारी सदिच्छा ।।
आप\mनै माटो र पानीसित योवनका पोख्न आउं पसिना ।
स्वामी आऊ घरैमा जननी भूमिकै तापुला घाम न्याना ।।
for old poem click link below:
http://www.nepalmother.com/2010/07/blog-post_6390.html#more




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक