20100713

वा यस्तो पो नागरिक सर्बोच्चता : माओवादी केन्द्रीय सदस्य कालीबहादुर खाम लुटपाटमा पनि संलग्न !!!
माओवादी केन्द्रीय सदस्य एवं 'जनसेना'का विवादास्पद डिभिजन कमान्डर कालीबहादुर खाम लुटपाटमा पनि संलग्न रहेको खुलासा प्रहरीले गरेको छ । गोंगबुस्थित खामको कोठाबाट चिनियाँ व्यापारीबाट लुटिएको पाँच लाख रुपैयाँसहित सात किलो आठ सय ७१ ग्राम कर नतिरिएको यार्चागुम्बु र प्रतिबन्धित जडीबुटी पाँचऔंले महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेको टोलीले सोमबार राति बरामद गरेपछि सो रहस्य खुलेको हो । चिनियाँ व्यापारीत्रय माखुम दुख, ममानी र ममालीलाई यार्चागुम्बु उपलब्ध गराइदिने बहानामा २५ असारमा....
चाबहिलको मित्रनगरस्थित नवमित्र गेस्ट हाउसमा बोलाई २६ लाख २० हजार रुपैयाँ लुटपाट गरिएको थियो । सो घटनामा खामसहित अन्य माओवादी लडाकू संलग्न रहेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । खामले प्रयोग गर्दै आएको ना१च ८७३६ सेन्ट्रो कार र सात किलो आठ सय ७१ ग्राम यार्चागुम्बुसमेत प्रहरीले बरामद गरेको छ । खाम भने प्रहरी नियन्त्रणमा छैनन् ।
रामहरि हत्या प्रकरणमा मुछिएका खाम हाल रोल्पाको दहवनस्थित पाँचौं डिभिजन कमान्डर हुन् । रामहरि हत्यामा दोषी ठहर गर्दै सुरुमा निलम्बित उनलाई पछि फुकुवा गरी रोल्पा सरुवा गरिएको थियो । रोल्पा घर भएका उनलाई माओवादीले केन्द्रीय सदस्यमा पदोन्नतिसमेत गरेको थियो ।
महानगरीय प्रहरी परिसर हनुमानढोका प्रमुख रमेश खरेलले चिनियाँ व्यापारीबाट लुटिएको रकम र यार्चागुम्बु खामकै कोठामा फेला परेपछि घटनामा उनको संलग्नता रहेको हुन सक्ने बताए । चिनियाँ व्यापारीहरूले दिएको हुलियाका आधारमा महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक रुगमबहादुर कँुवरको टोलीले रुकुम ज्याङ-६ का २१ वषर्ीय गणेश मल्ल, हुकाम-६ का १८ वषर्ीय जितेन्द्र बुढामगर, कर्म शाही र्घर्तीमगर र सौगात बुढामगर, पाल्पा मस्याङ-५ का २० वषर्ीय लालबहादुर राना, तनहँु नरभञ्ज्याङ-६ का २२ वषर्ीय मिलन सेन ठकुरी, दाङ घोराही-४ का २७ वषर्ीय मधुसूदन शर्मा, नुवाकोट लिखु-६ का अशोक खातीलाई भने पक्राउ गरेको छ ।
यार्चा खामका लागि ल्याइदिएको पक्राउ परेका अजय रोक्काले बताएका थिए । प्रहरीले गणेशले प्रयोग गर्दै आएको बा३९प ७२२३ नम्बरको नीलो पल्सर
मोटरसाइकल, पाँच लाख नगद, इन्सास राइफलको गोली पाँच राउन्ड, म्यागनम राइफल र ठूलो चाइनिज पेस्तोलको गोली दर्ुइ/दर्ुइ राउन्ड, सानो चाइनिज पेस्तोलको गोली एक राउन्डसमेत बरामद गरेको छ । त्यस्तै, खामको नागरिकता, राहदानी र स्टयाम्पसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक