20100725

आकृति र सबै खनाल परिवारमा हार्दिक बधाई !!! Congratulations to Aakriti Khanal and Her Family

 हाम्रा आदर्णीय दाजु कृष्ण खनाल र भाउजु पवन खनालकी कान्छी सुपुत्री आकृति खनालको १८ औँ जन्मोत्सब एबम हाई स्कुल ग्र्याजुएसन् का अबसर  आकृति र सबै खनाल परिवारमा हार्दिक बधाई । जुलाई ३० तारिख सोही अबसरमा अमेरिकाको च्यान्टिलीमा आयोजित पार्टीका केही तस्बिर र भिडियो हरु :  

पार्टीका बाँकी तस्बिर र भिडियो हरु हेर्न भित्र जानुस् Read More क्लिक गरेर ...

भिडियो हरु





    
प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक परामर्श सुरु गरे

प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक परामर्श सुरु गरेका छन्। प्रधानमन्त्री नेपालले आजै नेपाली कांग्रेसका शीर्ष नेता तथा राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग छुट्टाछुट्टै परामर्श गरेका छन्। प्रधानमन्त्री नेपाल र कांग्रेस शीर्ष नेताहरुको छलफल भएको थियो। छलफलमा कांग्रेस नेताहरुले प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह गरेका थिए। कांग्रेस शीर्ष नेताहरुले एमाले नेतृत्वको सरकारलाई कांग्रेसले बिनाशर्त सहयोग गरेको स्मरण गराउँदै आगामी निर्वाचन अगाडि नै केन्द्रीय समितिको निर्णय सच्याएर कांग्रेस उम्मेदवारलाई मतदान गर्न सल्लाह दिएका छन्। जवाफमा प्रधानमन्त्री नेपालले केन्द्रीय समितिले नयाँ निर्णय नलिदासम्म आफूले सहयोग नसक्ने भन्दै आफ्ना पार्टीका नेताहरुसंग छलफल गर्ने बताएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले जानकारी दिए।
नायिका पूजा चन्द गीतकार बनेपछि....
नायिका पूजा गीत गाउछिन पनि, लेख्छिन पनि र बोल्न पनि माहिर मानिन्छिन, आखिर कला कला नै हो हगी ? उनका गीत हेरेपछी सुने पछी भन्न मन लाग्यो "बधाई छ बहुमुखी प्रतिभाकी धनी पूजा लाई !"


हेर्नुस् उनले लेखेका गीत हरु, भर्खरै अमेरिकामै उनिले "कसरी सम्झाउँ ....." सिडी बिमोचन पनि गरेकी छन, सिडी किन्न पूजा लाई यो ईमेल <hipoojachand@gmail.com> मा संपर्क गर्नुस् ।
 


नेपाली जनसम्पर्क समिति,अमेरिका, एकताको दोश्रो महाधिवेशन तयारी समिति, न्यूयोर्क,अमेरिका
                                                                                प्रेस विज्ञप्ति                                                 मिति  : जुलाई २४,२०१० 
                 नेपाली जनसम्पर्क समिति,एकताको दोश्रो महाधिवेशन तयारी समितिको बैठक यही जुलाई २३ तारिख शुक्रवार सम्पन्न भएको तयारी समितिका संयोजक खगेन्द्र जीसीको सभापतित्वमा सम्पन्न बैठकले यसअघि राजीनामा दिएर बाहिरिएका केही सदस्यहरुलाई सबैखाले असहमति त्यागेर कार्य समितिमा फिर्ता भई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गर्ने निर्णय गरेको बैठक सम्पन्न भए लगत्तै  तयारी समितिको तर्फबाट संयोजक खगेन्द्र जीसीले राजीनामा दिएका केन्द्रीय सदस्यहरु सबैलाई आफ्नो राजीनामा फिर्ता लिन अपील समेत गर्नुभएको
                यसैगरी सहमति एकताको वातावरणलाई अझ सुदृढ बनाउनका लागि यसरी राजीनामा दिएका सदस्यहरुको असहमतिको बुँदाहरुलाई सम्बोधन गरी विधान अन्तर्गत समाधान गर्न सकिने विषयमा छलफल गरी एकताको अधिवेशनलाई सफल बनाउन बैठकले कार्य सम्पादन तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको हालै स्वास्थ्य परीक्षणका लागि अमेरिका आउनु भएका नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले आफ्नो असहमति जनाई राजीनामा दिएकाहरु सबैको राजीनामा फिर्ता लिई सबै मिलेर अधिवेशनमा जुट्न निर्देशन दिनुभएको थियो यसैगरी सभापति कोइरालाले आन्तरिक मतभेद अन्त गर्दै अधिवेशन प्रक्रियालाई गति दिन संयोजक जीसीलाई दिनुभएको निर्देशन अनुरुप केन्द्रीय प्रतिनिधि मृदुला कोइराला असहमत पक्षमा रहनु भएका साथीहरुलाई वार्ताका लागि समिति बनाउन जीसीले आग्रह समेत गर्नुभएको पाँच सदस्यीय यस समितिमा तयारी समितिका सदस्यद्वय सानुबावु सिलवाल पशुपति पाण्डेलाई सदस्यको रुपमा बैठकले प्रस्ताव गरेको   अधिवेशन तयारी समितिका ३५ सदस्य मध्ये वंशलाल तामाङ,कृष्ण लामिछाने,धनञ्जयनरसिंह केसी,अर्जुन देवकोटा,प्रमोद सिटौला, विष्णु सुवेदी नारायण थापाले केही पहिले राजीनामा दिएको समाचार बाहिर आएको थियो
                शुक्रवारको बैठकले अधिवेशन सम्बन्धि सम्पूर्ण प्रक्रिया जारी राख्दै अगष्ट १२ तारिखभित्र स्थानीय च्याप्टरहरुको अधिवेशन अनिवार्यरुपमा सम्पन्न गर्न अधिवेशन गर्न बाँकी रहेका च्याप्टरहरुलाई निर्देशन दिएको यसैबीच समितिको न्यूयोर्क च्याप्टरको अधिवेशन आगामी अगष्ट ८  तारिख सम्पन्न गर्न लागिएको जानकारी च्याप्टरका संयोजक एवं तयारी समितिका केन्द्रीय सदस्य कृष्ण पोखरेलले दिनुभएको यसैगरी न्यू इंग्ल्याण्ड च्याप्टरको अधिवेशन अगष्ट तारिखमा गर्न लागिएको च्याप्टरका संयोजक एवं तयारी समितिका केन्द्रीय सदस्य पेमा निमा शेर्पाले जानकारी दिनुभएको यस्तै भर्जिनियामा पनि चाँडै अधिवेशन हुँदैछ भने क्यालिफोर्नियामा पनि अगष्ट पहिलो साता अधिवेशन सम्पन्न गर्ने तयारी भईरहेको च्याप्टरका संयोजक बैकुण्ठ खनालले जानकारी दिनुभएको
                हालसम्म अमेरिकाका विभिन्न ११ राज्यमा जनसम्पर्क समितिको स्थानीय च्याप्टरको अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको छनौट भईसकेको यसरी अधिवेशन सम्पन्न भईसकेका च्याप्टरहरुमा टेक्सास,न्यू मेक्सिको,मिशिगन,नर्थ क्यारोलिना,मेरिल्याण्ड,लस एञ्जल्स,नेभाडा,कोलोराडो,पेन्सिलभेनिया,इण्डियाना जर्जिया रहेका छन् यी च्याप्टरहरुबाट १७५ भन्दा बढी केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु चयन भईसकेका छन् यसैगरी जनसम्पर्क समितिमा करीब ६०० भन्दा बढी काँग्रेस शुभेच्छुकहरु सदस्यको रुपमा संगठीत भएका छन्                                              
                                                                                                                                                                                (गौतम दाहाल)                                                                                                                                                                                                                          संयोजक,  सूचना तथा प्रचार प्रसार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक